आश्विन १७, २०७९ सोमबार | Mon Oct 3 2022

२४ घण्टामा २४४४ जनामा कोरोना संक्रमण, ४२ जनाको मृत्यु



काठमाडौं ।  सरकारले पछिल्लो २४ घण्टामा देशभर २ हजार ४४४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार अपरान्ह दिएको जानकारीअनुसार मुलुकभर गरिएको कूल ११ हजार ६४० परीक्षण गर्दा २ हजार ४४४ जनामा कोरोना पोजेटिभ देखिएको हो । 

६ हजार ६४८ पीसीआर परीक्षण गर्दा एक हजार ५०९ जनामा र ४ हजार ९९२ एन्टिजेन परीक्षणमा ९३५ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जानकारी दिएको छ । 

यस्तै, पछिल्लो २४ घण्टामा ३ हजार ८५३ जना कोरोना संक्रमणमुक्त भएका छन् भने सोही अवधिमा ४२ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ५१ पुगेको छ ।

प्रकाशित मिति : असार १४, २०७८ सोमबार  ११ : २८ बजे