• Dec 01 2021 | २०७८, मंसिर १५गते

२०७८, मंसिर १५गते

केपी ओली र माधव नेपाल बीचको लडाइँमा हामी पिल्सियौं : योगेश भट्टराई (भिडियो)

मोनीका सिंह श्रावण ६ २०७८
  • 3.5K
    SHARES
  • images
    images
    केपी ओली र माधव नेपाल बीचको लडाइँमा हामी पिल्सियौं : योगेश भट्टराई (भिडियो)

    काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन संसद भवन नपुगेर पार्टी एकताको लागि आफ्नो तर्फबाट पहल गरेको तर्क प्रस्तुत गरेका छन् ।

    images

    एमाले पार्टीले विश्वासको मत नदिनु भन्दा भन्दै किन अनुपस्थित भएको भन्ने प्रश्नमा नेता भट्टराई भन्छन, "मैले विश्वासको मत नदिंदा पार्टी अध्यक्ष तर्फ गएको देखिन्छ त्यसैले मैले संसद भवन नगएर पार्टी एकताको लागि आफ्नो तर्फबाट पहल गरेको हुँ । मैले माधव नेपाल र केपी ओली दुवैको कुरा नमानेर आफ्नो निर्णय लिएको हुँ ।"

    क्यानडा नेपालको कार्यक्रम सार्थक प्रश्नमा कुराकानी गर्दै नेता भट्टराईले भने, "केपी शर्मा ओलीले आफ्नो निर्णय मात्र सहि भन्ने जस्तो अहम नराखी आफूले गरेको गल्ती स्विकार्नु पर्छ साथै माधव नेपालले केपी ओलीसंगको कुण्ठा त्याग्नुपर्छ अनि मात्र एमाले पार्टीको एकता सम्भव छ । दुवैले आफ्नो तर्फबाट कोशिस नगरि एक अर्काको मुख ताकेर हुँदैन । दुई जनाको लडाईले हामी जस्तो नेताहरु पिल्सिएका छौँ । "

    योगेश भट्टराईले भने, "अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गर्नु गलत थियो र गलत नै हो । मैले सरकारमा हुँदा पनि भनेको हुँ र वहाँले यो कुरा मनन गरेर अघि बढ्नुपर्छ । माधव नेपालले पनि ईगोलाई त्यागेर पार्टी भित्र लडाई गर्नुपर्ने हुन्छ अनि मात्र एकता सम्भव देख्छु । नत्र हामी यी दुवै शिर्ष नेताहरुलाई साईड लाएर हिड्नुपर्ने हुन्छ ।"


    श्रावण ६, २०७८ बुधवार ०९:५९:०२ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # योगेश भट्टराई

  • मोनीका सिंह

    अर्कोसमाचार

    राप्रपाको एकता महाधिवेशनमा माधव नेपाल र प्रचण्ड सहभागी 

  • 192
    SHARES
  • राप्रपाको एकता महाधिवेशनमा माधव नेपाल र प्रचण्ड सहभागी 

    काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशन सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा बुधबार स्वस्तिक वाचन गरेर महाधिवेशनको उद्घाटन गरिएको हो । 

    images

    शुक्रबारसम्म चल्ने महाधिवेशनको उद्घाटन सत्रमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी भएका छन् । यस्तै अन्य विभिन्न राजनीतिक दलका नेताहरू सहभागी भएका छन् । 

    आगामी नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देनको अध्यक्ष पदमा उम्मेदवारी घोषण भएको छ । मंगलबार चितवनमा नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । एमाले महाधिवेशनको उद्घाटन सत्रमा नेपाल र प्रचण्ड सहभागी भएका थिएनन् । 

    महाधिवेशनको उद्घाटन सत्रमा एमालेले नेता नेपाललाई बोलाइएको थिएन भने प्रचण्ड अन्तै कार्यक्रममा गएर सहभागी हुन पाएका थिएनन् । एमाले महाधिवेशनमा पुन केपी शर्मा ओली नै अध्यक्ष पदमा विजयी भइसकेका छन्। ओलीले अध्यक्षमा उठेका अर्का नेता डा भीम रावललाई फराकिलो मतअन्तरले पराजित गरेका हुन् ।


     


    मंसिर १५, २०७८ बुधवार १३:३३:१५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राप्रपा महाधिवेशन

  • क्यानाडा नेपाल

    राप्रपाको मञ्चमा सिपी मैनालीले गरे राजाको तारिफ 

  • 146
    SHARES
  • राप्रपाको मञ्चमा सिपी मैनालीले गरे राजाको तारिफ 

    काठमाडौं - नेकपा मालेका महासचिव सिपी मैनालीले २००७ सालयता मुलुकमा बाह्य हस्तक्षेप भित्रिएको बताएका छन् । 

    images

    भृकुटीमण्डपमा जारी राप्रपाको एकताको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले २००७ सालबाट सुरु भएको बाह्य हस्तक्षेप २०४६ सालपछि निकै बढेको बताए । 

    तर, बाह्य हस्तक्षेपलाई तत्कालीन राजा महेन्द्र र वीरेन्द्र शाहले अन्त्य गरे पनि अहिलेका नेताहरू बोल्नसमेत नसकेको उनको भनाइ छ । 

    पछिल्लो राजनीतिक परिवर्तनसँगै नेपालमा बाह्य हस्तक्षेप अचाक्ली बढे पनि नेताहरू बोल्न नसकेको भन्दै उनले भने, ‘यसबाट देशलाई मुक्त गराउन अब देशभक्त एकजुट हुनुपर्ने भएको छ । देशभक्त एक ठाउँमा उभियौँ । देशको जल्दाबल्दा समस्या समाधान भने जुनसुकै विचारधाराका भए पनि एक ठाउँमा हौँ ।’

    माओवादी युद्ध असफल भएको टिप्पणी गरेका उनले अहिले नेपालमा भारतीय र युरोपियन युनियनको हस्तक्षेप बढेको बताएका हुन् ।


    मंसिर १५, २०७८ बुधवार १४:०३:०४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राप्रपा महाधिवेशन
  • # सिपी मैनाली

  • क्यानाडा नेपाल

    प्रचण्डले भने- राप्रपा र हाम्रो गोत्र मिल्छ

  • 130
    SHARES
  • प्रचण्डले भने- राप्रपा र हाम्रो गोत्र मिल्छ

    काठमाडौं - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले राप्रपा र माओवादी केन्द्रको गोत्र मिल्ने बताएका छन् । बुधबार भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रचण्डले सो कुरा बताएका हुन् । 

    images

    उनले देश र जनताको पक्षको विचारमा दुवै पार्टीको विचार मिल्ने बताए । उनले राजनीतिक उद्देश्य र सिद्धान्त फरक भए पनि देशभक्ति र जनताप्रतिको भावनामा दुई पार्टी मिल्ने बताए । 

    उनले भने ‘तपाईंको र हाम्रो राजनीतिक सिद्धान्त मिल्दैन । तर, देश र जनताको पक्षमा भने समान छ’, उनले थपे , ‘त्यही भएर तपाईंको र हाम्रो गोत्र मिल्छ भनेको हुँ ।’

    पूर्ववर्ती वक्ता नेकपा मालेका महासचिव सिपी मैनालीले माओवादी युद्ध असफल भएको बताएपछि यसको जवाफ दिँदै प्रचण्डले भने, ‘हिजो उहाँ ९सिपी० राजतन्त्रविरुद्ध लाग्नुभयो, माओवादी नेताको टाउको काट्नुपर्छ भन्नुभयो । अहिले त राजाको तारिफ गर्नुभयो । उहाँ त राप्रपाको अध्यक्षमा उठ्दै हुनुहुन्छ कि जस्तो लाग्यो ।’


    मंसिर १५, २०७८ बुधवार १४:०६:४८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # प्रचण्ड
  • # पुष्पकमल दाहाल 'प्रचण्ड'

  • क्यानाडा नेपाल

    ओलीमाथि प्रचण्डको कडा व्यंग्य - पार्टी तीन टुक्रा बनाउने र महाधिवेशनको नाम एकताको महाधिवेशन राख्ने

  • 182
    SHARES
  • ओलीमाथि प्रचण्डको कडा व्यंग्य - पार्टी तीन टुक्रा बनाउने र महाधिवेशनको नाम एकताको महाधिवेशन राख्ने

    काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कडा व्यंग्य गरेका छन् । 

    images

    बुधबार भृकुटीमण्डपमा राप्रपाको एकता महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रचण्डले ओलीले पार्टी फुटाएर तीन टुक्रा बनाएको र महाधिवेशन गर्दा एकताको महाधिवेशन भनेको भन्दै व्यंग्य गरे । उनले भने - 'नेपालमा पार्टी फुटाएर तीन टुक्रा बनाउनु भयो र महाधिवेशनको नामचाहिँ एकता महाधिवेशन राख्नुभयो ।'

    प्रचण्डले भने- राप्रपा र हाम्रो गोत्र मिल्छ प्रचण्डले भने- राप्रपा र हाम्रो गोत्र मिल्छ
     
    साँचो अर्थमा एकता महाधिवेशन राप्रपाले गरेको भन्दै प्रचण्डले भने - 'तपाईंहरु तीनवटा पार्टी मिल्नुभयो र महाधिवेशनको नाम पनि एकता महाधिवेशन राख्नुभयो। त्यस अर्थमा धन्यवाद दिन्छु'

    यस्तै उनले देश र जनताको पक्षको विचारमा राप्रपा र माओवादी केन्द्रको कुरा मिल्ने पनि बताए । उनले राजनीतिक उद्देश्य र सिद्धान्त फरक भए पनि देशभक्ति र जनताप्रतिको भावनामा दुई पार्टी मिल्ने बताए । 


    मंसिर १५, २०७८ बुधवार १४:२१:०३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पुष्पकमल दाहाल 'प्रचण्ड'

  • क्यानाडा नेपाल

    अध्यक्षको दौडबाट पछि हट्न कमल थापालाई लिङ्देनको आग्रह 

  • 96
    SHARES
  • अध्यक्षको दौडबाट पछि हट्न कमल थापालाई लिङ्देनको आग्रह 

    काठमाडौं - राप्रपाका महामन्त्री तथा अध्यक्ष पद उम्मेदवार राजेन्द्र लिङ्देनले वर्तमान नेतृत्वले पार्टीकै अस्तित्व संकटमा पारेको आरोप लगाएका छन् ।

    images

    भृकुटीमण्डपमा भइरहेको राप्रपाको एकता महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले पार्टीले तीन प्रतिशतसम्म मत ल्याउन नसकेर राष्ट्रिय पार्टी बन्न नसकेकोमा रोष व्यक्त गरे । 

    सरकारमा जाने र पार्टीको हैसियत गिराउने कामले राष्ट्रिय पार्टी बन्न नसकेको बताउँदै उनले कमल थापालाई अध्यक्षको दौडबाट हटेर आफूलाई सहयोग गर्न आग्रह गरे । 

    प्रकाशचन्द्र लोहनी र पशुपतिशमशेर जबराले आफूलाई समर्थन गरिसकेको घुमाउरोशैलीमा जानकारी दिँदै लिङ्देनले अध्यक्षत्रयको पार्टीमा अझै भूमिका रहेको भए पनि नेतृत्व नयाँ पुस्तामा जानुपर्ने बताउँदै आफूलाई सहयोग गर्न थापासँग आग्रह गरे ।


    मंसिर १५, २०७८ बुधवार १४:४०:५६ बजे : प्रकाशित


    क्यानाडा नेपाल

    लोकेन्द्रबहादुर चन्द पनि युवाको पक्षमा, भने - कमल थापा पनि अध्यक्ष दौडबाट हट्नुपर्छ

    मंसिर १५

  • 130
    SHARES
  • लोकेन्द्रबहादुर चन्द पनि युवाको पक्षमा, भने - कमल थापा पनि अध्यक्ष दौडबाट हट्नुपर्छ

    काठमाडौं - राप्रपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले राप्रपाको नेतृत्व अब युवापुस्तालाई दिनु उचित हुने आशय व्यक्त गरेका छन् ।

    images

    भृकुटीमण्डपमा जारी राप्रपाको एकताको महाधिवेशनको उद्घाटन सत्रलाई बुधबार सम्बोधन गर्दै उनले अध्यक्षको दौडबाट पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी पछि हटिसकेकाले अब कमल थापा पनि हट्नुपर्ने बताए । 

    ‘हिजो पशुपति र लोहनी अध्यक्षको दौडबाट हटिसक्नुभयो’, उनले भने, ‘अर्का नेता (कमल थापा)पनि अध्यक्ष दौडबाट हट्नुपर्छ । यो सरुवा रोगजस्तो होइन । कोही मेरो नजिक आएर हाँस्यो भने म नहाँसिकन बस्न सक्दिनँ । त्यसैले अध्यक्षद्वय जबरा र लोहनी पछि हटेकाले अब थापा पनि हट्नुपर्छ ।’ 

    नेकपा मालेका सिपी मैनाली राप्रपाको अध्यक्ष बन्न लागेको भए शुभकामना भनेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिलाई लिएर चन्दले पनि मैनाली राप्रपामा आउने भए स्वागत गर्ने बताए । 

    मुलुकमा एउटा स्थायी संस्थाको आवश्यक रहेको भन्दै उनले राजसंस्था पुनर्स्थापना गर्नुपर्नेमा जोड दिए । तर, राजसंस्थालाई कस्तो अधिकार दिने भन्ने विषयमा भने छलफल गर्नसकिने चन्दको भनाइ छ ।


    मंसिर १५, २०७८ बुधवार १४:४५:२६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # लोकेन्द्रबहादुर चन्द