काठमाडौं – मंगलबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । सोमबार स्थिर रहेको सुनको मूल्य आज तोलामा एक सय रुपैयाँले घटेको हो ।
सोमबार प्रतितोला ९० हजार ७ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज केही घटेर तोलाको ९० हजार ६ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्यपनि घटेर तोलाको १ हजार ३ सय रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया