असार १८, २०७९ शनिबार | Sat Jul 2 2022

दल विभाजन सम्बन्धी अध्यादेशका कारण प्रचण्डको समेत टाउको दुखाई सुरु



काठमाडौं । दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गर्नेमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समेत हुन् । माधव कुमार नेपाललाई सहयोग गर्न प्रचण्डले प्रधानमन्त्री देउवालाई आग्रह गरेका थिए ।

तर अध्यादेश जारि भएको एक दिन नपुग्दै उक्त अध्यादेशले प्रचण्डलाई समेत टाउको दुखाई हुन पुगेको बुझिएको छ । माओवादी केन्द्रका एक नेताका अनुसार अध्यादेश ल्याए संगै अहिले माओवादी केन्द्र भित्र समेत भूईचालो जाने देखिएको छ ।

प्रचण्डसंग माओवादी केन्द्रका धेरै सांसदहरु रुष्ट छन् कारण प्रचण्डले आफू नाजिक र घर परिवारलाई मात्र पदको लाभ दिने गरेकोले र अहिले मन्त्रीपरिषद विस्तारमा समेत आफ्नो बुहारी बिना मगरलाई फेरि दोहोर्याउने कि भन्ने समेत चर्चा चलेको थियो जसका कारण अरु सांसदहरु रुष्ट भएका छन् । ति सांसदहरु जसले मन्त्री बन्न पाएका थिएनन् र प्रचण्डको परिवार मोहदेखि निराश बनेकाहरुले यो अध्यादेशलाई टेकेर पार्टी टुक्राउने बारे छलफल गर्न थालिसकेका छन् ।

अध्यादेश मार्फत २० प्रतिशत पुर्याएर दल विभाजन गर्ने र नयाँ दल खोल्ने वा केपी ओलीसंग सहकार्य गरेर नेकपा एमालेमा जाने भन्ने विषयमा हिजो माओवादी केन्द्रका केहि सांसदहरुले छलफल गरेका छन् । उक्त छलफलको बारेमा प्रचण्डले थाहा पाएपछि प्रचण्ड आत्तिएका छन् । साथै केहि सांसदले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग समय समेत मागेको कुरा प्रचण्डले थाहा पाएपछि अध्यादेश उनको टाउको दुखाई बनेको छ ।

यो अध्यादेशले माओवादी केन्द्रमा बार्गेनिंगको बाटो समेत खोल्ने माहोल बनेको माओवादीका एक नेताले जनाएका छन् । अहिले सरकारमा जानलाई नारायणकाजी श्रेष्ठले प्रचण्डलाई दबाब दिईरहेका छन् तर प्रचण्डले नारायणकाजीलाई उपप्रधान सहित ठूलो मन्त्रालय नदिने मुडमा रहेकोले प्रचण्ड र नारायणकाजी बीच पहिला जस्तो बोलचाल छैन ।

नारायणकाजीलाई अघि बढ्न नदिन प्रचण्डले कोशिश गरिरहेको र नारायणकाजीले प्रचण्डपछि पार्टी नेतृत्व गर्ने आफू हो भन्दै तयारी गरिरहेको बेला यो अध्यादेशले नारायणकाजी श्रेष्ठलाई प्रचण्डसंग बार्गेनिंग गर्न थप जोड पुग्ने देखिएको छ ।

नारायणकाजी श्रेष्ठले समेत आफू निकट सांसद र नेताहरुलाई बोलाएर छलफल गर्ने योजना बनाएका छन् जुन खबर प्रचण्डसंग पुगिसकेको छ । नारायणकाजी श्रेष्ठसंग माओवादी केन्द्र भित्र ठूलो शक्ति छ र नारायणकाजीले चाहे राम्रा सांसदहरुलाई लिएर जान सक्ने भएकोले प्रचण्डलाई तनाब बढेको छ । 

प्रकाशित मिति : भाद्र २, २०७८ बुधबार  ७ : ४९ बजे