आश्विन ९, २०७९ आइतबार | Mon Sep 26 2022

यसकारण सलमानका दुई फिल्म खेल्न अस्विकार गरिदिइन् इलियानाले



एजेन्सी – बलिउडमा सदाबहार चर्चामा आइरहने अभिनेता हन् सलमान खान । अभिनेता सलमान खानका हरेक फिल्मले बक्सअफिसमा निकै राम्रो ब्यापार गरेका छन् । सलमान खानका धेरैजसो फिल्म दर्शकले मन पराउने गर्छन् । उनीसँग सफिल्म खेल्न पनि जुनसुकै हिरोइन पनि अघि सर्ने गर्छन् । 

उनी आफैले पनि धेरै हिरोइनलाई बलिउडमा ल्याएका छन् । बलिउडमा हरेक अभिनेत्रीले सलमानसँग खेल्न चाहेका हुन्छन् । तर बलिउडकी एक हिरोइन छिन् जसल सलमानको हालसम्म दुई फिल्म अस्विकार गरिसकेकी छिन् । अभिनेत्री इलियाना डि क्रुजले हालसम्म सलमानका दुई फिल्म खेल्न अस्विकार गरेकी छिन् । 

दक्षिण भारतीय फिल्ममा एक सफल अभिनेत्रीको रुपमा चिनिएकी इलियानाले बलिउडमा हालसम्म रणवीर कपुर, अजय देवगन, अक्षय कुमारसँग काम गरिसकेकी छिन् । तर सलमानको फिल्म भने अस्विकार गरेकी छिन् । 

एक अन्तरवार्तामा उनले  सलमानसँग फिल्ममा खेल्न आएको प्रस्ताव दुई(दुई पटक लत्याएको बताएकी छन् । उनलाई सलमानको फिल्म  ‘वान्डेड’ र ‘किक’मा उनलाई प्रस्ताब आएको तर आफुले अस्विकार गरेको बताएकी छिन् । उनले फिल्म ‘वान्डेड’ चल्दा परिक्षा चलिरहेको र फिल्म ‘किक’को बेला समय नमिलेको बताइन् ।  

   

प्रकाशित मिति : मंसिर ७, २०७६ शनिबार  ७ : ५८ बजे