काठमाडौं – मंगलबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबार तोलामा ४ सय रुपैयाले बढेको सुनको मूल्य आज तोलामा ६ सय रुपैयाले बढेको हो ।
सोमबार प्रतितोला ९० हजार ४ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर तोलाको ९१ हजार रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य तोलाको १ हजार ३ सय रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया