आश्विन ९, २०७९ आइतबार | Mon Sep 26 2022

भाइरल गर्ल तरकारीवालीले गरिन् विवाह, को हुन् उनका पति ?



काठमाडौं – केही वर्षअगाडि सामाजिक सञ्जालमा भाइरल भएकी कुशुम श्रेष्ठले विवाह गरेकी छिन् । उनले मसीर ६ गते शुक्रबार विवाह गरेकी हुन् ।  उनले धादिङ मैदीका राजन श्रेष्ठसँग विवाह गरेको बताइएको छ । तरकारीको डोको बोकेको उनको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएपछी उनी तरकारीवाली नामले चिनिएकी छिन् ।

\"\"

तरकारीवालीको नामले जताततै चिनिएपछी उनलाई धेरै युट्युवरले पछ्याए ।  उनले म्युजिक भिडियोमा पनि काम गरेकी छिन् । उनले गायक विकास चौधरी र चन्दा घिसिङको स्वरमा रहेको ‘कान्छा कान्छी’ बोलको गीतमा अभिनय गरेकी छिन् । उनलाई धेरै म्यूजिक भिडियो, विज्ञापन, मोडलिंङमा पनि अफर आइरहेको छ । 

 

प्रकाशित मिति : मंसिर ८, २०७६ आइतबार  ५ : ४४ बजे