• Jan 27 2022 | २०७८, माघ १३गते

२०७८, माघ १३गते

बलिउडमा डेब्यु गर्दै साउथकी नयनतारा, शाहरुख दोहोरो भूमिकामा देखिने

श्रावण १० २०७८
  • 2.5K
    SHARES
  • images
    images
    बलिउडमा डेब्यु गर्दै साउथकी नयनतारा, शाहरुख दोहोरो भूमिकामा देखिने

    काठमाडौं - साउथ फिल्मका चर्चित अभिनेत्री हुन् नयनतारा । हरेक फिल्मबाट चर्चामा आइरहेकी नयनतारा अब बलिउडमा डेब्यु गर्ने तयारीमा छिन् ।

    images

    उनले साउथ फिल्मकै निर्देशक एटलीको फिल्मबाट बलिउडमा प्रबेश गर्न लागेकी हुन् । उनी बलिउडमा डेब्यु गर्ने भएपछि फ्यानहरु उत्साहित भएका छन् । तमिल, तेलगु र कन्नड सबैतिरका फिल्ममा काम गरेकी उनले अहिलेसम्म बलिउड फिल्म खेलेकी थिइनन् । 

    nayantara atleee saharukh.jpg

    साउथ फिल्मकै महँगी अभिनेत्रीमा गनिने नयनतारा बलिउड फिल्ममा शाहरुख खानसँग देखिने भएकी हुन् । फिल्म जिरो पनि शाहरुख कुनै फिल्ममा देखिएका छैनन् । 

    शाहरुखले अब साउथकी नयनतारासँग रोमान्स गर्ने भएका छन् । फिल्ममा शाहरुखको दोहोरो भूमिका हुने भारतिय मिडियामा जनाइएको छ ।  


    श्रावण १०, २०७८ आइतवार १२:०८:४१ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # शाहरुख खान
  • # नयनतारा
  • अर्कोसमाचार

    बलिउड कलाकारको गुनासो - सन्तानलाई मिडियाबाट जोगाउनै गाह्रो    

  • 232
    SHARES
  • बलिउड कलाकारको गुनासो - सन्तानलाई मिडियाबाट जोगाउनै गाह्रो    

    काठमाडौं - अनुष्का शर्मा र विराट कोहलीकी छोरी वामिकाको फोटो हालै मात्र सोसल मिडियामा भाइरल भयो । अनुष्का आफ्नी छोरीलाई लिएर दक्षिण अफ्रिका र भारतका विभिन्न स्थानमा पति विराटको खेल हेर्न पुगेकी थिइन् । सोही बखत वामिकाको तस्बिर क्यामेरामा कैद गरिएको थियो । 

    images

    हालसम्म अनुष्का र विराटले पापाराजीसँग आफ्नो सन्तानको तस्बिर नखिच्न अनुरोध गर्दै आएका थिए । जब अचानक सोसल मिडियामा आफ्नी पुत्रीको तस्बिर भाइरल भयो, तब त्यो जोडीले एक पोस्ट लेख्दै आफ्नो असहमति प्रकट गरे । 

    अनुष्कामात्र होइन बलिउडका अन्य कतिपय सेलिब्रिटी आफ्ना सन्तानलाई मिडियाबाट टाढै राख्न रुचाउँछन् । नेहा धुपिया र अंगद बेदीका एक छोरी मेहर र एक छोरा गुरिक छन् । तिनका फ्यानहरू उनीहरूका बच्चाको तस्बिर हेर्न नपाएर छट्पटिइरहेका छन् । तर त्यो जोडी चाहन्छ कि, आफ्नो प्राइभेसी कायम रहोस् । अचानक मेहरको तस्बिर सार्वजनिक भइदियो, छोराको भने अहिलेसम्म कसैले फोटो खिच्न भ्याएको छैन । गत वर्षमात्र नेहाले पुत्र जन्माएकी थिइन् ।

    अभिनेत्री दिया मिर्जाले गत वर्ष पुत्र अवयानलाई जन्म दिइन् । उनले सोसल मिडियामा छोराको थुप्रै तस्बिर राखेकी छन्, तर कुनैमा पनि अनुहार देखाइएको छैन । उनी पनि आफ्नो छोरोको अनुहार मिडियासामु देखाउन चाहन्नन् । 

    काजोल र अजय देवगन प्रख्यात बलिउड कलाकार हुन् । उनीहरू सिनेमाको काममा व्यस्त रहन्छन्, दुवैलाई कुनै पनि खाले पार्टीमा जाने शौख छैन । यो जोडीले पनि आफ्ना दुवै सन्तानलाई लाइमलाइटबाट बचाएर राखेका छन् । केही समयअघि पीटीआईसँग कुरा गर्दै काजोलले आफू र पति  अजयले सन्तानलाई मिडियाबाट टाढै राख्ने निर्णय गरेको बताएकी थिइन् ।

    किङ खानको नामले चर्चित शाहरूख खानका कान्छो छोरा अबरामलाई क्यामेरा नजिक पर्न बिलकुलै मन लाग्दैन । एक दिन विमानस्थलमा कसैले क्यामेरा आफूतिर तेर्साएको थाहा पाएपछि उनले अनुहार लुकाएका थिए । तर, शाहरूखकी छोरी सुहाना भने क्यामेरा फ्रेन्ड्ली छन् ।   

    सोहा अली खान र कुणाल खेमूकी एक छोरी इनाया छिन् । यो जोडी पनि आफ्नी छोरीलाई क्यामेराबाट जोगाउन चाहन्छन् । सोहाले आफ्नी छोरीको तस्बिर सार्वजनिक गर्दा कहिल्यै अनुहार देखाएकी छैनन् । 

    अक्षय कुमार र ट्विंकल खन्ना पनि आफ्ना दुवै बच्चालाई मिडियाबाट टाढा राख्न रुचाउँछन् । ट्विंकलले आफ्नी छोरीको तस्बिर सार्वजनिक गर्नु पर्दा जहिल्यै पनि पछाडिबाट खिचेको फोटो मात्रै प्रयोग गर्छिन् वा आधा अनुहार मात्रै राख्छिन् ।

    अर्की प्रख्यात कलाकार रानी मुखर्जी पनि आफ्नी छोरी आदिरालाई मिडियाबाट कसरी जोगाउने भन्ने चिन्तामा रहन्छिन् । रानीले २०१५ मा छोरी जन्माएकी थिइन् । करिब सात वर्षकी उनकी छोरीको तस्बिर विरलै सार्वजनिक भएको देख्न सकिन्छ ।
     


    माघ ११, २०७८ मंगलवार २०:३१:११ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    'नागिन ६'मा नागिनको रुपमा देखिँदै उर्वशी

  • 228
    SHARES
  • 'नागिन ६'मा नागिनको रुपमा देखिँदै उर्वशी

    काठमाडौं - भारतीय टेलिभिजनको लोकप्रिय खलनायिकाहरुमा चर्चित ‘कोमोलिका’ अर्थात् उर्वशी ढोलकिया टेलिभिजनमा पुनः फर्किने भएकी छन् । यी अभिनेत्री अब दर्शकमाझ नागिनको रुपमा देखिँदैछिन् ।

    images

    समाचारअनुसार उर्वशी ‘नागिन ६’मा देखिनेछिन् । उर्वशी करिब चार वर्षपछि फिक्शन शोमा देखिन लागेकी हुन् । यसअघि उनी एकता कपूरको सिरियल ‘चन्द्रकान्ता’मा देखिएकी थिइन् । उर्वशी ‘नागिन ६’मा नागिन या कुनै जीव या मान्छे नै हुनेछिन् भन्नेबारे केही खुलाइएको छैन ।

    त्यसो त उर्वशी अघि ‘नागिन ६’मा माहिरा शर्मा, रुबीना दिलैक, महक चहल, रिद्धिमा पण्डित जस्ता कैयौं टेलिभिजन अभिनेत्रीको नाम आएको थियो । तर ‘नागिन ६’मा को नागिन बन्दै छ भन्ने आधिकारिक घोषणा भने गरिएको छैन ।
     


    माघ ११, २०७८ मंगलवार २१:५८:३५ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    राजकुमार र भूमिको कमेडी फिल्म 'बधाई दो' को ट्रेलर यस्तो बन्यो

  • 140
    SHARES
  • राजकुमार र भूमिको कमेडी फिल्म 'बधाई दो' को ट्रेलर यस्तो बन्यो

    काठमाडौं - बलिउड अभिनेता राजकुमारको नयाँ फिल्म 'बधाई दो' को ट्रेलर सार्वजनिक भएको छ । 

    images

    कमेडी जनरामा आधारित यस फिल्ममा राजकुमार र भूमि पेडनेकरको जीवनमा आउने विभिन्न उत्तार चढाब देखाइएको छ । ट्रेलरमा भूमिले एक पिटी शिक्षकको भूमिका निभाएको देखिन्छ । 

    हर्षवर्धन कुलकर्णीले निर्देशन गरेको यस फिल्ममा राजकुमार र भूमिसहित सीमा पाहवा, शीबा चड्ढा, लवलीन मिश्रा, नितीश पाण्डे, दीपक अरोरा, शशि भूषण लगायतका कलाकारको अभिनय रहेको छ । फिल्म आउँदो फेब्रअरी ११ मा प्रदर्शनमा आउने भएको छ । 


    माघ १२, २०७८ बुधवार १२:४३:४३ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    विवादका कारण अघि बढ्न सकेन सनी देओल र सुनील सेट्टीको ‘बोर्डर’ को सिक्वेल

  • 216
    SHARES
  • विवादका कारण अघि बढ्न सकेन सनी देओल र सुनील सेट्टीको ‘बोर्डर’ को सिक्वेल

    काठमाडौं - बलिउड निर्देशक जेपी दत्ताले सन् १९९७ मा सनी देओल, सुनील सेट्टी र अक्षय खन्ना जस्ता स्टारलाई लिएर फिल्म ‘बोर्डर’ बनाएका थिए । यो फिल्ममा देशभक्ति र भारतीय सेनाको भावना यति सुन्दर ढंगले देखाइएको थियो कि दर्शकहरु जनवरी २६ र अगष्ट १५ मा यो फिल्म हेर्न छुटाउदैनन् ।

    images

    ‘बोर्डर’ रिलिजको यति लामो अवधि पुग्दा पनि दर्शकहरु यसको सिक्वेल खोजीरहेका छन् । जेपीले भलै आधिकारिक रुपमा ‘बोर्डर २’को घोषणा नगरे पनि उनले आन्तरिक रुपमा यसको तयारी सुरु गरिसकेका छन् । उनीसँग फिल्मको कथा तयार भए पनि निर्माता भरत शाहका कारण फिल्मले अगाडि बढ्ने मेसो पाउन सकेको छैन ।

    निर्माता भरत शाह आफूसँग यो फिल्मको सिरिजको सम्पूर्ण अधिकार रहेको दाबी गर्छन् । जसकारण पनि फिल्म बन्न ढिलाई भइरहेको छ । जबसम्म निर्देशक जेपी र निर्माता भरतको यो विवाह सुल्झदैन, तबसम्म फिल्मको निर्माण कार्य अगाडि बढ्न नसक्ने फिल्म निकट स्रोतको बुझाई छ । जेपीले सनी र सुनीललाई लिएर ‘बोर्डर २’ बनाउने तयारी गरे पनि विवादका कारण अगाडि बढ्न सकेको छैन । जेपी र भरतको सम्बन्ध पहिलाको जस्तो नभएका कारण पनि फिल्मको विवाद सुल्झन समय लाग्ने उनीहरुको निकटको भनाई छ ।

    यता भरतले भने फिल्म ‘बोर्डर’ सुपरहिट भएपछि निर्देशक जेपीले आफूलाई नाफा शेयर नदिएको आरोप लगाउँदै आएका छन् । उनी यो मुद्धा लिएर अदालतसम्म पुगेका थिए । सोही समयदेखि बिग्रिएको उनीहरुको सम्बन्ध अहिलेसम्म सुध्रने छाँटकाट छैन ।

     


    माघ १२, २०७८ बुधवार १३:५६:०१ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    वास्तविकतामा देखियो 'पुष्पा'मा प्रस्तुत गरिएको दृश्य, संलग्न ५८ जना जंगलबाट समातिए

  • 304
    SHARES
  • वास्तविकतामा देखियो 'पुष्पा'मा प्रस्तुत गरिएको दृश्य, संलग्न ५८ जना जंगलबाट समातिए

    काठमाडौं - साउथ सुपरस्टार अल्लू अर्जुनको सुपरहिट फिल्म 'पुष्पाः द राइज'ले बक्स अफिसमा उत्कृष्ट आँकडा दर्ता गर्न सफल भयो। गत डिसेम्बर १७ मा रिलिज भएको यस भारत मात्र होइन नेपालमा पनि राम्रो कमाई गर्न सफल भयो । फिल्मले दर्शकबाट निकै राम्रो प्रतिक्रिया पनि पायो । 

    images

    फिल्ममा अल्लुको फरक अभिनय रअभिनेत्री समान्था रुथ प्रभुको आइटम नम्बरलाई पनि दर्शकले निकै मनपराए । सुकुमारको निर्देशनमा बनेको यस फिल्ममा रक्त चन्दन तस्करीको कथा देखाइएको छ । 

    फिल्ममा 'पुष्पा'को भूमिकामा रहेका अल्लुले रक्त चन्दन तस्करीमा पुलिसको आँखा छलेको देखाइएको छ । तर, फिल्ममा देखाइएको रक्तचन्दन तस्करी दृश्य वास्तवमा नै देखिएको छ । 

    वास्तवमा रक्तचन्दन तस्करी गरिएको भन्दै संलग्न ५८ जनालाई नेल्लोर पुलिसले पक्राउ गरेको भारतिय मिडियामा जनाइएको छ । संरक्षित जंगलमा रक्तचन्दनका रुख काटिरहेको बेला उनीहरुलाई पुलिसले पक्राउ गरेको हो । 

    पक्राउ पर्नेमा ५५ जना मजदुर र तीन जना तस्कर रहेको बताइएको छ । आन्ध्र प्रदेश पुलिसले तस्करहरुलाई रापुरको जंगलबाट नियन्त्रणमा लिएको बताइएको छ । तस्करीमा मुख्य नाइके भेलोर दामू चित्तुर जिल्लाको रहेको बताइएको छ । जंगलमा उनीहरुले पुलिसमाथि ढुङ्गा र बञ्चरोले हान्ने प्रयास पनि गरेका थिए । 


    माघ १२, २०७८ बुधवार २०:५८:५२ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    मौनी रोयले प्रेमीसँग गरिन् विवाह, बेहुलीमा सजिएको तस्बिर सार्वजनिक

    मौनी रोयले प्रेमीसँग गरिन् विवाह, बेहुलीमा सजिएको तस्बिर सार्वजनिक

    काठमाडौं - बलिउडकी चर्चित अभिनेत्री तथा मोडल मौनी रोय विवाह बन्धनमा बाधिँएकी छिन् । उनी प्रेमी सुरज नाम्बियारसँग विवाह बन्धनमा बाधिँएकी हुन् ।

    images

    mauni ra.JPG

    उनीहरु बिहिबार गोवामा परिवार र आफन्तकाबीच विवाह गरेका हुन् । उनीहरु विवाह बन्धनमा बाधिँएको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । 

    mauniii.JPG

    सार्वजनिक तस्बिरमा मौनी बेहुलीमा सिगारिएकी छिन् । भारतिमा कोरोना संक्रमण बढ्दै गएकाले उनीहरुले थोरै मानिसहरुको सहभागीमा विवाह गरेका हुन् । 

    mauni.JPG

    सुरज दुबईका बैंकर तथा व्यापारी हुन । पश्चिम बंगालको सानो सहर कोच बिहारकी स्थायी बासिन्दा मौनीले सन् २००७ मा चर्चित हिन्दी सिरियल सासभी कभी बहु थीबाट काँचको पर्दामा डेब्यु गरेकी थिइन् । उनले थुप्रै टिभी शो र केही फिल्ममा समेत अभिनय गरेकी छिन् । 


    माघ १३, २०७८ बिहिवार १३:५१:३५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मौनी राय

  • क्यानाडा नेपाल