असार १८, २०७९ शनिबार | Sat Jul 2 2022

एमाले फुटाएर रिस्क लिएका माधव नेपाललाई प्रचण्ड र देउवाको उपहार



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सम्भवत भोली मन्त्रीमण्डल विस्तार गर्ने तयारी गरेका छन् । आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसंग छलफल गरेर उक्त निर्णय गरेका हुन् ।

आज बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री देउवाले सम्भवत भोली मन्त्रीपरिषद विस्तार गर्ने निर्णय गर्दै फाईनल लिष्ट समेत मागेका हुन् । जनता समाजवादीका नेताहरु राजधानी बाहिर भएकाका कारण भोली नभए पर्सी सम्ममा जसरी पनि विस्तार गर्ने टुंगो लागेको हो ।

आजको छलफलमा प्रधानमन्त्रीले कसैलाई पनि उप-प्रधानमन्त्री नदिने समेत उल्लेख गरेका छन् भने सबै दललाई ५-५ वटा मन्त्रालय बाढ्ने समेत टुंगो लाएका छन् । आ-आफ्नो भागमा कुन मन्त्रालय पर्ने बारे समेत आजको छलफलमा ३ नेताहरुले फाईनल गरेका छन् ।

केपी ओली र महेश बस्नेतलाई छोडेका किसान श्रेष्ठको मन्त्री बन्न माधव नेपाललाई दबाब केपी ओली र महेश बस्नेतलाई छोडेका किसान श्रेष्ठको मन्त्री बन्न माधव नेपाललाई दबाब

माधव नेपालले नेकपा एमाले पार्टी फुटाएर गठबन्धनलाई विश्वास गरेको कुरा प्रचण्डले छलफलमा निकालेर माधव नेपालको त्यागलाई सम्मान समेत गरेका थिए । प्रधानमन्त्री देउवाले समेत माधव नेपालको योगदानलाई आत्मसाथ दिए । संसद र संविधानमाथी  केपी ओलीले आक्रमण गरिरहेको बेला आफ्नो पार्टी त्यागेर संविधान जोगाउन गरेको त्यागलाई गठबन्धनले माधव नेपालको सम्मान गर्नुपर्ने कुरा प्रचण्डले छलफलमा निकालेका थिए ।

बालुवाटार श्रोतका अनुसार प्रचण्डले प्रधानमन्त्री देउवालाई आफ्नो भागबाट एक एक मन्त्रालय माधव नेपाललाई दिनुपर्ने माग राखेका हुन् । माधव नेपालको त्यागका कारण कांग्रेसले प्रधानमन्त्री बन्ने अवसर पाएको स्मरण गराउंदै प्रचण्डले माधव नेपाललाई आफूहरुको कोटा बाट एक एक मन्त्रालय दिने प्रस्ताव राखेका थिए ।

प्रधानमन्त्री देउवाले प्रचण्डको प्रस्तावलाई साथ दिएका छन् तर दिने निर्णय भने गरेका छैनन् । यस बारेमा प्रचण्डसंग फेरि छलफल गर्ने कुरा देउवाले उल्लेख गरे भने प्रचण्डले माधव नेपाललाई गठबन्धनको तर्फबाट सम्मान स्वरुप उपहार दिनसक्ने कुरा प्रस्तुत गरे ।

महाधिवेशनमा हार्ने, अहिले अध्यक्ष खोज्ने अनि दोष केपी ओलीलाई लाउने ? यहि हो माधव नेपालको  विधि र पद्धति ? महाधिवेशनमा हार्ने, अहिले अध्यक्ष खोज्ने अनि दोष केपी ओलीलाई लाउने ? यहि हो माधव नेपालको विधि र पद्धति ?

माधव नेपाललाई अहिले पार्टीमा सांसदहरुलाई भागबण्डा मिलाउन हम्मे हम्मे परेको बेला दुई मन्त्रालय बढी दिंदा नेता नेपालको तनाव सहज हुने तर्क प्रचण्डले प्रस्तुत गर्दै प्रधानमन्त्री देउवालाई मनाएका छन् । प्रधानमन्त्री देउवाले भोली बिहान सम्ममा यो बारे निर्णय लिउँला भनेर यो विषयमा बिट मारेका छन् ।

प्रकाशित मिति : भाद्र १३, २०७८ आइतबार  १ : १७ बजे