• Sep 24 2021 | २०७८, आश्विन ८गते

२०७८, आश्विन ८गते

भूतपूर्व गोर्खा सैनिक तुलबहादुर पुनको नाममा बेलायती रेल सञ्चालन 

आषाढ १० २०७८
  • 1.4K
    SHARES
  • भूतपूर्व गोर्खा सैनिक तुलबहादुर पुनको नाममा बेलायती रेल सञ्चालन 

    लण्डन - बेलायतमा भूतपूर्व गोर्खा सैनिक तुलबहादुर पुनको नाम अङ्कित रेल सञ्चालनमा आएको छ । गत वर्ष नै बेलायतको ग्रेट वेस्टर्न रेलवे सेवाले बेलायतको प्रतिष्ठित भिक्टोरिया क्रस (भिसी) पाउनुभएका भूतपूर्व गोर्खा सैनिक पुनको नाम अङ्कित एक रेल सञ्चालन गर्ने जनाएको थियो ।

    images

    लण्डनको प्याडिङ्टन रेलवे स्टेशनमा बुधबार बिहान एक समारोहबीच रेलवे सञ्चालक ग्रेट वेस्टर्न रेलवेले भिसी पुनको नाममा एक रेल सेवाको नामकरण गरी सञ्चालन गरेको हो । बिहान १० बजे शुरु भएको उक्त समारोहमा लामो समयदेखि भूपू गोरखा सैनिकका हक हितका लागि सङ्घर्षरत बेलायतकी चर्चित नायिका जोअना लुम्ले पनि सहभागी हुनुहुन्थ्यो । 

    by.jpg

    लुम्लेका पिता जेम्स रुथफोर्ड लुम्ले पनि तुलबहादुरसँगैको बटालियनमा कार्यरत हुनुहुन्थ्यो । आफू सानै छँदा भिसी पुनलाई भेट्दा आफ्ना बाबाको हालखबर सोध्नुभएको र त्यो बेला आफूले बाबा गुमाइसकेको बताउँदा ‘अब तिमी मेरी छोरीसरह नै हौ’ भनेर आफूलाई परिवारकै सदस्यको दर्जामा राखेको भावनात्मक भनाइले मन छोएको  कहिलै भुल्न नसकेको नायिका लुम्लेले बताउनुभएको गैरआवसीय नेपाली सङ्घ यूकेका पूर्वअध्यक्ष योगकुमार फगामीले बताउनुभयो ।

    कार्यक्रममा भिसी पुनका सुपुत्र अर्जुन तिलिजा र छोरी मेघकुमारी पुनसहित केही नेपालीको उपस्थिति थियो । भिसी पुनले भिक्टोरिया क्रस प्राप्त गरेको दिनको अवसरमा भएको उक्त कार्यक्रममा नेपाली समाजका धर्म तमाङ, ज्ञानराज राई, कृष्णबहादुर राई, धन गुरुङ, मनीकुमार राई र ग्यारी घलेको उपस्थित थियो ।

    johan-lumle-and-VC-Pun-.jpg

    व्यक्तिगत रूपमा तुलबहादुर पुनलाई सम्मान गरेको मात्र नभई यसले नेपाल र नेपालीले गौरव गर्नुपर्ने कार्य भएको फगामीले बताउनुभयो । बेलायतले नेपालप्रति गरेको सम्मानका रूपमा पनि हेरेको उहाँको भनाइ थियो । उहाँले यति राम्रो र उल्लेखनीय कार्य हुँदा यहाँका कुनै सरकारी निकायका प्रतिनिधि तथा भूपू गोर्खाका सङ्गठनका प्रतिनिधि र नेपाली सङ्घसंस्थाका प्रतिनिधिलाई समेत सामेल गराउन सकेको भए अझै सुनमा सुगन्ध हुने बताउनुभयो ।रासस
     


    आषाढ १०, २०७८ बिहिवार ०९:४३:२५ बजे : प्रकाशित

    images
  • सम्बन्धित विषय:

  • # तुलबहादुर पुन
  • अर्कोसमाचार

    इराकमा १२ नेपालीकाे हत्या भएको आज १७ वर्ष पूरा

  • 666
    SHARES
  • इराकमा १२ नेपालीकाे हत्या भएको आज १७ वर्ष पूरा

    काठमाडौं - आज इराक हत्याकाण्डको १७ वर्ष पूरा भएकाे छ । रोजगारीका लागि इराक पुगेका १२ नेपालीको १६ भदौ २०६१ मा हत्या भएको थियो ।  इस्लामिक संगठन अन्सर अल सुन्नाले हत्या गरेको थियो । सो घटनालाई लिएर वैदेशिक रोजगार व्यवसायी संघ-संस्थाले आजको दिनलाई कालो दिनमा रुपमा मान्ने गरेका छन् ।

    images

    ती नेपालीलाई काठमाडौंको मुनलाइट म्यानपावर कम्पनीले जोर्डनमा आकर्षक जागिरको लोभ देखाएर झुक्याउँदै इराक पुर्‍याएको थियो । घटना लगत्तै काठमाडौंलगायत देशका मुख्य सहरका म्यानपावर कम्पनी, सरकारी कार्यालयसँगै खाडी मुलुकका दूतावासमा नेपालीले आक्रण गरेका थिए ।

    नेपालीका लागि इराकमा वैदेशिक रोजगारी अवैध रहे पनि गैरकानुनी बाटोबाट कामदार लैजाने गरिन्छ । 

    घटनाको करिब एक वर्षपछि मात्र १२ मृतक परिवारका तर्फबाट सैन्य ठेक्कापट्टामा संग्लन कम्पनी केल्लोग ब्राउन एन्ड रुट (केबीआर) विरुद्ध मुद्दा दायर गरिएको थियो । र, लामो कानुनी लडाइँपछि पीडित परिवारले क्षतिपूर्ति पाएका थिए । १७ वर्ष अघिकाे त्याे क्रुर हत्या घटनाकाे घाउ भने आलाे नै छ ।न्युज कारखाना


    भाद्र १६, २०७८ बुधवार १०:५७:४५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # इराक

  • क्यानाडा नेपाल

    साइप्रसमा दुर्घटनामा परेर एक नेपाली युवकको निधन, एक घाइते

  • 1.2K
    SHARES
  • साइप्रसमा दुर्घटनामा परेर एक नेपाली युवकको निधन, एक घाइते

    काठमाडौं - साइप्रसमा एक नेपाली युवकको निधन भएको छ । निधन हुनेमा कपिलवस्तुका २४ वर्षीय तुलसी भुसाल रहेका छन् । उनको मंगलबार बेलुका मोटरसाइकल दुर्घटनामा परेर निधन भएको हो । 

    images

    उनीसँगै दुर्घटनामा परेकी सर्लाहीकी ३० वर्षीया मिरा घिसिङ गम्भीर घाइते भएकी छिन् । त्यहाँको प्रहरीका अनुसार उक्त दुर्घटना मोटरसाइकलको तिव्र गतिका कारण भएको जनाइएको छ । 

    दुर्घटनामा निधन भएका भुसालको शव अहिले लार्नाकाको मोरतुवारीमा राखिएको  गैरआवासीय नेपाली संघ (एनआरएनए) साइप्रसले जनाएको छ ।  


    भाद्र १७, २०७८ बिहिवार १३:४३:०१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # साइप्रस

  • क्यानाडा नेपाल

    न्यूयोर्कमा बाढीका कारण एकै परिवारका ३ नेपालीको निधन  

  • 604
    SHARES
  • न्यूयोर्कमा बाढीका कारण एकै परिवारका ३ नेपालीको निधन  

    काठमाडौं - अमेरिकामा आइडा नामक आँधी र भीषण बर्षासँगै आएको बाढीका कारण हालसम्म ४० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । बाढीले अमेरिकाको न्यूयोर्क र न्यु जर्सीमा बढी प्रभाव पारेको छ । 

    images

    यस्तै उक्त बाढीमा परेर एकै परिवारका तीन जना नेपालीको पनि मृत्यु भएको छ । मृत्यु हुनेमा सोलुखुम्बु दुधकुण्ड नगरपालिका–२ जुनवेशी घर भइ हाल न्युयोर्कमा बस्दै आएका आङ गेलु लामा, उनकी पत्नी मिङमार शेर्पा र १९ महिनाको छोरा लोप्साङ लामा रहेका छन् । 

    उनीहरुको बाढीमा परेर मृत्यु भएको युनाइटेड शेर्पा एसोसिएशन (यूएसए) ले जनाएको छ । न्युयोर्कको उडसाइडस्थित एउटा घरको वेसमेन्टमा बस्दै आएका उनीहरु सुतेको समयमा बाढी पसेको बतायएको छ । 

    sa.JPG


     


    भाद्र १८, २०७८ शुक्रवार ११:५२:२४ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # न्यूयोर्क

  • क्यानाडा नेपाल

    मलेसियाबाट २० नेपालीको शव र अस्तु नेपाल ल्याइयो

  • 458
    SHARES
  • मलेसियाबाट २० नेपालीको शव र अस्तु नेपाल ल्याइयो

    काठमाडौं - मलेसियामा ज्यान गुमाएका २० नेपालीको शव र अस्तु काठमाडौँ ल्याइएको छ । मलेसियाका विभिन्न स्थानमा ज्यान गुमाएका २० नेपालीको शव र अस्तु शनिवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको हो । 

    images

    जसमा ८ जनाको नेपालीको शव रहेको छ भने १२ जनाको अस्तु रहेको छ ।  नेपाल एयरलाइन्सको वाइडबडीको विमानमार्फत मलेसियाबाट ल्याइएको शवमध्ये ८ शव मृतकको घरसम्म पठाइएको छ । 

    कोरोनाभाइरसपछि मलेसियामा नियमित उडान नभएका कारण रोकिएका शव एकै पटक सङ्कलन गरेर ल्याउने गरिएको वैदेशिक रोजगार बोर्डले जनाएको छ। कोरोनाका कारण मृत्यु हुनेको अस्तु मात्रै ल्याइएको  बताइएको छ । 


    भाद्र २०, २०७८ आइतवार १४:१४:३० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मलेसिया

  • क्यानाडा नेपाल

    विवाह गरेर अमेरिका गएका २६ बर्षीय सुमनको निधन

  • 1.2K
    SHARES
  • विवाह गरेर अमेरिका गएका २६ बर्षीय सुमनको निधन

    काठमाडौ - अमेरिकामा एक नेपाली युवकको निधन भएको छ । निधन हुनेमा २६ बर्षीय सुमन पोख्रेल रहेका छन् । 

    images

    विगत ४ बर्ष देखि क्यालिफोर्नियामा बस्दै आएका सुमनको शनिवार अस्पतालमा उपचारको क्रममा निधन भएको हो । 

    उनको अस्पतालमा भर्ना भएकै दिन निधन भएको हो । उनी गएको बर्ष नेपाल आएर विवाह गरी फर्किएका थिए । 

    उनको दाह संस्कार गर्नको लागि दि ह्वाइट जोन क्यालिफोर्निया नामक गैर मुनाफा सामाजिक संस्थाले फण्ड मीमा खाता खोलेको छ ।
     


    भाद्र २०, २०७८ आइतवार २०:३८:१० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अमेरिका

  • क्यानाडा नेपाल

    कुवेतमा बालुवाको ढिस्कोले पुरिएर दुई नेपालीको निधन

  • 506
    SHARES
  • कुवेतमा बालुवाको ढिस्कोले पुरिएर दुई नेपालीको निधन

    काठमाडौं । कुवेतमा दुई नेपालीको निधन भएको छ । कुवेतको निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थलमा काम गर्ने क्रममा ढिस्कोले पुरिएर २ जना नेपालीका निधन भएको हो । 

    images

    निधन हुनेमा झापाको गोलधाप–१ र चकचकी–६ का यम बहादुर कटुवाल र सुकलाल राजवंशी रहेका छन् । उनीहरुको गहिरो खाल्डोमा भूमिगत पाइप मर्मत गर्ने क्रममा माथिबाट बालुवाको ढिस्को खस्दा घटनास्थलमै निधन भएको हो । 

    उक्त घटनामा रोल्पाका सर्वजित महरा घाइते भएका छन् । झापाका दुई नेपालीको गएको बुधबार भएको घटनामा निधन भएको हो । 
     


    भाद्र २५, २०७८ शुक्रवार १३:२४:५२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कुवेत

  • क्यानाडा नेपाल