आश्विन १०, २०७९ सोमबार | Mon Sep 26 2022

शुटिंग गर्दागर्दै अमिताभको फिल्मबाट किन निकालियो कृतिलाई ?



एजेन्सी – बलिउडमा बेलाबेलामा चर्चामा आइरहने अभिनेत्री हुन् कृति खरबंदा ।  सन् २०१६ मा फिल्म राज़स् रीबूटबाट बलिउडमा डेब्यु गरेकी कृति पछिल्लो समय एकपछि अर्को फिल्ममा ब्यस्त हुन थालेकी छिन् । उनी फिल्म हाउसफुल ४ पछी फिल्म पागलपंतिको प्रमोशनमा व्यस्त छिन् । 

यसैक्रममा उनको एक नयाँ खबर बाहिरिएको छ । उनलाई अमिताभ बच्चनको एक फिल्मबाट निकालिएको छ । भारतिय मिडियाका अनुसार उनलाई फिल्म चेहेरेबाट निकालिएको हो । यस फिल्ममा अमिताभ बच्चनसँगै इमरान हासमी पनि छन् । 

कृतिलाई पहिलो भागको शुटिंग गरेपछि निकालिएको बताइएको छ । उनलाई उक्त फिल्मबाट उनको व्यबहारका कारण निकालिएको बताइएको छ । उनको निर्देशक रुमी जाफरीसँग पनि विवाद भएको बताइएको छ । उनी समयमा शुटिंगमा नआएपछी उनलाई निकालिएको बताइएको छ । 

 

प्रकाशित मिति : मंसिर ७, २०७६ शनिबार  ७ : ११ बजे