• Oct 17 2021 | २०७८, आश्विन ३१गते

२०७८, आश्विन ३१गते

इन्दिराको पछि लागेका दिलीप बने 'जिम्माल बा को छोरो' (भिडियो)

क्यानाडा नेपाल श्रावण ७ २०७८
  • 1.9K
    SHARES
  • images
    images
    इन्दिराको पछि लागेका दिलीप बने 'जिम्माल बा को छोरो' (भिडियो)

    काठमाडौं । गायिका इन्दिरा जोशी र गायक रमेश बाबुको आवाजमा रहेको नयाँ रोमान्टिक गीत 'जिम्माल बा को छोरो'को भिडियो रिलीज भएको छ । गीतमा प्रकाश सापकोटाको शब्द रचना रहेको छ भने भिम ब. श्रेष्ठको संगीत रहेको छ ।

    images

    भिडियोमा अभिनेता दिलीप रायमाझी, गायिका इन्दिरा जोशी, मोडल गीता ढुंगाना र कमल सिंहको अभिनय रहेको छ । सुब्रत आचार्य निर्देशित भिडियोमा विकाश दाहालको सम्पादन रहेको छ । बुद्द थापाको छायांकन, प्रमोद भण्डारीले कोरियोग्राफी गरेको यस भिडियोमा सुनिल निउरेको स्क्रिप्ट तथा जया शर्माको क्रियटिभ निर्देशन रहेको छ ।

    'नेपालमा जिम्माल बाको छोरी नाममा धेरै गीत बनेका छन् तर छोरोको लागि बनेको देखिएन । मैले छोराहरुको आकर्षणलाई पनि मध्यनजर गरि यो गीत लेखेको हुँ', गीतकार सापकोटाले बताए, 'यो गीतमा माया प्रेम अभिन्न अंग भएतापनि अहिलेको समाज, देश परिवेश अनुरुप व्यक्त भएका गीतको कमि नहोस् भन्ने हेतुले यो बिषय समावेश गरेको छु' । 

    गीतको मर्म अनुसारको भिडियोमा उतार्ने कोशिस गरेको निर्देशक आचार्यले बताए ।


    श्रावण ७, २०७८ बिहिवार ११:३६:२८ बजे : प्रकाशित

    images
    images

    क्यानाडा नेपाल

    अर्कोसमाचार

    बिहेपछि झनै ‘बोल्ड’देखिन्छिन् आँचल

  • 364
    SHARES
  • बिहेपछि झनै ‘बोल्ड’देखिन्छिन् आँचल

    काठमाडौं - बिहेपछि आँचल शर्मा युट्युब च्यानलमा पहिलेको तुलनामा कम देखिन थालेकी छन् । अन्तर्वार्ता दिने क्रम पहिलेको तुलनामा रोकिएको छ । 

    images

    आँचलमा अर्को परिवर्तन पनि आएको छ, त्यो हो फेसनको । आँचल विवाहअघि फेसनको मामलामा त्यति धेरै उम्दा लाग्दिन थिइन् । हेरिरहेकै, देखिरहेकै पहिरनमा देखिन्थिन् । तर, विवाहपश्चात भने उनको फेसनमा व्यापक परिवर्तन महसुस गर्न सकिन्छ ।

    aechal.jpg

    पछिल्लो समय उनले सामाजिक संजालमार्फत सार्वजनिक गर्ने तस्बिरहरुले उनको पहिरनको यथार्थलाई दर्शाउँछ । उनका फ्यानले पनि पहिरनको खुलेर तारिफ गरेका छन् ।

    यतिबेला श्रीमान उदीप श्रेष्ठसँग विदेशमा घुमघाम गरिरहेकी आँचललाई फ्यानले झन् झन् बोल्ड भएको भन्न थालेका छन् । किनकी बिहेपछि धेरैको फेसन कुर्ता र सारीमा खुम्चन्छ ।

    तर, आँचल झन्–झन् बोल्ड हुँदै गएको धेरैले महसुस गरेका छन् । के यो श्रीमान् उदीप श्रेष्ठको मायाको कमाल हो ?न्युज कारखाना 


    आश्विन २८, २०७८ बिहिवार ०८:३५:४४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # आँचल

  • क्यानाडा नेपाल

    बल्ल दसैँ आएजस्तो लागेको छ - भुवन केसी 

  • 342
    SHARES
  • बल्ल दसैँ आएजस्तो लागेको छ - भुवन केसी 

    गत वर्ष कोरोनाका कारण जारी लकडाउनले निकै सकसका साथ दसैँ मनाउनु परेको थियो । तर, यसपाली भने लकडाउन छैन, स्थिति अलि सहज छ । तर, साबधानी भने अपनाउनै पर्छ । म आमसर्वसाधारणले झैँ सामान्य तवरले दसैँ मनाउँछु । बुबाआमा, मान्यवरको हातबाट टीका लगाएर आशीर्वाद लिने, आफन्त, आफूभन्दा सानालाई टीका लगाइदिने ।

    images

    यो दसैँमा फूलपातीको दिनबाट म बिशेष भूमिकामा अभिनित ‘डाडाको वरपीपल’ फिल्म प्रदर्शनमा आएको छ । कोरोनाका कारण ठप्प रहेको फिल्मी माहौल चलायमान बनाउन फिल्म प्रदर्शन हुन जरुरी छ । 

    सोभित बस्नेत भाइले निरन्तर रुपमा फिल्म निर्माण गर्दै प्रदर्शन गरिरहेका छन् । मलाई बल्ल यसपाली दसँंै आएझैँ महसुस भएको छ । सबैको फिल्म चलोस्, दुर्गा भवानीले आशीर्वाद दिऊन्, सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीमा बडा दसैँको हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु ।   


    आश्विन २८, २०७८ बिहिवार १९:३१:०१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भुवन केसी

  • क्यानाडा नेपाल

    दसैँ छैन, पोखरा घुम्न जाने प्लान छ - दीपकराज गिरी

  • 306
    SHARES
  • दसैँ छैन, पोखरा घुम्न जाने प्लान छ - दीपकराज गिरी

    ठूली आमाको स्वर्गारोहणका कारण यसपालि दसैँ छैन । तर पनि दसैँ आउदा मलाई अर्कै रौनक लागेको छ । कोरोनाका कारण अहिले पनि सबैमा त्रास छ । एक्दम सुरक्षित भएर चाडपर्व मनाउनु पर्ने छ ।

    images

    बजारमा देखिएको भीडभाडले साँच्चै नै दसँै आएको महसुस गराएको छ । तर,यसले संक्रमण बढ्ने हो की भन्ने डर सृजना गरेको छ । यसपालि टीका नभएकाले दसैँमा कतै घुम्न जाने की भन्ने सोचमा छु ।

    बिदेश घुम्न जानलाई पिसिआर टेस्ट, केके चाहिन्छ, त्यतिञ्जेल त आफ्नै देशको जुनसुकै स्थानमा पुगीन्छ । पोखरा जाने की भन्ने सोचेको छु । आफ्नो दसैँ नभए तापनि आम नेपाली दाजुभाइ दिदीबहिनीमा दसँैको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छु ।  

     

     


    आश्विन २८, २०७८ बिहिवार १९:४२:५४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # दीपकराज गिरी

  • क्यानाडा नेपाल

    आफ्नो स्टारडमको रक्षामा चकलेटी हिरो आर्यन सिग्देल

  • 270
    SHARES
  • आफ्नो स्टारडमको रक्षामा चकलेटी हिरो आर्यन सिग्देल

    काठमाडाै‌ - आर्यन सिग्देल, नेपाली फिल्मका लागि चकलेटी हिरो । उनले फिल्म ‘किस्मत’मार्फत यसक्षेत्रमा डेब्यु गरे । डेब्यु फिल्ममा उनलाई लभरब्वाइकै रूपमा प्रस्तुत गरियो । जसमार्फत उनले सफलता पनि हासिल गरे । त्यसपछी उनले अधिकांस फिल्ममा लभरब्वाइकै क्यारेक्टरमा आफूलाई प्रस्तुत गरे । 

    images

    डेब्युभन्दा अगाडि धेरै संघर्ष गरेर रजतपटमा इन्ट्री गरेका आर्यनले आफ्नो स्टारडम जोगाउन सकेनन् भन्ने पनि छन्, फिल्मनगरीमा । किनकि उनको सफलता र असफलता श्रेय उनी आफैँलाई जान्छ । यसलाई उनी पनि स्वीकार्छन् ।

    ‘म अरुको कुरा कमै सुन्छु , साथीभाइलाई बढी विश्वास गर्छु’ एक अन्तर्वार्ताको क्रममा आर्यनले भने ‘म भावनामा डुब्छु, यसैले गर्दा पनि हुनसक्छ कहिले उकालो त कहिले ओरालो भयो करियर ।’ 

    उनले आफ्नो सफलताको श्रेय आफ्नै कडा मेहनतलाई दिँदै असफलताको श्रेय पनि आफ्नै कमजोरीलाई दिए । आर्यनले अघिल्ला केही फिल्ममा भूमिकालाई परिवर्तन गर्न खोजेका थिए, तर सफल भएनन् । 

    ‘केही फिल्ममा मैले आफूलाई फरक भूमिकामा प्रस्तुत गर्न खोजेँ, जसलाई स्याबासी त मिल्यो, तर दर्शकले रुचाएनन् । त्यसैले उनीहरूकै डिमाण्डअनुसार आफूलाई प्रस्तुत गर्ने सोच बनाएँ’, आर्यनले बताए । 

    उनको अभिनयसँगै लेखन र निर्माणसमेत रहेको फिल्म ‘कायरा’ले ठीकठाक व्यापार गर्‍यो । त्यसो त उनले ‘कायरा’ अगाडिको फिल्म ‘रुद्रप्रिया’ पनि आफूलाई सिम्पल ब्वाइको रूपमा प्रस्तुत गरेका थिए । तर, त्यसको जति चर्चा भयो, आर्यनको क्यारेक्टर त्यति नै कमजोर रहेको उनले प्रतिक्रिया पनि पाए । 

    ‘फिल्ममा क्यारेक्टरभन्दा पनि समग्र सब्जेक्ट नै राम्रो थियो’, आर्यन भन्छन्, ‘हामीले लेखेको र सोचेको धेरै कुरा पर्दामा आइपुग्दा फरक भइदिन्छ त्यसैले हाम्रो निर्णय कुनै बेला गलत सावित हुन्छ ।’

    यिनै आर्यन पछिल्लो समय डिसेम्बर फल्स, म राजेश हमाल लगायतका फिल्ममा व्यस्त छन् । उनी आफुलाई फरक फरक भूमिकामा दर्शकमाझ प्रस्तुत हुँदैछन् । उनी अब संख्या घटाउने र क्वालिटी बढाउने तयारीमा छन् । यद्यपि दर्शक उनलाई चकलेटी अवतारमै हेर्न चाहन्छन् । उनले अभिनय गरेको पछिल्लो फिल्महरूमा ’कायरा’ले गरेको व्यापारलाई हेर्ने हो भने पनि त्यो प्रस्टिन्छ । 


    आश्विन २८, २०७८ बिहिवार २०:०८:३६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # आर्यन सिग्देल

  • क्यानाडा नेपाल

    सुनिता र हेमन्त कान्छाको गीतमा परदेशीको पिडा 

  • 304
    SHARES
  • सुनिता र हेमन्त कान्छाको गीतमा परदेशीको पिडा 

    काठमाडौं – आफ्नो मौलिक सिर्जना मार्फत सबैको मन जित्दै गइरहेका बहुमुखी प्रतिभाका धनी हेमन्त कान्छा रसाइलीको नयाँ गीत “लाहुरे” बजारमा आए लगत्तै यसको सर्वत्र चर्चा सुरु भएको छ । 

    images

    चर्चित सर्जक राजकुमार बगरको दमदार शब्द संगीत रहेको सो गीतमा हेमन्तलाई आवाजमा सुनिता बुढाले साथ दिएको गीतको भिडियो यो समाचार तयार पार्दासम्म करिब २ लाख ६० हजारले हेरेका छन् भने भिडियो ट्रेण्डिगंको १ नम्बरमा रहेको छ ।

    छन् । गीतको सम्पूर्ण पक्ष निकै दमदार छ भने टिकटकमा निकै भाइरल भएको छ । गीत सार्वजनिक हुन भन्दा पहिले देखीनै टिकटक मा निकै रुचाइएको पनी छ। गीतमा एउटा प्रदेशी लाहुरे ले छाडेर पल्टन जादा का पिडा हरु लाई गीत मा उतारिएको छ । गीतको म्यूजिक भिडियो समेत निकै दमदार रहेको गीतमा विनोद भण्डारीले निर्देशन गरेका छन् भने सारिका केसी र गोविन्द पोखरेल को अभिनय रहेको छ । 


    आश्विन २८, २०७८ बिहिवार २०:१५:१२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # हेमन्त कान्छा

  • क्यानाडा नेपाल

    कमेडी च्याम्पियन भरतमणि पौडेललाई अभिनन्दन

  • 120
    SHARES
  • कमेडी च्याम्पियन भरतमणि पौडेललाई अभिनन्दन

    राष्ट्रिय कमेडी च्याम्पियन भरतमणि पौडेललाई दमकमा अभिनन्दन गरिएको छ । भर्खरै सम्पन्न कमेडी च्याम्पियन रियालिटी शोमा सर्वोत्कृष्ट प्रस्तुतिले उपाधि जित्न सफल प्लेजुङका बासिन्दा पौडेललाई स्थानीय पौडेल युवामञ्चले आज अभिनन्दन गरेको अध्यक्ष थरेन पौडेलले बताउनुभयो ।

    images

    अभिनन्दित व्यक्तित्व पौडेलले सबैको साथ, सहयोग र हौसलाका कारण आफूले उपाधि जित्न सफल भएको उल्लेख गर्दै आफ्नो प्रतिभालाई निरन्तर अघि बढाएर कलाकारितालाई व्यवसायिकताको बाटोमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।भर्खरै सम्पन्न रियालिटी सोमा उपाधि जित्दै पौडेलले रु २५ लाख र कार प्राप्त गर्नुभएपछि उहाँको कमेडीको यात्रा चुलिएको थियो ।


    आश्विन ३१, २०७८ आइतवार १४:५६:३० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भरतमणि पौडेल

  • क्यानाडा नेपाल