• Aug 05 2021 | २०७८, श्रावण २१गते

२०७८, श्रावण २१गते

खोप सम्बन्धि जिज्ञासा : खोप लगाउनुपूर्व तथा लगाएपछि के गर्ने ? दीर्घरोगीले खोप लगाउने कि नलगाउने ? 

आषाढ ३१ २०७८
  • 1.8K
    SHARES
  • खोप सम्बन्धि जिज्ञासा : खोप लगाउनुपूर्व तथा लगाएपछि के गर्ने ? दीर्घरोगीले खोप लगाउने कि नलगाउने ? 

    काठमाडौं - नेपालमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण घट्दै गइरहेको छ । नेपालमा कोरोनाको दोस्रो लहर शुरु भएपछि यसको रोकथाम तथा नियन्त्रणको लागि दशका विभिन्न स्थानमा लगाइएको निषेधाज्ञा खुकुलो बनाइएको छ । यस्तै चीनबाट आएको भेरोसेल र अमेरिकाबाट आएको जोन्सन एन्ड जोन्सनको खोप पनि देशभर लगाइदैछ । 

    यसैबीच डा. रवीन्द्र पाण्डेले खोप सम्बन्धि विभिन्न जिज्ञासाबारे बताएका छन् । उनले चीनको भेरोसिल र जोन्सनको खोपमध्ये कुन लगाउने ?  पहिलो मात्रा कोभिशिल्ड लगाएका व्यक्तिले दोस्रो मात्रा कुन लगाउने ? लगायतका विभिन्न प्रश्नको उत्तर दिएका छन् । 

    १. कुन खोप लगाउने ?
    - कोरोना भाइरसविरुद्ध स्वीकृति प्राप्त तथा सरकारले तोके बमोजिम जुन खोप लगाएपनि काम गर्छ । हामीकहाँ छनोटको अवसर सिमित भएको हुँदा जुन उपलब्ध छ, त्यहि लगाउनु राम्रो हुन्छ ।

    २. पहिलो मात्रा कोभिशिल्ड लगाएका व्यक्तिले दोस्रो मात्रा कुन लगाउने ?
    - पहिलो मात्रा जुन खोप लगायो, दोस्रोमात्रा त्यहि खोप लगाउनु राम्रो हुन्छ । कोभिशिल्ड एस्ट्रेजेनेकाको उत्पादन हो । जापानले नेपाललाई प्रदान गर्ने १६ लाख खोप पनि एस्ट्रेजेनेकाको खोप हो । तसर्थ केहि दिन पर्खेर जापानले दिने खोप लगाउनु राम्रो हुन्छ । एस्ट्रेजेनेकाको पहिलो मात्रा लगाएका व्यक्तिले दोस्रो मात्रा मोडेर्ना वा फाइजरको खोप लगाउँदा फाइदा हुने जनाइएको छ । हामीकहाँ मोडेर्ना र फाइजरको खोप उपलब्ध छैन । तसर्थ चीनको भेरोसिल वा अमेरिकी जोन्सन एण्ड जोन्सनसंग मिक्सम्याच नगर्नु राम्रो हुन्छ ।

    biplabatmadhavnepalniwas.jpg
     
    ३. दीर्घरोगीले खोप लगाउने कि नलगाउने ?
    - कोभिडबाट दीर्घबिरामीलाई बढी जोखिम हुने भएकोले दीर्घबिरामीले खोप लगाउनु सुरक्षित हुन्छ । आफ्नो रोग तथा औषधिको बारे आफ्नो चिकित्सक वा खोप केन्द्रमा सल्लाह गरेर लगाउनु थप सुरक्षित हुन्छ ।
      
    ४. चीनको भेरोसिल र जोन्सनको खोपमध्ये कुन लगाउने ?
    - सरकारले तोके बमोजिमका उमेर र समुहले तोके बमोजिमको खोप लगाउने।
     
    ५. अमेरिकामा जोन्सनको खोप किन कम लगाइएको छ ?
    - अमेरिका लगायत बिकसित देशमा खोप छनोटका धेरै बिकल्प छन् । तसर्थ उनीहरुले आफ्नो छनोट अनुसार फाइजर, मोडेर्ना, जोन्सन, एस्ट्राजेनेकाको खोप लगाएका छन् । हामीकहाँ त्यो सुबिधा छैन । त्यस्तै जोन्सनको खोप लगाउँदा अमेरिकामा दशौँ लाखमा ६ जनालाई रगत जम्ने समस्या देखिएकोले फाइजर र मोडेर्नामा बढी आकर्षण छ ।
     
    ६. नेपालमा उपलब्ध खोप कसले लगाउन मिल्दैन ?
    - १८ बर्षमुनिका युवा / बालबालिकाले ।
    - कोभिड खोप वा खोपका घटकको एलर्जी भएका व्यक्तिले।
    - ज्वरो आएका व्यक्तिले ।
    - कोभिड लागेका ( निको नभएका ) व्यक्तिले ।
    - रगत जम्ने समस्या भएका व्यक्तिले ।
     
    ७. कसले साबधानीपूर्वक लगाउनु पर्दछ ?
    - गर्भवती तथा ६ महिनाभन्दा कम उमेर भएका शिशुका आमाले ( फाइदाभन्दा जोखिम बढी भएमा सम्बन्धित चिकित्सकको निगरानीमा लगाउन मिल्छ )।
     
    ८. खोप लगाउनुपूर्व तथा लगाएपछि के गर्ने ?
    - सकभर खाना तथा पानी खाएर, भौतिक दुरी कायम गरेर खोप लगाउने । खोप लगाएपछि आधा घण्टा खोप केन्द्रमा बस्ने । कुनै समस्या भए तुरुन्त अस्पताल जाने । ज्वरो आउने, शरीर दुख्ने, जाडो हुने लगायतका लक्षण केहि दिनमा ठिक हुन्छन् ।
     
    ९. खोप सबैले नपाउने अवस्थामा के गर्ने ?
    - खोपको उपलब्धतासंगै सरकारले उमेर समुह निर्धारण गर्दछ । तसर्थ आफ्नो पालोमा मात्र लगाउने ।
     
    १०. बालबालिकाले कहिले लगाउने ?
    - बालबालिकामा खोपको ट्र्याल बिभिन्न देशमा भइरहेको छ । केहि महिनामा धेरै खोपले बालबालिकाको लागि खोप बिकास गर्नेछन । त्यो बेलासम्म खोप लगाएका / नलगाएका / बालबालिका सबैले जनस्वास्थ्यका मापदण्ड पालना गर्ने ।


    आषाढ ३१, २०७८ बिहिवार ११:१०:११ बजे : प्रकाशित

    अर्कोसमाचार

    नेपालमा थप ३३८३ जनाको कोरोना संक्रमण, २४ जनाको मृत्यु

  • 322
    SHARES
  • नेपालमा थप ३३८३ जनाको कोरोना संक्रमण, २४ जनाको मृत्यु

    काठमाडौं । सरकारले पछिल्लो २४ घण्टामा ३ हजार ३८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार बेलुका दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा गरिएको कूल १६ हजार ७१८ परीक्षण गर्दा ३ हजार ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

    १० हजार ६३८ पीसीआर परीक्षण गर्दा २ हजार ४४८ जनामा र ६ हजार ८० एन्टिजेन परीक्षण गर्दा ९३५ जनामा कोरोना पोजेटिभ देखिएको हो । 

    यस्तै पछिल्लो २४ घण्टामा १ हजार ९९४ जना संक्रमणमुक्त हुँदा सोही अवधिमा २४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । 


    श्रावण १९, २०७८ मंगलवार १७:५७:५५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    काठमाडौं उपत्यकामा एकैदिन ९ सय ४ जनामा कोरोना संक्रमण, कहाँका कति ?

    श्रावण १९

  • 394
    SHARES
  • काठमाडौं उपत्यकामा एकैदिन ९ सय ४ जनामा कोरोना संक्रमण, कहाँका कति ?

    काठमाडौं - काठमाडौं उपत्यकामा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । मंगलबार काठमाडौं उपत्यकामा थप ९ सय ४ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । 
     
    काठमाडौं उपत्यकामा थप कोरोना संक्रमित हुनेमा काठमाडौंका ६ सय १३ जना, ललितपुरका १ सय ७७ जना र भक्तपुरका १ सय १४ जना रहेका छन् ।  

    यस्तै मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै कूल संक्रमितको संख्या ७ लाख २  हजार ९७ (पीसीआर टेस्टबाट) र (एण्टीजेनबाट) ६३ हजार ७ सय १८ पुगेको छ।  

    साथै पछिल्लो २४ घण्टामा १ हजार ९९४ जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै निको हुनेको कूल संख्या ६ लाख ६० हजार १ सय १६ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।  निको हुने दर ९४ प्रतिशत रहेको छ । 

    यसैगरी पछिल्लो २४ घण्टामा मृत्यु भएका र त्यसअघि भएका गरी थप २४ जनाले ज्यान गुमाएका छन्। हालसम्म कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ हजार ९ सय २२ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


    श्रावण १९, २०७८ मंगलवार १८:१५:२१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • के हो केभ सिन्ड्रम ?

    श्रावण २०

  • 332
    SHARES
  • के हो केभ सिन्ड्रम ?

    काठमाडौं - विश्वभर कोरोनाभाइरसको संक्रमण फैलदै जाँदा डा. रवीन्द्र पाण्डेले यसबारे विभिन्न जानकारी दिइरहेका छन् । यस्तै बुधबार डा. पाण्डेले केभ सिन्ड्रमबारे जानकारी दिएका छन् । 

    कोरोना महामारीको त्रास, होम आइसोलेसन तथा लकडाउनको कारण विश्वभर नै करोडौं मान्छेलाई घरभित्र बस्ने तथा घरबाहिर जान डराउने अवस्था उत्पन्न भएको थियो / छ । त्यति मात्र हैन, कोरोनाको खोप लगाइसकेका मान्छेहरु पनि घरबाहिर जान, काममा फर्किन, बजार तथा भेटघाटमा जान डराएर घरभित्रै बसेका छन् । यसलाई केभ सिन्ड्रम नामाकरण गरिएको छ ।

    घरबाहिर गएमा अन्य व्यक्तिसंग भेट हुनसक्छ, संक्रमण सर्न सक्छ, संक्रमण सरेमा अस्पतालमा बस्नुपर्छ तथा बाहिर बातावरण असुरक्षित छ भनेर आफ्नो पढाइ, जागिर, ब्यबसाय तथा सामाजिक जीवनमा नफर्किएका मान्छेहरुको ठूलो संख्या बिध्यमान छ ।

    ती व्यक्तिहरु कसैलाई भेट्न, सुरक्षित तरिकाले कतै जान तथा समाजमा घुलमिल हुन सकेका छैनन् । कोरोना भाइरसका नयाँ नयाँ प्रजाति आइरहेको हुँदा आफुले लगाएको खोपको विश्वास नलाग्ने, खोप लगाएका कति व्यक्ति संक्रमित भए ? 

    कति व्यक्ति अस्पताल भर्ना भए, कति व्यक्तिहरुको मृत्यु भयो जस्ता कुरा इन्टरनेटमा सर्च गर्ने, आफन्त तथा साथीसंग फोनमा कुरा गर्दा बाहिर निस्किन खतरा भएको कुरामात्र गर्ने तथा घर नछोड्ने जस्ता बानीको बिकास भएको छ । यसले गर्दा उनीहरु आर्थिक रुपमा असुरक्षा महशुष गर्ने तथा चिन्ता, डर, तनाब, अनिद्रा, मुड स्विंग आदिको सिकार भइरहेका छन् ।

    यो समस्या निवारणको लागि ध्यान, योग तथा व्यायाम गर्ने, सुरक्षित ठाउँमा जाने, भीड नहुने ठाउँमा मर्निंग वा इभिनिंग वाक गर्ने, जनस्वास्थ्यका मापदण्ड पालना गरेर आफ्नो पढाइ, काम तथा सामाजिक जीवनमा क्रमशः घुलमिल हुने, मनोपरामर्श लिने लगायतका अभ्यास गर्नु जरुरी छ ।

    महामारी बढिरहेका ठाउँमा तथा पुरा मात्रा खोप नलगाएका व्यक्ति भने आफ्नो अवस्था अनुसार सिर्जनशील काम गरेर घरमा बस्न सकिन्छ । यो प्राकृतिक अवस्था नै हो । यो सिन्ड्रम अमेरिका, युरोप, अष्ट्रेलियादेखि अन्य सबै देशमा बढिरहेको छ । जसले गर्दा आर्थिक असन्तुलन समेत उत्पन्न भएको छ । डा. रवीन्द्र पाण्डे


    श्रावण २०, २०७८ बुधवार ११:१२:५१ बजे : प्रकाशित

    साउन २२ गतेदेखि कोरोनाविरुद्धको भेरोसेल खोप दोस्रो मात्रा लगाइँदै

    श्रावण २०

  • 544
    SHARES
  • साउन २२ गतेदेखि कोरोनाविरुद्धको भेरोसेल खोप दोस्रो मात्रा लगाइँदै

    काठमाडौँ - साउन २२ गते कोरोनाभाइरसविरुद्धको पहिलो मात्रा भेरोसेल खोप लगाएका व्यक्तिहरूले दोस्रो मात्रा लगाउन पाउने भएका छन् । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै साउन २२ गतेबाट पहिलो मात्रामा भेरोसेल खोप लगाएका व्यक्तिहरूले दोस्रो डोज लगाउने बारे जानकारी गराएको हो । 

    पहिलो डोज खोप लगाएको २१ दिन पछि दोस्रो डोज लगाउनु पर्ने भएकाले गत असार २९ गतेदेखि सञ्चालन भएको खोप अभियानमा सहभागी भएका ५५ वर्षमाथिका उमेर समूहले दोस्रो मात्रामा खोप लगाउन पाउने मन्त्रालयले सूचनामा जनाएको छ ।  

    ss.jpg


    श्रावण २०, २०७८ बुधवार १३:०२:०२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • एकैदिनमा ४१०७ जनामा कोरोना संक्रमण, ३५ जनाको मृत्यु

  • 880
    SHARES
  • एकैदिनमा ४१०७ जनामा कोरोना संक्रमण, ३५ जनाको मृत्यु

    काठमाडौं । सरकारले पछिल्लो २४ घण्टामा ४ हजार १०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार अपरान्ह दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा गरिएको कूल १६ हजार २९८ परीक्षणमा ४ हजार १०७ जनामा कोेरोना संक्रमण पुष्टि भएको हो । 

    ११ हजार ३५४ को पीसीआर परीक्षण गर्दा २ हजार ९७५ जना र ४ हजार ९४४ को एन्टीजेन परीगक्षण गर्दा  १ हजार १३२ जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले दिएको विवरणमा उल्लेख छ । 

    सबैभन्दा धेरै काठमाडौंमा ९०८ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसपछि क्रमशः झापामा २९६, कास्कीमा २२६, ललितपुरमा २०६, भक्तपुरमा १६५ र मोरङमा १३२, मकवानपुरमा १०२, सुनसरीमा ९९, चिनवमा ९२, रुपन्देहीमा ६१, नवलपारसी पूर्वमा ५८, तनहुँमा ५५, नुवाकोटमा ५३ र गोरखामा ४९ जना कोरोना संक्रमण देखिएको मन्त्रालयले जानकारी दिएको छ । 

    यसैगरी पछिल्लो २४ घण्टामा १ हजार ५३५ जना कोरोना संक्रमणमुक्त हुँदा सोही अवधिमा ३५ जना संक्रमितले ज्यान गुमाएका मन्त्रालयले जानकारी दिएको छ ।  


    श्रावण २०, २०७८ बुधवार १७:५०:३६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # काठमाडौँ

  • क्यानाडा नेपाल

    स्वास्थ्य मन्त्रालयले भन्यो - मुलुक कोरोनाको तेस्रो लहरतर्फ अगाडि बढ्न थाल्यो

    श्रावण २०

  • 264
    SHARES
  • स्वास्थ्य मन्त्रालयले भन्यो - मुलुक कोरोनाको तेस्रो लहरतर्फ अगाडि बढ्न थाल्यो

    काठमाडौं - नेपालमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण बढ्दै गइरहेको छ । यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देश कोरोनाको तेस्रो लहरतर्फ अगाडि बढ्न थालेको बताएको छ । बुधबार प्रेस ब्रिफिङमार्फत मन्त्रालयका सह–प्रवक्ता डा।समीर अधिकारीले सो कुरा बताएका हुन् । 

    उनले पछिल्लो समय अस्पतालमा ज्वरो आएर, टाउको दुखेर आउने बिरामी बढेको र भर्ना हुने क्रम पनि बढेको बताए । उनले कोरोनाको दैनिक रुपमा संक्रमण पुष्टि हुने संख्या बढ्दै गएको बताए ।

    उनले भने - 'अहिले कोरोनाको दैनिक रुपमा संक्रमण पुष्टि हुने संख्या बढ्दै गएको, अस्पतालमा भर्ना हुनेहरुको संख्या पनि तुलनात्मक रुपमा बढी देखिएको छ'

    उनले थपे - 'यो हिसाबले मुलुक तेस्रो लहर तिर अगाडि बढ्न थालेको हो की भन्ने संकेत हामीले देखिरहेका छौं र विस्तारै त्यो अवस्था देखिदै गएको पनि छ ।'


    श्रावण २०, २०७८ बुधवार १८:३४:०५ बजे : प्रकाशित

    ताजा खबर