• Sep 18 2021 | २०७८, आश्विन २गते

२०७८, आश्विन २गते

नेपाली क्रिकेटमा ‘एक युगको अन्त्य’, पारस खड्काको कप्तानीमा नेपालले पाएको यी हुन् सफलता

क्यानाडा नेपाल श्रावण १९ २०७८
  • 898
    SHARES
  • नेपाली क्रिकेटमा ‘एक युगको अन्त्य’, पारस खड्काको कप्तानीमा नेपालले पाएको यी हुन् सफलता

    काठमाडौं । नेपाली क्रिकेटमा मंगलबार एक युगको अन्त्य भएको छ । मंगलबार बिहान पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणासँगै ‘एक युगको अन्त्य’ भएको प्रतिक्रिया आइरहेका छन् ।

    images

    उनको कप्तानीमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा आएको सफलताले उनलाई खेलाडीमात्रै नभएर सेलिब्रेटीको रुपमा आमजनताले लिएका छन् । आफूलाई उत्कृष्ट खेलाडी सावित गर्दै ३४ वर्षको उमेरमै पारसले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका हुन् । सन् २००४ मा डेब्यू गरेका पारसले सबैलाई चकित पार्दै सन्न्यासको घोषणा गरेका हुन् ।

    अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गर्दै यसो भने पारस खड्काले   अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गर्दै यसो भने पारस खड्काले  

    pp.jpg

    जस कारण समर्थकहरुले उनलाई सन्न्यास फिर्ता लिन आग्रह गरिरहेका छन् । अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका पारसलाई अब घरेलु खेलमा भने देख्न सकिन्छ । 

    सन् २००९ मा नेपाली टोलीको कप्तानी सम्हालेका पारसले आफ्नो कप्तानीमा सन् २०१० को आईसीसी विश्व क्रिकेट लिग डिभिजन–५ को उपाधि नेपाललाई दिलाउन सफल भएका थिए । यो नै उनको पहिलो आफ्नो कप्तानीमा नेपाललाई दिलाएको उपाधि थियो । 

    पारसकै कप्तानीमा नेपालले सन् २०१२ को डिभिजन–४, सन् २०१३ र २०१४ को डिभिजन–३ प्रतियोगिताको उपाधि पनि जितेको थियो । पारसकै कप्तानीमा नेपालले सन् २०१२ को एसीसी ट्रफीमा यूएईसँगै संयुक्त विजेता बनेको थियो ।

    यसैगरी उनको कप्तानीमा नेपाल सन् २०१४ को टी–ट्वान्टी विश्वकप क्रिकेटमा पुगे पनि त्यसयता नेपालको सिनियर टोलीले विश्वकप क्रिकेट खेल्न सकेको छैन ।

    यसैगरी पारसको कप्तानीमा नेपालले २०१८ मा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको थियो भने उनकै कप्ताानीमा २०१८ मा नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा जित हासिल गरेर इतिहास रचेको थियो । 

    सन् २०१० देखि २०१८सम्म विभिन्न उपाधि नेपाललाई दिलाएका पारसले सन् २०१९ अक्टोबरमा नेपाली टोलीको कप्तानीबाट राजीनामा दिएका थिए ।

    त्यसपछि नेपाली टोलीको कप्तानी ज्ञानेन्द्र मल्लले सम्हालेका छन् । पारसले सन् २००९ मा नेपालको कप्तानी सम्हालेका थिए । सन् २००९देखि २०१९ सम्म कप्तानी सम्हालेका पारस सबैभन्दा लामो कप्तानी सम्हाले खेलाडीको रुपमा समेत दर्ज भएका छन् । 
    पारसको कप्तानीमा नेपालले २७ वटा टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेल खेल्दा ११ वटामा जित हासिल गरेको छ । यसैगरी पारसको नेतृत्वमा नेपालले ६ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा तीनवटामा जित हासिल गरेको छ भने तीन खेलमा हार व्यहोरेको छ । 

    नेपालका लागि एकदिवसीय क्रिकेट र टी–ट्वान्टी क्रिकेटमा शतक प्रहार गर्ने एक्ला खेलाडीको परिचय बनाएका पारसले एकदिवसीयमा १० खेलमा एक शतक र एक अर्धशतकसहित ३१५ रन बनाए । 

    त्यस्तै, उनले टी–ट्वान्टीमा ३३ खेलमा एक शतक र चार अर्धशतकसहित ७९९ रन जोडेर आफ्नो नाममा स्कोर राख्न सफल भए ।
    खेलमा मात्रै होइन व्यवस्थापकीय क्षमतामा पनि अब्बल देखिएका पारसले क्रिकेटको उत्थानका लागि सरकारलाई दबाबसमेत सृजना गरेका थिए । कप्तानको भूमिका रहँदा पारसले नेपालको क्रिकेटको स्तर उकास्न सरोकारवालाहरुलाई बारम्बार झक्झकाउने कार्य गरिरहे ।

    खेलाडीलाई उपलब्ध गराउने पारिश्रमिक, सुविधाको जानकारी गराउनेदेखि क्रिकेट क्षेत्रमा भएको राजनीतिक हस्तक्षेपको पनि विरोध गरिरहे । जस कारण अहिलेसम्म पनि पारस नेपालीको मन मनमा बस्न सफल भएका हुन् ।

    नेपाललाई क्रिकेट मार्फत अन्तर्राष्ट्रिय जगतमा चिनाउन सफल पारसले मंगलबार अन्तर्राष्ट्रिय खेलबाट गरेको सन्न्यासले आमनेपालीदेखि क्रिकेट क्षेत्रका सरोकारवाला निकायका अधिकारीहरु पनि आश्चर्यमा परेका छन् । 

    fb paras.PNG

    सामाजिक सञ्जालमार्फत पारसले गरेको सन्न्यासको घोषणा फिर्ता लिन र फिर्ता गराउन सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले माग गरिरहेका छन् । 

     


    श्रावण १९, २०७८ मंगलवार १४:२०:३४ बजे : प्रकाशित

    images
  • सम्बन्धित विषय:

  • # पारस खड्का

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    युइएफए युरोपा लिग : लेष्टर र नापोलीको बराबरी

  • 184
    SHARES
  • युइएफए युरोपा लिग : लेष्टर र नापोलीको बराबरी

    काठमाडौं - युइएफए युरोपा लिगअन्तर्गत इग्ल्याण्डको लेष्टर सिटी र इटालीको नापोली क्लबले बराबर खेल्दै अंक बाँडेका छन् । बिहीबार राति लेष्टरको मैदानमा भएको समूह सी को खेलमा लेष्टर र नापोलीले २–२ गोलको बराबरी खेलेका हुन् । 

    images

    खेलमा घरेलु टोली लेष्टरले अग्रता बनायो ।  उसका अयोज पेरेजले खेलको ९ मिनेटमा बार्नेसको पास सदुपयोग गर्दै गोल गरे । खेलको ६४ मिनेटमा पुनः लेष्टरले २–० को अग्रता बनायो । हार्भे बार्नेसले केलेचीको पासमा उत्कृष्ट गोल गरे । 

    २–० गोल अन्तरले पछि पारेको नापोलीलाई भिक्टोर ओसिम्हेनले हारबाट टारे । भिक्टोरले खेलको ६९ र ८७ मिनेटमा गोल गर्दै २–२ को बराबरी गर्न सफल भए । यस्तै समूह सीको अर्काे खेलमा पोल्याण्डको लेगिया वार्सजवाले रसियाको स्पार्टक मस्कोलाई १–० गोल अन्तरले पराजित गर्दै शीर्षस्थानमा कब्जा जमायो । 

    समूह सी बाट ३ अंकसहित लेगिया शीर्षस्थानमा छ । यस्तै समान १ अंक रहेका नापोली र लेष्टर क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् भने मस्को पुछारमा छ । न्युज कारखाना


    आश्विन १, २०७८ शुक्रवार ०६:५७:०० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # युरोपा लिग

  • क्यानाडा नेपाल

    आईसीसी विश्वकप क्रिकेट लिग–२ : अमेरिका र नेपाल भिड्दै

  • 186
    SHARES
  • आईसीसी विश्वकप क्रिकेट लिग–२ : अमेरिका र नेपाल भिड्दै

    काठमाडौं - आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपालले आज अमेरिकासँग प्रतिस्पर्धा गर्दैछ । शुक्रबार अल अमेरात क्रिकेट मैदानमा नेपाल र अमेरिकासँग प्रतिस्पर्धा गर्न लागेका हुन् । खेल अपराह्न ४ः१५ बजे सुरु हुनेछ ।

    images

    यसअघि सोमबार भएको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । त्यसैले अमेरिका नेपालविरुद्ध बदला लिने रणनीतिमा हुनेछ । यस्तै नेपाल भने लगातार अमेरिकाविरुद्ध जित निकाल्ने दाउमा हुनेछ । 

    यसअघि अमेरिकालाई ५ विकेटले पराजित गरेको नेपाल ओमनविरुद्ध ५ विकेटले पराजित भएको थियो । यता, अमेरिकासमेत ओमानसँग ४ विकेटले पराजित भएको थियो । 

    लिग–२ मा नेपाल ६ खेलमा ६ अंक जोडेर छैठौं स्थानमा रहेको छ । अमेरिका १४ खेलमा १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । ओमान १२ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।न्युज कारखाना 


    आश्विन १, २०७८ शुक्रवार ०८:२९:४३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # आईसीसी विश्वकप क्रिकेट

  • क्यानाडा नेपाल

    ईपीएल टी-ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रिकाका लेभी र वेस्ट इन्डिजका विलियम्सले खेल्ने

  • 150
    SHARES
  • ईपीएल टी-ट्वान्टी क्रिकेटमा दक्षिण अफ्रिकाका लेभी र वेस्ट इन्डिजका विलियम्सले खेल्ने

    काठमाडौं - एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेट प्रतियोगिता असोज ९ गतेबाट शुरु हुँदैछ । प्रतियोगितामा भाग लिने टिमहरुले धमाधम विदेशी खेलाडीलाई अनुबन्ध गरिरहेका छन् । यस्तै यस प्रतियोगिता दक्षिण अफ्रिकाका रिचार्ड लेभी र वेस्ट इन्डिजका केसरिक विलियम्सले पनि खेल्ने भएका छन् । 

    images

    उनीहरुले पोखरा राइनोजबाट खेल्ने बताइएको छ । पोखरा राइनोजले आफ्नो टिममा लेभी र विलियम्सलाई अनुबन्धन गरिएको जनाएको छ । चौंथो संस्करणको इपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म टियु क्रिकेट मैदानमा हुनेछ । 

    उक्त प्रतियोगितामा ६ शहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने भएका छन् । जसमा साविक विजेता ललितपुर प्याट्रीयट्स, भैरहवा ग्ल्याडियटर्स, काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स र विराटनगर वारिवर्स रहेका छन् ।


    आश्विन १, २०७८ शुक्रवार १४:३९:५१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # ईपीएल

  • क्यानाडा नेपाल

    नेपालले अमेरिकालाई दियो १७५ रनको सामान्य लक्ष्य

  • 226
    SHARES
  • नेपालले अमेरिकालाई दियो १७५ रनको सामान्य लक्ष्य

    काठमाडौं - कप्तान ज्ञानेन्द्र मल्लको अर्धशतकप्रेरित नेपालले विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा अमेरिकालाई १ सय ७५ रनको सामान्य लक्ष्य दिएको छ ।

    images

    ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालका लागि  ज्ञानेन्द्रले १०५ बलमा ३ चौकासहित ५५ रनको इनिङ खेलेका थिए ।

    राष्ट्रिय टोलीमा डेब्यू गरेका  गुल्शन झासँग ५१ रनको साझेदारी गर्दै कप्तान मल्लले नेपालका लागि महत्त्वपूर्ण ५० रन पूरा गरे ।

    ओपनर कुशल भुर्तेल ४३ बलमा ५ चौका र १ छक्कासहित ३६ रन बनाएर पेभेलियन फर्किँदा आशिफ शेख ३ रनमा आउट भए ।

    त्यस्तै, रोहित पौडेल २ मा पेभेलियन फर्किँदा विनोद भण्डारीले १० रन मात्र जोडेर आउट भए । डेब्यू खेलाडी  गुल्शनले ५३ बलमा २ चौका र १ छक्कासहित २८ रनको योगदान गरे ।  कुशल मल्ल, सोमपाल कामी २ र करण केसी १२ रन बनाएर पेभेलियन फर्केका थिए । त्यस्तै सन्दीप लामिछाने ११ रन जोडेर अन्तिम विकेटको रूपमा आउट हुँदा सुशन भारी २ रनमा अविजित रहे ।

    अमेरिकाका लागि कप्तान सौरभ नेत्राभल्करले ४, काएल फिलिपले २ तथा करिमा गोर, एल्मोर हचिन्सन र नोस्ठुस केन्जिगेले १/१ विकेट लिए ।

    सोमबारदेखि सुरु भएको शृंखलाको पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा ओमानसँग ५ विकेटले नै पराजित भएको नेपालको यो तेस्रो खेल हो ।न्युज कारखाना

    नेपाली टोली - ज्ञानेन्द्र मल्ल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, सन्दीप लामिछाने, करण केसी, विनोद भण्डारी, सोमपाल कामी, रोहितकुमार पौडेल, कुशल मल्ल, सुशान भारी, गुल्सन झा


    आश्विन १, २०७८ शुक्रवार १९:४७:२९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विश्वकप क्रिकेट

  • क्यानाडा नेपाल

    विश्वकप क्रिकेट लिग : अमेरिकाले लियो नेपालसँग बदला 

  • 126
    SHARES
  • विश्वकप क्रिकेट लिग : अमेरिकाले लियो नेपालसँग बदला 

    काठमाडौं - विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा अमेरिकाले नेपालसँग बदला लिएको छ । 

    images

    शुक्रबार ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा भएको खेलमा नेपाललाई ६ विकेटले पराजित गर्दै अमेरिकाले यसअघि ब्यहोरेको हारको बदला लिएको हो । 

    नेपालविरुद्ध टस जितेर बलिङ गरेको अमेरिकाले पाएको १ सय ७५ रनको टार्गेट २९ ओभर ३ बलमा ४ विकेट गुमाउँदै १७५ रन पूरा गरेको हो । 

    अमेरिकाको जितमा स्टेभन टेलरले सर्वाधिक ९२ रन बनाए । बिष्फोटक ब्याटिङ गरेका टेलरले ६३ बलमा ३ छक्का र १२ चौका प्रहार गरेका थिए । शतक बनाउन ८ रनले चुकेका टेलरलाई करण केसीले सोमपाल कामीको हातबाट क्याच आउट गराएका थिए । 

    यस्तै अमेरिकाको लागि मोनान्क पटेलले ३८ तथा कप्तान जास्करन मलहोत्राले ३६ रनको योगदान गरे । अन्य खेलाडीले भने दोहोरो अंक बनाउन सकेनन् । 

    नेपालको लागि करण केसी र सन्दीप लामिछानेले समान २–२ विकेट लिए । ८ ओभर ब्याटिङ गरेका सन्दीपले १ मेड लिएर २८ रन खर्चिए । यस्तै ५ ओभर बलिङ गरेका करणले २३ रन खर्चिए । 

    यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले कप्तान ज्ञानेन्द्र मल्लको अर्धशतकमा अमेरिकालाई १ सय ७५ रनको लक्ष्य दिएको छ । ज्ञानेन्द्रले १०५ बलमा ३ चौकासहित ५५ रनको इनिङ खेलेका थिए ।

    राष्ट्रिय टोलीमा डेब्यूट्यान्ट गुल्शन झासँग ५१ रनको साझेदारी गर्दै कप्तान मल्लले नेपालका लागि महत्वपूर्ण ५० रन पूरा गरेका थिए । ओपनर कुशल भुर्तेल ४३ बलमा ५ चौका र १ छक्कासहित ३६ रन बनाएर पेभेलियन फर्किँदा आशिफ शेख ३ रनमा आउट भए ।

    त्यस्तै, रोहित पौडेल २ मा पेभेलियन फर्किँदा विनोद भण्डारीले १० रन मात्र जोडेर आउट भए । डेब्युट्यान्ट गुल्शनले ५३ बलमा २ चौका र १ छक्कासहित २८ रनको योगदान गरे । त्यस्तै कुशल मल्ल, सोमपाल कामी २ र करण केसी १२ रन बनाएर पेभेलियन फर्केका थिए । त्यस्तै सन्दीप लामिछाने ११ रन जोडेर अन्तिम विकेटको रूपमा आउट हुँदा सुशन भारी २ रनमा अविजित रहे ।

    अमेरिकाका लागि कप्तान सौरभ नेत्राभल्करले ४, काएल फिलिपले २ तथा करिमा गोर, एल्मोर हचिन्सन र नोस्ठुस केन्जिगेले १÷१ विकेट लिए ।

    सोमबारदेखि सुरु भएको शृंखलाको पहिलो खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । दोस्रो खेलमा ओमानसँग ५ विकेटले नै पराजित भएको नेपालको यो तेस्रो खेल हो ।

    लिग–२ मा नेपाल ७ खेलमा ६ अंक जोडेको छ । अमेरिका १५ खेलमा १४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।  ओमान १२ खेलमा २० अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।न्युज कारखाना 


    आश्विन २, २०७८ शनिवार ०७:२३:०८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # विश्वकप क्रिकेट लिग

  • क्यानाडा नेपाल

    महिला एसियन कप छनोट : नेपाल र फिलिपिन्स भिड्दै

  • 76
    SHARES
  • महिला एसियन कप छनोट : नेपाल र फिलिपिन्स भिड्दै

    काठमाडौं - एएफसी महिला एसियन कप छनोट २०२२ अन्तर्गत नेपालले आज फिलिपिन्सको सामना गर्दैछ । शनिबार समूह एफअन्तर्गत उज्वेकिस्तानको तास्केन्तमा हुने खेल स्थानीय समयअनुसार दिउँसो ३ बजे सुरु हुनेछ । 

    images

    समूह एफ को पहिलो खेलमा दुबै टोली जित निकाल्दै सुखद् सुरुवात गर्ने लक्ष्यका साथ मैदान उत्रनेछन् । नेपालले दोस्रो खेलमा मंगलबार हङकङसँग खेल्नेछ । मुख्य खेलाडी तथा स्ट्राइकर सावित्रा भण्डारीबिना नेपालले समूह एफ मा रहेका फिलिपिन्स र हङकङसँग प्रतिस्पर्धा गर्ने भएको हो । 

    पक्कै पनि सावित्राको अभावमा नेपालको अग्रपंक्तिमा समस्या हुने नै छ । गत हप्ता भएको दुई मैत्रीपूर्ण खेलले त्यसलाई जनाइसकेको छ । नेपालले खेलेको बंगलादेशविरुद्धको एक खेल जसोतसो जितेको थियो भने अर्काे खेल बराबरीमा समाप्त भएको थियो । 

    यस्तो अवस्थामा नेपाली टोलीका प्रशिक्षक ग्यारी फिलिप्स राम्रो प्रदर्शन गर्नेमा केन्द्रीत छन् । उनी महिला फुटबलको लागि एसियन छनोट राम्रो अवसर रहेको बताउँदै नयाँ खेलाडीको सहभागिताले टोलीमा नयाँ उर्जा थपेको बताउँछन् । 

    ‘नेपाली महिला फुटबलको लागि यो एउटा अवसर हो । महिला फुटबल प्रबर्द्धनको लागि मात्र होइन आफ्नो खेल र क्षमता देखाउने अवसर छ । नयाँ र युवा खेलाडीको सहभागिताले टोलीमा नयाँ उर्जा थपिएको छ । हामी राम्रो खेल प्रदर्शन गर्नेमा बिश्वस्त छौं,’ ग्यारीले भने । 

    यसअघि एसियन कप छनोटका लागि प्रशिक्षक फिलिप्सले ४५ खेलाडीलाई प्रारम्भिक छनोटमा बोलाएका थिए । उनले दोस्रो चरण सँगै छनोटका लागि अन्तिम २३ नाम सार्वजनिक गरेका हुन् ।

    जसमा ७ नयाँ अनुहार समेत रहेका छन् । गत साता बंगलोदशविरुद्ध भएको खेलमा ५ खेलाडीले डेब्यु गरे । स्ट्राइकर रश्मि घिसिङ, प्रिती राई, सविता राना मगर, सृजना सिंह ठकुरी र रजनी थोकरले राष्ट्रिय टोलीबाट डेब्यु गरेका हुन् । 

    ग्यारीको २३ सदस्यीय टोलीमा अब नयाँ खेलाडीमा डिफेण्डरद्वय निशा थोकर र विमला विक डेब्यु गर्न बाँकी छ । यस्तै टोलीको नियमित तेस्रो रोजाईकी गोलरक्षक उषा नाथलेसमेत राष्ट्रिय टोलीको डेब्यु पर्खाइमा छिन् ।

    यता, नेपालसँग खेल्ने फिलिपिन्स र हङकङले समेत छनोटमा राम्रो प्रदर्शन दिने बताएका छन् । दुबै टोलीले आफ्नो लक्ष्य भारतमा हुने एसियन कपमा रहेको बताएका छन् । समूह एफ बाट एक टोली छनोट हुनेछ । 

    यसअघि नेपाली महिला राष्ट्रिय टोलीले सन् १९८६ मा एएफसी महिला च्याम्पियनसिपमार्फत अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेको थियो । जहाँ नेपाल हङकङसँग १–० ले पराजित भएको थियो । नेपाली महिला टोलीले त्यसपछि लगातार तीन पटक (सन् १९८६, १९८९ र १९९९) मा एसियन कप खेलेको थियो । तीनै पटक नेपालको यात्रा समूह चरणमा सीमित भएको थियो ।न्युज कारखाना
     


    आश्विन २, २०७८ शनिवार ०८:५१:३१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # काठमाडौँ

  • क्यानाडा नेपाल