• Aug 05 2021 | २०७८, श्रावण २१गते

२०७८, श्रावण २१गते

साउथ फिल्मकै सबैभन्दा धनी अभिनेता धनुषले बनाए करोडौको आलिशान घर 

श्रावण ५ २०७८
  • 964
    SHARES
  • साउथ फिल्मकै सबैभन्दा धनी अभिनेता धनुषले बनाए करोडौको आलिशान घर 

    काठमाडौं - धेरै कलाकारहरुको आलिशान घरमा बस्न र गाडी चढ्न शोख हुन्छ । साउथ फिल्मका चर्चित अभिनेता धनुष पनि आकर्षक गाडी र घरमा बस्न रुचाउछन् । उनी आफ्नो जीवनशैलीलाई राम्रो बनाउन घरमा धेरै सुविधायुक्त बस्तुहरु किनेर ल्याउने गर्छन् । 

    साउथ फिल्म उद्योगका सुपरस्टारका रुपमा चिनिएका धनुषलाई पैसाको मामलामा कुनै कमि छैन । उनी साउथ फिल्मकै सबैभन्दा धनी सेलीब्रेटीमा पर्छन् । उनको राजकीय जिवन शैली छ । 

    dhanush.jpg

    रजनीकान्तका ज्वाँइ समेत रहेका धनुषले  हालै एक नयाँ घर लिएका छन् । उनको नयाँ घरलाई लिएर अहिले चर्चा भइरहेको छ । उनले नयाँ घरलाई धेरै पैसा खर्च गरिरहेका छन् । 

    उनको नयाँ घर १५० करोड रुपैयामा बनिरहेको छ । चेन्नईको पौएज गार्डनमा रहेको यो नयाँ घर १९ हजार स्क्वाएर फीटमा फैलिएको छ  । अहिले धनुष फिल्म द ग्रे मैनको शुटिंगमा ब्यस्तछन् ।


    श्रावण ५, २०७८ मंगलवार १४:०८:५३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # धनुष
  • अर्कोसमाचार

    शिल्पाका पति राज बारे नयाँ खुलासा, ऐपमा ५१ अश्लिल फिल्म भेटियो

    श्रावण १९

  • 1.0K
    SHARES
  • शिल्पाका पति राज बारे नयाँ खुलासा, ऐपमा ५१ अश्लिल फिल्म भेटियो

    काठमाडौं - पछिल्लो समय अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्राको निकै चर्चा छ । अश्लील फिल्म बनाएको आरोपमा पक्राउ परेका राज अहिले न्यायिक हिरासतमा रहेका छन् । 

    bhaktapur hospital.jpg

    २७ जुलाईमा राजलाई बम्बई उच्च अदालतले १४ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । अश्लील फिल्म बनाएको आरोप लागेका राजबारे पछिल्लो समय नयाँ नयाँ खुलासा भइरहेको छ । 

    भारतिय मिडियाका अनुसार हालै प्रहरीले राज बारे नयाँ कुरा पत्ता लगाएको छ । प्रहरीले ऐपबाट ५१ वटा अश्लिल फिल्म जफत गरेको बताइएको छ । प्रहरीले ऐपबाट ५१ वटा अश्लिल फिल्म जफत गरे पछि राज अफ्ठ्यारोमा परेका छन् । 

     


    श्रावण १९, २०७८ मंगलवार १२:१०:४३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शिल्पा शेट्टी
  • फिल्ममा मुख्य भूमिकामा देखिने भएपछि राजपाल बढाए पारिश्रमिक, रुबिनासँग रोमान्स गर्ने

    श्रावण १९

  • 1.1K
    SHARES
  • फिल्ममा मुख्य भूमिकामा देखिने भएपछि राजपाल बढाए पारिश्रमिक, रुबिनासँग रोमान्स गर्ने

    काठमाडौं । बलिउडका चर्चित कमेडियन राजपाल यादव अब एक नयाँ फिल्ममा मुख्य भूमिकामा देखिने भएका छन् । 

    निर्देशक पलाश मुच्छलको नयाँ फिल्म अर्ध मा उनी मुख्य भूमिकामा देखिने भएका हुन् । आफु फिल्ममा मुख्य भूमिकामा देखिने भएपछि उनले पारिश्रमिक पनि बढाएका छन् । 

    उनीसँगै फिल्ममा अभिनेत्री रुबिना दिलैक पनि देखिदैछिन् । भा।तकै चर्चित मोडलको रुपमा पनि चिनिएकी रुबिना यसै फिल्ममार्फत बलिउडमा डेब्यू गर्दैछिन् । 

    फिल्ममा मुख्य भूमिकामा देखिने भएका राजपालले आफ्नो पारिश्रमिक १।२५ भारु बढी लिने बताइएको छ । फिल्मको सुटिङ सेप्टेम्बरबाट सुरु हुने जनाइएको छ । 


    श्रावण १९, २०७८ मंगलवार १३:३९:३४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राजपाल यादव
  • अक्षय र वाणीको फिल्म 'बेल बटम' को ट्रेलर सार्वजनिक

    श्रावण १९

  • 498
    SHARES
  • अक्षय र वाणीको फिल्म 'बेल बटम' को ट्रेलर सार्वजनिक

    काठमाडौं - बलिउड अभिनेता अक्षयकुमारको फिल्म 'बेल बटम' को ट्रेलर सार्वजनिक भएको छ । रञ्‍जित तिवारीले निर्देशन गरेको फिल्म 'बेल बटम' को ट्रेलर मंगलबार सार्वजनिक भएको हो । 
     
    यस फिल्ममा अक्षयसँगै वाणी कपुरको मूख्य अभिनय रहेको छ ।  यस फिल्ममा अक्षय एक जासुसको भुमिकामा देखिदैछन् । फिल्ममा अक्षयसँगै अभिनेत्री हुमा कुरेशी, लारा दत्त, वाणी कपुर लगायतका कलाकारको अभिनय रहेको छ । 


    श्रावण १९, २०७८ मंगलवार २०:३५:१२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बेल बटम
  • सलमानको स्थानमा करणको इन्ट्री

    श्रावण १९

  • 1.6K
    SHARES
  • सलमानको स्थानमा करणको इन्ट्री

    काठमाडौं - भारतकै चर्चित रियालिटी शो 'बिग बोस' को नयाँ संस्करण शुरु हुने क्रममा रहेको छ । अब प्रदर्शन हुन लागेको 'बिग बोस' को नयाँ सिजनमा होस्ट परिवर्तन हुने भएको छ । 

    हालसम्म शोको होस्ट अभिनेता सलमान खानले गर्दै आइरहेका थिए । अब यस शोमा होस्टको रुपमा निर्देशक करण जोहर आउने भएका छन् । अब प्रदर्शनमा आउने बिगबोसको सिजनमा करण देखिनेछन् । 

    kar.jpg

    शोमा सलमान आउट र करण इन हुने भएपछि दर्शकहरु उत्साहित भएका छन् । भारतिय मिडियाका अनुसार यस शो अगष्ट ८ बाट बुट नामक एपमा प्रदर्शन हुने बताइएको छ । 
     


    श्रावण १९, २०७८ मंगलवार २१:२०:५३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सलमान खान
  • # करण जौहर
  • दोस्रो पटक जोडी बाध्दै राजकुमार र जान्हवी

    श्रावण २०

  • 380
    SHARES
  • दोस्रो पटक जोडी बाध्दै राजकुमार र जान्हवी

    काठमाडौं - बलिउडका चर्चित अभिनेता राजकुमार राव र अभिनेत्री जान्हवी कपूर एकसाथ एउटै फिल्ममा देखिने भएका छन् । राजकुमार र  जान्हवी दोस्रो पटक एउटै फिल्ममा देखिने भएका हुन् । 

    यसअघि राजकुमार र जान्हवी  हरर-कमेडी फिल्म ‘रूही अफ्जा’ मा देखिएका थिए । अब भने यी दुई शरण शर्माको निर्देशनमा बन्ने नयाँ फिल्ममा देखिनेछन् । दुई फेरि एक साथ देखिने भएपछि दर्शक निकै उत्साहित भएका छन् ।

    फिल्ममा यी दुईले क्रिकेटरको भूमिका निभाउँने बताइएको छ । पछिल्लो समय जान्हवी फिल्म ‘हेलन’ को छायांकनमा व्यस्त हुने तयारीमा छिन् । 
     


    श्रावण २०, २०७८ बुधवार १३:५८:४४ बजे : प्रकाशित

    र्यापर हनी सिंहमाथि पत्नी शालिनीले लगाइन् यस्तो गम्भिर आरोप, अदालतमा मुद्दा दर्ता

    श्रावण २०

  • 474
    SHARES
  • र्यापर हनी सिंहमाथि पत्नी शालिनीले लगाइन् यस्तो गम्भिर आरोप, अदालतमा मुद्दा दर्ता

    काठमाडौं - भारतका चर्चित र्यापर यो यो हनी सिंह समस्यामा परेका छन् । र्यापर सिंहमाथि उनकी पत्नी शालिनीले एक गम्भिर आरोप लगाएकी छिन् । 

    भारतिय मिडियाका अनुसार र्यापर सिंहकी पत्निले घरेलु हिंशाको आरोप लगाएकी हुन् । उनीहरुले १० बर्ष अघि २३ जनवरी २०११ मा विवाह गरेका थिए ।

    शालिनीले आफ्नो कम्प्लेनमा हनी सिंह माथी कुटपीट गरेको र महिलाहरुसँग सम्बन्ध राख्दै हिँडेको आरोप लगाएकी छिन् । शालिनीले आफू लामो समयदेखि सिंहको हिंसामा परिरहेको आरोप लगाउँदै अदालतमा मुद्दा दर्ता गरेको बताइएको छ । 

     


    श्रावण २०, २०७८ बुधवार १९:४४:२० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # र्यापर हनी सिंह
  • ताजा खबर