आश्विन १०, २०७९ सोमबार | Mon Sep 26 2022

गायक अनु मलिक \’इन्डियन आइडल\’ बाट फेरि निकालिए



एजेन्सी – भारतका चर्चित गायक तथा संगीतकार अनु मलिकले चर्चित रियालीटी शो 'इन्डियन आइडल' छाडेका छन्। भारतिय मिडियाका अनुसार मिटु आरोपी अनु मलिकल सोनी टिभीमा प्रसारण हुने 'इन्डियन आइडल' बाट निकालिएका हुन् । यौनदुर्व्यवहारको आरोप लागेपछी उनलाई चारै तिरबाट चर्को आलोचना भइरहेकोले  रियालीटी शो 'इन्डियन आइडल' बाट निकालिएको बताइएको छ ।

उनलाई गत वर्ष गायिक सोना मोहापत्राले यौनदुर्व्यवहारको आरोप लगाएकी थिइन् । उनलाई उनले मात्र नभई अन्य महिलाहरूले पनि यौन शोषणको आरोप लगाएका थिए । सोनी टेलिभिजनलाई राष्ट्रिय महिला आयोगले स्पष्टीकरण दिन पत्र पठाएपछि  उनले इन्डियन आइडल छाडेको भारतिय मिडियाले जनाएका छन् । 
 

प्रकाशित मिति : मंसिर ७, २०७६ शनिबार  ६ : १३ बजे