• Sep 18 2021 | २०७८, आश्विन २गते

२०७८, आश्विन २गते

एनआरएनए अस्ट्रेलियाको चुनाबमा एनएसडब्लुको प्रदेश सहसचिव पदमा जोशीको उमेदवारी

क्यानाडा नेपाल श्रावण १५ २०७८
  • 596
    SHARES
  • एनआरएनए अस्ट्रेलियाको चुनाबमा एनएसडब्लुको प्रदेश सहसचिव पदमा जोशीको उमेदवारी

    काठमाडौं । प्रत्येक काम जुनमा युवाको संलग्नता हुन्छ त्यो सफल हुन्छ। राजनितिमा युवाको संलग्नताले नै भोलिको दिनमा उज्यालो ल्याउने गर्छ। एस्तै उज्यालो ल्याउनको निम्ति एनआरएनए अस्ट्रेलियाको चुनाबमा एनएसडब्लुको प्रदेश सहसचिवको पदका लागि उमेदवारी दिएका छ्न राकेश जोशीले ।

    images

    यहि आउदो शनिबार अर्थात् ३१ जुलाइमा हुन गई रहेको चुनाव कोभिड १९ को बढ्दो प्रकोपले गर्दा अनलाईन मार्फत हुने भएको छ । समाजसेवी राकेश जोशी सबै एनआरएनएको चिरपरिचित नाम हो । बिभिन्न सामाजिक काममा सम्लग्न जोशीले २०१४ देखि अस्ट्रेलियामा आइटि र इभेन्ट गर्दै आइरहेका छन् । उनि भूकम्प, भूकम्पको रिकभरी, कोभिडको महामारी र नेपालमा भइरहेको बाढी, पहिरो जस्ता विभिन्न प्राकृतिक प्रकोपहरूको समयमा समुदाय र सामाजिक कार्यहरूमा संलग्न छन् । उनि स्थानीय समुदाय र विद्यार्थी कल्याणमा संलग्न छन।

    उनले अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई त्यहाँ मानसिक स्वास्थ्य र शैक्षिक प्रश्नहरूको लागि समर्थन गर्दै आएका छन् । उनका इभेन्टहरूमा स्थानीय एमपीको संलग्नता देखिन्छ । जसले अस्ट्रेलिया र नेपाल बीचको द्विपक्षीय सम्बन्ध बलियो बनाउन मद्दत पुर्याउँछ।

    युवा उद्यमशीलतामा पदोन्नति, अष्ट्रेलियामा नेपाली संस्कृतिको प्रवर्धन, एनआरएनए आन्दोलनमा नेपालीको संलग्नता बढाउने, अस्ट्रेलिया र नेपाल दुबैमा सामाजिक कामको विकास र व्यवस्थापनमा राम्रो भूमिका खेल्ने, अस्ट्रेलियामा मुख्यतः नेपाली समुदायमा केन्द्रित, अस्ट्रेलियामा नेपालीहरूलाई उनीहरूको ज्ञान, स्रोत र अनुभव उपयोग गर्न सहयोग पुर्याउन राम्रो मार्गदर्शन प्रदान गर्ने, दोस्रो पुस्ताका नेपाली अस्ट्रेलियालाई नेपाल र नेपाली संस्कृतिहरूको साथ सामाजिक घटनाहरू आयोजना गरेर कनेक्ट गराउने, अष्ट्रेलियामा योगदान प्रदर्शन गर्न सामाजिक संगठनको साथ काम गर्ने, यी सामाजिक, संगठनात्मक र सामुदायिक प्रतिबद्धताहरू जोशीले आफ्नो कार्यकालको अवधिमा पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।

    “साझा एनएनआरएनए” वास्तबमै हामी सबैको साझा अभियान हो र “सबल एनआरएनए” को प्रमूख आधार भनेकै यो अभियानलाई थप संस्थागत गर्दै समुदायका सबैलाई अपनत्व प्रदान गर्ने हो । यसका लागि हामी सबै मिलेर काम गर्न प्रतिबद्व छौं । एनआरएनए अभियानमा रहेर समुदायको सेवा गर्ने मेरो उत्कर्ष चाहनालाई साकार पार्न हजूरहरू सबैको सल्लाह, सद्भाव र अमूल्य मतको अपेक्षा गरेको छु, टेलिफोन मार्फत सह- सचिबका उम्मेदवार राकेश जोशीले भने ।


    श्रावण १५, २०७८ शुक्रवार ११:१२:३७ बजे : प्रकाशित

    images

    क्यानाडा नेपाल

    अर्कोसमाचार

    इराकमा १२ नेपालीकाे हत्या भएको आज १७ वर्ष पूरा

  • 598
    SHARES
  • इराकमा १२ नेपालीकाे हत्या भएको आज १७ वर्ष पूरा

    काठमाडौं - आज इराक हत्याकाण्डको १७ वर्ष पूरा भएकाे छ । रोजगारीका लागि इराक पुगेका १२ नेपालीको १६ भदौ २०६१ मा हत्या भएको थियो ।  इस्लामिक संगठन अन्सर अल सुन्नाले हत्या गरेको थियो । सो घटनालाई लिएर वैदेशिक रोजगार व्यवसायी संघ-संस्थाले आजको दिनलाई कालो दिनमा रुपमा मान्ने गरेका छन् ।

    images

    ती नेपालीलाई काठमाडौंको मुनलाइट म्यानपावर कम्पनीले जोर्डनमा आकर्षक जागिरको लोभ देखाएर झुक्याउँदै इराक पुर्‍याएको थियो । घटना लगत्तै काठमाडौंलगायत देशका मुख्य सहरका म्यानपावर कम्पनी, सरकारी कार्यालयसँगै खाडी मुलुकका दूतावासमा नेपालीले आक्रण गरेका थिए ।

    नेपालीका लागि इराकमा वैदेशिक रोजगारी अवैध रहे पनि गैरकानुनी बाटोबाट कामदार लैजाने गरिन्छ । 

    घटनाको करिब एक वर्षपछि मात्र १२ मृतक परिवारका तर्फबाट सैन्य ठेक्कापट्टामा संग्लन कम्पनी केल्लोग ब्राउन एन्ड रुट (केबीआर) विरुद्ध मुद्दा दायर गरिएको थियो । र, लामो कानुनी लडाइँपछि पीडित परिवारले क्षतिपूर्ति पाएका थिए । १७ वर्ष अघिकाे त्याे क्रुर हत्या घटनाकाे घाउ भने आलाे नै छ ।न्युज कारखाना


    भाद्र १६, २०७८ बुधवार १०:५७:४५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # इराक

  • क्यानाडा नेपाल

    साइप्रसमा दुर्घटनामा परेर एक नेपाली युवकको निधन, एक घाइते

  • 1.2K
    SHARES
  • साइप्रसमा दुर्घटनामा परेर एक नेपाली युवकको निधन, एक घाइते

    काठमाडौं - साइप्रसमा एक नेपाली युवकको निधन भएको छ । निधन हुनेमा कपिलवस्तुका २४ वर्षीय तुलसी भुसाल रहेका छन् । उनको मंगलबार बेलुका मोटरसाइकल दुर्घटनामा परेर निधन भएको हो । 

    images

    उनीसँगै दुर्घटनामा परेकी सर्लाहीकी ३० वर्षीया मिरा घिसिङ गम्भीर घाइते भएकी छिन् । त्यहाँको प्रहरीका अनुसार उक्त दुर्घटना मोटरसाइकलको तिव्र गतिका कारण भएको जनाइएको छ । 

    दुर्घटनामा निधन भएका भुसालको शव अहिले लार्नाकाको मोरतुवारीमा राखिएको  गैरआवासीय नेपाली संघ (एनआरएनए) साइप्रसले जनाएको छ ।  


    भाद्र १७, २०७८ बिहिवार १३:४३:०१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # साइप्रस

  • क्यानाडा नेपाल

    न्यूयोर्कमा बाढीका कारण एकै परिवारका ३ नेपालीको निधन  

  • 562
    SHARES
  • न्यूयोर्कमा बाढीका कारण एकै परिवारका ३ नेपालीको निधन  

    काठमाडौं - अमेरिकामा आइडा नामक आँधी र भीषण बर्षासँगै आएको बाढीका कारण हालसम्म ४० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । बाढीले अमेरिकाको न्यूयोर्क र न्यु जर्सीमा बढी प्रभाव पारेको छ । 

    images

    यस्तै उक्त बाढीमा परेर एकै परिवारका तीन जना नेपालीको पनि मृत्यु भएको छ । मृत्यु हुनेमा सोलुखुम्बु दुधकुण्ड नगरपालिका–२ जुनवेशी घर भइ हाल न्युयोर्कमा बस्दै आएका आङ गेलु लामा, उनकी पत्नी मिङमार शेर्पा र १९ महिनाको छोरा लोप्साङ लामा रहेका छन् । 

    उनीहरुको बाढीमा परेर मृत्यु भएको युनाइटेड शेर्पा एसोसिएशन (यूएसए) ले जनाएको छ । न्युयोर्कको उडसाइडस्थित एउटा घरको वेसमेन्टमा बस्दै आएका उनीहरु सुतेको समयमा बाढी पसेको बतायएको छ । 

    sa.JPG


     


    भाद्र १८, २०७८ शुक्रवार ११:५२:२४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # न्यूयोर्क

  • क्यानाडा नेपाल

    मलेसियाबाट २० नेपालीको शव र अस्तु नेपाल ल्याइयो

  • 372
    SHARES
  • मलेसियाबाट २० नेपालीको शव र अस्तु नेपाल ल्याइयो

    काठमाडौं - मलेसियामा ज्यान गुमाएका २० नेपालीको शव र अस्तु काठमाडौँ ल्याइएको छ । मलेसियाका विभिन्न स्थानमा ज्यान गुमाएका २० नेपालीको शव र अस्तु शनिवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको हो । 

    images

    जसमा ८ जनाको नेपालीको शव रहेको छ भने १२ जनाको अस्तु रहेको छ ।  नेपाल एयरलाइन्सको वाइडबडीको विमानमार्फत मलेसियाबाट ल्याइएको शवमध्ये ८ शव मृतकको घरसम्म पठाइएको छ । 

    कोरोनाभाइरसपछि मलेसियामा नियमित उडान नभएका कारण रोकिएका शव एकै पटक सङ्कलन गरेर ल्याउने गरिएको वैदेशिक रोजगार बोर्डले जनाएको छ। कोरोनाका कारण मृत्यु हुनेको अस्तु मात्रै ल्याइएको  बताइएको छ । 


    भाद्र २०, २०७८ आइतवार १४:१४:३० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मलेसिया

  • क्यानाडा नेपाल

    विवाह गरेर अमेरिका गएका २६ बर्षीय सुमनको निधन

  • 1.2K
    SHARES
  • विवाह गरेर अमेरिका गएका २६ बर्षीय सुमनको निधन

    काठमाडौ - अमेरिकामा एक नेपाली युवकको निधन भएको छ । निधन हुनेमा २६ बर्षीय सुमन पोख्रेल रहेका छन् । 

    images

    विगत ४ बर्ष देखि क्यालिफोर्नियामा बस्दै आएका सुमनको शनिवार अस्पतालमा उपचारको क्रममा निधन भएको हो । 

    उनको अस्पतालमा भर्ना भएकै दिन निधन भएको हो । उनी गएको बर्ष नेपाल आएर विवाह गरी फर्किएका थिए । 

    उनको दाह संस्कार गर्नको लागि दि ह्वाइट जोन क्यालिफोर्निया नामक गैर मुनाफा सामाजिक संस्थाले फण्ड मीमा खाता खोलेको छ ।
     


    भाद्र २०, २०७८ आइतवार २०:३८:१० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अमेरिका

  • क्यानाडा नेपाल

    कुवेतमा बालुवाको ढिस्कोले पुरिएर दुई नेपालीको निधन

  • 456
    SHARES
  • कुवेतमा बालुवाको ढिस्कोले पुरिएर दुई नेपालीको निधन

    काठमाडौं । कुवेतमा दुई नेपालीको निधन भएको छ । कुवेतको निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलमा काम गर्ने क्रममा ढिस्कोले पुरिएर २ जना नेपालीका निधन भएको हो । 

    images

    निधन हुनेमा झापाको गोलधाप–१ र चकचकी–६ का यम बहादुर कटुवाल र सुकलाल राजवंशी रहेका छन् । उनीहरुको गहिरो खाल्डोमा भूमिगत पाइप मर्मत गर्ने क्रममा माथिबाट बालुवाको ढिस्को खस्दा घटनास्थलमै निधन भएको हो । 

    उक्त घटनामा रोल्पाका सर्वजित महरा घाइते भएका छन् । झापाका दुई नेपालीको गएको बुधबार भएको घटनामा निधन भएको हो । 
     


    भाद्र २५, २०७८ शुक्रवार १३:२४:५२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कुवेत

  • क्यानाडा नेपाल