• Dec 05 2021 | २०७८, मंसिर १९गते

२०७८, मंसिर १९गते

नेपालको गुप्तचर निकाय ७० वर्षमा; कस्तो छ संरचना? कसरी काम गर्छ ?

बीबीसी भाद्र १३ २०७८
  • 1.1K
    SHARES
  • images
    images
    नेपालको गुप्तचर निकाय ७० वर्षमा; कस्तो छ संरचना? कसरी काम गर्छ ?

    काठमाडौँ। नेपालको आन्तरिक गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागले ७० वर्ष पूरा गरेको छ। विभागमा रहेका ३,००० जनशक्तिमध्ये आधा काठमाण्डूमा खटिएको र उनीहरू राजनीतिक प्रकृतिका सूचना सङ्कलनमा केन्द्रित रहेको बताइन्छ।

    images

    विभागले आन्तरिक गुप्तचरी मात्रै गर्ने गर्छ। नेपालको छुट्टै बाह्य गुप्तचर निकाय छैन। प्रधानमन्त्री कार्यालय मातहत रहेको विभागलाई नेपालमा हुने विदेशी चलखेलको नियन्त्रण र सीमा सुरक्षा जस्ता विषयमा गुप्तचरी सूचना सङ्कलनमा अझ प्रभावकारी ढङ्गले खटाउनुपर्ने विज्ञहरू बताउँछन्।

    इतिहास के छ ?

    विभागका पूर्वप्रमुख देवीराम शर्मा विसं २००७ सालको परिवर्तनसँगै गठन भएको राणा-कांग्रेस मन्त्रिमण्डलका पालामा गुप्तचर निकाय गठन गरिएको बताउँछन्। शर्मा भन्छन्, "प्रजातन्त्र स्थापना भएपछि बनेको सरकारको गृहमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले गुप्तचर निकायको आवश्यकता महसुस गर्नुभयो। उहाँले सेन्ट्रल इन्टेलिजेन्स ब्युरोको नामबाट यो संस्था गठन गर्नुभएको हो।"

    त्यस बेला अन्तिम राणा प्रधानमन्त्री मोहन शमशेरले सत्ताको नेतृत्व गरेका थिए। "उहाँले गर्ने हुनुभएको भए आफ्नो भारदारी हुँदै गर्नुहुन्थ्यो होला। त्यही भएर जननेता कोइरालाकै कारण यो संस्था वैधानिक रूपमा स्थापना भएको जस्तो लाग्छ।" उक्त निकायको पहिलो प्रमुख मन शमशेर राणा रहेका थिए।

    त्यस बेला उक्त निकाय गठन भएको यकिन मिति थाहा नभएकाले विक्रम सम्वत् २०४२ सालमा नेपाल विशेष सेवा ऐन जारी भएको भदौ १२ गतेको दिनलाई यसको स्थापना दिवसका रूपमा मनाउने गरिएको उनको भनाइ छ।

    मातृकाप्रसाद कोइरालाको सरकारले विसं २०१२ सालमा ब्यूरो र नेपाल प्रहरीको गुप्तचरी कामकारबाहीलाई एकै ठाउँबाट गर्ने निर्णय गरेको थियो। तर विसं २०१३ साल फागुन २१ गते तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यले नेपाल सरकार गुप्तचर विभाग नामक संस्था गठन गरेको अभिलेख छ।

    त्यस बेला भएका कामकारबाही अभिलेखमा नरहे पनि विसं २०१७ सालदेखि नियमित रूपमा गुप्तचर निकायले काम गरिरहेको पूर्वप्रमुख शर्मा बताउँछन्।

    उनले त्यस बेला प्रहरी ऐन अन्तर्गत नै विभाग सञ्चालित रहेको जानकारी दिँदै त्यसबेलादेखि नै नेपाल प्रहरीसँग मिल्दोजुल्दो सङ्गठनात्मक संरचना रहेको उल्लेख गरे। आफू पनि नेपाल प्रहरीबाट जागिरमा प्रवेश गरेको बताउँदै शर्माले विसं २०४२ सालमा अलग्गै ऐन जारी गरिएपछि बल्ल छुट्टै गुप्तचर सेवा बनेको बताए।

    त्यस बेला यसको नाम नेपाल जनसम्पर्क प्रधान कार्यालय राखिएको थियो। तत्कालीन पञ्चायती शासन व्यवस्थाको अन्त्यतिरको समयमा प्रतिजासुसीको जिम्मेवारीसहित उक्त कार्यालय अन्तर्गत छुट्टै विभाग गठन गरिएको थियो। तर विसं २०४६ सालको आन्दोलन सफल भएपछि बनेको अन्तरिम सरकारले त्यस्तो संरचनाको आवश्यकता नभएको निष्कर्ष निकालेको पूर्वप्रमुख शर्मा बताउँछन्।

    गृहमन्त्रालय मातहत भएपनि पञ्चायतकालभर गुप्तचर निकायको सम्पर्क सोझै दरबारमा रहने गरेको बताइन्छ। बहुदलीय व्यवस्था स्थापना भएयता विभिन्न कार्यदल स्तरमा गुप्तचर निकायलाई गृह मन्त्रालय या प्रधानमन्त्री कार्यालय मातहत राख्न छलफल भएका थिए। विसं २०७४ साल फाल्गुन १६ गते केपी ओली नेतृत्वको सरकारले विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ल्याउने निर्णय गरेको थियो।

    सङ्गठनात्मक स्वरूप कस्तो छ ?

    हाल उक्त निकायको नेतृत्व मुख्य अनुसन्धान निर्देशकले गर्छन् जो सचिव स्तरका हुने बताइन्छ। अहिले विभागको प्रमुखमा गणेश अधिकारी रहेका छन्।

    त्यसबाहेक सङ्गठनमा दुई जना अतिरिक्त मुख्य अनुसन्धान निर्देशक छन्। एआईजी स्तरका ती दुईमध्ये एक जनाको दरबन्दी सरकारले कटौती गरेपछि अदालतले उनलाई पदमा पुनर्बहाली गर्न आदेश दिएको थियो। त्यसैले अहिले एक जना सक्रिय भूमिकामा छन् भने अर्का एआईजी जिम्मेवारीविहीन बनाइएका छन्।

    सात वटै प्रदेशमा डीआईजी तहका अनुसन्धान निर्देशक छन् भने ७७ वटै जिल्लामा एसपी तहका उप-अनुसन्धान निर्देशक वा डीएसपी सरहका प्रमुख अनुसन्धान अधिकृत बहाल छन्।

    विभाग अन्तर्गतको सबैभन्दा आकर्षक पदीय जिम्मेवारी नयाँ दिल्लीस्थित नेपाली राजदूतावासलाई मानिन्छ जहाँ एक जना एसएसपी तहका सह-अनुसन्धान निर्देशक खटिएका हुन्छन्।  प्रधानमन्त्री कार्यालयमा उप-अनुसन्धान निर्देशक र राष्ट्रपति कार्यालयका प्रमुख अनुसन्धान अधिकृत खटिने गरेको बताइन्छ।

    त्यसबाहेक प्रधानमन्त्रीको अध्यक्षता रहेको सुरक्षा परिषद्को सचिवालय, नेपाली सेनाको युद्ध कार्य तथा व्यवस्था महानिर्देशकको कार्यालयमा पनि अनुसन्धान विभागका उच्च अधिकारीको प्रतिनिधित्व हुने बताइन्छ।

    विभागमा प्रहरीका जस्तै दर्जा रहेका छन्। तल्लो तहका गुप्तचरहरूलाई सहायक सूचक र सूचकजस्ता पद दिइएको उल्लेख गर्दै एक अधिकारीले सङ्गठनको करिब ३,००० दरबन्दीमध्ये अधिकांश 'विभिन्न पहुँच'का आधारमा राजधानीमै रहेको दाबी गरे।

    अनुसन्धान विभागका जिल्लास्थित कार्यालयमा बोर्ड राखिएको हुँदैन भने गुप्तचरहरूलाई सङ्ख्यात्मक कोड दिने व्यवस्था रहेको बुझिएको छ। तीन वटा तहका सरकार देशमा क्रियाशील रहेको तर आफूहरूको श्रोत र साधन सीमित रहेका कारण सबै क्षेत्रमा पुगेर सूचना सङ्कलन र विश्लेषण गर्न चुनौतीपूर्ण रहेको एक अधिकारीले बताए। यस आर्थिक वर्षमा सरकारले विभागलाई एक अर्ब ५६ करोड रूपियाँ बजेट छुट्याएको रातो किताबमा उल्लेख गरिएको छ।

    भावी चुनौती के छन् ?

    राष्ट्रिय अनुसन्धान विभागका पूर्वप्रमुख शर्मा सङ्गठनलाई नेपालको राष्ट्रिय सुरक्षा नीतिले परिकल्पना गरेका बदलिँदा सुरक्षा चुनौतीहरूसँग जुझ्न सबल र श्रोत साधन सम्पन्न बनाइनुपर्ने धारणा राख्छन्।

    उनले भने, "सरकार र संस्था दुवैले देशभित्रको अनुसन्धानको काममा अझ प्रभावकारी बन्नुपर्छ। र वैदेशिक चासो र चलखेलबाट नेपाललाई चोखो राख्नका लागि काम गर्नुपर्छ।" "अहिले नै थाहा पाएर कसैलाई देशबाट निकाला गर्न नसकिए पनि आफ्ना महत्त्वपूर्ण र गोप्य दस्ताबेज र सन्धिसम्झौता रहेका ठाउँहरूलाई सुरक्षित राख्न प्रतिजासुसी संस्थाका रूपमा यसलाई विकास गरिनुपर्छ।"

    उनले थपे, "यदि त्यस्तो गर्न सकेनौँ भने हामी देशको राष्ट्रिय सुरक्षालाई संवर्द्धन गर्न सक्दैनौँ। नेपाली जनताको राष्ट्रिय हित र अस्तित्व जगेर्ना गर्न हामी पछि पर्छौँ।" नेपाली सेनाका पूर्वउपरथी विनोज बस्न्यात शर्माको तर्कसँग सहमत छन्। चार वटा क्षेत्रमा सुधारको आवश्यकता औँल्याउँदै उनले भने, "हाम्रोमा निष्पक्ष ढङ्गले कस्तो किसिमका मानिसहरू नियुक्ति गर्नुपर्छ भन्ने विषयमा अधुरोपन देखिन्छ। कानुनले संरक्षण गर्नुपर्ने कुराहरू पनि नभएको देखिन्छ।"

    "यसको सामर्थ्य देशको लागि प्रयोग हुनुपर्नेमा जो सत्तामा छ त्यसको लागि प्रयोग भएको देखिन्छ। यसको आधुनिकीकरणमा ध्यान पुगेको देखिँदैन।" उनले नेपालमा विभिन्न सुरक्षा निकायहरूका आआफ्ना गुप्तचर निकाय रहेको भन्दै सबैको जिम्मेवारी अलग-अलग व्याख्या गरेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।

    बस्न्यात भन्छन्, "नेपाली सेनाले देशको प्रतिरक्षामा पर्ने सुरक्षा चुनौती जस्तो उत्तरी क्षेत्रमा बनिरहेका संरचनाहरू, हिमालय क्षेत्रमा बनिरहेका सैनिक संरचनाहरूबारे हेर्नुपर्छ। कस्तो प्रविधि आइरहेको छ त्यसमा प्रतिरक्षा फौजहरू जानुपर्छ।"

    उनले थपे, "प्रहरी प्रशासनले कानुन कार्यान्वयनसँग सम्बन्धित अनुसन्धान गर्नुपर्छ। राष्ट्रिय अनुसन्धानले चाहिँ रणनीतीक असर राख्ने चाहे वैदेशिक हस्तक्षेपका कुरा हुन् चाहे आन्तरिक कुरा हुन् त्यसमा ध्यान दिनुपर्छ।"

    भारतीय सुरक्षा निकाय एसएसबीका कारण महाकाली नदीमा पछिल्लो पटक तुइनबाट खसेर एक नेपाली वेपत्ता भएको घटनाको उदाहरण दिँदै उनले यस्ता खालका घटनाको सत्यतथ्य विभागजस्ता निकायले ल्याउनुपर्ने उल्लेख गरे।

    कानुनले दिएका जिम्मेवारी के छन्?

    नेपालको संविधानको अनुसूची पाँचले राष्ट्रिय गुप्तचर तथा अनुसन्धानलाई सङ्घको क्षेत्राधिकारभित्र राखेको छ। राष्ट्रिय अनुसन्धान विभागको वेवसाइटका अनुसार नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनताको रक्षा, आन्तरिक एवं राष्ट्रिय सुरक्षा र हितको प्रवर्द्धन र संवर्द्धन गर्न सरकारलाईआवश्यक पर्ने सबै प्रकारका सूचना उपलब्ध गराउने जिम्मेवारी सङ्गठनको जिम्मेवारीभित्र पर्छ।

    त्यसबाहेक राष्ट्रिय सुरक्षा, वित्तीय अपराध, आतङ्कवाद, सङ्गठित अपराध लगायत धर्म, संस्कृति, भाषा र समुदायबिचको सद्भावमा खलल पुर्‍याउने पक्षसँग सम्बन्धित सूचना सङ्कलन पनि विभागले गर्दै आएको छ।

    सिंहदरबारस्थित बरफबागमा यो सङ्गठनको मुख्यालय छ। पूर्वप्रधानमन्त्री ओली नेतृत्वको सरकारले विभागलाई प्रधानमन्त्री कार्यालय मातहत राखेपछि विशेष सेवा विधेयक २०७६ संसद्‌मा दर्ता गराएको थियो। राष्ट्रिय सभाबाट अनुमोदन भइसकेको उक्त विधेयक प्रतिनिधिसभामा विचाराधीन रहेको अवस्थामा छ।

    प्रस्तावित विधेयकले विभागलाई थप शक्तिशाली बनाउने र प्रतिगुप्तचरी क्रियाकलापबारे सूचना सङ्कलन गर्ने अधिकार दिनुपर्ने प्रस्ताव गरेको छ। विभागका कतिपय अधिकारीहरूले प्रधानमन्त्री कार्यालय मातहत हुँदा आफूहरूले गृह प्रशासन र त्यस मातहतका निकायका सूचना पनि सङ्कलन गर्न पाएको भन्दै शक्तिशाली महसुस गरेको बताएका छन्। तर उक्त निकायको काम आन्तरिक सुरक्षा बहालीमा सघाउने भएकाले त्यसलाई आफूभित्रै राख्नुपर्ने मत पनि गृह प्रशासनभित्र पाइन्छ।


    भाद्र १३, २०७८ आइतवार ११:४०:०३ बजे : प्रकाशित

    images
    images
    अर्कोसमाचार

    काठमाडौँ उपत्यकासहित देशभर चिसो बढ्यो

    रासस

    कार्तिक २४

  • 412
    SHARES
  • काठमाडौँ उपत्यकासहित देशभर चिसो बढ्यो

    काठमाडौँ उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ९ दशमलव शून्य डिग्री मापन गरिएको छ ।  जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु बासीका अनुसार देशभर चिसो बढ्दै जाने क्रममा रहेको छ । दिनभर घाम लागे पनि बिहान बेलुका जाडो बढेको महसुस भएको छ । “तत्काललाई पानी पर्ने सम्भावना रहेको छैन”, उनले भनिन्  । 

    images

    वर्षा गराउने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको बताइएको छ । महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम सुरु हुन्छ । हाल देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सफा रहेको छ । दिउँसो प्रदेश नं १ वाग्मती र गण्डकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

    मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २४  दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबै भन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस दुई दशमलव शून्य डिग्री र सबै भन्दा धेरै जनकपुरको अधिकतम तापक्रम ३१ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ । 


    कार्तिक २४, २०७८ बुधवार १२:३८:२७ बजे : प्रकाशित

    नयाँ रियालिटी सो ‘नेपाल्स सिङ्गिङ्ग सुपरस्टार’ इमेज च्यानलबाट प्रसारण हुँदै

  • 232
    SHARES
  • नयाँ रियालिटी सो ‘नेपाल्स सिङ्गिङ्ग सुपरस्टार’ इमेज च्यानलबाट प्रसारण हुँदै

    काठमाडौँ । इमेज च्यानलले “ नेपाल्स सिङ्गिङ्ग सुपरस्टार“ लाइ इमेज च्यानल एचडीमा प्रशारण गर्नको लागि भ्वाइस स्टार नेपालसंग प्रशारण सम्झौता भएको छ ।

    images

    नेपाली सुगम संगीतमा ख्यातिप्राप्त गायक तथा संगीतकारहरु निर्णायकका रुपमा प्रस्तुत हुने यस कार्यक्रममा विभिन्न रियालिटी शोमा भाग लिएर पनि  आफ्नो सांगीतिक उचाइलाई उचित स्थान दिन नसकेका गायक गायिकाहरुलाई  भाग लिन बिशेष प्रोत्साहन दिने उक्त च्यानलले जनाएको छ । साथै दूरदराज तथा राजधानी बाहिर रहेर संघर्षरतहरुलाई पनि छनौट प्रक्रियामा उचित स्थान दिइने भएको छ ।

    कार्यक्रमको छनौटको पहिलो चरण डिजिटल फर्म्याटमा अडिशन लिइनेछ । पौष महिनाको पहिलो हप्ताबाट शुरु हुने यो प्रक्रिया एक महिना अवधिको हुनेछ । उक्त छनौट प्रक्रियापछि माघ महिनाको दोश्रो हप्ताबाट नेपालका विभिन्न शहरहरुमा फिजिकल अडिशनको घोषणा हुनेछ । यी दुवै प्रक्रिया बाट छनौट भएका प्रतिस्पर्धीहरु बीच कार्यक्रमको २५ शृंखलामा रोचक भिडन्त हुनेछ । ‘नेपाल्स सिङ्गिङ्ग सुपरस्टार’ को पुरस्कार राशि रु २५००००० ÷ रहेको छ ।

    भ्वाइस स्टार नेपाल प्रालिले इमेज च्यानल एच डिमा प्रशारण गर्ने उद्देश्यका साथ “ नेपाल्स सिङ्गिङ्ग सुपरस्टार“ निकट भविष्यमै उत्पादन गर्ने जनाएको छ ।

    दर्शकहरु माझ “ नेपाल्स सिङ्गिङ्ग सुपरस्टार“को प्रचार अभियानका लागि डिजिटल मिडियामा चाडैनै “गेस द जजेज“ डिजिटल क्याम्पेन शुरु हुने बताइएको छ । एक महिना संचालन हुने यस क्याम्पेनका विजेताहरुले विभिन्न पुरस्कार जित्न सक्नेछन् । यस क्याम्पेनको बिजेता तथा जजहरुको घोषणा एक बिशेष कार्यक्रमको आयोजनाबाट हुनेछ ।

    यस कार्यक्रमको भोटिंग पार्टनर सजिलो पे रहेको छ , साथै यस कार्यक्रमको मार्केटिंगको जिम्मेवारी सुश्री मिडियाले लिएको छ ।


    मंसिर ७, २०७८ मंगलवार १७:५४:२१ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    आफू पुरानै पार्टीमा रहेको रेखा थापाले खुलाईन्

  • 560
    SHARES
  • आफू पुरानै पार्टीमा रहेको रेखा थापाले खुलाईन्

    काठमाडौं । पछिल्लो समय नेपाली चलचित्र क्षेत्रका कलाकारहरूको राजनीति प्रतिको मोह पनि बढीरहेको छ । कलाकारितामा व्यस्त रहने कालाकारहरु अहिले राजनीतिमा बढी चासो दिन थालेका पनि देखिन्छ ।

    images

    धेरै कलाकारहरु राजनीतिक दलमा प्रवेश गरेका पनि छन् । राजनीतिमा लाग्ने कलाकारमध्ये एक हुन् नायिका रेखा थापा । बिहिबार रेखा थापाम राप्रपाको एक कार्यक्रममा सहभागी भएकी छन् ।

    raprapa.jpg

    उनी २०७३ सालमा माओवादी छाडेर तत्कालिन राप्रपाका अध्यक्ष कमल थापाको राष्ट्रिय प्रजातन्त्र पार्टीमा लागेकी थिइन् । अघिल्लो महाधिवेशनमा रेखाले  केन्द्रीय सदस्य पनि जितेकी थिइन् ।

    rpp-1-.jpg

    उनीसँगै केन्द्रीय सदस्यमा जितेकी चर्चित गायिका कोमल ओली पनि थिइन् । ओली अहिले नेकपा एमालेमा छिन् । रेखा भने बीचको केही समय विप्लव समूहमा लागेका हल्ला पनि चलेको थियो । तर लामो समयपछि रेखा राप्रपामा नै रहेको खुलेको छ । बिहिबार राप्रपाको उम्मेदवारी घोषणा कार्यक्रममा रेखा पुगिन् ।

    उनले अहिले पार्टीमा युवा पुस्ताले नेतृत्व पाउनुपर्छ भन्ने बहस चलिरहेकोले आफु राप्रपाको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका राजेन्द्र लिङ्देनको पक्षमा लागेको बताइन् । राप्रपाको महाधिवेशन मंसिर १५ गतेदेखि १७ गतेसम्म हुँदैछ ।


    मंसिर ९, २०७८ बिहिवार ११:५६:०८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # काठमाडौँ

  • क्यानाडा नेपाल

    बंगालमा ‘जवाद' सामुन्द्रिक आँधी, नेपालमा भाेलिबाट अर्काे माैसमी प्रणाली

  • 528
    SHARES
  • बंगालमा ‘जवाद' सामुन्द्रिक आँधी, नेपालमा भाेलिबाट अर्काे माैसमी प्रणाली
    काठमाडौं, १८ मंसिर-बंगालको खाडीको मध्यपश्चिम भूभागमा ‘जवाद’ नामक सामुन्द्रिक चक्रवात बनेको छ। उक्त चक्रवात आज शनिबार बिहान भारतको ओडिसाको तटीय क्षेत्रमा पुग्ने  र तत्पश्चात उत्तर उत्तर पूर्व तर्फ सर्ने देखिएको छ ।

    उक्त चक्रवातका कारण नेपालमा खासै ठूलो प्रभाव पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । विशेष बुलेटिन जारी गर्दै महाशाखाले  चक्रवातको अप्रत्यक्ष प्रभावले शनिबार रातिबाट प्रदेश १, २ र बागमतीमा आंशिकदेखि सामान्य बदली रहने छ ।  ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना  पनि रहेको र एक(दुई स्थानमा हल्का वर्षाको आँकलन गरिएको छ । 

    images

    सोमबार बाट क्रमशः यो प्रणालीको प्रभाव नेपालमा कम हुँदै जाने देखिन्छ ।आइतबारबाट पुनः अर्को पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव देशमा पर्न सक्ने सम्भावना देखिएको छ,’ महाशाखाले भनेको छ, ‘सो पश्चिमी न्यून चापिय प्रणालिको प्रभावले आइतबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य देखि पूर्णतया बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षा र सो प्रदेशहरुको उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातको संभावना रहेको छ।’

     सोमबार सो प्रणालीले देशभर प्रभाव पारी केही स्थानमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको संभावना रहेको छ ।इतबार राति र सोमबार दिउँसो सो प्रणालीका कारण सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा भारी हिमपातको समेत सम्भावना रहेको छ । सो प्रणाली सोमबार रातिबाट कमजोर बन्दै जाने छ ।


    मंसिर १८, २०७८ शनिवार ०८:४१:३२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सामुन्द्रिक आँधी,

  • क्यानाडा नेपाल

    हिउँले मनाङका डाँडाकाँडा सेताम्य, माथिल्लाे क्षेत्र नजान पर्यटकलाई अनुराेध

  • 196
    SHARES
  • हिउँले मनाङका डाँडाकाँडा सेताम्य, माथिल्लाे क्षेत्र नजान पर्यटकलाई अनुराेध

    लमजुङ, १८ मंसिर -हिमाली जिल्ला मनाङका डाँडाकाँडा हिउँले सेताम्य बनेका छन् । माथिल्लो मनाङ र नार्पाभूमिका बस्तीमा बिहीबारदेखि हिमपात भइरहेको स्थानीयले बताएका छन् । माथिल्लो मनाङको थोराङलाफेदी, याकखर्क, बेसक्याम्प, तिलिचो क्षेत्रमा हिउँ परेको छ । मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाको बस्तीमा हिमपात भएको बताए ।

    images

    मनाङ ङिस्याङ गाउँपालिकाको हुम्देदेखि माथिल्लो भागमा हिउँ परेको छ । जिल्ला प्रशासन कार्यालय मनाङले उच्च पहाडी र हिमाली भूभागमा हिमपातका कारण तापक्रममा गिरावट आई चिसो वढ्न सक्ने हुनाले सतर्कता अपनाउन आग्रह गरेको छ । हिउँ परेपछी तल्लो क्षेत्रमा पनि चिसो बढेको छ । मनाङको ढिकुरपोखरी (३,२४० मि.) देखि माथिल्लो क्षेत्रमा हिमपात भइरहेको प्रजिअ आचार्यले बताए । हिउँ पर्न थालेपछि चिसो बढेको मनाङ ङिस्याङका छिरिङ गुरुङले बताए । 

    अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका प्रमुख लेखनाथ गौतमले माथिल्लो क्षेत्रमा हिमपात भएकाले पर्यटकलाई गन्तव्यतर्फ नजान भनिएको छ । उनले भने मौसममा सुधार आएपछि मात्र पर्यटकलाई गन्तव्यमा जान एक्याप मनाङले अनुरोध गरेको छ । 


    मंसिर १८, २०७८ शनिवार ०९:३२:५७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मनाङ

  • क्यानाडा नेपाल

    धोविखोलामा एक पुरुषको शव फेला

  • 412
    SHARES
  • धोविखोलामा एक पुरुषको शव फेला

    काठमाडौँ।  काठमाडौंको रातोपुल नजिकै धोविखोलामा एक पुरुषको शव फेला परेको छ । आइतबार दिउँसो धोविखोलमा शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

    images

    खोलामा घोप्टो परेको अवस्थामा शव फेला परेको हो । प्रहरीले शवलाई खोलाबाट बाहिर निकालेको छ भने पहिचान खुल्न बाकी रहेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


    मंसिर १९, २०७८ आइतवार १६:३७:४८ बजे : प्रकाशित