आश्विन १०, २०७९ सोमबार | Mon Sep 26 2022

प्रेमी सुरजका लागी नायिका केकी अधिकारी ‘२४ घण्टै’ हाजिर (भिडियो)



काठमाडौं – चर्चित नायिका केकी अधिकारी पछिल्लो समय चलचित्रका अलावा म्यूजिक भिडियोमा पनि निकै ब्यस्त छिन् । लामो समयदेखि म्यूजिक भिडियोमा एकछत्र राज गरेकी यि सुन्दरीको नयाँ गीत  ‘२४ घण्टै’ सार्वजनिक भएसँगै यसको चर्चा चुलीएको छ । 

गायक ईश्वर पोखरेल र मेलिना राईको स्वरमा सजिएको ‘२४ घण्टै’ बोलको गीतको भिडियोमा सुन्दरी केकीसँग सुरज पौडेलले अभिनय गरेका छन्। एकनारायण भण्डारीको शब्द र संगीतमा रहेको गीतको एरेन्ज कृष्ण विकेले गरेका हुन्।  भिडियो अप्सन मिडिया एण्ड इन्टरटेनमेन्टले निर्माण गरेको हो ।

प्रकाशित मिति : मंसिर ८, २०७६ आइतबार  ३ : ५९ बजे