• Jan 27 2022 | २०७८, माघ १३गते

२०७८, माघ १३गते

गाईजात्रा, किन र कसरी मनाइन्छ ?

बीबीसी भाद्र ७ २०७८
  • 1.9K
    SHARES
  • images
    images
    गाईजात्रा, किन र कसरी मनाइन्छ ?

    काठमाडौँ।  काठमाडौँ उपत्यका तथा नेपालका विभिन्न भागमा विशेषतः नेवार समुदायले मनाउने गाईजात्रा पर्वले परम्परागत, धार्मिक र सांस्कृतिक विशेषता बोकेको छ। नेवार समुदायले मनाउने यो पर्व पुत्रवियोगमा रहेकी आफ्नी रानीलाई त्यसबाट पार पाउन प्रेरित गर्न राजा प्रताप मल्लले सुरु गरेको ठानिन्छ।

    images

    तर एक संस्कृतिविद्ले प्रताप मल्लको शासनकालभन्दा ३०० वर्षअघिबाटै उक्त पर्व मनाउन थालिएको बताए। यो पर्व मनाउने क्रममा गाईजात्रालाई कृषि र प्रकृतिसँग पनि जोड्ने गरिएको जानकारहरू बताउँछन्।

    गाईजात्रा के हो ?

    संस्कृतिविद् तेजेश्वर बाबु ग्वंगः पछिल्ला वर्षहरूमा गाईजात्रालाई हास्यव्यङ्ग्यसँग बढी जोडिए पनि यो पर्व त्योभन्दा बृहत् रहेको बताउँछन्। उनले भने, "हिन्दू धर्ममा गाई पवित्र जनावर हो। हाम्रो दिवङ्गत आफन्तको नाममा गाईलाई पूजा गरेर उसको पिठिउँमा पहेँलो वस्त्र लगाइदिएर घुमाउने गरिन्छ। मृतकको आत्माको शान्तिको कामना गर्दै यो पर्व मनाइएको हो।"

    नेवारी भाषामा यो पर्वलाई 'सापारू' भनिन्छ। 'सा' को अर्थ गाई र 'पारू' को अर्थ प्रतिपदा तिथि हो जुन दिन यो चाड मनाइन्छ। संस्कृतिविद् ग्वंगःका अनुसार गाईजात्रा मनाउने क्रममा वर्षभरि ज्यान गुमाएका आफन्तहरूको सम्झनामा विम्ब खडा गर्ने परम्परा छ।

    उनी भन्छन्, "भक्तपुरमा बालबालिकाको मृत्यु भएको छ भने केटा मर्दा केटाको लुगा र केटी मर्दा फरिया डोकोमा बेरेर गाईको चित्र र त्यसमा परालको सिङ गुथेर सिन्दूर, टीका र मालाले पूजा गरिन्छ र नगर घुमाउन लैजाने चलन छ। यमलोकमा कसैले कसैलाई नछेकून् भनेर त्यसलाई मुकाबिला गर्न यहाँको टोलटोलका मान्छेहरू घिन्ताङघिसी भन्ने नाच नाच्छन्।"

    गाईजात्राको इतिहास कस्तो छ ?

    संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार अभिलेखहरूले नेपालमा लिच्छविकालदेखि नै गाईलाई उच्च महत्त्व दिने गरिएको देखाएको बताए। उनका अनुसार मध्यकालीन धार्मिक, सांस्कृतिक जीवनमा अलौकिक शक्तिको महत्त्व बढेसँगै चाडका रूपमा गाईजात्राको महत्त्व पनि बढेको थियो।

    उनी भन्छन्, "लिच्छविकालको अभिलेखमा साँढे जुधाएर गरिने जात्राको उल्लेख भएको हामी पाउँछौँ। मलाई लाग्छ अंशुवर्माको मुद्रामा दूध चुसिरहेको बाच्छो देखाइएको छ। त्यसले हाम्रो धार्मिक सांस्कृतिक जीवनमा गाईको महत्त्व कति छ भन्ने देखाउँछ।

    उनले ६०० वर्षअघिको गोपालराज वंशावलीमा 'सायात' भन्ने शब्द उल्लेख गरिएको भन्दै 'सा'को अर्थ गाई र 'यात' को अर्थ जात्रा भएको बताए। त्यसबाहेक भक्तपुर दरबार क्षेत्र परिसरमा रहेको जितामित्र मल्ल र भूपतिन्द्र मल्ल राजाका शिलालेखमा पनि यो जात्राको चर्चा गरिएको उनको भनाइ छ।

    राजा प्रताप मल्लको पालामा आएर गाईजात्राको विधिविधान थपिदिएको हुनसक्ने उनको विश्वास छ। उनले भने, "एउटा धार्मिक आस्था के छ भने गाईजात्राको दिनमा गाईको पुच्छर समातेर वैतरणी नदी पार गर्दा स्वर्गमा पुगिन्छ भन्ने मान्यता पनि छ। बाँचेकाहरूको भलो होस् र मरेकाहरूको पनि मोक्ष प्राप्ति होस् भनेर मनाइने जात्रा हो यो।"

    गाईजात्रा र मृत्युगणना

    गाईजात्रा मनाउने क्रममा ज्यान गुमाएका व्यक्तिको सम्झनामा माटोको साँढे वा तहासाँ बनाएर नगर परिक्रमा गर्ने चलन रहँदै आएको छ। तहासाँ वा तहामचा भक्तपुरको गाईजात्राको विशेषता हो। बाँसमा फरिया बेरेको भए त्यो महिलाको र कपडा बेरेको भए त्यो पुरुषको तहासाँ भनेर बुझिन्छ।

    "त्यसको महत्त्वपूर्ण सन्देश चाहिँ यो एक प्रकारको मृत्यु गणना जात्रा पनि हो। परम्परागत सहरमा तपाईँ बस्नुहुन्छ भने वर्षभरिमा कति मान्छेले ज्यान गुमाए भन्ने गाई जात्रा घुमाउने बाटोमा दिनभरि तपाईँ ढुकेर बस्नुहोस् एकदमै निश्चित र प्रामाणिक तथ्याङ्क आउँछ।"

    उनले भक्तपुरमा परालको भैरव र भद्रकालीको साथमा त्यस वर्ष मरेका व्यक्तिहरूको ताहासाँ प्रदर्शन गरिसकेपछि गाईजात्राको अन्तिम कार्यक्रम सकिने बताए।

    आठ दिनसम्म मनाइने यो पर्वमा विभिन्न डबली तथा चोकहरूमा प्रहसन, नाटक र मार्मिक कथाहरूमा प्रस्तुति दिने परम्परा भए पनि बिस्तारै त्यो लोप हुन थालेको भन्दै संस्कृतिकर्मीहरूले चिन्ता व्यक्त गरेका छन्। गाईजात्राको एक दिन अघि जनै पूर्णिमा पर्छ। त्यसै दिनबाट कृष्ण जन्माष्टमीसम्म उक्त पर्व मनाइन्छ।

    गाईजात्रा र भ्यागुताको पूजा

    स्थानीय किसानहरू उक्त दिन स्थानीय भाषामा 'ब्याञ्चायात जा नकेगु' अर्थात् भ्यागुतालाई खाना खुवाउन जाने गरेको गाईजात्राको बारेमा अध्ययन गरेकी सुलोचना छ्वाजू बताउँछिन्। उनले भनिन्, "गाईजात्रा खेतीपाती र किसानसँग सम्बन्धित पर्व हो। रोपाइँ सकेर गोडमेल गरिसकेपछि साउन शुक्ल पूर्णिमादेखि अष्टमीसम्म आठ दिन मनाउने भनिएको छ।

    खेतमा काम गर्दा जति पनि कीराफट्याङ्ग्राहरू उनीहरूले मार्छन् त्यसको लागि क्षमायाचना गर्दै भ्यागुतालाई खाना खुवाउने गरिन्छ।" संस्कृतिविद् श्रेष्ठका अनुसार कीराफटयाङ्ग्रा खाइदिने भएकाले भ्यागुता किसानको असल साथी भएको विश्वास गरिन्छ।

    गाईजात्रामा कस्ता नाच

    नेवार समुदायको बसोबास रहेका देशभरिका सबैजसो ठाउँमा गाईजात्रा मनाइने गरेको छ। काठमाण्डू उपत्यकाकै विभिन्न सहरमा यो पर्व मनाउँदाका कतिपय फरक विशेषता छन्। त्यसमध्ये एउटा भक्तपुरको घिन्ताङ्‌घिसी नाच हो जुन अन्यत्रको गाईजात्रामा नदेखिने संस्कृतिविद् ग्वंगः बताउँछन्।

    भक्तपुरको वागीश्वरी स्कूलको दश जोड दुईमा अध्यापन गर्ने छ्वाजू उक्त नाच परम्परागत र आधुनिक नृत्यभन्दा फरक रहेको र त्यसका लागि कुनै पूर्वाभ्यास नचाहिने बताउँछिन्। उनले भनिन्, "भक्तपुरमा प्रायःजसो व्यक्ति यो नाचमा सहभागी हुन्छन्। यो आफैँ हेरेर गरिने खालको नृत्य हो।"

    त्यसबाहेक गाईजात्राका क्रममा १८ शताब्दीदेखिका विभिन्न नाचहरू देखाउने गरिएका र तीमध्ये कतिपय लोप हुने अवस्थामा पुगेकोले त्यसको संरक्षणका लागि विशेष ध्यान दिइनुपर्ने उनले बताइन्। गाईजात्रामा पछिल्लो समय अभिव्यक्त गरिने नाच र व्यङ्ग्यात्मक प्रस्तुतिमा राजनीतिक र सामाजिक विसङ्गतिहरूलाई लक्षित गर्ने गरिएको उनको भनाइ छ।


    भाद्र ७, २०७८ सोमवार ११:१५:१९ बजे : प्रकाशित

    images
    images
    अर्कोसमाचार

    हिउँले मनाङका डाँडाकाँडा सेताम्य, माथिल्लाे क्षेत्र नजान पर्यटकलाई अनुराेध

  • 592
    SHARES
  • हिउँले मनाङका डाँडाकाँडा सेताम्य, माथिल्लाे क्षेत्र नजान पर्यटकलाई अनुराेध

    लमजुङ, १८ मंसिर -हिमाली जिल्ला मनाङका डाँडाकाँडा हिउँले सेताम्य बनेका छन् । माथिल्लो मनाङ र नार्पाभूमिका बस्तीमा बिहीबारदेखि हिमपात भइरहेको स्थानीयले बताएका छन् । माथिल्लो मनाङको थोराङलाफेदी, याकखर्क, बेसक्याम्प, तिलिचो क्षेत्रमा हिउँ परेको छ । मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाको बस्तीमा हिमपात भएको बताए ।

    images

    मनाङ ङिस्याङ गाउँपालिकाको हुम्देदेखि माथिल्लो भागमा हिउँ परेको छ । जिल्ला प्रशासन कार्यालय मनाङले उच्च पहाडी र हिमाली भूभागमा हिमपातका कारण तापक्रममा गिरावट आई चिसो वढ्न सक्ने हुनाले सतर्कता अपनाउन आग्रह गरेको छ । हिउँ परेपछी तल्लो क्षेत्रमा पनि चिसो बढेको छ । मनाङको ढिकुरपोखरी (३,२४० मि.) देखि माथिल्लो क्षेत्रमा हिमपात भइरहेको प्रजिअ आचार्यले बताए । हिउँ पर्न थालेपछि चिसो बढेको मनाङ ङिस्याङका छिरिङ गुरुङले बताए । 

    अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका प्रमुख लेखनाथ गौतमले माथिल्लो क्षेत्रमा हिमपात भएकाले पर्यटकलाई गन्तव्यतर्फ नजान भनिएको छ । उनले भने मौसममा सुधार आएपछि मात्र पर्यटकलाई गन्तव्यमा जान एक्याप मनाङले अनुरोध गरेको छ । 


    मंसिर १८, २०७८ शनिवार ०९:३२:५७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मनाङ

  • क्यानाडा नेपाल

    धोविखोलामा एक पुरुषको शव फेला

  • 820
    SHARES
  • धोविखोलामा एक पुरुषको शव फेला

    काठमाडौँ।  काठमाडौंको रातोपुल नजिकै धोविखोलामा एक पुरुषको शव फेला परेको छ । आइतबार दिउँसो धोविखोलमा शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

    images

    खोलामा घोप्टो परेको अवस्थामा शव फेला परेको हो । प्रहरीले शवलाई खोलाबाट बाहिर निकालेको छ भने पहिचान खुल्न बाकी रहेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


    मंसिर १९, २०७८ आइतवार १६:३७:४८ बजे : प्रकाशित

    प्रधानन्यायधिशको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले गरेको आन्दोलन कमजोर हुँदै

  • 468
    SHARES
  • प्रधानन्यायधिशको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले गरेको आन्दोलन कमजोर हुँदै

    प्रधानन्यायधिशको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले गरेको आन्दोलन कमजोर हुँदै गएको छ । प्रधानन्यायधिशको राजीनामा माग गर्दै बारले हरेक दिन बिहान सर्वोच्च परिसरमा धर्ना दिदै आएको छ । यसअघिको तुलनामा धर्नामा सहभागी हुनेहरुको संख्या पनि घट्दै गएको छ । 

    images

    न्यायधिशहरु पनि नियमित इजलाशमा जान थालेका छन् भने यसअघि आन्दोलनमा सहभागी वकिलहरु पनि बहसमा सहभागी हुन थालेका छन् । नेपाल बारकी उपाध्यक्ष रक्षा बस्यालले प्रधानन्यायधिशको राजीनामा माग गर्दै निरन्तर सर्वोच्चको गेटमा धर्ना दिइएको बताइन् । 

    उनले अव बारको आन्दोलनलाई शसक्त बनाउने दावी गरेकी छिन् । प्रधानन्यायाधीशको राजिनामा माग गर्दै कानून व्यवसायीहरुले गत कात्तिक १४ गतेदेखि निरन्तर रुपमा प्रदर्शन गर्दै आइरहेका छन् ।


    मंसिर २०, २०७८ सोमवार १४:५६:०३ बजे : प्रकाशित

    १४ महिने बालकलाई अपहरण गरि भारत तर्फ भाग्न लागेको युवक प्रहरीको फन्दामा

    पौष १०

  • 564
    SHARES
  • १४ महिने बालकलाई अपहरण गरि भारत तर्फ भाग्न लागेको युवक प्रहरीको फन्दामा

    जनकपुर, १० पुस-१४ महिने बालकको अपहरण गरेर भारततर्फ भाग्दै गरेको अवस्थामा एक युवकलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भारत बिहार राज्यको जिल्ला सितामढी ग्राम पञ्चायत बाजपट्टी-घर भई हाल धनुषाको जनकपुरधाम उपमहानगरपालिका-१६ पुल चोकस्थित डेरामा बस्दै आएका २५ वर्षीय सुरेश ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

    images

    बुधबार साँझ ७ बजे देखि हराएका रासलाल मुखियाका १४ महिने छोरा कृष्ण मुखियाको खोजतलास गर्ने क्रममा प्रहरी टोलीले बिहीबार अपराह्न करिब ४ बजे नगराईन नगरपालिका–२ स्थित नेपाल भारतको सीमाना नजिकै बच्चालाई लिएर भारत तर्फ भाग्दै गरेको अवस्थामा ठाकुर पक्राउ परेका हुन् । 

    प्रहरीले बालक कृष्ण मुखियालाई उद्धार गरी मुखीयाको आमा संगीता मुखियाको जिम्मा लगाएकाे छ । पक्राउ परेका भारतीय युवक सुरेश ठाकुरलाई धनुषा जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक मुद्दा शीर्षकमा म्याद थप गरी थप अनुसन्धन कार्य भई रहेको धनुषा प्रहरीले जनाएको छ ।


    पौष १०, २०७८ शनिवार ०८:१४:५७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अपहरण
  • सिम भञ्ज्याङको सडक खण्डमा दोस्रोपटक हिमपात, सवारी साधन बिच बाटोमै रोकिए

    सिम भञ्ज्याङको सडक खण्डमा दोस्रोपटक हिमपात, सवारी साधन बिच बाटोमै रोकिए


     काठमाडौं, ७ माघ (गत १४ पुस पछि पुनः  मकवानपुरको सिमभञ्ज्याङमा हिमतपात भएको छ। बिहीबार राति देखी भएको हिमपातका कारण त्रिभुवन राजपथ अवरुद्ध हुन पुगेको छ ।

    images

    सिमभञ्ज्याङमा क्षेत्रमा झन्डै ३ किलोमिटरसम्मको सडक क्षेत्रमा हिउँ परेका कारण शुक्रबार बिहानदेखि नै त्रिभुवन राजपथ भएर चल्ने सबैजसो सवारी साधन रोकिन पुगेका छन । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको छ।
     


    माघ ७, २०७८ शुक्रवार ०८:५३:३० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # हिमपात

  • क्यानाडा नेपाल

    भन्सार एजेन्टको लिखित परिक्षा पनि स्थगित 

    भन्सार एजेन्टको लिखित परिक्षा पनि स्थगित 

    काठमाडौ, ७ माघ -कोरोना महामारीको कारण देखाउँदै भन्सार एजेन्टको लिखित परिक्षा स्थगित भएको छ । 

    images

    भन्सार बिभागले यसअघि तय गरेको २९ माघको पुर्व निर्धारित मितिमा परिक्षा सञ्चालन गर्न नसकिने भन्दै स्थगित गरेको हो । स्थगित परिक्षा परिस्थीति सहज हुने  बितिक्कै पुनः सञ्चालन गरिने भन्सार बिभागले जनाएको छ । यस अघि लोकसेवा, त्रिभुवन विश्वविद्यालयले पनि परिक्षा स्थगित गर्ने निर्णय गरिसकेका छन ।   


    माघ ७, २०७८ शुक्रवार ०९:५३:४२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भन्सार एजेन्ट

  • क्यानाडा नेपाल