काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलका अनुसार माधव नेपालले नै विधि, पद्धति बिर्सेपछि सहमति हुन नसकेको कुरा बताएका छन् । सहमति गराउने कोशिस असफल हुनुमा माधव नेपाल नै जिम्मेवार रहेको उल्लेख गरेका छन् ।
क्यानाडा नेपालको कार्यक्रम सार्थक प्रश्नमा कुराकानी गर्दै नेता ईश्वर पोखरेलले भने, “एमाले फुटेको होईन केही व्यक्तिहरु मात्र निस्किएर जानुभएको हो । सहमति गराउन नखोजेको पनि होईन तर माधव नेपालको माग नै पूरा नहुने थियो । महाधिवेशन मा केपी ओली संग हारेको मान्छे ले अहिले केपी ओली संगै अध्यक्ष मागेर सहमति हुन्छ होला र ? “
अष्टलक्ष्मीले धोका दिएको भन्दै मुख्यमन्त्रीबाट हटाउन माधव नेपालको गठबन्धनलाई दबाब
केपी ओली र महेश बस्नेतलाई छोडेका किसान श्रेष्ठको मन्त्री बन्न माधव नेपाललाई दबाब
नेता पोखरेलले भने, “माधव नेपाल आफै विधि, पद्धतिको कुरा गर्ने अनि हारेको मान्छेले बार्गेनिंग गरेर अध्यक्ष पद खोज्नु कत्ति उपयुक्त होला ? अनि दोष जति सबै केपी ओलीलाई लाउने ? यही हो माधव नेपालको विधि, पद्धति ?”
माधव नेपालले पार्टी छोड्नुमा अध्यक्ष केपी ओलीको पनि त दोष होला नि भन्ने प्रश्नमा नेता पोखरेलले भने, “दोष एकजनाको मात्र भन्ने पनि होईन अध्यक्ष केपी ओलीको पनि होला तर त्यो त पार्टीभित्र बसेर मुल्यांकन गर्ने होला नि बाहिर बाहिर बैठक गरेर होईन होला । केपी ओलीको पनि दोष होला तर यो समस्यालाई जटिल बनाउने माधव नेपाल नै हुन् ।”
नेकपा एमाले अब महाधिवेसन तर्फ जाँदै गर्दा ईश्वर पोखरेलको उमेद्द्वारी अध्यक्षको लागि हुन्छ कि हुदैन भन्ने प्रश्नमा ईश्वर पोखरेलले भने, “म अध्यक्षको लागि उठ्ने वा नउठ्ने भन्ने कुरा मैले चाहेर भन्दा पनि पार्टी र कार्यकर्ताले चाहेपछि मात्र हुने कुरा हो । त्यसैले अहिले यस बारे केहि योजना बनेको छैन ।”
माधव नेपाल समूह चोईटिएर जाँदा नेकपा एमालेलाई कतिको असर पर्छ भन्दा ईश्वर पोखरेलले कुनै असर नपर्ने बताएका छन् । जनता सामू जे हो कुरा प्रष्टसंग राखेकोले गर्दा जनताले सहि र गलतलाई मुल्यांकन गर्ने कुरामा विश्वस्त रहेको नेता पोखरेलले जनाएका छन् ।
प्रतिक्रिया