• Dec 06 2021 | २०७८, मंसिर २०गते

२०७८, मंसिर २०गते

शर्ट मुभी कम्पिटिशनमा १०८ स्क्रिप्ट छनोट,सहभागीलाइ एक दिने कार्यशाला सम्पन्न

क्यानाडा नेपाल भाद्र ९ २०७८
  • 1.1K
    SHARES
  • images
    images
    शर्ट मुभी कम्पिटिशनमा १०८ स्क्रिप्ट छनोट,सहभागीलाइ एक दिने कार्यशाला सम्पन्न

    काठमाडौँ । राष्ट्रिय यूवा संघ नेपालले आयोजना गर्न लागेको ‘म केही गर्छु’ शिर्षकको छोटो चलचित्र प्रतिस्पर्धामा एकसय १५ स्क्रिप्ट सहभागी भएको छ । श्रावण ५ गते भित्र आयोजकले दिएको क्राईट एरियाभित्र रहेर स्क्रिप्ट पठाउन आह्वान गरेको थियो । देशभरबाट एक सय १५ स्क्रिप्ट सहभागी भएको हो । यो नेपालमा अहिलेसम्मकै सर्वाधि सहभागीता हो । ११५ मध्ये १०८ स्क्रिप्ट छनोट भएको छ। छनोट भएका स्क्रिप्टमा फिल्म बनाउनेहरुको लागी एक दिने ओरियन्टेसन कार्यक्रम सम्पन्न भएको 

    images

    छ। सोमबार चलचित्र विकास बोर्डको हलमा छनोट भएका स्क्रिप्ट राइटर र चलचित्र निर्माणको लागि स्क्रिप्ट पठाउने हरुकालागी युवा संघ नेपालले चलचित्र क्षेत्रका बिज्ञहरुलाई सहभागी गराएर चलचित्र बनाउने सम्बन्धमा ओरियन्टेसन गराएको हो। उक्त कार्यक्रममा निर्देशक मिन भाम,सिनेम्याटोग्राफर बिष्णु कल्पित,नेपाल फिल्म कलेजका प्रिन्सिपल शिशिर उप्रेती,चलचित्रकर्मी अर्जुन देव जोशीले सहभागीहरुलाई जानकारी दिए। उक्त कार्यक्रमको सहजीकरण चलचित्र पत्रकार संघ नेपालका महासचिव समिर बलामीले गरेका थिए।

    निषेधाज्ञाका कारण घरमै बसिरहेका यूवाहरुको समयको सदुपयोगका लागि छोटो चलचित्र प्रतिस्पर्धामा आयोजना गरेको राष्ट्रिय यूवा संघ नेपाल उपाध्यक्ष क्षितिज थेवेले बताए । उक्त कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल,युवा संघ नेपालका उपाध्यक्ष क्षितिज थेवे, उपाध्यक्ष पुष्पराज श्रेष्ठ,उपाध्यक्ष उर्मिला सुनुवार,अशोक चौलागाईं,महासचिव रमेश आचार्य,उप महासचिव रामजी सापकोटा,सचिव सीता सुवेदी,विनोद ओली,सुनीता कार्की ,स्थायी कमिटी सदस्य महेश चौलागाईं ,सचिवालय सदस्य श्रीधर पौडेल ,केशव घिमिरे र समुन्द्र तिमल्सिना ,केन्द्रीय सदस्य द्वय विरेन्द्र भट्ट र रेशु लामा लगायतको उपस्थिति रहेको थियो ।

    सहभागी स्क्रिप्टलाई निर्णायक समितिले मापदण्ड अनुसार छनौट गरेको हो। छानिएका स्क्रिप्टले उद्यमशीलता र रोजगार, पर्यटन, कृषी तथा उद्योग, राजनीति र सुशासन, शिक्षा, स्वास्थ्य, खेलकुद, लैंगिक समानता र विविधता, कला संकृती र मनोरञ्जनलगायतका बिषयमा बढीमा ५ मिनेटसम्मको छोटा फिल्म बनाउनुपर्नेछ ।

    नेपालमा हुने सर्ट फिल्म कम्पिटेशनमा सय बढि केही दर्जन फिल्म तथा कथाहरुमात्र सहभागी हुने गरेको तथ्याङ्क छ । तर, राष्ट्रिय यूवा संघ नेपालले आयोजना गरेको छोटो चलचित्र प्रतिस्पर्धामा सोचेको भन्दा धेरै भन्दाबढि स्क्रिप्ट सहभागी भएको छोटो चलचित्र प्रतिस्पर्धाका संयोजक तथा राष्ट्रिय यूवा संघ नेपालका उपाध्यक्ष क्षितिज थेवेले बताउनुभयो ।

    यूवाहरुको प्रतिभा पहिचान, प्रस्फुटन र प्रवद्र्धन गर्ने उद्देश्यसहित यो प्रतियोगीता आयोजना हुन लागेको राष्ट्रिय यूवा संघ नेपालले जनाएको छ । छानिएका स्क्रिप्टहरुबाट छोटो चलचित्र निर्माण गरि युवा संघ नेपाललाई बुझाउनु पर्नेछ । छोटो चलचित्र बुझाईसकेपछि निर्णायक समितिले उत्कृष्ट तीन फिल्म छान्नेछ । छानिएका तीन फिल्ममध्ये प्रथम हुनेलाई २ लाख ५० हजार, दोश्रो हुनेलाई १ लाख ५० हजार र तेश्रो हुने फिल्मलाई १ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले बताएको छ ।

    उत्कृष्ट तीन सहित पाँच चलचित्रलाई एक समारोह बीच विशेष प्रदर्शनी गरिने आयोजक पक्षले जनाएको छ । त्यस लगतै विजेताहरुलाई भव्य समारोह बीच पुरस्कार प्रदान गरिने बताइएको छ ।

    राष्ट्रिय युवा संघ नेपाल मुख्यआयोजक रहेको यो प्रतियोगिताको नेपाल फिल्म एकेडेमी सह–आयोजक रहेको छ । नेसनल युथ काउन्सिलले कार्यक्रमलाई प्रवद्र्धन गर्ने बताइएको छ । त्यसैगरी प्रतियोगितालाई चलचित्र विकास बोर्ड, नेपाल पर्यटन बोर्ड, अफरिङ ह्याप्पीनेस र प्रमोटर्स नेपालको सहयोग रहनेछ ।


    भाद्र ९, २०७८ बुधवार ११:५६:०९ बजे : प्रकाशित

    images
    images

    क्यानाडा नेपाल

    अर्कोसमाचार

    जिग्रीको स्वरमा नयाँ गीत 'मायाले जीवन सजाउ' सार्वजनिक, धुर्मुस-सुन्तलीको रोमान्टिक अभिनय

  • 1.3K
    SHARES
  • जिग्रीको स्वरमा नयाँ गीत 'मायाले जीवन सजाउ' सार्वजनिक, धुर्मुस-सुन्तलीको रोमान्टिक अभिनय

    काठमाडौं - चर्चित हाँस्यकलाकार कुमार कट्टेल (जिग्री)को स्वरमा सजिएको नयाँ गीत 'मायाले जीवन सजाउ' सार्वजनिक भएको छ । 

    images

    हाँस्यकलाकार एवं सामाजिक अभियान्ता सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को अभिनय रहेको उक्त म्युजिक भिडियो मंगलबार युट्युबमा सार्वजनिक भएको हो । 

    धुर्मुस सुन्तली विवाह बन्धनमा बाँधिएको १३ वर्ष पुरा भएको अवसरमा भाई कुमारले नयाँ गीत बजारमा ल्याएका हुन् । गीतमा कुमारलाई गायिका अस्मिता अधिकारीले स्वरमा साथ दिएकी छन्  । गीतमा अर्जुन पोखरेलको शब्द र संगीत रहेको छ । भिडियोलाई रामजी लामिछानेले निर्देशन गरेका हुन् । 


    मंसिर १५, २०७८ बुधवार १२:१६:०४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कुमार कट्टेल

  • क्यानाडा नेपाल

    अस्मिता र अमृतको गीतमा पूजा र प्रदीपको अभिनय

  • 222
    SHARES
  • अस्मिता र अमृतको गीतमा पूजा र प्रदीपको अभिनय

    काठमाडौँ । पछिल्लो पुस्ताकी लोकप्रिय नायिका पूजा शर्मा चलचित्रसँगै म्यूजिक भिडियोमा पनि निक्कै व्यस्त छिन् । एकपछि अर्को गर्दै लगातार म्यूजिक भिडियो आफ्ना दर्शकहरुका लागि दिइरहेकी पूजाले मोडल प्रदीप लामासँग नयाँ भिडियोमा सहकार्य गरेकी छिन् । 

    images

    ‘जुलेबी’ बोेलको गीतकोे भिडियोमा पूजा र प्रदीपको रोमान्स हेर्न सकिन्छ । यो गीतमा अस्मिता अधिकारी र अमृत घोले लामाको स्वर, शंकर थापा ‘स्माइल’को शब्द, गणेश शाहीको संगीत छ । 

    भिडियोमा प्रदीप लामाको कोरियोग्राफी तथा  निर्देशन, सुशान प्रजापतिको छायांकन, कृष्ण भण्डारीको सम्पादन छ । जसको निर्माताका रुपमा  गायक लामा नै रहेका छन् । 


    मंसिर १५, २०७८ बुधवार २१:२६:५० बजे : प्रकाशित


    क्यानाडा नेपाल

    सलमानको बडी देखेर भुतुक्कै भइन् हलिउड अभिनेत्री किम कार्दशियन

  • 1.1K
    SHARES
  • सलमानको बडी देखेर भुतुक्कै भइन् हलिउड अभिनेत्री किम कार्दशियन

    काठमाडौं - हलिउडकी चर्चित अभिनेत्री तथा मोडल हुन् किम कार्दशियन । धेरैजसो हट फोटोशुटका कारण चर्चामा आइरहने किम बलिउडको फ्यान पनि हुन् । 

    images

    उनले बलिउडका धेरै फिल्महरु पिनि हेरिसकेकी छिन् । उनलाई बलिउडमा सलमान खानको फिल्म धेरै नै मन पर्छ । उनले आफु सलमानको बडी देखेर भुतुक्कै भएको बताएकी छन्। 

    उनले आफुले धेरै पहिलादेखि सलमानसँग काम गर्न चाहेको पनि बताएकी छन् । किम बलिउडस्टार श्रीराज हसनको मिल्ने साथि पनि हुन् । उनी पति कान्य वेष्टसँगको सम्बन्ध विच्छेदका कारण पनि चर्चामा छिन् । उनीहरु ७ बर्षअघि विवाह बन्धनमा बाधिँएका थिए । उनीहरुले कुनै कारण बिना नै एक अर्काले सम्बन्ध तोडेको बताइन्छ । 

     


    मंसिर १५, २०७८ बुधवार २१:५६:२८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # किम कार्दशियन

  • क्यानाडा नेपाल

    'कोभिड १९' को चपेटामा परेको फिल्म ‘बिच्छेद'को छायांकन सकियो

  • 158
    SHARES
  • 'कोभिड १९' को चपेटामा परेको फिल्म ‘बिच्छेद'को छायांकन सकियो

    काठमाडौं। बिश्वव्यापी महामारी 'कोभिड १९' को चपेटामा परेको फिल्म ‘बिच्छेद’को तीन बर्षपछि छायांकन सकिएको छ । २०७६ वर्षको चैत ५ गतेबाट सुरु भएको फिल्मको छायांकनबीचमा नै लकडाउन भएपछि रोकिएको थियो ।

    images

    निर्देशक सत्यराज चौलागाईंले क्याप्टेनसिप सम्हालेको फिल्ममा अभिनेता मुकुन भुषाल र अभिनेत्री लक्ष्मी बर्देवाको प्रमूख अभिनय रहेको छ । मुकुन र लक्ष्मीले यसअघि फिल्म ‘बुलबुल’ मा गरेका थिए । दुवै अभिनयमा उम्दा मानिन्छन् ।
     
    राज पण्डित, सुबास राई र साबि बज्राचार्य को लगानी रहेको फिल्ममा सुष्मा निरौला, प्रिया रिजाल, लय संग्रौला, हिउवाला गौतम, सरिता राजउपाध्याय, जीवन थापा लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । संकल्प भुजेल छायाँकार रहेको फिल्म गाउँले परिवेशमा आधारित रहेको निर्देशक चौलागाईंले जानकारी दिए । फिल्ममा एसडि योगी र सुरज थापाको संगीत रहनेछ ।
     
    फिल्मको रामेछापको एक गाउँमा सम्पूर्ण छायांकन भएको हो । अधुरैमा फिल्मको छायांकन रोकिँदा निर्मातालाई ठूलो आर्थिक क्षति भएको निर्देशक चौलागाईं बताउँछन् ।


    मंसिर १९, २०७८ आइतवार १६:१६:४५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बिच्छेद
  • # कोभिड-१९

  • क्यानाडा नेपाल

    काठमाडौं माउन्टेन फिल्म फेस्टिभल (किम्फ) को १९ औं संस्करण मंसिर २३ देखि २७ सम्म हुने  

  • 104
    SHARES
  • काठमाडौं माउन्टेन फिल्म फेस्टिभल (किम्फ) को १९ औं संस्करण मंसिर २३ देखि २७ सम्म हुने  

    काठमाडौं माउन्टेन फिल्म फेस्टिभल(किम्फ) को १९ औं संस्करण मंसिर २३ देखि २७ सम्म हुने भएको छ ।  फेस्टिभलमा वृत्तचित्र, आख्यान, प्रयोगात्मक, लघु फिल्म, र एनिमेसन सम्बन्धी २८ देशका ६० फिल्म देखाइने आयोजक हिमाल एसोसियसनले जनाएको छ । अमेरिकी फिल्मकर्मी काइल रुडिकद्वारा निर्देशित फिल्म ’ड्रिम माउन्टेन’ प्रदर्शन गर्दै किम्फको उद्घाटन गरिने एसोसियसनले जानकारी दिएको छ । 

    images

    किम्फको निर्णायकमा पर्वतारोही मारियो कासेला, स्विजरल्याण्डकी पत्रकार ‍तथा फिल्म निर्माता क्यारोलिन फिङ्क र रंगकर्मी अनुप बराल रहेका छन् । अन्तर्राष्ट्रिय प्रतियोगितातर्फ ४० फिल्मबट उत्कृष्ट तीन र नेपाल पानोरमामा उत्कृष्ट वृत्तचित्र र फिक्सन फिल्म छनोट गर्नेछन् ।

    अन्तर्राष्ट्रिय प्रतियोगितातर्फको विजेताले २ लाख, दोस्रोले १ लाख ५० र तेस्रो फिल्मले १ लाख पुरस्कार पाउनेछन् । पनोराममा उत्कृष्ट वृत्तचित्रका लागि ७५ हजार र उत्कृष्ट आख्यानका लागि १ लाख प्रदान गरिनेछ । उत्कृष्ट माउन्टेन फिल्म अवार्ड विजेताले भने एक हजार अमेरिकी डलर जित्नेछ । 


    मंसिर १९, २०७८ आइतवार १७:४८:१४ बजे : प्रकाशित

    प्रमोद खरेल र येदिन गजमेरको सहकार्यमा जन्मियो 'यादहरूमा'

  • 184
    SHARES
  • प्रमोद खरेल र येदिन गजमेरको सहकार्यमा जन्मियो 'यादहरूमा'

    काठमाडौँ । चर्चित गीतकार तथा संगीतकार येदिन गजमेरको नयाँ गीत यादहरूमाको भिडियो सार्वजनिक भएको छ । गायक प्रमोद खरेलको स्वरमा सजिएको प्रेम रोमान्स र विरहले भरिएको  यादहरूमाको भिडियो शुक्रबार बजारमा आएको हो । 

    images

    अमेरिकामा बस्दै आएका गीतकार तथा संगीतकार येदिनले दर्जनौँ नेपाली आधुनिक गीत तथा भजन संगहहरुमा आफ्नो शब्द तथा संगीत भरेर चर्चा कमाएका बेला यादहरूमाको भिडियो बजारमा ल्याएका हुन् । 

    वैँशालु उमेरमा प्रेममा परेका एक जोडीको प्रेमील कहानी, प्रेममा पर्दाका रमाइला यादगार क्षणहरु र एक्कासी आफ्नी प्राण प्यारीले छाडेर गएपछिको विरहका दृश्यहरुलाई कैद गरिएको  गीतमा मोडलद्धय रमेश दियाली र साक्षी लम्साल गज्जबसँग खुलेका छन् । 

    संजिब बराईलीको एरेन्ज रहेको गीतमा निशाल पौडेलको छायाङ्कन रहेको छ ।  विकाश दाहालले  सम्पादन गरेको भिडियोको निर्देशन युवराज वाइवाले गरेका हुन् ।  यसैबिच गायक अनुप रेग्मीको स्वरमा तयार भएको लोक आधुनिक गीत  पञ्चेबाजामा संगीतकार येदिनको संगीत रहेको गीत छिट्टै बजारमा आउने तयारीमा रहेको छ । 

    विबाहको मौसमलाई लक्षीत गरेर ल्याउन लागिएको पञ्चेबाजामा संगीतकार यदिनकै शब्द शृजना समावेश छन् । यसअघि नै संगीतकार येदिनले नेपालका चर्चित गायक गायिकाहरुसँग दर्जनौँ गीतमा सहकार्य गरिसहेका छन् ।


    मंसिर १९, २०७८ आइतवार २१:५७:५१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रमोद खरेल

  • क्यानाडा नेपाल