आश्विन १७, २०७९ सोमबार | Mon Oct 3 2022

‘सर्वोच्चको फैसला कार्यान्वयनमा जटिलता, देश अस्थिरतामा फस्ने खतरा’



काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले सर्वोच्च अदालतमा आज गोरू व्याएको बताएका छन् । सोमबार सर्वोच्च अदालतले फेरि प्रतिनिधि सभा पुनर्स्थापना गरेपछि अध्यक्ष थापाले सामाजिक सञ्जालमार्फत सो टिप्पणी गरेका हुन् । 

उनले बरिष्ठ राजनितिज्ञ स्व.राजेश्वर देवकोटाको शब्द सापटि लिदै सर्वोच्च अदालतमा आज गोरू व्याएको बताएका छन् । 

अध्यक्ष थापाले सर्वोच्चको फैसला कार्यान्वयनमा जटिलता देखिएको बताएका छन् । उनले अदालतको फैसलाले देश अस्थिरतामा फस्ने खतरा देखिएको पनि बताएका छन् । 

उनले भनेका छन् – ‘बरिष्ठ राजनितिज्ञ स्व।राजेश्वर देवकोटाको शब्द सापटि लिएं- “सर्वोच्च अदालतमा आज गोरू व्यायो” राजनीतिक फैसला, कार्यान्वनमा जटिलता, देश अस्थिरतामा फस्ने खतरा’

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वमा न्यायाधीशहरु दीपकुमार कार्की, मीरा खड्का, ईश्वरीप्रसाद खतिवडा र आनन्द मोहन भट्टराई सम्मिलित संवैधानिक इजलासले सोमबार  मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ८ गते प्रतिनिधि सभा विघटन गर्ने निर्णयलाई बदर गरिदिएको छ । संवैधानिक इजलासले राष्ट्रपतिको सो निर्णयलाई बदर गरेसँगै  प्रतिनिधिसभा पुनर्स्थापित भएको छ ।
 

प्रकाशित मिति : असार २८, २०७८ सोमबार  ८ : ३१ बजे