• Aug 05 2021 | २०७८, श्रावण २१गते

२०७८, श्रावण २१गते

काँक्रो खानुका १० भन्दा बढी फाइदा, क्यान्सरसँग लड्नदेखि र गिजाको समस्या समाधान

आषाढ १७ २०७८
  • 2.3K
    SHARES
  • काँक्रो खानुका १० भन्दा बढी फाइदा, क्यान्सरसँग लड्नदेखि र गिजाको समस्या समाधान

    काठमाडौं - गर्मी मौसममा काँक्रो सजिलै पाइन्छ । पानीको मात्रा प्रशस्त हुने काँक्रोको सेवनले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा गर्छ । काँक्रो सलाद तथा अचारको रूपमा पनि प्रयोग गरिन्छ ।

    gokul-baskota-6.jpg

    यसमा भिटामिन ए, बी वान, बी सिक्स, सी, डी, पोटासियम, फस्फोरस , आइरन आदि प्रशस्त मात्रामा पाइन्छ । यसबाहेक काँक्रोमा कार्बोहाइड्रेट, क्याल्सियम, फलाम, सल्फर प्राप्त गर्न सकिन्छ। यसमा पानीको मात्रा झण्डै ९४ देखि ९६ प्रतिशतसम्म हुन्छ।  

    k.jpg

    यसले शरिरमा पानीको मात्रा कम हुने समस्याबाट टाढा राख्छ । यसमा ‘इरेप्सिन’ नामक एम्जाइम हुन्छ जुन प्रोटिनले पचाउन सहयोग गर्छ । नियमित रूपमा काँक्रो खाँदा स्वास्थ्यका लागि निकै लाभदायक हुने विज्ञहरूले पनि बताउने गरेका छन् । 

    - महिनावारी अनियमित तथा गडबडी भएका बेला पनि काँक्रोको सेवन गर्नुपर्छ।

    - शरिरमा पानीको मात्रा कम हुने समस्याबाट टाढा राख्छ ।

    -  काँक्रोले शीतलता प्रदान गर्ने भएकाले पनि यसको प्रयोग गर्मी मौसममा बढी गरिन्छ।

    - काँक्रोले फियो र पाचनथैलीलाई कमजोर हुनबाट बचाउछ ।

    - काँक्रो एन्टिअक्सिडेन्टले हुने भएकाले रोगप्रतिरोधी क्षमतामा वृद्धि गर्छ  ।

    - काँक्राको टुक्राले आँखामा राखेमा रातोपना र सुन्निएको कम हुन्छ । 

    - यसको सेवनले मुख र गिजाको समस्या समाधान गर्छ ।

    - उच्चरक्तचाप भएकाले पनि काँक्राको नियमित सेवन गर्दा फाइदा हुन्छ।

    - काँक्रोमा पाइने तत्वहरुले क्यान्सरसँग लड्न सहयोग पुर्याउछ । 

    - यसमा पाइने फाइबर र पानीले खाना पचाउछ । 

    - काँक्रो मधुमेहका बिरामीहरुका लागि पनि फाइदाजनक हुन्छ । 

     - काँक्रोको नियमित सेवनले कोलेस्टेरोलको मात्रा सन्तुलित राख्दछ।
     


    आषाढ १७, २०७८ बिहिवार २१:२९:४२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # काँक्रो
  • अर्कोसमाचार

    नेपालमा देखिएको डेल्टा प्लस प्रजाति कस्तो हो ? यसबाट कसरी बच्ने ?

    आषाढ ८

  • 2.3K
    SHARES
  • नेपालमा देखिएको डेल्टा प्लस प्रजाति कस्तो हो ? यसबाट कसरी बच्ने ?

    काठमाडौं - नेपालमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण घट्दै गइरहेको छ । नेपालमा कोरोनाको दोस्रो लहर शुरु भएपछि यसको रोकथाम तथा नियन्त्रणको लागि गरिएको निषेधाज्ञा काठमाडौं उपत्यका लगायत विभिन्न स्थानमा केही खुकुलो बनाइएको छ । 

    यसैबीच अब कोरोनाको तस्रो लहर पनि आउने चर्चा पनि छ ।  साथै हालै नेपालमा कोरोनाको डेल्टा प्लस प्रजाति पनि देखिएको छ । 

    नेपालमा देखिएको डेल्टा प्लस प्रजाति बारे डा. रवीन्द्र पाण्डेले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनले नेपाल, भारत लगायत धेरै देशमा फैलिएको र घातक किसिमको प्रजाति डेल्टा भेरिएन्ट त्यसको स्पाइक प्रोटिनमा उत्परिवर्तन भएर नयाँ स्वरूप  बिकास भएको बताएका छन् । 

    कोरोनाको डेल्टा प्लस प्रजाति बारे यसो भन्छन् डा. पाण्डे - नेपाल, भारत लगायत धेरै देशमा फैलिएको र घातक किसिमको प्रजाति डेल्टा भेरिएन्ट ( जसलाई इन्डियन भेरिएन्ट भनिन्थ्यो ) त्यसको स्पाइक प्रोटिनमा उत्परिवर्तन भएर नयाँ स्वरूप  बिकास भएको हो । यो प्रजाति युरोपमा मार्चमै देखिएको थियो ।  बेलायत, भारत, अमेरिका लगायत १० देशमा यो प्रमाणित भएको छ ।  भारतीय स्वास्थ्यविज्ञका अनुसार यो भेरिएन्ट मोनोन्युक्लियल एन्टिबोडी ( भारतमा हाल चलाइएको उपचारको कक्टेल ) प्रतिरोधी छ भनिएको छ । 

    - यो डेल्टा भेरिएन्टको म्युटेसन भएकोले यसको संक्रमण दर तथा घातकता डेल्टा भाइरसभन्दा कति फरक छ भन्ने पूर्ण अध्ययन भएको छैन । 

    - खोप लगाएका व्यक्तिको प्लाज्मामा यो प्रजातिको अध्ययन हुँदैछ । यो अध्ययनबाट खोपको प्रभावकारिता थाहा हुनेछ | त्यस्तै दोस्रो लहरमा संक्रमण भएर निको भएका व्यक्तिलाई यो प्रजातिले असर गर्छ कि गर्दैन भनेर अध्ययन सुरु भएको छ ।  अहिलेसम्मका अध्ययन अनुसार खोप लगाएका तथा दोस्रो लहरमा डेल्टा भेरिएन्टले संक्रमण भएर निको भएका व्यक्तिमा यसको जोखिम नहुन सक्छ । 

    कसरी बच्ने ?
    यो र अन्य आगामी म्युटेसनबाट आउने नयाँ प्रजातिबाट बच्ने उपाय भनेको खोपलाई ब्यापक रुपमा लगाउने तथा जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना नै हो । यो नयाँ उत्परिवर्तनबाट आत्तिनु पर्दैन तर हामीहरु थप सतर्क हुनुपर्दछ ।  जहिलेसम्म पूर्ण जनसंख्याको खोपमा पहुँच हुँदैन तबसम्म नयाँ उत्परिवर्तनमा जोखिम हुन्छ नै । 

    खुकुलो लकडाउन र हाम्रो दायित्व 
    हामीकहाँ अहिलेपनि संक्रमण दर २० % भन्दा माथि नै छ ।  महामारी नियन्त्रणमा आएर लकडाउन खुकुलो भएको हैन ।  आम नागरिक तथा देशको आर्थिक अवस्था तथा अन्य समस्याको कारण लकडाउन खुकुलो भएको हो ।  लकडाउनलाई अनन्तकालसम्म लगाउनु ब्यबहारिक हुँदैन ।  सर्प पनि मर्ने र लठ्ठी पनि नभाँचिने सुत्र हामीले अबलम्बन गर्नुपर्दछ ।  त्यो भनेको सरकारले जहाँबाट हुन्छ, खोप आयात गरेर राष्ट्रिय अभियानको रुपमा खोप कार्यक्रम संचालन गर्ने, सुरक्षाकर्मी परिचालन गरेर जनस्वास्थ्यका मापदण्ड पालना गराउने, एन्टिजेन तथा पिसिआर टेस्ट बढाएर हटस्पट पत्ता लगाउने, कन्ट्याक्ट ट्रेसिंग र आइसोलेसनलाई प्रभावकारी बनाउने तथा सामान्य जनताको पहुँचमा गुणस्तरीय उपचारको प्रबन्ध गर्ने हो । 

    kpoli madhav.jpg
    हामी आम नागरिकले अनिबार्य रुपमा सहि तरिकाले डबल मास्क लगाउने, भीडभाड नगर्ने / भीडभाडमा नजाने, बन्द कोठामा भेटघाट नगर्ने तथा हातको सफाइलाई ध्यान दिने गर्नुपर्दछ।   यी काम गर्यौं / गरायौं भने कोरोना भाइरसका ज्ञात तथा अज्ञात नयाँ प्रजातिबाट बच्न सकिन्छ । 


    आषाढ ८, २०७८ मंगलवार १२:१२:०५ बजे : प्रकाशित

    लिची खानुका यस्ता छन् आश्चर्यजनक फाइदा  

    आषाढ १०

  • 1.6K
    SHARES
  • लिची खानुका यस्ता छन् आश्चर्यजनक फाइदा  

    काठमाडौं - लिची गर्मीमा सजिलै पाइने फल हो । मिठो र रसिला हुनुका साथै स्वास्थ्यका लागि निकै फाइदाजनक हुनाले यसलाई धेरैले मनपराउने गर्छन् । 

    लिचीमा प्रशस्त कार्बोहाइड्रेट, भिटामिन सी, भिटामिन ए र बी कम्प्लेक्स जस्ता खनिज पदार्थ पाइन्छ । यस्तै यसमा पोटासियम, क्याल्सियम, फस्फोरस र आइरनजस्ता मिनरल पनि पाइन्छ ।

    यस्ता छन् लिची खानुका फाइदा

    - लिची खाँदा अनुहारमा निखार आउँछ भने चाउरिपन पनि हट्छ ।
    - चिसो लागेको छ भने अथवा घाटीमा दुखेको छ भने पनि लिची खानु राम्रो हुन्छ ।
    - लिचीको सेवनले मुटु पनि स्वस्थ राख्छ ।
    - लिची सेवन गरेमा क्यान्सर सेल्स र ट्युटम पैदा हुनबाट रोक्छ ।  
    - शारीरिक विकासका लागि पनि लिची फाइदाजनक छ । 
    - हात खुट्टा पोल्नेजस्ता रोगीहरूले पनि लिची खानु राम्रो हुन्छ । 
    - लिचीको सेवनले पाचन रस उत्पन्न गर्नमा सहयोग पुग्नाका साथै पाचन प्रणालीमा रहेका विकारहरूलाई पनि निर्मूल पार्दछ। 
    - कलेजो र कमलपित्तजस्ता रोगीको लागि लिचीको सेवन गर्नु राम्रो हुन्छ । 

    हामिले लिची खाँदा ध्यान प्र्याउनुपर्छ । साना बालबालिकालाई लिची खान दिनुहुँदैन । बालबालिकालाई लिची खान दिएमा बियाँ अडकाउन सक्छन् । यस्तै लिची खाँदा हाम्रो स्वास्थ्यमा समस्या पनि आउनँ सक्छ । चिलाउने, एलर्जी र स्वास लिन समस्या हुने गर्छ । त्यसैले यसको सेवन धेरै गर्नु पनि राम्रो हुँदैन । 


    आषाढ १०, २०७८ बिहिवार २२:१४:११ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # लिची
  • काँक्रो खानुका १० भन्दा बढी फाइदा, क्यान्सरसँग लड्नदेखि र गिजाको समस्या समाधान

    आषाढ १७

  • 2.3K
    SHARES
  • काँक्रो खानुका १० भन्दा बढी फाइदा, क्यान्सरसँग लड्नदेखि र गिजाको समस्या समाधान

    काठमाडौं - गर्मी मौसममा काँक्रो सजिलै पाइन्छ । पानीको मात्रा प्रशस्त हुने काँक्रोको सेवनले हाम्रो स्वास्थ्यलाई धेरै फाइदा गर्छ । काँक्रो सलाद तथा अचारको रूपमा पनि प्रयोग गरिन्छ ।

    gokul-baskota-6.jpg

    यसमा भिटामिन ए, बी वान, बी सिक्स, सी, डी, पोटासियम, फस्फोरस , आइरन आदि प्रशस्त मात्रामा पाइन्छ । यसबाहेक काँक्रोमा कार्बोहाइड्रेट, क्याल्सियम, फलाम, सल्फर प्राप्त गर्न सकिन्छ। यसमा पानीको मात्रा झण्डै ९४ देखि ९६ प्रतिशतसम्म हुन्छ।  

    k.jpg

    यसले शरिरमा पानीको मात्रा कम हुने समस्याबाट टाढा राख्छ । यसमा ‘इरेप्सिन’ नामक एम्जाइम हुन्छ जुन प्रोटिनले पचाउन सहयोग गर्छ । नियमित रूपमा काँक्रो खाँदा स्वास्थ्यका लागि निकै लाभदायक हुने विज्ञहरूले पनि बताउने गरेका छन् । 

    - महिनावारी अनियमित तथा गडबडी भएका बेला पनि काँक्रोको सेवन गर्नुपर्छ।

    - शरिरमा पानीको मात्रा कम हुने समस्याबाट टाढा राख्छ ।

    -  काँक्रोले शीतलता प्रदान गर्ने भएकाले पनि यसको प्रयोग गर्मी मौसममा बढी गरिन्छ।

    - काँक्रोले फियो र पाचनथैलीलाई कमजोर हुनबाट बचाउछ ।

    - काँक्रो एन्टिअक्सिडेन्टले हुने भएकाले रोगप्रतिरोधी क्षमतामा वृद्धि गर्छ  ।

    - काँक्राको टुक्राले आँखामा राखेमा रातोपना र सुन्निएको कम हुन्छ । 

    - यसको सेवनले मुख र गिजाको समस्या समाधान गर्छ ।

    - उच्चरक्तचाप भएकाले पनि काँक्राको नियमित सेवन गर्दा फाइदा हुन्छ।

    - काँक्रोमा पाइने तत्वहरुले क्यान्सरसँग लड्न सहयोग पुर्याउछ । 

    - यसमा पाइने फाइबर र पानीले खाना पचाउछ । 

    - काँक्रो मधुमेहका बिरामीहरुका लागि पनि फाइदाजनक हुन्छ । 

     - काँक्रोको नियमित सेवनले कोलेस्टेरोलको मात्रा सन्तुलित राख्दछ।
     


    आषाढ १७, २०७८ बिहिवार २१:२९:४२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # काँक्रो
  • गर्मीले निद्रा नलागेर तनावमा हुनुहुन्छ ? खानुहोस् यी खानेकुराहरु

    श्रावण ७

  • 1.3K
    SHARES
  • गर्मीले निद्रा नलागेर तनावमा हुनुहुन्छ ? खानुहोस् यी खानेकुराहरु

    काठमाडौं - अहिले गर्मीको मौसम छ । यो मौसममा गर्मीका कारण शरीर आलस्य हुने, थकाई लाग्ने र काम गर्न जाँगर नचल्ने हुन्छ । गर्मी मौसम खाना पनि नरुच्ने हुन्छ । गर्मीमा खानपिनमा विशेष ध्यान दिन नसक्दा विभिन्न समस्या पनि देखिन्छन् । 

    त्यसैले यो मौसममा नियमित खानपानमा विशेष ध्यान दिनुपर्छ। गर्मीका कारण निद्रा पनि नलाग्ने हुन्छ । यदि तपाईलाई पनि गर्मीका कारण निद्रा नलाग्ने समस्या छ भने केही उपायहरु छन् । 

    यदि हाम्रो आहारमा कमी आएमा पाचन प्रक्रियामा गडबडी हुन्छ र निद्रा पनि लाग्दैछ । यस्तो बेला हामिले भिटामिन, मिनरल्स तथा अन्य पोषक तत्त्वले भरपूर खानेकुरा खानुपर्छ । 

    आलु - तरकारीको राजा आलु हरेकको घरघरमा पाक्ने गर्छ । आलुले पनि निद्रा नलाग्ने समस्या हट्छ । निद्राको समस्या हुनेले आलु उमालेर वा भुटेर खानु राम्रो हुन्छ । आलु छिटो पच्ने भएकाले निद्रा चाँडै लाग्छ । 

    सजिवन - सजिवन बारे धेरैलाई थाहाँ नहुन सक्छ । यसले शरिरमा पानीको स्तरलाई कायम राख्न सहयोग पुर्याउछ ।  सजिवन खाँदा त्यसमा भएको ९५ प्रतिशत पानी र २५ प्रतिशत क्यालोरीले शरीरमा पानीको कमी हुन नदिई गर्मी हुनबाट टाढा राख्छ । 
     
    फर्सी - गर्मी मौसममा फर्सी पनि सजिलै पाइछ । गर्मी हटाउन फर्सीले धेरै सहयोग पुर्याउछ । फर्सीमा हुने ट्रिप्टोफानले शरीरमा अत्यावश्यक सेरोटोनिन उत्पादन गर्छ । दिमागमा हुने रसायन सेरोटोनिन हो । यसले मूड फ्रेश गर्नुको साथै उदासी हटाउँछ । जसका कारण निद्रा लाग्छ ।   

    लौका - लौका पनि सजिलै पाइने तरकारी हो । गार्मी हटाएर निद्रा लगाउन लौकाले सहयोग गर्छ । लौकाको सेवन गरेमा शरिरमा पानीको कमी हुँदैन । जसले गर्द अल्छि र निद्रा लाग्दैछ । गर्मीमा हरिया सागसब्जी, फल र लगातार पानी पिउनु राम्रो हुन्छ । 


    श्रावण ७, २०७८ बिहिवार २२:०१:४१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # निद्रा
  • अमेरिकाको जोन्सन खोप र चीनको भेरोसिल खोपमा के फरक छ ?  

    श्रावण ९

  • 1.6K
    SHARES
  • अमेरिकाको जोन्सन खोप र चीनको भेरोसिल खोपमा के फरक छ ?  

    काठमाडौं - नेपालमा पछिल्लो समय चीनबाट आएको भेरोसेल र अमेरिकाबाट आएको एक डोज लगाए हुने जोन्सन एन्ड जोन्सनको खोप लगाइदैछ । नेपाल सरकारले अहिले चीनबाट कोरोनाविरुद्धको भेरोसेल ल्याइरहेको छ । 

    सरकारले खरिद गरेको ४० लाख र अनुदानवापतको १६ लाख डोज कोरोनाविरुद्धको खोप ल्याउन थालेको हो ।  ४० लाख डोज खरिद गरिएको मध्ये यसअघि ८ लाख डोज ल्याइसकेको नेपालले बिहीबार र शुक्रबार थप १० १० लाख डोज खोप ल्याएको छ । 

    यसैबीच डा. रवीन्द्र पाण्डेले अमेरिकाको जोन्सन खोप र चीनको भेरोसिल खोपको फरक बारे बताएका छन् ।

    - जोनसन खोप रुघा लाग्ने एडेनो भाइरसमा कोरोना भाइरसका स्पाइक राखेर बनाइएको भेक्टर भ्याक्सिन हो भने भेरोसेल निष्क्रिय कोरोना भाइरस राखेर बनाइएको होल भाइरस भ्याक्सिन हो ।

    - जोनसन खोप १ पटक दिए पुग्छ भने भेरोसेल ३ देखि ४ हप्तामा २ पटक दोस्रो मात्रा दिनुपर्छ । - जोनसन खोप लगाएको २ हप्तापछि शरीरमा कोरोना भाइरसविरुद्ध एन्टिबोडी तयार हुन्छ भने भेरोसेल खोपको दोस्रो मात्रा लगाएको २ हप्तापछि एन्टिबोडी तयार हुन्छ ।

    - जोनसन खोपले दुर्लभ रुपमा रगत जम्ने वा स्नायु प्रणालीसम्बन्धि समस्या देखिएको छ भने भेरोसेल खोपका साइड इफेक्ट पारदर्शी रुपमा बताइएको छैन ।

    - जोन्सन खोप सामान्य लक्षण रोक्न ७२ %, सिकिस्त नबनाउन ९६ % र कोभिडबाट मृत्यु रोक्न १०० % प्रभावकारी छ  भने भेरोसेल खोप संक्रमण रोक्न ५० – ७९ % तथा सिकिस्त कोभिडबाट गम्भीर नबनाउन तथा मृत्यु रोक्न ९० % प्रभावकारी भनिएको छ ।

    - जोन्सन खोपलाई अमेरिका, युरोप, अष्ट्रेलियालगायतका देशमा मान्यता छ भने चीनको खोपलाई चीन, अरबियन / अफ्रिकन देशमा मान्यता दिइएको छ | खोपको व्यापारिक तथा राजनैतिक प्रतिष्पर्धाको कारण अहिले मान्यता जे भएपनि केहि समयपछि सबै खोपको मान्यता सबैतिर हुनेछ ।

    - दुवै खोपले कोरोना संक्रमण सरेपनि गम्भीर हुने वा मृत्यु हुने सम्भावनालाई नगण्य बनाउँछन् । - ज्वरो आउने, शरीर दुख्ने, झुम्म हुने लगायतका साइड इफेक्ट दुवै खोपमा हुन्छ । जुन ३-४ दिनमा ठिक हुन्छ ।

    - रगतमा प्लेटलेटको समस्या, रगत जम्ने समस्या तथा स्नायु प्रणालीका बिरामीले जोनसन भन्दा भेरोसेल लिनु बढी सुरक्षित हुन्छ ।- तेस्रो लहरबाट बचाउन दुवै खोप सक्षम छन् ।

    - दुवै खोपले कति समयसम्म काम गर्छन भन्ने निश्चित छैन । समय बित्दै जाँदा मात्र खोपले काम गर्ने अबधि थाहा हुन्छ। - आफ्नो उत्पादनलाई सबैले राम्रो भन्ने तर अरुको उत्पादनमा दोष देख्ने विश्वव्यापी परम्परा भएपनि यी दुवै खोप WHO बाट मान्यता प्राप्त र दर्जनौं देशमा लगाइएका खोप हुन् ।

    - डेल्टा भेरिएन्टको लागि दुवै खोप प्रभावकारी छन् । - दुवै खोप करोडौं व्यक्तिले लगाएका छन् भने क्लिनिकल ट्र्याल पास गरेर बिकास भएका हुन् । - हाम्रो जस्तो देशमा मान्यता प्राप्त जुन खोप पाउन सम्भव छ, त्यहि लगाउनु बुद्धिमानी हुन्छ ।


    श्रावण ९, २०७८ शनिवार १०:४५:१६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • यी रोगका लागि अचुक ओखती नास्पती, यस्ता छन् फाइदाहरु  

    श्रावण १८

  • 946
    SHARES
  • यी रोगका लागि अचुक ओखती नास्पती, यस्ता छन् फाइदाहरु  

    काठमाडौं - गर्मीमा सजिलै पाइने फल हो नास्पती । प्रशस्त मात्रामा भिटामिन पाइने नास्पाति स्वादका लागि मात्रै होइन स्वास्थ्यको लागि पनि फाइदाजनक छ । 

    यसमा भिटामिन ए, बी, फोलिक एसिड, पोटासियम, फोस्फोरस लगायतका तत्वहरु पाइन्छ । गर्मीमा सितलता प्रदान गर्ने यस फल पत्थरी, कब्जियत लगायत धेरैको समस्या समाधान गर्छ । 

    pear.jpg
     
    नास्पतीका फाइदाहरु यस्ता छन् 

    तौल नियन्त्रण - नास्पतीको सेवन गर्नाले शरीरको तौल घटाउन सहगोग पुग्छ । यसमा फाइबर बढी पाइने भएकाले यसले भोक कम गराउँछ । जसले गर्दा तौल कम हुँदै जान्छ ।  

    पाचन प्रणालीमा सुधार - नास्पतीको सेवनले पाचन प्रणालीमा सुधार ल्याउछ । यसको सेवनले अन्य खना पचाउन सहयोग पुर्याउछ । 

    कोलेस्ट्रोल कम गर्छ  - नास्पतीको सेवनले कोलेस्ट्रोल कम गर्न सहयोग गर्छ । यसमा पाइने पेक्टिन र फाइबरले हाम्रो शरीरको कोलेस्ट्रोललाई नियन्त्रण गर्न सहयोग गर्छ ।

    कब्जियत कम गर्ने - नास्पतीको सेवनले कब्जियत कम गर्न सहयोग गर्छ । यसमा पाइने पेक्टिनले दिशालाई राम्रो बनाउछ । 

    पत्थरी कम - नास्पतिमा सेवनले पथ्थरीको समस्या समाधान गर्न सहयोग गर्छ । यसमा मेलिक नामक तत्व पाइन्छ । यसले हाम्रो शरीरमा पत्थरी हुन दिदैन । मृगौलामा रहेका फोहोरलाई बाहिर निकाल्न सहयोग गर्छ ।

    अन्य फाइदाहरु - नास्पतीको सेवनले घाँटीको समस्या समाधान, बाझोपन हटाउन सहयोग पुर्याउने, रगतमा चिनीको मात्रा नियन्त्रण गर्ने,छाती पोल्ने समस्याका लागि फाइदा पुग्ने, 


    श्रावण १८, २०७८ सोमवार २१:४४:२३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नास्पती
  • ताजा खबर