आश्विन १७, २०७९ सोमबार | Mon Oct 3 2022

राजनीतिक भेटघाटलाई तिव्र बनाउँदै विप्लव, प्रकाण्डलाई लिएर महन्थ ठाकुर भेट गर्न पुगे



काठमाडौं – नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ पछिल्लो समय राजनीतिक भेटघाटलाई तिव्र पारेका छन् । शनिवार पनि विप्लव जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरलाई भेट गर्न उनकै निवास पुगेका हुन् । 

अध्यक्ष ठाकुरलाई भेट गर्न विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ पनि गएका हुन् । केपी शर्मा ओली सरकारको बहिगर्मनलगत्तै सक्रिय बनेका विप्लवले यसअघि शुक्रबार विप्लवले राप्रपाका अध्यक्ष कमल थापासँग भेटवार्ता गरेका थिए । 
 
यस्तै उनले यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जसपा संघीय परिषद अध्यक्ष डा।बाबुराम भट्टराई, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ सँग पनि भेटवार्ता गरिसकेका छन् । 

गत फागुन २१ गते सरकारसँग ३ बुँदे सहमति गरेर खुला राजनीतिमा आएका विप्लव लामो समय शान्त रहँदै कपिलवस्तुमा बस्दै आएका थिए । तर, गत असार २९ गते एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली सत्ताच्यूत भएकै भोलिपल्ट असार ३० गतेदेखि विप्लवले राजनीतिक भेटवार्तालाई निरन्तरता दिएका छन् । 

प्रकाशित मिति : श्रावण ९, २०७८ शनिबार  १० : ०२ बजे