• Jan 27 2022 | २०७८, माघ १३गते

२०७८, माघ १३गते

गरीबको पेटमा लात हानेको महानगरले सरकारी जग्गामा  बनाएको अक्सिटेन्टल स्कुलको भवन कहिले भत्काउँछ ?

क्यानाडा नेपाल आषाढ १६ २०७८
  • 1.4K
    SHARES
  • images
    images
    गरीबको पेटमा लात हानेको महानगरले सरकारी जग्गामा  बनाएको अक्सिटेन्टल स्कुलको भवन कहिले भत्काउँछ ?

    काठमाडौं । कोरोनाभाइरस संक्रमणको दोस्रो लहर चरम अवस्थामा पुुगेका बेला कोभिड–१९विरुद्धको खोप आयातमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न मुलुकका समकक्षीहरुलाई फोनवार्ता र पत्राचारमार्फत सहजीकरण गरिदिन आग्रह गरिन् । जसको पक्ष र विपक्षमा आवाज उठ्यो । राष्ट्रपति भण्डारी क्षेत्राधिकारभन्दा बाहिर गएर खोप आयातमा क्रियाशील भएको आरोप लाग्यो ।

    images

    तर, उनी राष्ट्रको अभिभावक हुन् र मुलुक र जनतालाई कोरोनाबाट बचाउन कानुनले नदिए पनि पहल लिनु अनुचित होइन भन्ने आवाज बुलन्द रुपमा उठ्यो । र यसलाई मानवीयतासँग जोडेर राष्ट्रपति भण्डारीको कार्यलाई स्वीकारियो । अर्थात मुलुक र जनता संकटमा पर्दा कसैलाई हानि नहुने गरी उनीहरुको रक्षाका लागि काम गर्नु नाजायज होइन भन्ने बुझियो ।

    तर, जहाँ राष्ट्रपति भण्डारी बसेकी छन्, जहाँ कार्यकारी प्रधानमन्त्री बस्छन्, सोही महानगरमा कोरोना पीडितलाई खाना खुवाउन बनाएको भान्सामा डोजर चलाइयो, भत्काइयो, पकाउन राखिएको सामान जफत गरियो । 

    कानुनले नदिए पनि अभिभावकत्व ग्रहण गरेर राष्ट्रपति भण्डारी खोप आयातमा सक्रिय भइन् । त्यसरी नै कानुनले सरकारी जग्गा कब्जा गरेर टहरो बनाउन नपाइने गरेको व्यवस्थालाई बेवास्ता गरेर कोरोना पीडितलाई खाना खुवाउन भान्सा बनाइयो, सोही भान्साबाट गरीब, दुःखी, बेसहारा र कोरोना पीडित करिब  तीन सय जनालाई खाना बनाएर खुवाइएको थियो ।

    तर, काठमाडौं महानगरपालिकाले यही असार १४ गते सोमबार उक्त भान्सा भत्काइदियो, भएका रासन पानी, सहयोगका लागि राखिएका लत्ताकपडा, सिरक डस्ना, ग्याँस आदी सबै महानगरले नियन्त्रणमा लियो । 

    अनामनगरस्थित सिंहदरबार पूर्वीगेट अगाडिको खाली सरकारी जग्गामा पहिलो लकडाउन सुरु भएलगत्तै हाम्रो टिम नेपाल नामक संस्थाले टहरा बनाएर कोरोनाबाट प्रभावित भएका तीन सयबढीलाई निःशुल्क खाना खुवाउँदै आएको थियो । तर, यही असार १४ गते सोमबार महानगरको अग्रसरतामा प्रहरी लगाएर सो टहरा भत्काइदिँदै भएका सामानहरु नियन्त्रणमा लिएको थियो । उक्त जग्गा खाली राख्ने र त्यहाँ पार्क बनाउने योजनाअनुसार टहरा भत्काएर खाली गरिएको महानगरले बताएको छ । 

    तर, हाम्रो टिम नेपालले लकडाउन सकिएपछि जग्गा खाली गर्ने महानगरको २९ वडासँग गरिएको सहमतिविपरीत आफूहरुले बनाएको टहरा भत्काउने, सामान जफत गर्ने र आफ्ना सदस्यहरुलाई पक्राउ गरेर रिहा गरेको बताएको छ । 

    दैनिक गरीब, असहाय, दुःखी र कोरोना प्रभावित तीन सय जनालाई निःशुल्क खाना खुवाउने कार्यलाई अवरोध गरेको महानगरले हाम्रो टिम नेपाल बसेको स्थानबाट करिब पाँच सय मिटर पर रहेको महानगरको जग्गा कब्जा लिएर बनाएको स्कूलको भवन भत्काउन भने वर्षाैंदेखि सकेको छैन । 

    संसद बैठकदेखि सडकसम्मबाट सो जग्गा खाली गर्न दबाब सृजना काठमाडौं महानगरपालिका कानमा तेल हालेर सुतेर बसेको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ३२ अनामनगरस्थित सिट नम्बर ११०६–२१ कित्ता नम्बर १० को क्षेत्रफल १ रोपनी एक आना धोबीखोला नदी उकाशको सरकारी जग्गा कब्जागरी निजी विद्यालय ‘अक्सिडेन्टल पब्लिक स्कुल (ओपिएस)’ सञ्चालन भइरहेको छ ।

    मालपोत कार्यालय डिल्लीबजारमा रहेको जग्गाधनी स्रेस्तामा नेपाल सरकारको नाममा रहेको सो उक्त सरकारी जग्गा कब्जा गरेर जनतासँगै हजारौँ शुल्क लिने विद्यालय भत्काउन नसकेको महानगरले गरीबको पेटमा लात हानेसरी हुने गरी हाम्रो टिम नेपालको परोपकार कार्यलाई बन्द गराउन खोजेको छ । 

    तत्कालीन नापी विभागका उपमहानिर्देशक कृष्णराज अधिकारीको संयोजकत्वमा गठिन छानबिन प्रतिवेदनले स्कुलले चर्चेको कित्ता नम्बर ६३ को क्षेत्रफल ६ आना जग्गा र कित्ता नम्बर ६४ को क्षेत्रफल ८ आना धोबीखोला नदी उकाशको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको ठहर गरेपनि अक्सिडेन्टल स्कुलले कब्जा गरेर उपभोग गरिरहेको कित्ता नम्बर १० को क्षेत्रफल १ रोपनी एक आना जग्गा भने नेपाल सरकार कै नाममा रहेको जनाएको छ ।  

    सरकारको नाममा रहेको १७ आना र नदी उकाशको सरकारी जग्गाबाट व्यक्तिको नाममा दर्ता भइसकेको १४ आनागरी ३२ आना अर्थात करिब २ रोपनी जग्गा अहिले अक्सिडेन्टल पब्लिक स्कूलको कम्पाउण्डभित्र पर्छ ।

    यस्ता सरकारी जग्गा कब्जा भएका काठमाडौं प्रशस्त भेटिन्छन् । तर, महानगरले पार्क बनाउने योजनामै परोपकार कार्यमा केही दिनका लागि प्रयोग गरिएको टहरा भत्काउने कार्यको अहिले सर्वत्र विरोध भइरहेको छ । 


    आषाढ १६, २०७८ बुधवार १३:३९:४० बजे : प्रकाशित

    images
    images
    अर्कोसमाचार

    हिउँले मनाङका डाँडाकाँडा सेताम्य, माथिल्लाे क्षेत्र नजान पर्यटकलाई अनुराेध

  • 592
    SHARES
  • हिउँले मनाङका डाँडाकाँडा सेताम्य, माथिल्लाे क्षेत्र नजान पर्यटकलाई अनुराेध

    लमजुङ, १८ मंसिर -हिमाली जिल्ला मनाङका डाँडाकाँडा हिउँले सेताम्य बनेका छन् । माथिल्लो मनाङ र नार्पाभूमिका बस्तीमा बिहीबारदेखि हिमपात भइरहेको स्थानीयले बताएका छन् । माथिल्लो मनाङको थोराङलाफेदी, याकखर्क, बेसक्याम्प, तिलिचो क्षेत्रमा हिउँ परेको छ । मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाको बस्तीमा हिमपात भएको बताए ।

    images

    मनाङ ङिस्याङ गाउँपालिकाको हुम्देदेखि माथिल्लो भागमा हिउँ परेको छ । जिल्ला प्रशासन कार्यालय मनाङले उच्च पहाडी र हिमाली भूभागमा हिमपातका कारण तापक्रममा गिरावट आई चिसो वढ्न सक्ने हुनाले सतर्कता अपनाउन आग्रह गरेको छ । हिउँ परेपछी तल्लो क्षेत्रमा पनि चिसो बढेको छ । मनाङको ढिकुरपोखरी (३,२४० मि.) देखि माथिल्लो क्षेत्रमा हिमपात भइरहेको प्रजिअ आचार्यले बताए । हिउँ पर्न थालेपछि चिसो बढेको मनाङ ङिस्याङका छिरिङ गुरुङले बताए । 

    अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका प्रमुख लेखनाथ गौतमले माथिल्लो क्षेत्रमा हिमपात भएकाले पर्यटकलाई गन्तव्यतर्फ नजान भनिएको छ । उनले भने मौसममा सुधार आएपछि मात्र पर्यटकलाई गन्तव्यमा जान एक्याप मनाङले अनुरोध गरेको छ । 


    मंसिर १८, २०७८ शनिवार ०९:३२:५७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मनाङ

  • क्यानाडा नेपाल

    धोविखोलामा एक पुरुषको शव फेला

  • 820
    SHARES
  • धोविखोलामा एक पुरुषको शव फेला

    काठमाडौँ।  काठमाडौंको रातोपुल नजिकै धोविखोलामा एक पुरुषको शव फेला परेको छ । आइतबार दिउँसो धोविखोलमा शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

    images

    खोलामा घोप्टो परेको अवस्थामा शव फेला परेको हो । प्रहरीले शवलाई खोलाबाट बाहिर निकालेको छ भने पहिचान खुल्न बाकी रहेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


    मंसिर १९, २०७८ आइतवार १६:३७:४८ बजे : प्रकाशित

    प्रधानन्यायधिशको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले गरेको आन्दोलन कमजोर हुँदै

  • 468
    SHARES
  • प्रधानन्यायधिशको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले गरेको आन्दोलन कमजोर हुँदै

    प्रधानन्यायधिशको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले गरेको आन्दोलन कमजोर हुँदै गएको छ । प्रधानन्यायधिशको राजीनामा माग गर्दै बारले हरेक दिन बिहान सर्वोच्च परिसरमा धर्ना दिदै आएको छ । यसअघिको तुलनामा धर्नामा सहभागी हुनेहरुको संख्या पनि घट्दै गएको छ । 

    images

    न्यायधिशहरु पनि नियमित इजलाशमा जान थालेका छन् भने यसअघि आन्दोलनमा सहभागी वकिलहरु पनि बहसमा सहभागी हुन थालेका छन् । नेपाल बारकी उपाध्यक्ष रक्षा बस्यालले प्रधानन्यायधिशको राजीनामा माग गर्दै निरन्तर सर्वोच्चको गेटमा धर्ना दिइएको बताइन् । 

    उनले अव बारको आन्दोलनलाई शसक्त बनाउने दावी गरेकी छिन् । प्रधानन्यायाधीशको राजिनामा माग गर्दै कानून व्यवसायीहरुले गत कात्तिक १४ गतेदेखि निरन्तर रुपमा प्रदर्शन गर्दै आइरहेका छन् ।


    मंसिर २०, २०७८ सोमवार १४:५६:०३ बजे : प्रकाशित

    १४ महिने बालकलाई अपहरण गरि भारत तर्फ भाग्न लागेको युवक प्रहरीको फन्दामा

    पौष १०

  • 564
    SHARES
  • १४ महिने बालकलाई अपहरण गरि भारत तर्फ भाग्न लागेको युवक प्रहरीको फन्दामा

    जनकपुर, १० पुस-१४ महिने बालकको अपहरण गरेर भारततर्फ भाग्दै गरेको अवस्थामा एक युवकलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भारत बिहार राज्यको जिल्ला सितामढी ग्राम पञ्चायत बाजपट्टी-घर भई हाल धनुषाको जनकपुरधाम उपमहानगरपालिका-१६ पुल चोकस्थित डेरामा बस्दै आएका २५ वर्षीय सुरेश ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

    images

    बुधबार साँझ ७ बजे देखि हराएका रासलाल मुखियाका १४ महिने छोरा कृष्ण मुखियाको खोजतलास गर्ने क्रममा प्रहरी टोलीले बिहीबार अपराह्न करिब ४ बजे नगराईन नगरपालिका–२ स्थित नेपाल भारतको सीमाना नजिकै बच्चालाई लिएर भारत तर्फ भाग्दै गरेको अवस्थामा ठाकुर पक्राउ परेका हुन् । 

    प्रहरीले बालक कृष्ण मुखियालाई उद्धार गरी मुखीयाको आमा संगीता मुखियाको जिम्मा लगाएकाे छ । पक्राउ परेका भारतीय युवक सुरेश ठाकुरलाई धनुषा जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक मुद्दा शीर्षकमा म्याद थप गरी थप अनुसन्धन कार्य भई रहेको धनुषा प्रहरीले जनाएको छ ।


    पौष १०, २०७८ शनिवार ०८:१४:५७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अपहरण
  • सिम भञ्ज्याङको सडक खण्डमा दोस्रोपटक हिमपात, सवारी साधन बिच बाटोमै रोकिए

    सिम भञ्ज्याङको सडक खण्डमा दोस्रोपटक हिमपात, सवारी साधन बिच बाटोमै रोकिए


     काठमाडौं, ७ माघ (गत १४ पुस पछि पुनः  मकवानपुरको सिमभञ्ज्याङमा हिमतपात भएको छ। बिहीबार राति देखी भएको हिमपातका कारण त्रिभुवन राजपथ अवरुद्ध हुन पुगेको छ ।

    images

    सिमभञ्ज्याङमा क्षेत्रमा झन्डै ३ किलोमिटरसम्मको सडक क्षेत्रमा हिउँ परेका कारण शुक्रबार बिहानदेखि नै त्रिभुवन राजपथ भएर चल्ने सबैजसो सवारी साधन रोकिन पुगेका छन । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको छ।
     


    माघ ७, २०७८ शुक्रवार ०८:५३:३० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # हिमपात

  • क्यानाडा नेपाल

    भन्सार एजेन्टको लिखित परिक्षा पनि स्थगित 

    भन्सार एजेन्टको लिखित परिक्षा पनि स्थगित 

    काठमाडौ, ७ माघ -कोरोना महामारीको कारण देखाउँदै भन्सार एजेन्टको लिखित परिक्षा स्थगित भएको छ । 

    images

    भन्सार बिभागले यसअघि तय गरेको २९ माघको पुर्व निर्धारित मितिमा परिक्षा सञ्चालन गर्न नसकिने भन्दै स्थगित गरेको हो । स्थगित परिक्षा परिस्थीति सहज हुने  बितिक्कै पुनः सञ्चालन गरिने भन्सार बिभागले जनाएको छ । यस अघि लोकसेवा, त्रिभुवन विश्वविद्यालयले पनि परिक्षा स्थगित गर्ने निर्णय गरिसकेका छन ।   


    माघ ७, २०७८ शुक्रवार ०९:५३:४२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भन्सार एजेन्ट

  • क्यानाडा नेपाल

    images
    images
    images
    images
    ताजा खबर