• Sep 18 2021 | २०७८, आश्विन २गते

२०७८, आश्विन २गते

नेपालमा एकैदिन ३१ सय १४ जनामा कोरोना संक्रमण हुँदा २१ सय ९७ जना निको

श्रावण ९ २०७८
  • 860
    SHARES
  • नेपालमा एकैदिन ३१ सय १४ जनामा कोरोना संक्रमण हुँदा २१ सय ९७ जना निको

    काठमाडौँ। सरकारले पछिल्लो २४ घण्टामा मुलुकभर थप ३१ सय १४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

    images

    शनिवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १४ हजार ९ सय १० वटा परीक्षण गर्दा ३१ सय १४ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै कूल संक्रमितको संख्या ६ लाख ७९  हजार १७ (पीसीआर टेस्टबाट) र (एण्टीजेनबाट) ५४ हजार २ सय ४३ पुगेको छ।  

    साथै पछिल्लो २४ घण्टामा २१ सय ९७ जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै निको हुनेको कूल संख्या ६ लाख ४१ हजार ५ सय ६५ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।  निको हुने दर ९४.५ प्रतिशत रहेको छ । 

    यसैगरी पछिल्लो २४ घण्टामा मृत्यु भएका र त्यसअघि भएका गरी थप १६ जनाले ज्यान गुमाएका छन्। हालसम्म कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ हजार ६ सय ९५ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


    श्रावण ९, २०७८ शनिवार १७:०३:०४ बजे : प्रकाशित

    images
  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • अर्कोसमाचार

    नेपालमा एकैदिन १५ सय ११ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित कति ?

  • 278
    SHARES
  • नेपालमा एकैदिन १५ सय ११ जनामा कोरोना संक्रमण, सक्रिय संक्रमित कति ?

    काठमाडौँ। सरकारले पछिल्लो २४ घण्टामा मुलुकभर थप १५ सय ११ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

    images

    मंगलवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार १५ हजार १ सय ७९ वटा परीक्षण गर्दा १५ सय ११ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै कूल संक्रमितको संख्या ७ लाख ८१ हजार ९ सय ८९ (पीसीआर टेस्टबाट) र (एण्टीजेनबाट) ८८ हजार १ सय ८७ पुगेको छ।  

    साथै पछिल्लो २४ घण्टामा १६ सय ८९ जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै निको हुनेको कूल संख्या ७ लाख ४५ हजार २ सय १५ पुगेको मन्त्रालयले जानकारी दिएको छ । यस्तै हालसम्म सक्रिय संक्रमित २५ हजार ७ सय ७२ जना रहेका छन् । 

    यसैगरी पछिल्लो २४ घण्टामा मृत्यु भएका र त्यसअघि भएका गरी थप ११ जनाले ज्यान गुमाएका छन्। हालसम्म कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार २ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


    भाद्र ३१, २०७८ बिहिवार १८:१२:१२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    चीनबाट थप ४४ लाख कोरोनाविरुद्धको भेरोसेल खोप आउँदै

  • 216
    SHARES
  • चीनबाट थप ४४ लाख कोरोनाविरुद्धको भेरोसेल खोप आउँदै

    काठमाडौं । चीनबाट कोरोनाभाइरस (कोभिड १९)विरुद्धको खोप भेरोसेल नेपाल आउँदैछ । सरकारले खरिद गरेको ४४ लाख मात्रा कोरोनाविरुद्धको भेरोसेल खोप चीनबाट आउन लागेको हो । 

    images

    खोप लिन बिहिबार नेपाल वायुसेवा निगमको विमान बेइजिङ उडेको थियो । यो खोप आएलगत्तै तुरुन्तै निश्चित उमेर समूहलाई  लगाउन सुरु गरिनेछ ।

    हालसम्म ५० वर्षउमेर समूहलाई कभर गरिसकेकोले त्यो भन्दा तलको उमेरमा कतिसम्म कभर गर्न सकिन्छ हेरेर खोप लगाउन सुरु गरिनेछ। हिमाली १० जिल्लालाई पूर्ण रुपमा समेट्ने योजना रहेको बतायएको छ । 


    आश्विन १, २०७८ शुक्रवार ०७:१४:३२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भेरोसेल खोप

  • क्यानाडा नेपाल

    चीनबाट थप ४४ लाख कोरोनाविरुद्धको खोप नेपाल आइपुग्यो

  • 202
    SHARES
  • चीनबाट थप ४४ लाख कोरोनाविरुद्धको खोप नेपाल आइपुग्यो

    काठमाडौं । चीनबाट थप ४४ लाख कोरोनाभाइरस (कोभिड १९)विरुद्धको भेरोसेल खोप नेपाल आइपुगेको छ । शुक्रबार नेपाल एयरलाइन्सको जहाजमार्फत सरकारले खरिद गरेको थप ४४ लाख डोज भेरोसेल खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो । 

    images

    खोप लिन निगमको जहाज बिहिबार बेइजिङ उडेको थियो । यो खोप अब निश्चित उमेर समूहलाई लगाउन सुरु गरिने भएको छ । 

    हालसम्म ५० वर्ष उमेर समूहलाई कभर गरिसकेकोले त्यो भन्दा तलको उमेरमा कतिसम्म कभर गर्न सकिन्छ त्यस अनुसार खोप लगाउन सुरु गरिने जनाइएको छ । हिमाली १० जिल्लालाई पूर्ण रुपमा समेट्ने योजना रहेको बताइएको छ । 


    आश्विन १, २०७८ शुक्रवार १४:४९:४६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    नेपालमा शुक्रबार थप १ हजार ५ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि

  • 152
    SHARES
  • नेपालमा शुक्रबार थप १ हजार ५ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । नेपालमा शुक्रबार थप १ हजार ५ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    images

    देशभर गरिएको ८ हजार ६ सय ६५ पिसिआर परिक्षणका क्रममा १ हजार ८६ जना र ३ हजार ७ सय २० एन्टीजेन परिक्षणका क्रममा ४ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाउको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ७१ हजार ७ सय ३४ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १० जनाको मृत्यु भएको छ ।

    हालसम्म नेपालमा ११ हजार १२ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै १ हजार ३ सय ५१ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ४६ हजार ५ सय ६६ जना कोरोनासंक्रमणमुक्त भएका छन् । हाल २५ हजार ४ सय ९७ जना आइशोलेशन र २ सय ३६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।  


    आश्विन १, २०७८ शुक्रवार १६:४९:१९ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    चीनबाट ल्याएकाे ४४ लाख डोज खोप ४ असाेजदेखि लगाइने

  • 202
    SHARES
  • चीनबाट ल्याएकाे ४४ लाख डोज खोप ४ असाेजदेखि लगाइने

    काठमाडौं । चीनबाट खरिद गरिएको ४४ लाख कोभिड-१९ विरूद्धको भेरोसेल खोप आज काठमाडौं आइपुगेको छ । खोप लिन नेपाल एयरलाइन्सको वाइडबडी जहाज बिहीबार बेइजिङ प्रस्थान गरेको थियो । 

    images

    सरकारले चीनबाट ल्याएको खोप ४ असोजबाट लगाउने भएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठका अनुसार १८ वर्षमाथि उमेर समूहका नागरिकलाई खोप लगाइने छ ।


    आश्विन १, २०७८ शुक्रवार १७:१०:१० बजे : प्रकाशित


    क्यानाडा नेपाल