जेठ ८, २०७९ आइतबार | Mon May 23 2022

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रचण्ड र माधव नेपालको आग्रहमा बदनाम हुँदै शेरबहादुर देउवा



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी विभाजन सम्बन्धी अध्यादेश ल्याउन लागेपछि नेपाली कांग्रेस भित्रै विरोध सुरु भएको छ । संघीय संसदको प्रतिनिधि सभा र राष्ट्रिय सभाको दुवै अधिवेशन अन्त्य गर्दै माधव नेपाललाई सहज हुनेगरि अध्यादेश ल्याउन प्रधानमन्त्री देउवा तयार भएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवासंग आईतबार माधव नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भेटेर अध्यादेशको ढाँचा तयार गरेर दिएका छन् । माधव नेपाललाई सहज हुनेगरि पार्टी विभाजन गर्ने र सरकारमा जाने मौखिक सहमती गरेर छलफल अन्त्य भएको थियो । माधव नेपालले प्रधानमन्त्री देउवालाई आफू सरकारमा जाने वचन दिएसंगै केहि दिन मै अध्यादेश ल्याउने वाचा प्रधानमन्त्री देउवाले समेत दिएका छन् ।

नेपाली कांग्रेस भित्र नै अहिले अध्यादेश ल्याउने कुरा सुनेपछि विरोध सुरु भएको छ । चलिरहेको संसदमा सरकारले बिजनेस नदिएर अध्यादेश ल्याउन संसद अन्त्य गरेको भन्दै कांग्रेसका शिर्ष नेताहरु नै विरोध गर्न थालेका छन् । प्रधानमन्त्री देउवालाई उक्त अध्यादेश नल्याउन दबाब दिन कांग्रेस कै शिर्ष नेताहरु तम्सिएका छन् ।

बालुवाटार श्रोतका अनुसार प्रधानमन्त्री देउवाले प्रचण्ड र माधव नेपालको आग्रहमा उक्त अध्यादेश ल्याउन लागेका हुन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव कुमार नेपालले आग्रह गर्दै अध्यादेशको ढाँचा समेत तयार गरेर दिएपछि प्रधानमन्त्री देउवा तयार भएका हुन् । 

पुष्पकमल दाहाल प्रचण्डले शेरबहादुर देउवाको सरकार कुनै पनि बेला ढल्न सक्छ भन्ने तर्क पार्टीको बैठकमा भनेका थिए । यहि भने संगै शेरबहादुर देउवाले आफ्नो सरकार नढलोस भनेर प्रचण्ड र माधव नेपालको आग्रह मानेर उक्त अध्यादेश ल्याउन तयार भएका हुन् ।

दल विभाजन सम्बन्धी अध्यादेशले माधव कुमार नेपाललाई मात्र नभएर शेरबहादुर देउवालाई सहयोग गरेका उपेन्द्र यादवलाई समेत सहज हुने भएकाले प्रधानमन्त्री देउवा तयार भएका हुन् । जसपा र एमाले फुट्न सहज हुने गरि अध्यादेश ल्याउन तयार भएका छन् प्रधानमन्त्री देउवा तर यो निर्णयले शेरबहादुर देउवा सरकारको बदनाम हुने विश्लेषण हुन थालेको छ ।

विश्लेषक विष्णु दाहालका अनुसार प्रचण्ड र माधव नेपालको आग्रहमा सरकार टिकाउन प्रधानमन्त्री देउवाले अध्यादेश त ल्याउलान तर आफ्नो सरकारको बदनाम हुनेछ जसले शेरबहादुर देउवालाई आगामी चुनावमा ठूलो असर पर्नेछ । 

प्रकाशित मिति : भाद्र १, २०७८ मंगलबार  ४ : २३ बजे