• Sep 24 2021 | २०७८, आश्विन ८गते

२०७८, आश्विन ८गते

पत्रकार सम्मेलन गरेर पारस खड्काले भने– अवसर पाए राजनीतिमा आउँछु

क्यानाडा नेपाल श्रावण २० २०७८
  • 758
    SHARES
  • पत्रकार सम्मेलन गरेर पारस खड्काले भने– अवसर पाए राजनीतिमा आउँछु

    काठमाडौं । नेपाली क्रिकेटको राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्काले आफू राजनीतिमा आउन सक्ने बताएका छन् । 

    images

    अन्तर्राष्ट्रिय क्रिकेटबाट सामाजिक सञ्जालबाट सन्यास लिएको घोषणा गरेको भोलिपल्ट बुधबार पत्रकार सम्मेलन गरेर उनले क्रिकेट व्यवस्थापनमा सफल भएमा आफू राजनीतिमा आउन सक्ने बताएका हुन् । 

    आफ्नो पहिलो आफ्नो प्राथमिकता क्रिकेटको क्षेत्र नै रहने बताएका उनले राम्रो अवसर आएमा राजनीतिमा पनि लाग्ने जानकारी दिए । 

    नेपाली क्रिकेटमा ‘एक युगको अन्त्य’, पारस खड्काको कप्तानीमा नेपालले पाएको यी हुन् सफलता नेपाली क्रिकेटमा ‘एक युगको अन्त्य’, पारस खड्काको कप्तानीमा नेपालले पाएको यी हुन् सफलता

    सबैलाई आश्चर्यचकित पार्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका उनले क्रिकेट एकेडेमी खोलेर मुलुकभर पु¥याउने योजना रहेको जानकारी दिए । 

    उनको राजीनामा नेपाल क्रिकेट संघको नेतृत्वले चाहनासँग जोडेर हेरेका बेला पारसले अब आफ्ना करियर सुरु भएको र यो चुनौतीपूर्ण रहेको प्रतिक्रिया दिए । 


    श्रावण २०, २०७८ बुधवार १५:४९:०६ बजे : प्रकाशित

    images
  • सम्बन्धित विषय:

  • # पारस खड्का

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    युभेन्ट्सको सानदार जित, एसी मिलानको अपराजित यात्रा कायमै

  • 208
    SHARES
  • युभेन्ट्सको सानदार जित, एसी मिलानको अपराजित यात्रा कायमै

    काठमाडौं – रोमान्चक खेलसँगै इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले सिजनको पहिलो जित निकालेको छ । बुधबार राति भएको खेलमा स्पेजियालाई ३-२ गोल अन्तरले पराजित गर्दै पाउलो डिबलाको कप्तानीमा रहेको युभेन्ट्सले पहिलो जित निकालेको हो ।

    images

    युभेन्ट्सको जितमा मोइस किन, फेडेरिको किएसा र म्याथिस डी लिग्टले १/१ गोल गरे । स्पेजियाका इम्यानुएल ग्यासी र जेनिस एन्टिस्टेले १/१ गोल गरे ।

    युभेन्ट्सका लागि किनले २८, फेडेरिकोले ६६ र लिग्टले ७२ मिनेटमा गोल गरे । यस्तै पराजित स्पेजियाको लागि ग्यासीले ३३ र जेनिसले ४९ मिनेटमा दोस्रो गोल गरे ।

    जितसँगै युभेन्ट्सले ५ खेलमा ५ अंक सहित १२औँ स्थानमा छ । पराजित स्पेजिया ४ अंक जोडेर १६औँ स्थानमा छ ।बुधबार राति नै भएको अर्को खेलमा एसी मिलानले भेनेजियालाई २-० गोल अन्तरले पराजित गरेको छ ।

    लिगमा अपराजित यात्रा कायम गर्ने क्रममा मिलानको लागि ब्रहिम डिआजले खेलको ६८ र थियो हर्नाण्डेजले ८७ मिनेटमा गोल गरे । जितसँगै ६ खेलबाट पाँच जित र एक बराबर गरेको एसी मिलान १३ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । अर्काे खेलमा एम्पोलीले कागलियरीलाई २-० गोल अन्तरले पराजित गरेकाे छ ।न्युज कारखाना


    आश्विन ७, २०७८ बिहिवार ०७:२९:१५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # इटालियन सिरी ‘ए

  • क्यानाडा नेपाल

    स्पेनिस ला लिगा : एसेन्सियोको ह्याट्रिकमा रियलको फराकिलाे जित

  • 210
    SHARES
  • स्पेनिस ला लिगा : एसेन्सियोको ह्याट्रिकमा रियलको फराकिलाे जित

    काठमाडौं - मिडफिल्डर तथा अट्याकर मार्को एसेन्सियोको ह्याट्रिकमा स्पेनिस ला लिगामा रियल म्याड्रीडले आफ्नो अपराजित यात्रा कायम राखेको छ । बुधबार राति भएको खेलमा रियलले मालोर्काविरुद्ध ६-१ गोल अन्तरको फराकिलो जित निकाल्दै शीर्ष स्थानमा यथावत छ । 

    images

    रियलको पाँचौ जितमा मार्को एसेन्सियोले ह्याट्रिक गोल गरे भने करिम बेन्जेमा २ गोल गर्दा  इस्कोले १ गोल थपे । यस्तै, मालोर्काका लागि  दक्षिण कोरियाली खेलाडी काङ इन लिले १ सान्त्वना गोल गरे । 

    खेलको तेस्रो मिनेटमै अनुभवी स्ट्राइकर करिम बेन्जेमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । २४ मिनेटमा एसेन्सियोले गोल गरे । उनले २९ र ५५ मिनेटमा गरि ह्याट्रिक पूरा गरे । यस्तै बेन्जेमाले ७८ मिनेटमा दोस्रो गोल गर्दा इस्कोले ८४ मिनेटमा गोल गरे । 

    जितसँगै ६ खेलबाट ५ जित र १ बराबरी सहित १६ अंक सहित शीर्ष स्थानमा छ ।  समान ६ खेल खेलेको एट्लेटिको मड्रिड १४ अंकसहित दोस्रो स्थानमा छ । पराजित मालोर्का ६ खेलबाट ८ अंकसहित आठौँ स्थानमा छ ।  बुधबार रातिकाे अर्काे खेलमा भिल्लारियलले इल्चेलाई ४-१ गोल अन्तरले पराजित गरेकाे छ ।न्युज कारखाना


    आश्विन ७, २०७८ बिहिवार ०८:०४:०० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # स्पेनिस ला लिगा

  • क्यानाडा नेपाल

    पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी काठमाडौं आइपुगे

  • 296
    SHARES
  • पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी काठमाडौं आइपुगे

    काठमाडौं - पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान शाहिद अफ्रिदी नेपाल आइपुगेका छन् । 

    images

    बिहिबार क्रिकेटर अफ्रिदी  एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्न काठमाडौं आइपुगेका हुन् । शनिबारदेखि त्रिवि क्रिकेट मैदानमा ईपीएलको चौथो संस्करण शुरु हुँदैछ । 

    उक्त खेलमा उनी काठमाडौं किङ्ग्स ११ बाट खेल्नेछन् । अफ्रिदी काठमाडौं किङ्ग्स(११ बाट  दुई खेल मात्र खेल्ने बताइएको छ । 
     


    आश्विन ७, २०७८ बिहिवार १९:२६:३३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शाहिद अफ्रिदी

  • क्यानाडा नेपाल

    राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्लले ईपीएल नखेल्ने

  • 250
    SHARES
  • राष्ट्रिय टोलीका कप्तान ज्ञानेन्द्र मल्लले ईपीएल नखेल्ने

    काठमाडौं - नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तानसमेत रहेका ज्ञानेन्द्र मल्लले ९ असोजबाट आयोजना हुने चौथो संस्करणको बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल) नखेल्ने भएका छन् ।

    images

    बिहीबार कप्तान ज्ञानेन्द्र सम्मिलित ललितपुर प्याट्रीओट्सले विज्ञप्ति जारी गर्दै चौथो संस्करणमा उनले नखेल्ने जानकारी गराएको हो । कप्तान ज्ञानेन्द्रले आन्तरिक कारण खुलाउदै आफू प्रतियोगितामा सहभागी हुन नसक्ने पत्र काटेका छन् । 

    'जानकारी गराउन चाहन्छु कि ब्यक्तिगत कारण आगामी ईपीएलमा सहभागी जनाउन पाउँदिन,' ज्ञानेन्द्रले लेखेका छन् । 

    यस्तै उनले प्रतियोगिताको लागि शुभकामना दिएका छन् । ज्ञानेन्द्र नखेल्ने भएसँगै अब ललितपुरले नयाँ कप्तान पाउने भएको छ । घोषणा भने भएको छैन ।

    यस्तै नेपाल राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले पनि यो सिजनको ईपीएल नखेल्ने घोषणा गरिसकेका छन् । उनी गत सिजन विराटनगरबाट खेलेका थिए ।

    चौंथो संस्करणको ईपीएल क्रिकेट ९-२३ असोजसम्म टीयू क्रिकेट मैदानमा हुनेछ ।

    प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ । विराटनगर वारियर्स, काठमाडौं किङ्स इलाभेन, चितवन ट्राइगर्स, भैरहवा   ग्लाडिएटर्स, ललितपुर प्याट्रीओटस, पोखरा राइनोजले खेल्ने छन् ।न्युज कारखाना


    आश्विन ७, २०७८ बिहिवार २०:४७:१७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # ज्ञानेन्द्र मल्ल

  • क्यानाडा नेपाल

    स्टार खेलाडी मेस्सीले छाडेपछि खराब लयमा बार्सिलोना

  • 162
    SHARES
  • स्टार खेलाडी मेस्सीले छाडेपछि खराब लयमा बार्सिलोना

    काठमाडौं - स्पेनिस ला लिगामा बार्सिलोना पुनः बराबरीमा रोकिएको छ । बिहिवार रातिको खेलमा १० खेलाडीमा सीमित बार्सिलोना क्याडिजसङ गोल रहित बराबरीमा रोकिएको हो ।

    images

    स्टार खेलाडी लियोनल मेस्सीले क्लब छाडेयता क्लब खराब लयमा छ । भ्रमणकारी टोली अन्तिम समयमा १० खेलाडीमा सीमित भएको थियो । खेलमा केही अवसर पाए पनि बार्सिलोना फिनिसिङ्गमै चुक्न पुगेको थियो ।

    यस सिजन बार्सिलोनाको तेस्रो बराबर हो । बराबरीपछि अपराजित रहेको बार्सिलोनाले शीर्ष चारमा उक्लने मौका गुमाएको छ । बार्सिलोना ५ खेलबाट ९ अंक जोडेर सातौँ स्थानमा छ । क्याडिज ६ अंकसहित १४औँ स्थानमा छ ।न्युज कारखाना

     


    आश्विन ८, २०७८ शुक्रवार ०७:२२:५७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # स्पेनिस ला लिगा

  • क्यानाडा नेपाल

    मुम्बईमाथि कोलकताको सानदार जित

  • 232
    SHARES
  • मुम्बईमाथि कोलकताको सानदार जित

    काठमाडौं - इन्डियन प्रिमियर लिग क्रिकेट (आइपीएल) मा कोलकता नाइटराइडर्सले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ । बिहिबार रातिको खेलमा कोलकताले मुम्बई इण्डियन्सलाई ७ विकेटले पराजित गरेको हो ।

    images

    मुम्बईले दिएको १५६ रनको लक्ष्य कोलकताले १५.१ ओभरमा पूरा गरेको थियो । कोलकताकाे जितमा राहुल त्रिपाठीले ७४ तथा बैंकटेश अय्यरले ५३ रनको विस्फोटक पारि खेलका थिए ।

    यसअघि मुम्बइले टस हारेर पहिला ब्याटिङ गर्दै २० ओभरमा ५ विकेट गुमाएर १५५ रन बनाएको थियो ।मुम्बईका लागि क्विन्टन डि ककले ५५ रनको अर्धशतकीय पारि खेले । कोलकता प्रसिद्ध कृष्ण र लकि फर्गुसनले २/२ विकेट लिए ।

    यो जितसँगै कोलकता तालिकाको चौथो स्थानमा पुगेको छ भने मुम्बई छैटौं स्थानमा झरेको छ । जितपछि कोलकताले प्लेअफ पुग्ने सम्भावना जिवितै राखेको छ ।न्युज कारखाना


    आश्विन ८, २०७८ शुक्रवार ०७:५९:१९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # आइपीएल

  • क्यानाडा नेपाल