आश्विन १०, २०७९ सोमबार | Mon Sep 26 2022

निर्माणाधिन क्रिकेट रंगशालामा धुर्मुस- जिग्री



धुर्मुस-सुन्तली फाउन्डेसनको अग्रसरतामा चितवनमा  यतिवेला तीव्र रुपमा 'गौतम बुद्ध अन्तराष्ट्रिय रंगशाला' निर्माणको काम भैरहेको छ। रंगशाला निर्माणका लागी सिताराम कट्टेल धुर्मुस दिनरात चितवनमा नै खटिरहेका छन्। अन्य कामदार संगै धुर्मुस पनि साथ् लागेर रंगशाला निर्माणका लागी खटिरहेका छन्। विभिन्न व्यक्ति उनलाई रंगशाला निर्माण स्थलमा नै पुगेर हौसला बढाईरहेका छन् भने सहयोग समेत गरिरहेका छन्। रंगशाला निर्माणको आधारणा  बने देखि नै कुमार कट्टेल जिग्री आफ्नो स्थानबाट सहयोग गरिरहेका छन्। रंगशाल निर्माण आफ्नो पनि दायित्व रहेको जिग्री बारम्बार  बताउदै आएका छन्। कुमार यतिबेला सिताराम संगै रंगशाला निर्माण सहयोगका लागी चितवन पुगेका छन्। उनले क्रिकेट मैदानको निर्माणाधिन पिच बाट सिताराम संगको तस्विर शेयर गरेका छन्। दुई दाजुभाईको यो तस्विर र जोशलाई धेरैले सकारात्मक प्रतिक्रिया दिइरहेका छन्।

 

प्रकाशित मिति : मंसिर ७, २०७६ शनिबार  १२ : ३२ बजे