• Dec 05 2021 | २०७८, मंसिर १९गते

२०७८, मंसिर १९गते

अश्लील फिल्म बनाएको आरोपमा शिल्पाका पति पक्राउ परेपछि कंगनाले दिइन् यस्तो प्रतिक्रिया

श्रावण ६ २०७८
  • 3.8K
    SHARES
  • images
    images
    अश्लील फिल्म बनाएको आरोपमा शिल्पाका पति पक्राउ परेपछि कंगनाले दिइन् यस्तो प्रतिक्रिया

    काठमाडौं - बलिउडकी चर्चित अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्रा अश्लील फिल्म बनाएको आरोपमा पक्राउ परेका छन् । शिल्पाका पति अश्लील फिल्म बनाएको आरोपमा पक्राउ परेपछि बलिउडका कलाकारले विभिन्न प्रतिक्रिया दिइरहेका छन् । 

    images

    यस्तै आफ्नो अभिव्यक्तिका कारण चर्चामा आइरहने अभिनेत्री कंगना रनौटले पनि यसबारे बोलेकी छिन् । कुन्द्रा पक्राउ परेको विषयमा उनले यस्तो घटना भारतमा मात्र नभएर विभिन्न ठाउँमा भएको बताएकी छिन् । 

    उनले भनेकी छिन् - ' सबै चम्किएका कुराहरु सुन हुँदैनन्, म अरु थप कुराहरु पनि उदांगो पार्नेछु ।'

    सोमबार पक्राउ परेका कुन्द्रालाई मुम्बईको एक अदालतले २३ जुलाईसम्म प्रहरी हिरासतमा पठाउन आदेश दिएको छ । राज पक्राउ परेपछि अभिनेत्री शिल्पाले डान्स रियालिटी शो ‘सुपर डान्सर च्याप्टर ४’ छाडेकी छिन् ।  


    श्रावण ६, २०७८ बुधवार १३:३५:३८ बजे : प्रकाशित

    images
    images
    अर्कोसमाचार

    विक्की र कटरिनाको विवाहमा मोबाइल लान नपाइने, यस्तो नियम राखियो

  • 388
    SHARES
  • विक्की र कटरिनाको विवाहमा मोबाइल लान नपाइने, यस्तो नियम राखियो

    काठमाडौं । बलिउड अभिनेत्री कटरिना कैफ र अभिनेता विक्की कौशलको विवाहको चर्चा पछिल्लो समय निकै छ । एकअर्काको प्रेमसम्बन्ध रहेका कटरिना र विक्कीले आउँदो डिसेम्बरको पहिलो हप्तामा विवाह गर्दैछन् । 

    images

    उनीहरुले डिसेम्बर पहिलो साता नै जयपुरको एक रिसोर्टमा गर्ने पक्का भइसकेको छ । उनीहरुले विवाहमा सहभागी हुनेलाई कडा नियम बनाएका छन् । 

    उनीहरुको विवाहमा सहभागी हुनेले मोबाइल लैजान नपाउने भएका छन् । विवाहलाई गोप्य राख्नको लागि उनीहरुले मोबाइल लान नपाइने नियम बनाएका हुन् । 

    विवाहको लागि उनीहरुले राजस्थानको जयपुरस्थित सवाई माधोपुरको सिक्स सेन्स लग्जरी होटल बुकिङ पनि गरिसकेका छन् । यसैबीच उनीहरुको विवाहमा कुन कुन कलाकारको सहभागी रहन्छ भन्ने चर्चा पनि चलिरहेको छ । उनीहरुले आफ्नो विवाहमा आउने पाहुनाको सूची पनि तयार गरेका छन् ।  

     


    मंसिर ११, २०७८ शनिवार २०:२०:५५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कटरिना र विक्की

  • क्यानाडा नेपाल

    सलमानको फिल्म 'अन्तिम'ले एकैदिन कमायो साढे ७ करोड, हालसम्मको कमाई कति ?

  • 700
    SHARES
  • सलमानको फिल्म 'अन्तिम'ले एकैदिन कमायो साढे ७ करोड, हालसम्मको कमाई कति ?

    काठमाडौं । कोरोनाभाइरसको संक्रमणका कारण बन्द रहेका भारतका फिल्महल विस्तारै खुल्न थालेका छन् । कोरोना संक्रमण कम हुन थालेपछि फिल्महरु सिनेमा घरमा रिलिज भएका छन् । 
     
    यस्तै पछिल्लो समय सलमान खान अभिनित फिल्म 'अन्तिम' को निकै चर्चा छ ।  महेश मान्जरेकरको निर्देशनमा बनेको फिल्म 'अन्तिम'ले पहिलो दिनमा नै राम्रो कमाइ गरेको छ । फिल्मले पहिलो दिन शुक्रबार साढे ४ करोड कमाई गरेको छ । 

    images

    यस्तै दोस्रो दिन फिल्मले साढे ५ करोड कमाई गरेको छ । यस्तै आइतबार फिलमले साढे ७ करोड कमाई गरेको छ । प्रदर्शनमा आएको तीन दिनमा यस फिल्मले १८ करोड कमाई गरिसकेको भारतिय मिडियामा जनाइएको छ ।

     फिल्ममा सलमानसँगै आयुष शर्मा, महिमा मकवानाको मूख्य अभिनय रहेको छ ।  फिल्ममा सलमान र उनका ज्वाँइ आयुष शर्माबीच भिडन्त देख्न पाइनेछ ।  


    मंसिर १३, २०७८ सोमवार १२:३४:३१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अन्तिम

  • क्यानाडा नेपाल

    सलमानको फिल्म 'अन्तिम'ले राम्रो कमाई गर्न सकेन, हालसम्मको कमाई कति ?

  • 222
    SHARES
  • सलमानको फिल्म 'अन्तिम'ले राम्रो कमाई गर्न सकेन, हालसम्मको कमाई कति ?

    काठमाडौं । कोरोनाभाइरसको संक्रमणका कारण बन्द रहेका भारतका फिल्महल विस्तारै खुल्न थालेका छन् । कोरोना संक्रमण कम हुन थालेपछि फिल्महरु सिनेमा घरमा रिलिज भएका छन् । 
     
    यस्तै पछिल्लो समय सलमान खान अभिनित फिल्म 'अन्तिम' को निकै चर्चा छ ।  महेश मान्जरेकरको निर्देशनमा बनेको फिल्म 'अन्तिम'ले पहिलो दिनमा नै राम्रो कमाइ गरे पनि त्यसपछि खासै राम्रो कमाई गर्न सकेन । फिल्मले पहिलो दिन शुक्रबार ५ करोड कमाई गरेको छ । 

    images

    यस्तै दोस्रो दिन फिल्मले ६ करोड कमाई गरेको छ । यस्तै आइतबार फिल्मले साढे ७ करोड, सोमबार ३ करोड २४ लाख, मंगलबार २ करोड ९० लाख र बुधबार साढे २ करोड कमाई गरेको छ । यस फिल्मले हालसम्म २७ करोड २८ लाख कमाई गरिसकेको भारतिय मिडियामा जनाइएको छ ।

    फिल्ममा सलमानसँगै आयुष शर्मा, महिमा मकवानाको मूख्य अभिनय रहेको छ ।  फिल्ममा सलमान र उनका ज्वाँइ आयुष शर्माबीच भिडन्त देख्न पाइनेछ ।  


    मंसिर १६, २०७८ बिहिवार १४:३८:१२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अन्तिम

  • क्यानाडा नेपाल

    २० वर्षपछि सनी देओलको फिल्म'गदर'को सिक्वेल बन्दै, अमिषाले शेय गरिन् यस्तो तस्बिर

  • 388
    SHARES
  • २० वर्षपछि सनी देओलको फिल्म'गदर'को सिक्वेल बन्दै, अमिषाले शेय गरिन् यस्तो तस्बिर

    काठमाडौं - सनी देओलको सफल फिल्म 'गदर' को सिक्वेलको पछिल्लो समय निकै चर्चा छ । यसै फिल्ममार्फत सनीले अवार्ड मात्र जितेनन्, उनले हिन्दी फिल्मले गर्न सक्ने व्यापारको आंकडा पनि तय गरेको थियो । 

    images

    १५ जुन २००१ मा रिलिज भएको यस फिल्मको सिक्वेल अहिले निर्माण भइरहेको छ । यस फिल्म निर्माण भएको बारे अभिनेत्री अमिषा पटेलले सामाजिक सञ्जालमा तस्बिर शेयर गर्दै जानकारी गराएकी छन् । 

    am.jpg

    उनी पनि लामोसमयपछि फिल्ममा देखिदैछिन् । यो फिल्म पनि प्रेम कथामा आधारित नै रहनेछ । फिल्ममा निर्देशक अनिल शर्माका छोरा उत्कर्ष शर्मा पनि थपिएका छन् । 

    अनिल शर्माको निर्देशनमा तयार भएको फिल्म गदर मा भारतीय युवा र पाकिस्तानी युवतीको प्रेम कथा देखिएको थियो । फिल्म प्रदर्शन भएको २० वर्षपछि यसको सिक्वेल बन्ने भएको हो ।  


    मंसिर १६, २०७८ बिहिवार १९:५९:५३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # गदर

  • क्यानाडा नेपाल

    अक्षयकुमारको फिल्म 'सूर्यवंशी' को कमाई करिब २ सय करोड, कति कमायो ?

  • 212
    SHARES
  • अक्षयकुमारको फिल्म 'सूर्यवंशी' को कमाई करिब २ सय करोड, कति कमायो ?

    काठमाडौं । कोरोनाभाइरसको संक्रमणका कारण बन्द रहेका भारतका फिल्महल विस्तारै खुल्न थालेका छन् । कोरोना संक्रमण कम हुन थालेपछि फिल्महरु सिनेमा घरमा रिलिज भएका छन् । 
     
    यस्तै पछिल्लो समय अक्षयकुमार अभिनित फिल्म 'सूर्यवंशी' को निकै चर्चा छ। रोहित सेट्टीको निर्देशनमा बनेको फिल्म 'सूर्यवंशी' ले शुरुवातदेखि नै राम्रो कमाई गर्दै आएको थियो । प्रदर्शन भएको ४ हप्ता पुग्न लाग्दा यस फिल्मको कमाई करिब २ सय करोड पुग्न लागेको छ । 

    images

    फिल्मले गत हप्ताको शुक्रबार ७१ लाख शनिवार एक करोड ४३ लाख, आइतबार २ करोड ५ लाख, सोमबार ६२ लाख, मंगलबार ६४ लाख र बुधबार ५१ लाख कमाई गरेको छ । 

    हालसम्म यस फिल्मले एक सय ९० करोड ८८ लाख कमाई गरिसकेको छ । यस कमाई भारतको मात्र हो । फिल्ममा अक्षयसँगै कट्रिना कैफ, अजय देवगन, रणवीर सिंहको मूख्य अभिनय रहेको छ ।  


    मंसिर १६, २०७८ बिहिवार २०:२१:५४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सूर्यवंशी

  • क्यानाडा नेपाल

    कटरिनाको विवाहमा एक्स ब्वाईफ्रेण्डहरुलाई छैन इन्ट्रि, रणबीरले पनि पाएनन् निम्तो

  • 4.4K
    SHARES
  • कटरिनाको विवाहमा एक्स ब्वाईफ्रेण्डहरुलाई छैन इन्ट्रि, रणबीरले पनि पाएनन् निम्तो

    काठमाडौं । बलिउड अभिनेत्री कटरिना कैफ र अभिनेता विक्की कौशलको विवाहको चर्चा पछिल्लो समय निकै छ । एकअर्काको प्रेमसम्बन्ध रहेका कटरिना र विक्कीले डिसेम्बरको पहिलो हप्तामा विवाह गर्दैछन् । 

    images

    उनीहरुको विवाह डिसेम्बर ७ देखी ९ तारिख सम्म चल्ने बताइएको छ ।  विवाहको लागि उनीहरुले राजस्थानको जयपुरस्थित सवाई माधोपुरको सिक्स सेन्स लग्जरी होटल बुकिङ पनि गरिसकेका छन् । 

    salman katrina ranbir.jpg

    यसैबीच उनीहरुको विवाहमा कुन कुन कलाकारको सहभागी रहन्छ भन्ने चर्चा पनि चलिरहेको छ । उनीहरुले आफ्नो विवाहमा आउने पाहुनाको सूची पनि तयार गरेका छन् ।  कुनै समय बलिउडमा सलमान खान र  रणबीर कपुरको नाम कटरिनासँग जोडिन्थ्यो । 

    रणबीरसँग त कटरिनाको लामे समय प्रेमसम्बन्ध रहेको पनि बताइन्छ । कटरिनाले सलमानलाई मात्र होइन भुपु ब्वाइफ्रेण्ड रणबीर कपुरलाई पनि विवाहको निम्तो नपठाएको बताइएको छ । 

    katrina salman.jpg

    रणबीरसंगको ब्रेकअप पछि पनि कटरिनाले फिल्म जग्गा जासुस को शुटिंग पुरा गरेकी थिईन् । रणबीर संगै बसेर उनले अन्र्तबार्ता समेत दिएकी थिईन् । कट्रीनाको बिबाहमा रणबीर कपुरलाई बोलाउने अनुमान गरिएको थियो । यता सलमान तथा उनको बहिनीहरुलाई औपचारीक रुपमा निमन्त्रणा पठाइएको पनि बताइएको छ । तर सलमान भने विवाहमा नजाने चर्चा छ । 

    katrina salman.jpg

     


    मंसिर १७, २०७८ शुक्रवार २२:०२:४३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कटरिना र विक्की

  • क्यानाडा नेपाल