आश्विन १०, २०७९ सोमबार | Mon Sep 26 2022

माधव नेपालको प्रधानमन्त्रीदेखि राष्ट्रपति हातपार्ने ‘मास्टर प्लान’



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आजबाट आफ्नो नयाँ पार्टी नेकपा एकीकृत समाजवादीको विस्तारमा कस्सिएका छन् । यहि हप्ता मन्त्रीपरिषद विस्तारमा उनको पार्टीले ६ वटा मन्त्रालय र राज्यमन्त्री पाउने पनि भएका छन् ।

माधव कुमार नेपाल जसले ५ दशक एमालेमा बिताएका थिए तर अहिले केपी ओलीसंगको सानोतिनो विवादका कारण किन पार्टी फुटाए भन्ने ठूलो प्रश्न उब्जिएको छ । माधव नेपालले अध्यादेश मार्फत रातारात पार्टी फुटाउनुलाई सकारात्मक रुपमा लिईएको भने छैन । केपी ओलीसंग पार्टी भित्र नलडेर बाहिर बाहिरबाट पार्टी किन फुटाए भन्ने प्रश्नको विश्लेषण हुन थालेको छ ।

माधव नेपालले नयाँ पार्टी दर्ताको प्रमाण पत्र प्राप्त गरेसंगै उनले प्रधानमन्त्रीको लागि शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ संग गरेको मौखिक सम्झौता बाहिरियो । उच्च श्रोतका अनुसार माधव कुमार नेपालले चुनावी सरकारको नेतृत्व गर्ने मौखिक सम्झौताका कारण शेरबहादुर देउवालाई विश्वासको मत दिएको र अहिले पार्टी फ़ुटाएका हुन् । प्रचण्डलाई साक्षी राखेर भएको सम्झौताका कारण माधव नेपालले एमाले पार्टी त्याग्ने रिस्क लिएका हुन् ।

माधव नेपालले सरकारमा जान मात्र नेकपा एमाले फुटाएर नयाँ दल दर्ता गरेका होईनन् । माधव नेपालले प्रधानमन्त्री, राष्ट्रपतिदेखि ठूलो कम्न्युष्ट पार्टीको अध्यक्ष बन्ने लक्ष्य सहित नयाँ पार्टी दर्ता गरेका हुन् । माधव नेपालको लक्ष्यमा मलजल गर्ने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि हुन् । प्रचण्डको पनि आफ्नै स्वार्थ गाँसिएको छ जुन हामी पछि चर्चा गर्नेछौं । 

माधव नेपालले एमालेमा हुँदा आफूलाई साथ दिएका सांसदतथा केन्द्रीय सदस्यहरु जसले अहिले सम्म मन्त्री बन्ने मौका पाएका थिएनन् उनीहरुलाई यो गठबन्धनको सरकारमा मौका दिने भएका छन् । माधव नेपालसंग गाँसिएका प्राय सांसद तथा केन्द्रीय सदस्यहरु कुनै न कुनै पद पाउने लोभले एमाले पार्टी त्यागेका हुन् ।

सरकारमा गएपछि माधव नेपालले यहि गठबन्धनको सरकार मार्फत आउने चुनावको नेतृत्व गर्नेगरि प्रधानमन्त्री बन्ने भएका छन् । शेरबहादुर देउवालाई विश्वासको मत दिन फ्लोर क्रस गर्ने निर्णय लिनु अघि प्रचण्डले देउवा र माधव नेपाल बीच चुनावी सरकारको नेतृत्व माधव नेपाललाई गर्न दिने मौखिक सम्झौता गराएका थिए । प्रचण्ड आफै साक्षी बसेर देउवाले हुन्छ भनेपछि माधव नेपालले एमालेलाई रिस्कमा राखेर फ्लोर क्रस गरेका थिए ।

शेरबहादुर देउवाले महाधिवेसनसम्म आफू प्रधानमन्त्री बन्ने र चुनाव घोषणा भएसंगे चुनावी सरकार माधव नेपाललाई हस्तान्तरण गर्ने भन्दै सम्झौता गरेका थिए । अनि माधव नेपालले एमालेमा विद्रोह सुरु गर्दै सांसदहरुदेखि केन्द्रीय सदस्यहरुलाई आफू तर्फ तान्न सुरु गरे । भित्र भित्रै नयाँ पार्टी दर्ता गर्न तयारी गर्न थाले । र अन्तिममा शेरबहादुर देउवाले माधव नेपाललाई सहज हुनेगरि अध्यादेश ल्याईदिए । सभामुखले पनि एमाले पार्टीले गरेको कारवाहीलाई अघि बढाएनन् ।

संसदमा गठबन्धनको सरकारको बहुमत भएका कारण अब माधव नेपालले राष्ट्रपतिमाथि महाअभियोग लाउने सम्म तयारी गरेका छन् । माधव नेपाल र प्रचण्डको तयारीमा यो प्रस्तावलाई शेरबहादुर देउवाले समेत साथ दिने भएका छन् । श्रोतका अनुसार राष्ट्रपतिमा झलनाथ खनाललाई अघि सार्ने तयारी गरेका छन् जसका कारण झलनाथ खनाल खुलेरै एमाले परित्याग गरेर नयाँ पार्टीमा आएका हुन् ।

राष्ट्रपतिलाई महाअभियोग लाउने योजना बारे राष्ट्रपति विधा देवी भण्डारीले सूचना पाएसंगै केहि हप्ता अघि भीम रावललाई बोलाएर सोधेकी समेत थिईन । तर नेता रावलले यस बारे बैठकमा अहिलेसम्म कुनै प्रस्ताव नआएको जनाएका थिए ।

राष्ट्रपति र प्रधानमन्त्री पद सुनिश्चित गरेसंगै माधव नेपालले छरिएर बसेका कम्न्युष्ट पार्टीहरुलाई एकीकरण गरेर ठूलो कम्न्युष्ट पार्टी बनाउने योजना समेत बनाएका छन् । सुरुवातमा माओवादी केन्द्रसंगै एकीकरण गर्ने योजना रहेको नेकपा एकीकृत समाजवादी पार्टीका नेता मेटमणि चौधरीले क्यानडा नेपाललाई बताएका थिए ।

प्रकाशित मिति : भाद्र १०, २०७८ बिहीबार  ७ : २७ बजे