काठमाडौं – बिहिबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबार तोलामा ३ सय रुपैयाले घटेको सुनको मूल्य आज तोलामा २ सय रुपैयाले घटेको हो ।
बुधबार प्रतितोला ९० हजार ७ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर तोलाको ९० हजार ५ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य स्थिर रही तोलाको १ हजार २ सय ९५ रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया