• Sep 24 2021 | २०७८, आश्विन ८गते

२०७८, आश्विन ८गते

माधव नेपालको अध्यक्षतामा कम्युनिष्ट पार्टीको एकता !

क्यानाडा नेपाल आषाढ ३१ २०७८
  • 8.3K
    SHARES
  • माधव नेपालको अध्यक्षतामा कम्युनिष्ट पार्टीको एकता !

    काठमाडौं । मुलुकको राजनीतिले फरक फरक दृश्य देखाइरहेको छ । कुनै बेला कम्युनिष्ट एकताको बाहनामा दुई तिहाइ बहुमत ल्याएर सरकार चलाएका एमाले र माओवादी केन्द्र छिन्नभिन्न मात्रै भएन, मुलुकको बागडोर नै कांग्रेसको हातमा पुगेको छ । 

    images

    एमाले अध्यक्ष केपी शर्मा ओलीलाई सत्ताच्यूत गर्न एमालेकै नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कम्मर कसेर लागेका थिए । अन्ततः उनीहरु सफल पनि भए । 

    अहिले उनीहरुको सफलताले कांग्रेसलाई सत्ताको चावी सुम्पिदिएको छ । कम्युनिष्टको प्रतिशोधपूर्ण राजनीतिले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएको छ । देउवालाई सत्तरोहण गराएका प्रचण्ड अब कम्युनिष्टको एकतातर्फ ध्यान दिन थालेका छन् । 

    कोटेश्वरको जवाफले नेपाल समूहमा तरंग, देउवालाई तनाव  कोटेश्वरको जवाफले नेपाल समूहमा तरंग, देउवालाई तनाव 

    केपी शर्मा ओलीले कम्युनिष्ट एकतालाई भताभुङ्ग बनाएको बताउँदै प्रचण्डले अब फेरि कम्युनिष्ट पार्टीबीचको एकता गर्नुपर्नेमा जोड दिएका छन् । कम्युनिष्ट एकताको नेतृत्व माधवकुमार नेपाललाई लिन र नयाँ पार्टीको अध्यक्ष बन्न प्रचण्डले प्रस्ताव गरेका छन् । 

    ओलीले नमाने एमाले टुक्राएर भए पनि कम्युनिष्ट पार्टीबीचको एकता गर्नुपर्नेमा जोड दिएका प्रचण्डले यस विषयमा नेत्रविक्रम चन्द विल्लवलाई पनि सहमत गराएको बताइएको छ । एमाले टुक्राउनुपर्ने भएमा सहजीकरण गर्ने प्रधानमन्त्री देउवाले पनि नेतालाई भनेका छन् । 

    नयाँ पार्टी र कम्युनिष्ट एकताको नेतृत्व लिन नेता नेपाललाई प्रचण्डले प्रस्ताव गरेका छन् । बुधबार खुमलटार प्रवेश गरेका विप्लव र प्रचण्डबीच पनि कम्युनिष्ट एकताको विषयमा कुराकानी भएको छ । र विप्लव पनि उक्त विषयमा सहमत भएको नेताहरुले जानकारी दिएका छन् । विप्लवसहित बिहीबार बिहान नेपाल निवास कोटेश्वर पुगेका प्रचण्डले कम्युनिष्ट पार्टीबीचको एकताको विषयमा कुराकानी गरेका छन् । 

    प्रधानमन्त्री देउवाबाट सहजीकरण गरिदिने वचन पाएका नेता नेपाल कम्युनिष्ट पार्टी एकता र नयाँ पार्टीको अध्यक्षता लिन प्रस्ताव आएपछि रनभूल्लमा परेका छन् ।  

     


    आषाढ ३१, २०७८ बिहिवार १३:११:४० बजे : प्रकाशित

    images
  • सम्बन्धित विषय:

  • # माधव नेपाल
  • # कम्युनिष्ट पार्टी

  • क्यानाडा नेपाल

    अर्कोसमाचार