• Oct 20 2021 | २०७८, कार्तिक ३गते

२०७८, कार्तिक ३गते

आमिर र किरणको सम्बन्ध टुट्नुमा फातिमाको हात ! सामाजिक सञ्जालबाट आयो यस्तो आरोप

आषाढ २१ २०७८
  • 2.1K
    SHARES
  • images
    images
    आमिर र किरणको सम्बन्ध टुट्नुमा फातिमाको हात ! सामाजिक सञ्जालबाट आयो यस्तो आरोप

    काठमाडौं - बलिउड अभिनेता अमिर खानले पत्नी किरण रावसँग आफ्नो सम्बन्ध तोडेका छन् । उनले बिहे गरेको १५ वर्षपछि पत्नी किरण रावसँग सम्बन्धविच्छेद गरेका हुन् । आफुहरुको सम्बन्ध टुटेको बारे उनीहरुले  हालै संयुक्त विज्ञप्ति जारी गर्दै जानकारी गराएका थिए । 

    images

    विज्ञप्तिमा उनीहरुले आफुहरुले बिहेको १५ वर्षमा सम्बन्धविच्छेद गरेको र डिभोर्स अन्त्य नभई नयाँ जीवनको सुरुआत भएको बताएका छन् । साथै उनीहरुले आफ्ना छोरा आजादलाई मिलेर हुर्काउने पनि बताएका छन् ।

    यी दुवैको सम्बन्ध विच्छेद भएपछि अहिले अभिनेत्री फातिमा सना शेखको चर्चा भइरहेको छ । अमिर र किरणको सम्बन्ध विच्छेद हुनुमा फातिमाको हात रहेको चर्चा चलेको छ ।  आमिर पत्नीसँग अलग भएपछि  सामाजिक सञ्जालमा फतिमालाई बधाईको ओइरो लागेको छ । सामाजिक सञ्जालमा आमिर र किरणको सम्बन्ध विच्छेद हुनुमा फातिमाको ठुलो हात रहेको भन्दै बधाई दिइएको छ । 

    आमिर र फातिमाले फिल्म दंगलमा एकसाथ अभिनय गरेका थिए । यस्तै फिल्म ‘ठग्स अफ हिन्दोस्तान’मा पनि आमिरले नै फतिमालाई राखेका थिए । यस फिल्ममा अमिरकै कारण फतिमाले अभिनय गर्न पाएको बताइएको छ । 

    विवाह गरेको १५ वर्षपछि पत्नी किरणसँगको सम्बन्ध तोडे आमिर खानले, दुवैले भने - 'डिभोर्स अन्त्य हैन नयाँ जीवनको सुरुआत हो' विवाह गरेको १५ वर्षपछि पत्नी किरणसँगको सम्बन्ध तोडे आमिर खानले, दुवैले भने - 'डिभोर्स अन्त्य हैन नयाँ जीवनको सुरुआत हो'

    यसअघि पनि यी दुई बारे चर्चा चल्दा फातिमाले  आमिर प्रेमी नभएको बताएकी थिइन् । तर आमिर र किरणबीच सम्बन्ध विच्देछ भएपछि भने यसको चर्चा बढेको छ । अहिले आमिरको वैवाहिक सम्बन्ध टुट्नुमा फातिमालाई दोषी मान्दै उनलाई ट्रोल गरिएको छ ।

    al.jpg


    आषाढ २१, २०७८ सोमवार ११:२१:४६ बजे : प्रकाशित

    images
    images
  • सम्बन्धित विषय:

  • # आमिर खान
  • अर्कोसमाचार

    सपरिवार फिल्म हेर्न हलमा आउन बलिउड स्टारर्सको आग्रह

  • 234
    SHARES
  • सपरिवार फिल्म हेर्न हलमा आउन बलिउड स्टारर्सको आग्रह

    काठमाडौं - कोरोनाभाइरस (कोभिड १९) को कारण ठप्प फिल्मी क्षेत्र विस्तारै चलायमान हुँदै छ । पछिल्लो समय भारतको सम्पूर्ण प्रान्तमा फिल्म हल खुलेपछि यो क्षेत्र विस्तारै पहिलेकै लयमा फर्किने तयारीमा छ । 

    images

    आउँदो ५ नोभेम्बरमा बलिउडको प्रतिक्षित फिल्म ’सूर्यवंशी’ प्रदर्शनमा आउँदै छ । रोहित शेट्टी निर्देशित फिल्ममा अक्षय कुमार, कट्रिना कैफ , ज्याकी श्राफजस्ता कलाकारको अभिनय छ ।  यसमा अजय देवगन र रणवीर सिंह पनि देखिनेछन् । यसैले गर्दा यो प्रतिक्षित बनिरहेको छ, किनकि यो मास अडियन्स फिल्म हो । 

    भारतको महाराष्ट्रमा फिल्म हल खुल्ने भएसँगै भटाभट फिल्म रिलिज घोषणा भइरहेको छ । यसै सन्दर्भमा फिल्म हल खुलेको र यसको मनोरञ्जन लिन फिल्म ’सूर्यवंशी’ का कलाकारहरू आग्रह गरेका छन् । अक्षय, अजय र रणवीरले एक भिडियोमा हलमा फिल्म हेर्नुको मज्जा छुटै हुने भन्दै दर्शकलाई हल फर्किन आग्रह गरेका हुन् । 

    ‘दर्शकको ताली र सिठ्ठीले फेरि हललाई गुन्जयमान बनाउने जिम्मा तपाइँको छ, सपरिवार अवस्य आउनु होला’, भिडियोमा स्टारहरूले आग्रह गरेका छन् । यस फिल्मलाई ओटीटीमा रिलिज गर्न धेरै नेटफ्लिक्स, प्राइम भिडियो, जी फाइभ, डिज्नी प्लस हटस्टारले आग्रह गरेका थिए ।

    तर, फिल्म हलमै चलाउने निर्णयमा टीम अडिग रह्यो । कोरोना भाइरसको महामारी आएपछि रिलिज हुन लागेको ठूलो फिल्ममा ’सूर्यवंशी’लाई राखिएको छ । यसले गर्ने व्यापारले भारतमा मात्र होइन, नेपालमा पनि फिल्म रिलिजको तालिका तय हुनेछन् ।न्युज कारखाना


    आश्विन ३१, २०७८ आइतवार १७:५०:११ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बलिउड

  • क्यानाडा नेपाल

    ‘तेजाब’ ले चिनायो माधुरी दीक्षितलाई, पाएकी थिइन् १ सय १ रुपैयाँ

  • 484
    SHARES
  • ‘तेजाब’ ले चिनायो माधुरी दीक्षितलाई, पाएकी थिइन् १ सय १ रुपैयाँ

    काठमाडौं - अभिनेत्री माधुरी दीक्षितलाई नृत्यमा निपूर्ण मानिन्छ । उनले गर्ने नृत्य र त्यसमा दिने एक्सप्रेसनले दर्शक मोहित हुने गर्छन् । फिल्म ‘तेजाब’को गीत ‘एक दो तीन चार पाँच छे’मार्फत लोकप्रिय बनेकी माधुरी पछिल्लो समय ठूलो पर्दाको तुलनामा सानो पर्दामा सक्रिय छिन् । 

    images

    हाल डान्स दिवानेको तेस्रो सिजनमा निर्णायकको भूमिकामा रहेकी माधुरीको नृत्यको चर्चा राम्रो हुने गर्छ । उनको सुन्दरता र नृत्यको चर्चा पछिल्लो समय पनि उत्तिकै छ । उनले दिने एक्सप्रेसनले दर्शक मोहित हुने गरेका छन् । 

    ५४ वर्षीया माधुरीको सुन्दरताको चर्चा नगर्ने बलिउडमा सायदै छन् । यद्यपि सुरुवाती दिनमा माधुरीको नृत्य राम्रो थिएन । उनले नृत्य र एक्सप्रेसनलाई एकसाथ प्रयोग गर्न कोरियोग्राफर सरोज खानबाट सिकेकी हुन् । 

    Akshay Ajay and Ranveer.jpg

    फिल्ममा आगमन
    स्कुल र कजेल लाइफमा कहिले काहीँ स्टेजमा देखिएको माधुरीले कत्थक नृत्य गर्छु भन्ने सोचेकी थिइन् । माक्रोबायोलोजी अध्ययन गर्ने तयारीमा रहेकी माधुरीलाई कक्षा १२ मै ‘अबोध’ नामक फिल्मको अफर भयो । तर , उनको परिवार भने फिल्म खेलाउने मनसायमा थिएन । 

    यसैबीच, एक पटक अफर गरिएको प्रोडक्सन हाउस राजश्रीमा जाने निर्णय परिवारले ग¥यो । उनलाई राजश्री प्रोडक्सनमा काम गर्ने गोविन्द मुनेशले फिल्म अफर गरेका थिए । गोविन्दको छोरी र माधुरीको दिदीसँगै पढ्ने भएकोले राजश्रीसम्म कुरा पुगेको थियो । ‘त्यो समयमा राजश्रीले कलेज गर्ल खोजेको रहेछ । त्यसैले मुनेशजीले मलाई अफर गर्नुभयो । उहाँले एक पटक भेट्न कर गरे पछि हामी सपरिवार भेट्न पुग्यौँ’, माधुरीले भनिन् ।

    राजश्री प्रोडक्सनमा माधुरी र उनको परिवारलाई पारिवारिक माहोल लाग्यो । त्यसपछि फिल्ममा काम गर्ने सहमति जुट्यो । यद्यपि, ‘अबोध’ फिल्म सफल हुन् सकेन, न त माधुरीलाई चिनाउन नै सक्यो । 

    सरोजसँग सामिप्यता 
    पहिलो फिल्ममार्फत नोटिस नभएकी माधुरीलाई चिनाउने गीत ‘तेजाब’ कै थियो । त्यो फिल्म रिलिजपछि उनले एअरपोर्टमा पहिलोपटक अटोग्राफ दिएकी थिइन् । तर, सुरुवाती समयमा त्यो गीत उनलाई खासै लागेको थिएन ।

    ‘सबैलाई गीत मन परेको थियो । म भने त्यो नम्बर भएको गीत किन राखेको होला भन्ने सोच्थेँ’, माधुरीले भनिन् । उनले गीतकै लागि कोरियोग्राफर सरोज खानसँग एक महिना प्रशिक्षण लिइन् । नृत्यमा राम्रो भए पनि क्यामरा अनुसारको नृत्यको लागि उनले एक महिना सिकेकी थिइन् । ‘त्यही प्राक्टिसको क्रममा मैले क्यामेरासँग फ्रेन्डली हुन सिकेँ’, उनले भनिन् । त्यसपछि उनले लगातार फिल्म गरिन् । एकपछि अर्को फिल्ममार्फत उनले आफूलाई सफल बनाउँदै अगाडि बढाइन् । 

    उनले सरोजमार्फत पहिलो पटक त्यही गीतमा एक सय एक रुपैयाँ पाएकी थिइन् । ’त्यो रकमभन्दा पनि उनले मलाई दिएको आशिर्वाद थियो, जसले मलाई आगामी यात्रामा मेहनत गर्न प्रेरित गर्‍यो’, उनले भनिन् । 

    त्यसपछि माधुरीले धेरै गीतमा सरोजसँग काम गरिन् । ’मलाई उहाँले गीतमा क्यामेरासँग जोडिन सिकाउनु भयो र मैले त्यसैलाई अगाडि बढाएँ’, माधुरी भन्छिन् । 


    आश्विन ३१, २०७८ आइतवार १८:२४:२९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # माधुरी दीक्षित

  • क्यानाडा नेपाल

    जब अक्षयकुमार बिना सुरक्षा बाइक हुँदै हेलिकप्टरमा झुण्डिए ...

  • 772
    SHARES
  • जब अक्षयकुमार बिना सुरक्षा बाइक हुँदै हेलिकप्टरमा झुण्डिए ...

    काठमाडौं - हलिउड झैँ बलिउडमा पनि सिनेम्याटिक युनिभर्स बनाउने तयारी साथ निर्देशक रोहित शेट्टीले ‘कप युनिभर्स’ निर्माण गरिरहेका छन् । उनले ‘सिंघम’ बाट निर्माण गर्ने यो युनिभर्समा सिम्बा हुँदै सूर्यवंशीमा पनि इन्ट्री गरिसकेका छन् । 

    images

    भारतीय प्रहरीको बहादुरीको कथालाई पर्दामा देखाउने निर्देशक रोहितले आफ्नो आगामी फिल्म ‘सूर्यवंशी’ मा पछिल्लो समय सोसल ड्रामामा देखिदै आएका अक्षयलाई एक पटक पुनः एक्सन अवतारमा प्रस्तुत गरेका छन् ।

    यसै फिल्मसँग जोडिएको आफ्नो भावना अक्षयले साटेका छन् । एक पत्रकारको जिज्ञासामा अक्षयले पछिल्लो समय प्रविधिले कामलाई सहज बनाएको बताए । 

    थाइल्याण्डमा खिचिएको एक दृश्यमा अक्षय बाइक हुँदै हेलिकप्टरमा चढ्छन । यो दृश्यमा जोखिम हुँदा हुँदै पनि अक्षयले सामना गरे । ‘सबसे बडा खिलाडीमै यस्ता दृश्य गरेको थियो तर त्यसबेला सुरक्षाका उपाए कम थिए भने प्राविधिक रुपमा पनि हामी सबै थिएनौ’ अक्षयले भन्छन् ‘यतिबेला प्रविधिले सहज बनाएको छ हामीलाई त्यसैले हावाको बहावलाई कम गर्दा जाँदै सात क्यामेराले खिच्दा त्यो दृश्य छिटै सकिनुका साथै सहज पनि भयो ।’

    यस्तै, रोहितले सो दृश्यमा आफु निकै चिन्तित रहेको बताए । ‘मलाइ थाहा थिएन त्यो दृश्यमा अक्षयले पाइलटसँग सेटिङ गरिसकेछन ,’ रोहितले भने । किनकी बाइक हुँदै हेलिकप्टरमा झुण्डिएका अक्षयलाई लिएर हेलिकप्टर टाढा पुग्यो जसको बारेमा रोहितलाई थाहा थिएन । उनले त्यहाँ सुरक्षासम्बन्धी  प्रोटोकल पुरा नगरेको बताए । 

    ‘अर्को सिनमा त्यहाँ सुरक्षित रुपमा अक्षयलाई राख्नु थियो यद्दपी उनले एकै टेकमा पुरै सिन सकाए त्यसैले म केहि डराएको थिए ’ रोहितले बताए । 

    यो फिल्म शिव राजकुमारको अभिनय रहेको कन्नड फिल्म ‘तगारु’ को रिमेक रहेको धेरैले अनुमान गरेका छन् । करण जोहरको पनि निर्माणमा सहकार्य रहेको फिल्ममा अक्षय कुमार प्रहरी अधिकारीको भूमिकामा देखिएका छन् । फिल्ममा अक्षयले निडर प्रहरी अधिकारीको भूमिका निर्वाह गरेका छन् । अक्षयको को–स्टार कट्रिना कैफ छिन् । 

    कट्रिनाको ग्लामर अवतारले अक्षयको एक्सनलाई सहयोग गर्ने रोहितको विश्वास छ । फिल्ममा अजय देवगन र रणवीर सिंहको पनि केमियो रहेको छ । फिल्म ‘सिम्बा’ मा रोहितले अजय देवगन र अक्षयलाई केमियो गराएका थिए भने उनले ‘सूर्यवंशी’ मा अजय देवगनलाई केमियो गराएका हुन् ।न्युज कारखाना
     


    कार्तिक १, २०७८ सोमवार ११:५४:१७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अक्षयकुमार

  • क्यानाडा नेपाल

    अक्षयकुमारले खुकुरी बोकेको मिलेन, गोर्खा अफिसरले यस्तो भनेपछि मागे माफी

  • 432
    SHARES
  • अक्षयकुमारले खुकुरी बोकेको मिलेन, गोर्खा अफिसरले यस्तो भनेपछि मागे माफी

    काठमाडौं - गोर्खा फिल्म बनाउने घोषणा गरेका बलिउड अभिनेता अक्षय कुमार पछिल्लो केही दिनयता चर्चामा छन् । उनले हालै गोर्खा फिल्म बनाउने घोषणा गरेका थिए । फिल्म ‘अंतरंगी रे’ र ‘रक्षाबन्धन’पछि अभिनेता अक्षय कुमार आनन्द एल रायको कलर यलो प्रोडक्सन र केप अफ गुड फिल्मससँग पुनः एकपटक सहकार्य गर्दैछन् । 

    images

    अक्षय र आनन्द भारतीय सेनाको गोरखा रेजिमेन्ट (पाँचौं गोर्खा राइफल्स)को एक महान अधिकारी मेजर जनरल इयान कार्डोजोको जीवनमा आधारित एक बायोपिक फिल्ममा सहकार्य गर्न लागेका हुन् । फिल्ममा अक्षयले छैटौं गोरखा राइफल्सको ग्रेट अफिसर मेजर जनरल इयान कार्डोजोको भूमिका निभाउनेछन् ।

    उनलाई सन् १९६२, १९६५ को युद्धमा र विशेष रूपले १९७१ को भारत पाकिस्तान युद्धमा लडाइँ लडेको एक युद्ध नायकको रूपमा चिनिन्छ । यसैले गर्दा पनि अक्षयले विश्वकै मेकरको ध्यान खिचेका छन् । तर , उनले सार्वजनिक गरेको फस्ट लुक पोस्टरमा एक पूर्व गोर्खा अफिसरले गल्ती औल्याएका छन् । 

    उनले अक्षयको पोस्टर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै पोस्टरमा खुकुरीलाई ठिक गर्न सुझाएका छन् । ’खुकुरीको धार गलत दिशामा छ, यो तलवार हैन’, मेजर मनिक एम जोली नाम रहेको एकाउन्टबाट उनले थप भनेका छन्, ‘खुकुरी बुझ्नलाई सँगै तस्विर राखेको छुँ ।’ 

    उनले गोर्खाको कथामा फिल्म बनाउँदा ससाना गल्तीलाई समेत सुझाउन भनेका हुन् । गोर्खा अफिसरको प्रतिक्रिया देखेपछि अक्षयले माफी मागेका छन् । 

    उनले प्रतिक्रियाको लागि धन्यवाद समेत दिएका छन् । ’हामी छायांकनको समयमा गल्ती नहोस् भनेर उच्च सतर्कता अपनाउने छौँ’, अक्षयले लेख्छन्, ’हामी गोर्खाको कथामा फिल्म बनाउन पाउँदा निकै गौरवान्वित महसुस गरिरहेका छौँ ।’

    Maj Manik.jpg

    उनले फिल्मसँग जोडिएको सल्लाह सुझावलाई आत्मसाथ गर्नेसमेत जनाएका छन् । यस फिल्मको निर्देशन राष्ट्रिय पुरस्कार विजेता सञ्जय पुरन सिंह चौहानले गर्दैछन् ।न्युज कारखाना


    कार्तिक १, २०७८ सोमवार २०:४५:३६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अक्षयकुमार

  • क्यानाडा नेपाल

    'थालाइवी' फ्लप भएपछि तनावमा रहेकी कंगना एजेन्ट बनिन्  

  • 274
    SHARES
  • 'थालाइवी' फ्लप भएपछि तनावमा रहेकी कंगना एजेन्ट बनिन्  

    काठमाडौं - पछिल्लो रिलिज फिल्म 'थालाइवी' फ्लप भएपछि बलिउड अभिनेत्री कंगना रनौत केही तनावमा थिइन् । उनले निकै अपेक्षा गरेको फिल्मले दर्शकको साथ नपाएपछि उनी आत्तिएकी हुन् ।

    images

    तर, आउँदो फिल्ममा उनी एक्सन गर्लको रूपमा दर्शक समक्ष आउने भएकी छन् । पछिल्ला केही सोसल ड्रामा जनरका फिल्ममार्फत दर्शकमाझ आएकी कंगनाले 'धाकड'मार्फत दर्शकलाई एक्सन देखाउनेछन् । उनको मुख्य भूमिकामा रहेको एक्सन जनराको फिल्म ‘धाकड’ आउँदो वर्ष सन् २०२२ को अप्रिल ८ मा रिलिज हुनेछ । 

    उनी धाकडमा विभिन्न १० किसिमका लुक्समा देखिने बताइएको छ । पूर्ण रूपमा एक्सन जनरामा रहेको फिल्ममा कंगनाले एजेन्टको भूमिका निभाएकी छन् । यसका कारण उनले आफ्नो लुक्स पटक पटक परिवर्तन गर्ने र फिल्मभर विभिन्न १० वटा लुक्समा देखिने बताइएको छ ।

    मानव तस्करीसँग सम्बन्धित रहेर तयार पारिने फिल्ममा कंगनासँगै शरिब हासमी, दिव्या दत्त, अर्जुन रामपाललगायतको अभिनय छ । रजनिस र चिन्तन गान्धी मिलेर लेखेको फिल्मलाई निर्देशन रजनिस घाईले गरेका छन् ।न्युज कारखाना


    कार्तिक २, २०७८ मंगलवार १८:५३:०१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कंगना रनावत

  • क्यानाडा नेपाल

    करिना कपुरसँग थ्रिलर फिल्म गर्दै सुजोय घाेष

  • 150
    SHARES
  • करिना कपुरसँग थ्रिलर फिल्म गर्दै सुजोय घाेष

    काठमाडौं - बलिउडमा थ्रिलर फिल्ममार्फत दर्शकको मन जित्दै आइरहेका निर्देशक सुजोय घोषको नयाँ फिल्म आउँदो फेब्रुअरीबाट छायांकनमा जाने भएको छ ।

    images

    कहानी, कहानी २, बदला जस्ता फिल्म निर्देशन गरेका सुजोयले यसपटक करिना कपुर खानलाई कास्ट गर्दैछन् । उनले करिनासँग काम गर्ने चर्चा सन् २०१२ मै चलेको थियो । उनको 'कहानी' दर्शकले रुचाएपछि उनले करिनासँग काम गर्न लागेको चर्चा बि-टाउनमा थियो । 

    यद्यपि उनले साथी विद्या बालनसँग नै कहानीको सिक्वेलमा काम गरे । पछिल्लो समय उनले ताप्सी पन्नुलाई लिएर बदला निर्देशन गरेका थिए । थ्रिलर फिल्मका दर्शकलाई रोमान्चक कथा पस्किने सुजोयले यसको छायांकन दार्जिलिङ र कालिङपोङमा गर्दैछन् । त्यहाँ दुई महिनाको सेड्युल राखिएको छ । 

    करिनाले पनि आफू सुजोयको कामबाट प्रभावित रहेको बताएकी छिन् । उनले भारतीय मिडियालाई प्रतिक्रिया दिँदै सुजोय राम्रो निर्देशकमध्ये एक रहेको बताइन् । 'सुजोयलाई थाहा छ, उनले के बनाउँदै छन् । उनले थ्रिलर कथालाई न्याय गर्ने गरेका छन् । कहानी र बदलालाई उनले राम्रो स्क्रीनप्लेसहित दर्शकमाझ ल्याए,' करिनाले भनिन् । 

    सुजोय पनि करिनाले आफ्नो पात्रालाई न्याय गर्ने बताउँछन् । उनले फिल्मको बारेमा बोल्दै पात्रलाई करिनाको छायाँ पर्न नदिने बताए । 'मेरो क्यारेक्टरमा स्टार देखिँदैन । तर, स्टारले क्यारेक्टर निर्वाह गर्दा धेरै दर्शकसम्म फिल्म पुग्न सक्छ,' सुजोयले भने । करिना अभिनित 'लालसिंह चड्डा' आउँदो फेब्रुअरीमै रिलिज हुँदैछ । न्युज कारखाना 


    कार्तिक २, २०७८ मंगलवार २१:०४:३० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # करिना कपुर

  • क्यानाडा नेपाल