श्रावण ३०, २०७९ सोमबार | Mon Aug 15 2022

केपी ओली र महेश बस्नेतलाई छोडेका किसान श्रेष्ठको मन्त्री बन्न माधव नेपाललाई दबाब



काठमाडौं । नेकपा एमालेबाट तनहुँ क्षेत्र नम्बर १ बाट विजय भएका प्रतिनिधि सभाका सांसद किसान श्रेष्ठ नेकपा एकीकृत समाजवादीमा खुलेर लागेका छन् । नयाँ पार्टीको नाम र आफ्नो फोटो राखेर किसान श्रेष्ठले दमौलीमा क्षेत्रीय कार्यालय स्थापना गरेका छन् ।

नेकपा एमालेमा नेता श्रेष्ठ अध्यक्ष केपी शर्मा ओलीको निकट रहेर काम गरेका थिए । महेश बस्नेतको विश्वासिलो पात्रको रुपमा चिनिएका किसान श्रेष्ठले एकाएक गुट परिवर्तन गर्दै माधव नेपाल तर्फ खुलेका थिए । महेश बस्नेतको निकट भएको नाताले एमाले मै बस्छन् भन्ने आकलन थियो तर एमाले त्यागेर किसान श्रेष्ठ नेकपा एकीकृत समाजवादीमा लागेका हुन् ।

अष्टलक्ष्मीले धोका दिएको भन्दै मुख्यमन्त्रीबाट हटाउन माधव नेपालको गठबन्धनलाई दबाब अष्टलक्ष्मीले धोका दिएको भन्दै मुख्यमन्त्रीबाट हटाउन माधव नेपालको गठबन्धनलाई दबाब

प्रधानमन्त्री शेरबहादुर देउवाले यहि हप्ता मन्त्रीमण्डल विस्तार गर्दैछन् । एकीकृत समाजवादी पार्टीसंग मन्त्री बन्ने सांसदहरुको नाम प्रधानमन्त्री देउवाले मागिसकेका छन् । उक्त लिष्टमा आफ्नो नाम जसरी पनि राख्न अहिले किसान श्रेष्ठले माधव नेपाललाई दबाब दिइरहेका छन् ।

माधव नेपालको प्रधानमन्त्रीदेखि राष्ट्रपति हातपार्ने 'मास्टर प्लान' माधव नेपालको प्रधानमन्त्रीदेखि राष्ट्रपति हातपार्ने ‘मास्टर प्लान’

माधव नेपाल निकट श्रोतका अनुसार अहिले माधव नेपाललाई केपी ओली निकट रहेका सांसदहरुलाई मनाउन  हम्मे हम्मे परिरहेको छ । किसान श्रेष्ठले आफूले केपी ओली र महेश बस्नेतलाई छोडेर ठूलो रिस्क लिएर एमाले पार्टी त्यागेर नयाँ पार्टीमा आएकोले जसरी पनि मन्त्री बनाउनुपर्ने दबाब दिईरहेका छन् ।

श्रोतका अनुसार माधव नेपालले आफू सरकारमा सहभागी भए मन्त्री बनाउने भनेका थिए जसका कारण पनि किसान श्रेष्ठले यत्ति ठूलो रिस्क लिएका थिए । माधव नेपाललाई जुन मन्त्रालय भएपनि मन्त्री पद दिलाउन नेता श्रेष्ठले आग्रह गरिरहेका छन् ।

केपी ओलीलाई छोडेर आएका अर्का सांसद प्रेम आले पनि मन्त्री पदको लागि दबाब दिइरहेका बेला माधव नेपालले किसान श्रेष्ठ र प्रेम आलेलाई पालो पालो मन्त्री बनाउने तयारी गरेका छन् तर किसान श्रेष्ठले आलोपालोमा मन्त्री नबन्ने भन्दै आफूलाई पूरा कार्यकाल मन्त्री बन्ने गरि माहोल मिलाउन दौडधूप गरिरहेका छन् ।

माधव नेपाललाई फकाउन पनि किसान श्रेष्ठले दमौलीमा हतार हतार छेत्रीय कार्यालय खोलेर नयाँ पार्टिको प्रचार प्रसार गरिरहेका छन् । किसान श्रेष्ठलाई मन्त्री बनाउन माधव नेपाल तयार भएपनि सबैलाई  मौका दिनुपर्ने भएकाले आलोपालो मन्त्री बन्ने माहोल बनाउने कोशिष गरिरहेका छन् तर किसान श्रेष्ठ आफ्नो अडानबाट पछि नहट्ने अवस्थामा छन् ।

प्रकाशित मिति : भाद्र १३, २०७८ आइतबार  ४ : ४३ बजे