आश्विन १७, २०७९ सोमबार | Mon Oct 3 2022

थप २६३६ जनामा कोरोना संक्रमण, २० जनाको मृत्यु



काठमाडौं । सरकारले पछिल्लो २४ घण्टामा २ हजार ६३६ जनामा कोरोनाभाइरस संक्रमण भएको जानकारी दिएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार अपरान्ह दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा गरिएको कूल ११ हजार ७४८ परीक्षणमा २ हजार ६३६ जनामा कोरोनाभाइरस पोजेटिभ देखिएको हो । 

मन्त्रालयकाअनुसार ७,२५९ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ७२८ र ४ हजार ४८९ एन्टिजेन परीक्षणमा ९०८ जनामा कोरोना संक्रमण देखिएको हो । 

पछिल्लो २४ घण्टामा ४ हजार ४८९ जना कोरोनाभाइरस संक्रमणमुक्त भएको छन् भने सोही अवधिमा २० जना संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : असार १५, २०७८ मंगलबार  ११ : २८ बजे