काठमाडौं – सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबार तोलामा ८ सय रुपैयाले घटेको सुनको मूल्य आज तोलामा ४ सय रुपैयाले बढेको हो ।
आइतबार प्रतितोला ९० हजार रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर तोलाको ९० हजार ४ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ८९ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य तोलाको १ हजार २ सय ९५ रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया