• Sep 24 2021 | २०७८, आश्विन ८गते

२०७८, आश्विन ८गते

देउवाले अझै नियुक्त गर्न सकेनन् स्वास्थ्यमन्त्री, गठबन्धनलाई फकाउन धौ–धौ

क्यानाडा नेपाल श्रावण १० २०७८
  • 832
    SHARES
  • देउवाले अझै नियुक्त गर्न सकेनन् स्वास्थ्यमन्त्री, गठबन्धनलाई फकाउन धौ–धौ

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाभाइरस संक्रमण नियन्त्रण नै आफ्नो प्रमुख लक्ष्य रहेको बताएका थिए । यही साउन ३ गते संसदबाट विश्वासको मत लिँदा प्रधानमन्त्री देउवाले कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि उपयोगी रहेको खोपको व्यवस्था गर्ने बताए ।

    images

    कोरोनाविरुद्धको खोप ल्याउने र नागरिकलाई लगाउने आफ्नो प्रमुख उद्देश्य रहेको बताएका प्रधानमन्त्री देउवाले अझैसम्म स्वास्थ्यमन्त्री भने नियुक्त गर्न सकेका छैनन् । गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त देउवाले दुई हप्ता पुग्न लाग्दासमेत मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् ।

    विश्वको ध्यान कोरोनाभाइरस संक्रमण नियन्त्रण र बिग्रँदो अर्थतन्त्रको सुधारमा केन्द्रीत छ । र नेपालले अहिले कोरोना नियन्त्रण, मुलुकको अर्थतन्त्र र नागरिकको आर्थिक अवस्था सुधारमै ध्यान दिनुपर्ने हो ।

    आफूले प्रधानमन्त्रीमा पदभार ग्रहण गरेकै दिन अर्थमन्त्री नियुक्त गरे पनि देउवाले अहिलेसम्म स्वास्थ्यमन्त्री भने नियुक्त गर्न सकेका छैनन् । 

    विभागीय मन्त्री नहुँदा नीतिगत निर्णय लिन स्वास्थ्य मन्त्रालयलाई समस्य हुने गर्छ । भारतमा कोरोनाभाइरस संक्रमणको तेस्रो लहरको चेतावनी दिइएको छ । र यसको सामना गर्न तयारी थालिएको छ ।

    नेपालमा पनि कोरोनाभाइरस संक्रमणको तेस्रो लहरको चेतावनी दिइएको छ । तर, कोरोनाभाइरस संक्रमण नियन्त्रणदेखि खोप व्यवस्थापनसम्मको काम गर्ने स्वास्थ्य मन्त्रालय भने नेतृत्वविहीन छ । 

    युद्धस्तरमा काम गर्नुपर्ने बेलामा स्वास्थ्यमन्त्री नियुक्तिमा   प्रधानमन्त्री देउवाले गरेको ढिलाइले स्वास्थ्यविद्हरु चिन्तित् बन्न थालेका छन् । एकैपटक मन्त्रिपरिषद्लाई विस्तार गरेर पूर्णता दिने गरी गठबन्धनमा छलफल भइरहेको छ ।

    मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा गठबन्धनमा सहमति जुट्न सकेको छैन । प्रधानमन्त्री देउवाले गठबन्धनमा आवद्ध दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधवकुमार नेपालसहितका नेताहरुसँग परामर्श गरिरहेका छन् ।

    अरु मन्त्री नियुक्तिमा ढिलाइ भए पनि स्वास्थ्य मन्त्री नियुक्त गरेर युद्धस्तरमा काम गर्नुपर्ने अहिलेको अवस्थामा प्रधानमन्त्री देउवाले गठबन्धनलाई मनाउन सकिरहेका छैनन् । 

    स्वास्थ्य मन्त्री ढिलाईबाट उत्पन्न समस्या र परीणामको अपजस प्रधानमन्त्री देउवा र उनको पार्टी कांग्रेस भागीदार हुने भएकाले अरु दलले त्यत्तिचासो दिएका छैनन् । स्वास्थ्यमन्त्री नियुक्तिको विषयमा प्रचण्ड र नेता नेपालले पनि गम्भीरतापूर्वक नलिएको देखिन्छ । 


    श्रावण १०, २०७८ आइतवार १३:३०:२५ बजे : प्रकाशित

    images
    अर्कोसमाचार

    प्रचण्डसँग चुनावमा भिड्न बादल तयार  

  • 474
    SHARES
  • प्रचण्डसँग चुनावमा भिड्न बादल तयार  

    काठमाडौं - नेकपा एमालेका नेता रामबहादुर थापा 'बादल'ले आफु नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग चुनावमा भिड्न तयार रहेको बताउका छन् । शुक्रबार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै बादलले सो कुरा बताएका हुन् । 

    images

    माओवादी केन्द्र छाडेर एमालेमा गएका बादलले चितवनका कार्यकर्ताहरु आफुतिर  भएको बताउदै आउँदो चुनावमा प्रचण्डसँग भिड्न तयार रहेको बताएका हुन् । उनले पार्टीले निर्णय गरेमा आगामी चुनावमा प्रचण्ड भर्सेस बादल पनि हुन सक्ने बताए । 

    उनले भने - ' यस विषयमा पार्टीले कुनै निर्णय गरेको छैन । यदि आगामी दिनमा पार्टीले निर्णय गर्यो भने प्रचण्ड भर्सेस बादल हुन पनि सक्छ । प्रचण्डसँग चितवनमा निर्वाचन लड्न तयार पनि छु'  माओवादीभित्रको अन्तरविरोध बारे स्वयं प्रचण्डले नै व्यक्त गरेको बताउदै बादलले सबै उनको पछाडि नलागेको प्रष्ट बुझिएको बताए । 

    उनले भने - 'माओवादीभित्रको अन्तरविरोध देखिराख्नु भएको छ, त्यो कुरा प्रचण्डले नै व्यक्त गरिरहनु भएको छ, कतै म एक्लो हुने त होइन, सबै मन्त्री हुनलाई लुछाचुडी गरिराखेका छन् भन्ने अभिव्यक्ति सुनिरहनु भएको छ, त्यसको अर्थ सबै प्रचण्डको पछाडि लागेका छन् भन्ने त बुझिएन ।'यस्तै उनले अहिलेको सरकार लोकतन्त्र, राष्ट्रियता, समृद्धि र समाजवादविरुद्ध लागेको पनि बताए । 

     


    आश्विन ८, २०७८ शुक्रवार १४:३३:०१ बजे : प्रकाशित

    प्रधानन्यायाधीशले सहमति उल्लंघन गरेपछि कानुन व्यवसायी रुष्ट, बेन्च बहिष्कार

  • 250
    SHARES
  • प्रधानन्यायाधीशले सहमति उल्लंघन गरेपछि कानुन व्यवसायी रुष्ट, बेन्च बहिष्कार

    काठमाडौं - संवैधानिक निकायमा नियुक्तिसम्बन्धी मुद्दा हेर्ने संवैधानिक इजलासमा प्रधानन्यायाधीश रहने वा नरहने भन्ने विवादमा आज सुनुवाइ हुन सकेन । विवादको निरुपण गर्न सर्वोच्च अदालतले बारसँग मागेको एमिकस क्युरी उपस्थित नभएपछि मुद्दाको सुनुवाइ प्रभावित बनेको हो ।

    images

    न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासमा अधिवक्ता डा.गणेश रेग्मीले संवैधानिक इजलासमा प्रधानन्यायाधीशको अनिवार्यता औल्याउँदै दायर गरेको रिट पेसीमा चढेको थियो ।

    'सर्वोच्च र नेपाल बारलाई एमिकस क्युरी मनोनयनका लागि चिठ्ठी गएको थियो । एमिकस क्युरी बहस गर्न नि आउनुभएन । नाम पनि पठाउनुभएन । त्यही भएर आज सुनुवाइ हुन सकेन,' सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले भने, 'एमिकस नामावली प्राप्त भएपछि गम्भीर प्रकृतिको मुद्दा भएकाले अविलम्ब पेसी चढाउने आदेश भएको छ ।'

    प्रधानन्यायाधीशले सहमति उल्लंघन गरेको गुनासो
    कानुन व्यवसायीले भने प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सहमति उल्लंघन गरेकाले उपस्थित नभएको प्रतिक्रिया दिएका छन् । २८ भदौमा प्रधानन्यायाधीश जबराले इजलास विवादबारे बेन्च-बार समन्वय समिति बैठक राखेर यो विवाद संवैधानिक इजलासबाट टुंग्याउने सहमति जनाएका थिए । बुधबार वा शुक्रबार इजलास गठन गरेर निरुपण गर्ने सहमति बैठकमा बनेको थियो ।

    तर आज शुक्रबार संवैधानिक इजलास बस्ने दिन न्यायाधीशद्वय ढुंगाना र शर्माको संयुक्त इजलासमा सुनुवाइ राखेपछि छनोट गरिएका एमिकस क्युरी उपस्थित भएनन् । बार-बेन्च बैठकमा सहमति भएबमोजिम सर्वोच्च अदालत बार एसाेसिएसनले अध्यक्ष पूर्णमान शाक्य र वरिष्ठ अधिवक्ता रविनारायण खनाललाई पठाउने निर्णय गर्‍यो । नेपाल बार एसाेसिएसनका तर्फबाट अध्यक्ष चण्डेश्वर श्रेष्ठ र वरिष्ठ अधिवक्ता शेरबहादुर केसीलाई पठाउने तय भएको थियो ।

    मुद्दा संवैधानिक इजलासमा नराखेको भन्दै एमिकस क्युरीले संयुक्त इजलासमा राखिएको सुनुवाइ बहिष्कार गरे । 'हामीले नपठाएकै हो । संवैधानिक इजलासमा राख्ने सहमति गरेर संयुक्तमा राखियो । यसमा हाम्रो असन्तुष्टि हो,' एक कानुन व्यवसायीले भने ।

    अड्कियो सुनुवाइ
    अघिल्लो सरकारले अध्यादेशमार्फत संवैधानिक निकायमा गरेका ५२ जनाको नियुक्तिविरुद्ध गठित संवैधानिक इजलासमा प्रधानन्यायाधीश रहने वा नरहने भन्ने विवादले मुल मुद्दाको सुनुवाइ अघि बढ्न सकेको छैन ।

    संवैधानिक नियुक्तिविरुद्धको रिटमा नाै महिनापछि भदौबाट सुनुवाइ सुरु भएको थियो । तर निवेदकले संवैधानिक परिषद्मा प्रधानन्यायाधीश सदस्य रहेको र नियुक्ति निर्णयमा सहभागी भएकाले स्वार्थ बाझिने भन्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा मुद्दाबाट अलग हुनुपर्ने माग गरे ।

    निवेदकको मागअनुसार जबराले मुद्दाको सुनुवाइबाट आफूलाई अलग गरे । तर संविधानले प्रधानन्यायाधीशविना संवैधानिक इजलास परिकल्पना नगरेको भन्दै अधिवक्ता रेग्मीले रिट दायर गरे । रेग्मीको रिटमा न्यायाधीश हरि फुयाँलको एकल इजलासले प्रधानन्यायाधीश रहने/नरहने टुंगो नलागेसम्म सुनुवाइ अगाडि नबढाउन आदेश दिएको थियो ।

    न्यायाधीश फुयाँलको एकल इजलासको आदेशपछि कानुन व्यवसायीहरूले असन्तुष्टि जनाएपछि प्रधानन्यायाधीश जबराले बेन्च र बार बैठक बोलाएर नियुक्ति मुद्दाको इजलासमा प्रधानन्यायाधीश रहने/नरहने टुंगो संवैधानिक इजलासबाटै लगाउने सहमति बनेको थियो । बार-बेन्चको सहमतिअनुसार न्यायाधीश फुयाँलले हेरेको मुद्दा संवैधानिक इजलासमा स्थानान्तरण हुनुपर्थ्यो । तर संयुक्त इजलासमा जाँदा फेरि सुनुवाइ प्रभावित बन्न पुगेको छ ।

    अघिल्लो सरकारले संवैधानिक परिषद् अध्यादेश ल्याएर गरेका नियुक्तिविरुद्ध अधिवक्ता ओमप्रकाश अर्याल र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका छन् । अर्यालले फुयाँलको इजलासको आदेशले आफ्नो मुद्दा लड्न पाउने अधिकार हनन भएको जिकिर गर्दै सुनुवाइ सञ्चालन गर्न माग गर्दै पुरक निवेदनसमेत दिएका छन् ।

    अर्यालको अर्को निवेदन
    निवेदक अर्यालले प्रधानन्यायाधीश रहने/नरहने विवादको सुनुवाइमा आफूलाई पनि सहभागी गराउन निवेदन दिएका छन् । संवैधानिक इजलासमा प्रधानन्यायाधीश अनिवार्य भन्ने अधिवक्ता रेग्मीको रिटमाथिको सुनुवाइमा आफूलाई सहभागी गराउनुपर्ने अर्यालको माग छ । आफू पनि यो मुद्दासँग जोडिएले सुनुवाइमा सहभागी हुन पाउनुपर्ने जिकिर उनले निवेदनमा गरेका छन् ।न्युज कारखाना


    आश्विन ८, २०७८ शुक्रवार १४:४६:५६ बजे : प्रकाशित

    प्रधानमन्त्री बनेपछि पहिलो पटक विदेश भ्रमणमा जाँदै देउवा 

  • 410
    SHARES
  • प्रधानमन्त्री बनेपछि पहिलो पटक विदेश भ्रमणमा जाँदै देउवा 

    काठमाडौं - प्रधानमन्त्री शेरबहादुर देउवा स्कटल्याण्ड जाने भएका छन् । उनी स्कटल्याण्डमा आयोजित जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन जान लागेका हुन् । 

    images

    उक्त सम्मेलन स्कटल्याण्डको ग्लास्गो सहरमा हुँदैछ । सम्मेलन अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म स्कटल्याण्डमा हुँदैछ । नोभेम्बर १ र २ मा हुने ग्लोबल लिडर समिटमा देउवा सहभागी हुने  
    वन तथा वातावरण मन्त्रालयका सचिव पेमनारायण कँडेलले जानकारी दिए । उक्त समिटमा विश्वभरका राष्ट्र प्रमुख र सरकार प्रमुख सहभागी हुनेछन् । 

    कोपमा सहभागीको लागि बेलायती कूटनीतिज्ञ तथा कोप २६ का एसिया प्यासिफिकका एम्बासडर केन ओ फ्लाहरटीले प्रधानमन्त्री देउवासँग छलफल गरेको बताइएको छ । मन्त्रिपरिषदको निर्णयपछि देउवा स्कटल्याण्ड जानेछन् । प्रधानमन्त्री बनेपछि देउवाको यो पहिलो विदेश भ्रमण हो । 

      


    आश्विन ८, २०७८ शुक्रवार १५:०७:४१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शेर बहादुर देउवा

  • क्यानाडा नेपाल

    नेताले आदेश दिए पुग्ने, कार्यकर्ता आदेश कुरेर बस्नुपर्ने! - गगन थापा

  • 144
    SHARES
  • नेताले आदेश दिए पुग्ने, कार्यकर्ता आदेश कुरेर बस्नुपर्ने! - गगन थापा

    काठमाडौँ । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले अब पार्टी पुनर्निर्माण गर्नुपर्ने बताएका छन् । शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत नेता थापाले सो कुरा बताएका हुन् । 

    images

    उनले अब कहिलेसम्म यस्तो बेहालमा पार्टी चलाइरहने भन्दै अब बदल्नुपर्ने बताएका छन् । पार्टीको अधिवेशनको मिति सर्ने कुरा उठेको बिषयलाई लिएर थापाले नेतृत्वमा बस्नेले कहिल्यै विधिमा चल्नुनपर्ने, बेथितिको जिम्मा लिनैनपर्ने जस्तो अवस्था अब अन्त्य हुनुपर्ने बताएका छन् । 

    उजले लेखेका छन् - 'कति सजिलै सर्छ अधिवेशनको मिति! १३ जिल्लाको वडा अधिवेशनकै टुंगो छैन।कहिल्यै विधिमा चल्नु नपर्ने,थितिमा वस्नु नपर्ने,वेथितिको जिम्मा लिनै नपर्ने। बस नेताले आदेश दिए पुग्ने, कार्यकर्ता आदेश कुरेर बस्नुपर्ने! अब नि यस्तो बेहालमा पार्टी चलाइरहने कि बदल्ने?सोचौं। #कांग्रेसपुनर्निर्माण'
     


    आश्विन ८, २०७८ शुक्रवार १९:२६:१३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # गगन थापा

  • क्यानाडा नेपाल

    २२ वर्षीया रामदेवीको कांग्रेस क्षेत्रीय उपसभापतिमा उम्मेद्‍वारी

  • 116
    SHARES
  • २२ वर्षीया रामदेवीको कांग्रेस क्षेत्रीय उपसभापतिमा उम्मेद्‍वारी

    मुगु - नेपाली कांग्रेस मुगु 'क'बाट युवा नेतृ रामदेवी खड्काले क्षेत्रीय उपसभापतिमा दाबी गरेकी छन् । उनले  क्षेत्रीय उपसभापतिमा उम्मेद्‍वारी दिएकी हुन् ।

    images

    सानै उमेरदेखि राजनीतिमा सक्रिय खड्का नेपाल विद्यार्थी संघ मुगुकी सदस्य हुन् । उनले मेची-महाकाली बुहारी संघको सदस्य र युवा सजकताको सचिव भएर काम गरिसकेकी छन् ।

    उनले आफूले सानैदेखि पार्टीमा पुर्‍याएको योगदानको सबैले कदर गर्ने विश्वास लिएकी छन् । क्षेत्रीय सभापतिमा युवा नेता विष्णुकुमार भाम, उपसभापतिमा टुण्डुल लामालगायतले उम्मेद्‍वारी दिएका छन् ।न्युज कारखाना


    आश्विन ८, २०७८ शुक्रवार २०:४९:१७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # काठमाडौँ

  • क्यानाडा नेपाल

    प्रधानमन्त्री देउवालाई भेटेर यस्ता सुझाव दिए प्रवक्ता शर्माले

  • 100
    SHARES
  • प्रधानमन्त्री देउवालाई भेटेर यस्ता सुझाव दिए प्रवक्ता शर्माले

    काठमाडौं - नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र प्रवक्ता विश्वप्रकाश शर्माबीच भेटवार्ता भएको छ । शुक्रबार प्रधानमन्त्री देउवा र शर्माबीच बालुवाटारमा भेटवार्ता भएको हो । 

    images

    आफुले प्रधानमन्त्री देउवालाई भेट गरेर विभिन्न सुझावहरु दिएको बारे प्रवक्ता शर्माले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । उनले देउवासँगको भेटमा तेजाब आक्रमण निरुत्साहित गर्ने अध्यादेश पारित गरेर अमानवीय प्रवृत्ति विरुद्ध राज्य कठोर बन्नुपर्ने सुझाव दिएको बताएका छन् । 

    प्रवक्ता शर्माको उक्त सुझावको जवाफमा देउवाले भने - 'यो मानवीय र साझा बिषय हो । कानुन बनाउन मात्र होइन कार्यान्वयन गर्नपनि सरकार लाग्छ। म यसमा प्रष्ट छु र दृढ़ छु ।'

    यस्तै आफु र देउवाबीच पार्टी महाधिवेशनको तयारी, महामन्त्रीमा उम्मेदवारी घोषणा, सरकारका उपलब्धि र कमजोरी लगायतका बिषयमा पनि छलफल भएको उनले बताए । उक्त भेटम प्रचार विभागले महाधिवेशन पुर्व चिन्तन चौधौं महाधिवेशन  आयोजना गर्ने निर्णय गरेको पनि उनले बताए । 


    आश्विन ८, २०७८ शुक्रवार २१:१८:०० बजे : प्रकाशित