• Jan 18 2022 | २०७८, माघ ४गते

२०७८, माघ ४गते

ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

श्रावण ६ २०७८
  • 1.5K
    SHARES
  • images
    images
    ह्वात्तै घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

    काठमाडौं - बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा ७ सय रुपैयाले घटेको छ ।  

    images

    मंगलबार प्रतितोला ९३ हजार २ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज ७ सय रुपैयाले घटेर तोलाको ९२ हजार ५ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

    त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

    त्यस्तै आज चाँदीको मूल्य घटेको छ । आज चाँदीको मूल्य घटेर तोलाको १ हजार २ सय  ६० रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ । 
      


    श्रावण ६, २०७८ बुधवार ११:५४:५० बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # सुनको मूल्य
  • अर्कोसमाचार

    बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

  • 240
    SHARES
  • बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

    काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । बिहिबार तोलाको ९२ हजार ५ सय रुपैयामा कारोबार भइरहेको सुनको मूल्य आज तोलामा २ सय रुपैयाले बढेर तोलाको ९२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    images

    यस्तै आज तेजावी सुनको मूल्य तोलाको ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  यस्तै आज चाँदीको मूल्य तोलाको १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । 


    पौष ३०, २०७८ शुक्रवार ११:२२:३९ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर  

    हेर्नुहोस् यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर  

    काठमाडौं । शुक्रबारको तुलनामा आइतबार अमेरिकी डलरसहित अन्य केही देशको विनिमयदर घटबढ भएको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १८ रुपैयाँ ३५ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १८ रुपैयाँ ९५ पैसा तोकिएको छ । 

    images

    एक बहराइन दिनारको खरिददर ३ सय १३ रुपैयाँ ९१ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १५ रुपैयाँ ५० पैसा तोकिएको छ। एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ५० पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ६७ पैसा तोकिएको छ ।
     
    एक युरोको खरिददर १ सय ३५ रुपैयाँ ६१ पैसा रहेको छ भने बिक्रीदर १ सय ३६ रुपैयाँ ३० पैसा रहेको छ । एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ५४ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ७० पैसा तोकिएको छ । 
     
    एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ३२ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ४७ पैसा तोकिएको छ । एक कुवेती दिनारको खरिददर ३ सय ९१ रुपैयाँ ९७ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९३ रुपैया ९५ पैसा तोकिएको छ। 
     
    त्यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९६ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ १ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६२ रुपैयाँ ४९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६३ रुपैयाँ ३१ पैसा तोकिएको छ।  
     
    त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ३९ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ४४ पैसा तोकिएको छ । यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ ६ पैसा रहेको छ भने बिक्रीदर ८६ रुपैयाँ ४९ पैसा रहेको छ । 
     


    माघ २, २०७८ आइतवार ०९:५७:५० बजे : प्रकाशित


    क्यानाडा नेपाल

    यस्ताे छ आज सुनचाँदीकाे बजार भाउ

    यस्ताे छ आज सुनचाँदीकाे बजार भाउ

    काठमाडौं - नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार छापावाल सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा काराेबार भइरहेकाे जनाएकाे छ ।

    images

    यसैगरी, तेजावी सुन तोलाको ९१ हजार  ९०० रुपैयाँ निर्धारण भएको छ ।  यसअघि शुक्रबार  छापावाल सुन तोलाको ९२ हजार ७०० रुपैयाँमा  कारोबार भएको थियो ।

    चाँदीको भाउ  प्रतितोला एक हजार  ५० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला एक हजार ६० रुपैयाँमा कारोबार भएको थियो ।


    माघ २, २०७८ आइतवार ११:०३:०७ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    नवीकरणीय ऊर्जा क्षेत्रमा सहकार्य गरेर लाभान्वित हुन मन्त्री भुसालको आग्रह

    नवीकरणीय ऊर्जा क्षेत्रमा सहकार्य गरेर लाभान्वित हुन मन्त्री भुसालको आग्रह

    काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेपालमा नवीकरणीय ऊर्जामा लगानी गर्न आह्वान गर्नुभएको छ । साथै उहाँले नवीकरणीय ऊर्जा क्षेत्रमा सहकार्य गरेर लाभान्वित हुन विश्व समुदायलाई आग्रह गर्नुभएको छ ।युनाइटेड अरब इमिरेट्सको अबुधावीमा जारी अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जासम्बन्धी संस्था(आइरिना)को १२औँ सम्मेलनलाई आज सम्बोधन गर्दै मन्त्री भुसालले कम लागतमा उन्नत, स्वच्छ ऊर्जा उत्पादन बढाउन नेपाललाई वित्तीय तथा प्राविधिक सहयोग आवश्यक भएको बताउनुभयो । उहाँले जलवायु परिवर्तनका असर घटाउन तथा अनुकूलता र समावेशीरूपमा ऊर्जा सुनिश्चिताका लागि पनि नवीकरणीय ऊर्जाको विकास अपरिहार्य भएको बताउनुभयो ।

    images

    भौगोलिक बनावटका कारण नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको, जलवायु परिवर्तनले जनजीवनमा उच्च प्रभाव पारेको बताउँदै मन्त्री भुसालले अतिकम विकसित मुलुक नेपालले विगत र वर्तमानमा विश्वव्यापी कार्वन खपतमा महत्वपूर्ण योगादन गरेको यथार्थ सुनाउनुभयो ।

    नवीकरणीय ऊर्जाका क्षेत्रमा विश्वसामु नेपालले सुदृढ प्रतिबद्धता व्यक्त गर्दै आएको, सन् १९९६ देखि यस क्षेत्रमा राज्यले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र (एइपिसी) स्थापना गरेर नवीयकरणीय ऊर्जाको प्रवद्र्धनलाई विशेष प्राथमिकतामा राखेर तदनुरूप काम गरिरहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हरित जलवायु कोषबाट आधुनिक, प्रभावकारी एवं जलवायुमैत्री ऊर्जा प्रवद्र्धनका लागि रु दुई अर्ब १० करोडभन्दा बढी अनुदान स्वीकृत भएको छ ।”

    सन् २०४५ सम्ममा शून्य कार्वन उत्सर्जन गर्ने दीर्घकालीन लक्ष्यका अघि बढिरहेको बताउँदै मन्त्री भुसालले अन्तर्राष्टियस्तरमा पनि स्वच्छ ऊर्जा व्यापार गरेर कार्वन उत्सर्जन घटाउन योगदान गरेको जानकारी गराउनुभयो । नेपालको अथाह जलसम्पदा स्वच्छ ऊर्जाको खानी भएको यथार्थ प्रस्तुत गर्दै मन्त्री भुसालले भन्नुभयो, “आर्थिक एवं प्राविधिकरूपमा नेपालमा ४२ हजार मेगावाट जलविद्युत् उत्पादनको सम्भावना छ । वर्षैभरि घामलाग्ने भएकाले सौर्य ऊर्जा उत्पादनको प्रचुर सम्भावना छ ।”

    विद्युतीय सवारीसाधनको प्रयोगलाई नेपालले विशेष प्राथमिकता राखेको जानकारी दिँदै मन्त्री भुसालले भन्नुभयो, “सन् २०२५ सम्ममा २५ प्रतिशत निजी सवारीसाधन र २० प्रतिशत चारपाङ्ग्रो सार्वजनिक सवारीसाधन स्वच्छ ऊर्जाबाट सञ्चालन हुनेछन् भने सन् २०३० सम्ममा त्यसलाई बढाएर ९० प्रतिशत पु¥याउने लक्ष्य छ ।” उहाँले सन् २०३० सम्ममा २५ प्रतिशत घरपरिवारमा स्वच्छ ऊर्जाको प्रयोग गर्ने लक्ष्य रहेको बताउनुभयो ।

    कुनै पनि देशको आर्थिक विकासका लागि ऊर्जाको महत्वपूर्ण भूमिका हुने बताउँदै मन्त्री भुसालले भन्नुभयो, “कृषि, यातायात, उद्योग र व्यापारिक तथा घरायसी क्षेत्रमा ऊर्जा महत्वपूर्ण छ । यद्यपि नेपालमा परम्परागत ऊर्जाको आयात र प्रयोग भइरहेको छ जसले देशको व्यापार घाटालाई मात्र बढाएको छैन, वातावरण तथा ऊर्जा सुरक्षामा पनि चुनौती थपेको छ ।”

    सम्मेलनबारे जानकारी दिँदै वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र (एइपिसी)का कार्यकारी निर्देशक डा मधुसुधन अधिकारीले आइरिनाका लागि एइपिसी नेपालको फोकल संस्था भएको बताउनुभयो । उहाँले नेपालमा आइरिनाले ‘अबुधाबी फण्ड फर डेभलपमेन्ट’ मार्फत नेपालका नगरपालिका तथा व्यावसायिक प्रतिष्ठानबाट निस्कने जैविक फोहरबाट ऊर्जा (बायोग्यास) परियोजनाहरू निर्माणको लागि १० मिलियन अमेरिकी डलर स्वीकृत गरेको बताउनुभयो । त्यसैगरी नेपालका औधोगिक करिडोरमा सोलार सिटी सिमुलेटर तयार गर्नका लागि पनि सो संस्थाले सहयोग गरिरहेको डा अधिकारीले जानकारी दिनुभयो ।

    ‘अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा संस्था(आइरिना) एक अन्तरसरकारी सङ्गठन हो । विभिन्न देशहरूका लागि नवीकरणीय ऊर्जा क्षेत्रसँग सम्बन्धित दिगो ऊर्जाको भविष्य, विशिष्टता केन्द्र, नीतिगत परामर्श, प्रविधि, वित्तीय ज्ञान, क्षमता अभिवृद्धिजस्ता विषयमा सहयोग गर्दछ । युनाइटेड अरब इमिरेट्स् (युएई)को अबुधाबीमा प्रधान कार्यालय रहेको यस संस्थामा विश्वका १८० राष्ट्र आबद्ध रहेका छन् । सन् २००९ को जनवरीमा स्थापना भएको यस संस्थाले प्रमुखरूपमा नवीकरणीय ऊर्जाको स्रोत तथा प्रविधि प्रवद्र्धनमा सहयोग गर्दछ भने आबद्ध सदस्य राष्ट्रको नवीकरणीय ऊर्जाको लक्ष्य हासिलमा सघाउँछ ।रासस


    माघ २, २०७८ आइतवार २१:५८:३१ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    आज कुन देशको विनिमयदर कति ? हेर्नुहोस्

    आज कुन देशको विनिमयदर कति ? हेर्नुहोस्

    काठमाडौं । सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ भो अन्य देशको विनिमयदर केही देशको विनिमयदर घटबढ भएको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १८ रुपैयाँ ३५ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १८ रुपैयाँ ९५ पैसा तोकिएको छ । 

    images

    एक बहराइन दिनारको खरिददर ३ सय १३ रुपैयाँ ९२ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १५ रुपैयाँ ५१ पैसा तोकिएको छ। एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ३१ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ४७ पैसा तोकिएको छ ।
     
    एक युरोको खरिददर १ सय ३५ रुपैयाँ ११ पैसा रहेको छ भने बिक्रीदर १ सय ३५ रुपैयाँ ७९ पैसा रहेको छ । एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ५४ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ७० पैसा तोकिएको छ । 
     
    एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ३२ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ४७ पैसा तोकिएको छ । एक कुवेती दिनारको खरिददर ३ सय ९१ रुपैयाँ ९९ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९३ रुपैया ९८ पैसा तोकिएको छ। 
     
    त्यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ९४ पैसा तोकिएको छ भने बिक्रीदर ९ रुपैयाँ ९९ पैसा तोकिएको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६१ रुपैयाँ ८४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६२ रुपैयाँ ६६ पैसा तोकिएको छ।  
     
    त्यस्तै जापानी यनको खरिददर १० रुपैयाँ ३६ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ४१ पैसा तोकिएको छ । यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ २९ पैसा रहेको छ भने बिक्रीदर ८५ रुपैयाँ ७३ पैसा रहेको छ । 
     


    माघ ३, २०७८ सोमवार १०:१६:२३ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

    बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

    काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबार तोलाको ९२ हजार ४ सय रुपैयामा कारोबार भइरहेको सुनको मूल्य आज तोलामा १ सय रुपैयाले बढेर तोलाको ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    images

    यस्तै आज तेजावी सुनको मूल्य तोलाको ९२ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  

    यस्तै आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाले बढेको छ । आज चाँदीको मूल्य तोलाको १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । 

     


    माघ ३, २०७८ सोमवार ११:४२:४३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सुनको मूल्य

  • क्यानाडा नेपाल