श्रावण ३१, २०७९ मंगलबार | Tue Aug 16 2022

विद्यार्थीको प्रदर्शन : नो भ्याक्सिन नो एक्जाम (फोटोफिचर)



काठमाडौं । त्रिभुवन विश्व विद्यालयले पूर्वनिर्धारित परीक्षा नरोक्ने निर्णय गरेपछि विद्यार्थीहरुले ‘पहिला कोरोनाविरुद्धको भ्याक्सिन अनि परीक्षा’ भन्दै प्रदर्शन गरेका छन् । 

कोरोनाभाइरस संक्रमण बढिरहेको भन्दै राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२को परीक्षा स्थगित गर्ने निर्णय गरे पनि त्रिविले भने पूर्वनिर्धारित परीक्षा नरोक्ने निर्णय गरेपछि विद्यार्थीहरु प्रदर्शनमा उत्रिएका हुन् । 

स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर विद्यार्थीहरुले बल्खुस्थित त्रिविको परीक्षा नियन्त्रण कार्यालय परिसरमा धर्ना दिएका हुन् । उनीहरु ‘नो भ्याक्सिन, नो एक्जाम’ जस्ता लेखिएका प्लेकार्ड बोकेर धर्नामा बसेका थिए । 

कोरोनाको महामारीमा भौतिक रुपमा उपस्थित भएर परीक्षा दिन नसकिने भन्दै विद्यार्थीले परीक्षा नियन्त्रण कार्यालय परिसरमा विरोध जनाएका हुन् । 

उनीहरुले परीक्षा स्थगित हुनुपर्ने, अनलाइन परीक्षा संचालन गरिनुपर्ने, डिजिटलाइज्ड सिट योजना र परीक्षा केन्द्र निर्मलीकरणलगायतका माग राखेका छन् ।

तर, यसअघि त्रिविले आउँदो भदौ ५ सम्म निर्धारण गरिएको परीक्षा स्थगित नगर्ने निर्णय गरिसकेको छ । अहिले स्नातकोत्तर तह पहिलो वर्षमा साढे दुई लाख र स्नातकोत्तर तहको सेमेस्टरमा २० हजारभन्दा बढी विद्यार्थीले परीक्षा दिएका छन् ।

student 9.png

student 7.png

student 8.png

student 6.png

student 5.png

student 4.png

student 3.png

student 2.png

student 1.png

student 10.png

तस्बिर : बिकास बखुन्छेँ/क्यानडानेपाल

प्रकाशित मिति : श्रावण २५, २०७८ सोमबार  ८ : ४३ बजे