काठमाडौं – बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबार तोलामा ६ सय रुपैयाले बढेको सुनको मूल्य आज तोलामा ३ सय रुपैयाले घटेको हो ।
मंगलबार प्रतितोला ९१ हजार रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर तोलाको ९० हजार ७ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य तोलाको १ हजार २ सय ९५ रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया