• Sep 18 2021 | २०७८, आश्विन २गते

२०७८, आश्विन २गते

थारु भाषाको गीत 'पागल दिवाना सजना' सार्वजनिक

क्यानाडा नेपाल भाद्र ४ २०७८
  • 1.3K
    SHARES
  • थारु भाषाको गीत 'पागल दिवाना सजना' सार्वजनिक

    काठमाडौं । थारु भाषाको गीत 'पागल दिवाना सजना' सार्वजनिक भएको छ। सेबिल ईन्टरटेन्मेटले सार्वजनिक गरेको म्युजिक भिडियोमा बिबेक चौधरी र निकिता थारुको स्वर र श्रवन कुमार चौधरीको शब्द संगीत सुन्न सकिन्छ।  गीतलाई एरेन्ज भने सन्दिप सरदारले गरेका हुन्। 

    images

    रोमान्टिक शैलीको म्युजिक भिडियोमा रजनीश चौधरी र प्रीटी चौधरी देखिएका छन्।   रजनीश चौधरीकै कोरियोग्राफी र निर्दशन गीतमा कथा लोकेन्द्र चौधरीले तयार पारेका हुन्।  गीतको म्युजिक भिडियोमा श्रवन कुमार चौधरीको छायांकन र सम्पादन देख्न सकिन्छ।  थारु भाषाका गीतहरु बजारमा ल्याइरहेको सेबिल ईन्टरटेन्मेटले पहिलो पटक नेपाली भाषाको मनको मायालाई बोलको गीत केहि साता पछि रिलिज गर्दैछ। 


    भाद्र ४, २०७८ शुक्रवार १३:२१:४० बजे : प्रकाशित

    images

    क्यानाडा नेपाल

    अर्कोसमाचार

    रामकृष्णको ‘सयौं कारण’ मा सुपुष्पा र दिपक (भिडियो)

  • 1.5K
    SHARES
  • रामकृष्णको  ‘सयौं कारण’ मा सुपुष्पा र दिपक (भिडियो)

    काठमाडौँ। गीतकार प्रल्हाद शाहको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। परानै दिन्छु,मंगली,सरला जस्ता चर्चित गीतका रचनाकार प्रल्हाद शाहको ‘सयौं कारण’ बोलको गीत सार्वजनिक गरिएको हो। सार्वजनिक गीतमा रामकृष्ण ढकालको आवाज तथा हरी लम्सालको संगीत रहेको छ।

    images

    गणेश शाहीले निर्देशन गरेको भिडियोमा अभिनेत्री सुपुष्पा भट्ट र मोडल दिपक घिमिरे फिचर्ड छन्। अनिल के मानन्धरले छायाँकन गरेको भिडियोको सम्पादन दिन्सन शाहले गरेका हुन्। रोमान्टिक नम्बरको गीतको भिडियोलाई निर्देशक शाहीले आकर्षक बनाएका छन्।

    भाका इन्टरटेन्टमेन्टको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक भिडियोलाई होप इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सीले प्रायोजन गरेको छ। डिल्लीबजारमा रहेको होप इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सीले अस्ट्रेलिया,युके,अमेरिका,न्युजिल्यान्ड,क्यानाडा लगाएत युरोपका केहि देशहरुमा बिद्यार्थीहरुलाई अध्ययनको लागि पठाउने काम गर्दछ। उक्त कन्सल्टेन्सीले टोफल तथा आइल्टसका कक्षाहरु पनि संचालन गर्दै आएको छ।


    बैशाख १८, २०७८ शनिवार १७:५८:३१ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    रोशन अधिकारीको 'धारै नखोली'मा आकाश, पूजा र आँचल

  • 2.1K
    SHARES
  • रोशन अधिकारीको 'धारै नखोली'मा आकाश, पूजा र आँचल

    काठमाडौं । नेपाली चलचित्र क्षेत्रका तीन सफल कलाकारहरु नायिकाद्धय पूजा शर्मा र आँचल शर्माको साथमा नायक आकाश श्रेष्ठ एकसाथ भिडियोमा देखिएका छन् । गायक रोशन अधिकारी र गायिका समिक्षा अधिकारीको स्वरमा समावेश ‘धारै नखोली’ बोलको गीतमा यी सफल कलाकारहरुलाई फिचरिङ गरिएको हो । भिडियोमा गायक रोशनले पनि अभिनय गरेका छन् । 

    images

    यो गीतमा दिनेश राज पुरीको शब्द, अर्जुन पोखरेलको संगीत छ । भिडियोको  निर्देशन विधान कार्कीले गरेका हुन् । भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी, विकास दाहालको सम्पादन, उत्सव दाहालको छायांकन छ । 

    भिडियोमा पूजा र आँचल आकाश र रोशनसँग रोमान्टिक देखिएका छन् । विधानले डान्सिङ नम्बरमा कलरफूल भिडियो तयार पारेका छन् ।


    बैशाख २५, २०७८ शनिवार ०९:४१:२० बजे : प्रकाशित

    इन्दिराको पछि लागेका दिलीप बने 'जिम्माल बा को छोरो' (भिडियो)

  • 1.7K
    SHARES
  • इन्दिराको पछि लागेका दिलीप बने 'जिम्माल बा को छोरो' (भिडियो)

    काठमाडौं । गायिका इन्दिरा जोशी र गायक रमेश बाबुको आवाजमा रहेको नयाँ रोमान्टिक गीत 'जिम्माल बा को छोरो'को भिडियो रिलीज भएको छ । गीतमा प्रकाश सापकोटाको शब्द रचना रहेको छ भने भिम ब. श्रेष्ठको संगीत रहेको छ ।

    images

    भिडियोमा अभिनेता दिलीप रायमाझी, गायिका इन्दिरा जोशी, मोडल गीता ढुंगाना र कमल सिंहको अभिनय रहेको छ । सुब्रत आचार्य निर्देशित भिडियोमा विकाश दाहालको सम्पादन रहेको छ । बुद्द थापाको छायांकन, प्रमोद भण्डारीले कोरियोग्राफी गरेको यस भिडियोमा सुनिल निउरेको स्क्रिप्ट तथा जया शर्माको क्रियटिभ निर्देशन रहेको छ ।

    'नेपालमा जिम्माल बाको छोरी नाममा धेरै गीत बनेका छन् तर छोरोको लागि बनेको देखिएन । मैले छोराहरुको आकर्षणलाई पनि मध्यनजर गरि यो गीत लेखेको हुँ', गीतकार सापकोटाले बताए, 'यो गीतमा माया प्रेम अभिन्न अंग भएतापनि अहिलेको समाज, देश परिवेश अनुरुप व्यक्त भएका गीतको कमि नहोस् भन्ने हेतुले यो बिषय समावेश गरेको छु' । 

    गीतको मर्म अनुसारको भिडियोमा उतार्ने कोशिस गरेको निर्देशक आचार्यले बताए ।


    श्रावण ७, २०७८ बिहिवार ११:३६:२८ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    टिकटकमा डोयट गर्दा मायामा डुबे सुधिर र गीता (भिडियो)

  • 1.4K
    SHARES
  • टिकटकमा डोयट गर्दा मायामा डुबे सुधिर र गीता (भिडियो)

    काठमाडौं। अनिस अधिकारी र रचना रिमालको स्वरमा रहेको ‘जाउँ न कान्छी जाउँ’ बोलको गीत सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको रोमान्टिक गीतमा गायक अधिकारीकै शब्द तथा संगीत रहेको छ ।

    images

    टिकटकबाट चर्चामा आएका दुई कलाकार सुधिर श्रेष्ठ र गीता ढुंगाना भिडियोमा फिचर छन् । टिकटकमा डोयट गर्ने क्रममा नजिक भएको जोडीको प्रेमलाई भिडियोमा उतारिएको छ । भिडियोमा सुधिर र गीताको केमेस्ट्री सुहाएको देखिन्छ ।

    सुवोल थापाको निर्देशन र कोरियोग्राफी रहेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन् । अरुण थापा मगरद्वारा निर्मित भिडियोका सह-निर्माता आर्यन कार्की हुन् । अविगम्यान फिल्मस् एन्ड इन्टरटेन्मेन्ट यूट्युब च्यानलबाट गीत सार्वजनिक भएको हो । यो ब्यानरले निर्माण गरेको चलचित्र ‘गणपति’ प्रदर्शनको पखाईमा रहेको छ ।

    यूट्युबमा रिलिज भएसँगै ‘जाउँन कान्छी जाउँ’ गीतलाई दर्शकले रुचाएका छन् । गायक अनिस अधिकारीले गीतको अडियो अनुसार भिडियो तयार भएकोमा खुसी व्यक्त गरे । भिडियोमा सुधिर र गीतको नृत्यले दर्शकको ध्यान खिच्छ । निर्माण टिमले भिडियोको मेकिङमा विशेष ध्यान दिएको छ ।


    श्रावण १६, २०७८ शनिवार २१:०५:०८ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    थारु भाषाको गीत 'पागल दिवाना सजना' सार्वजनिक

  • 1.3K
    SHARES
  • थारु भाषाको गीत 'पागल दिवाना सजना' सार्वजनिक

    काठमाडौं । थारु भाषाको गीत 'पागल दिवाना सजना' सार्वजनिक भएको छ। सेबिल ईन्टरटेन्मेटले सार्वजनिक गरेको म्युजिक भिडियोमा बिबेक चौधरी र निकिता थारुको स्वर र श्रवन कुमार चौधरीको शब्द संगीत सुन्न सकिन्छ।  गीतलाई एरेन्ज भने सन्दिप सरदारले गरेका हुन्। 

    images

    रोमान्टिक शैलीको म्युजिक भिडियोमा रजनीश चौधरी र प्रीटी चौधरी देखिएका छन्।   रजनीश चौधरीकै कोरियोग्राफी र निर्दशन गीतमा कथा लोकेन्द्र चौधरीले तयार पारेका हुन्।  गीतको म्युजिक भिडियोमा श्रवन कुमार चौधरीको छायांकन र सम्पादन देख्न सकिन्छ।  थारु भाषाका गीतहरु बजारमा ल्याइरहेको सेबिल ईन्टरटेन्मेटले पहिलो पटक नेपाली भाषाको मनको मायालाई बोलको गीत केहि साता पछि रिलिज गर्दैछ। 


    भाद्र ४, २०७८ शुक्रवार १३:२१:४० बजे : प्रकाशित


    क्यानाडा नेपाल

    पुष्प खड्का र गीता ढुंगानाको 'माया मोहनी'

  • 1.1K
    SHARES
  • पुष्प खड्का र गीता ढुंगानाको 'माया मोहनी'

    काठमाडौं । मुनाल महतो र अनु चौधरीको स्वरमा नयाँ चौधरी भाषाको गीत 'माया मोहनी' रिलिज भएको छ।  सार्वजनिक गीतमा सुबेश कठरियाको शब्द र मनोज महतोको संगीत छ भने गणेस चौधरीको एरेन्ज सुन्न सकिन्छ। 

    images

    म्युजिक भिडियोमा पुष्प खड्का र गीता ढुंगाना देखिएका छन्।  सुरजदेब कुसुम्यले निर्दशन गरेको म्युजिक भिडियोमा कुम नारायणको निर्माण, ज्ञानेन्द्र शर्माको छायांकन , रामु चौधरीको सम्पादन ,क्रेज़ल चौधरीको भीएफएक्स  ,महि सिंहको मेकअप र रोहित चौधरीको ड्रेस देख्न सकिन्छ। गीत राम्रो बनेकोले गीतलाई लिएर निर्माण पक्ष उत्साहित देखिन्छन्। 


    भाद्र २१, २०७८ सोमवार ११:५८:३७ बजे : प्रकाशित


    क्यानाडा नेपाल