• Aug 01 2021 | २०७८, श्रावण १७गते

२०७८, श्रावण १७गते

सिन्धुपाल्चोकमा बाढीले बगाउँदा दुई चिनियाँ र एक भारतीयको मृत्यु

आषाढ ३ २०७८
  • 874
    SHARES
  • सिन्धुपाल्चोकमा बाढीले बगाउँदा दुई चिनियाँ र एक भारतीयको मृत्यु

    सिन्धुपाल्चोक - सिन्धुपाल्चोकको उत्तरपश्चिम गाउँ हेलम्बु र भोताङको शीरबाट बगेका दुई छुट्टाछुट्टै नदीबाट आएको बाढीले बगाउँदा तीन विदेशीको मृत्यु भएको छ । 

    हेलम्बुबाट बग्ने मेलम्ची खोला र भोताङबाट बग्ने इन्द्रावती खोलामा आएको बाढीले बगाउँदा दुई चिनियाँ र एक भारतीय नागरिकको मृत्यु भएको पुष्टि भएको हो । बाढीले बगाएका १३ जना अझै बेपत्ता छन् ।

    जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका अनुसार मृत्यु हुनेमा भारतीय नागरिक कमल लोचन महत्तो, चिनियाँ नागरिक यु चि झु र गोड टियान छियो छन् । मेलम्ची खोलामा आएको बाढीमा परेर २० जना बेपत्ता भएको प्रारम्भिक तथ्याङ्क थियो । पछि चार जना सम्पर्कमा आएका थिए । 

    हाल १३ जना बेपत्ता भएको जिल्ला विपद व्यवस्थापन समितिका संयोजक एव प्रमुख जिल्ला अधिकारी अरुणप्रसाद पोखरेलले जानकारी दिनुभयो ।बाढीमा फसेका ७४ जनाको नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरेको छ ।रासस


    आषाढ ३, २०७८ बिहिवार २०:०५:०३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सिन्धुपाल्चोक
  • अर्कोसमाचार

    देवघाटमा रेबिजका कारण चार गाई मरे

    श्रावण १६

  • 280
    SHARES
  • देवघाटमा रेबिजका कारण चार गाई मरे

    चितवन - भरतपुर महानगरपालिका–१ देवघाटमा गाईमा रेबिजको लक्षण देखिएसँगै त्यस आसपासमा रहेका पशु चौपायलाई रेबिजविरुद्धको सुई लगाइएको छ।
     
    महानगरका पशु विकास अधिकृत मेघराज ढकालका अनुसार देवघाट क्षेत्रमा रेबिज रोगका कारण चारवटा गाई मरेका हुन्। मरेका गाईमा रेबिजको लक्षण देखिएसँगै त्यस आसपासमा रहेका पशु चौपायलाई रेबिजविरुद्धको सुई लगाइएको उनले जानकारी दिए। 
     
    उनले भने, “देवघाटमा मरेका गाईमा रेबिजको लक्षण देखिएकाले त्यस क्षेत्रका २४ वटा गाईमा रेबिजको खोप लगाइएको छ।” गाई मरेको खबर पाएसँगै पशु चिकित्सकसहितको टोलीले सो क्षेत्रको अध्ययन गर्दा ती गाई रेबिजले मरेको पाइएको हो। महानगरको पशु शाखामा रहेको ६० डोजले नपुगेर खरिद गरी तत्काल ती पशुलाई पाँच डोजको दरले खोप लगाइएको छ। 

    सो क्षेत्रमा छाडारुपमा गाई छाडिएका छन्। घरमा पनि गाई पालिएको छ। पुण्यभूमि भएकाले देवघाटमा बसोबास गर्नेले पशुचौपाया पाल्दा गाईनै पाल्ने गर्दछन्। उनका अनुसार रामपुर क्षेत्रमा पनि तीनवटा भँैसी मरेको भए पनि ती भैँसीको कारणले मरेका हुन् भन्ने विषयमा भने अध्ययन भइरहेको छ। अन्य क्षेत्रमा भने त्यस्तो समस्या नदेखिएको उनले जानकारी दिइन्।रासस   
     


    श्रावण १६, २०७८ शनिवार १४:०८:५८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # रेबिज
  • देशका यी स्थानमा आज मेघगर्जनसहित ठुलो पानी पर्ने 

    श्रावण १७

  • 346
    SHARES
  • देशका यी स्थानमा आज मेघगर्जनसहित ठुलो पानी पर्ने 

    काठमाडौं । आईतबार देशभर सामान्य बदली रही प्रदेश १ का केहि स्थानहरुमा र बाकी प्रदेशका एक-दुई स्थानहरुमा हल्का देखि मध्यम पानी परिरहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको देखिन्छ । 

    आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ । कर्णाली, लुम्बिनी, गण्डकी र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जनसहित ठुलो पानी पर्ने सम्भावना रहेको छ।  

    त्यस्तै आज राति देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ । प्रदेश १, गण्डकी, लुम्बिनी र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना ठुलो पानी पर्ने सम्भावना रहेको छ।  
     


    श्रावण १७, २०७८ आइतवार ०६:२६:३० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मौसम
  • बाबु पारस विवादमा परेपछि छोरी कीर्तिकाले दिइन् यस्तो प्रतिक्रिया - 'प्रहरीले अपमानजनक ब्यबहार गर्‍यो'

    श्रावण १७

  • 650
    SHARES
  • बाबु पारस विवादमा परेपछि छोरी कीर्तिकाले दिइन् यस्तो प्रतिक्रिया - 'प्रहरीले अपमानजनक ब्यबहार गर्‍यो'

    काठमाडौं - शुक्रबार साँझ पूर्वयुवराज पारस शाह सडकमा हेल्मेट नलगाई मोटरसाइकल चलाउदा विवादमा आएका थिए । महाराजगञ्जमा हेल्मेट नलगाई मोटरसाइकलमा हिडेपछि उनलाई ट्राफिक प्रहरीले रोकेको थियो । 

    ट्राफिक प्रहरीले सोधपुछ गर्न खोज्दा उनले जान्न जान्न भन्दै प्रहरीमाथि नै दुर्व्यवहार गरेका थिए । उनलाई प्रहरीले सोधपुछ गर्दाको भिडियो पनि सामाजिक सञ्जालमा भाइरल बन्यो । भिडियोमा जान्न जान्न भन्दै कराएको आवाज प्रष्ट सुनिन्छ । 

    यस्तै पारसलाई ट्राफिक प्रहरीले रोकेपछि उनकी छोरी कीर्तिका शाहले आफ्नो प्रतिक्रिया सामाजिक सञ्जाल ट्वीटरमार्फत दिएकी छिन् । उनले ट्वीटरमा बाबु पारसमाथि प्रहरीले अपमानजनक ब्यबहार गरेको बताएकी छिन् । 

    उनले लेखेकी छिन् - 'हेलमेट छुटेको बिषयलाई प्रहरीले मर्यादापूर्वक व्यवहार गरि आफ्नो ड्युटी पूरा गर्नु पर्नेमा अपमानजनक ब्यबहार गरेको छ।'


    श्रावण १७, २०७८ आइतवार ०७:५६:२२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # पारस शाह
  • कोरोनाबाट एकैपरिवारका तीन जनाको मृत्यु, बस्तीलाई सील गरियो 

  • 326
    SHARES
  • कोरोनाबाट एकैपरिवारका तीन जनाको मृत्यु, बस्तीलाई सील गरियो 

    उदयपुर  । उदयपुरको त्रियुगा नगरपालिका–२ खैजनपुरगाउँमा कोरोनाभाइरस संक्रमणबाट एकैपरिवारका तीन जनाको मृत्यु भएपछि बस्ती नै सील गरिएको छ । 

    दुई हप्ता अघि ४३ वर्षीय रमण पोखरेल, एक हप्ताअघि ३८ वर्षीय हेमराज पोखेरल र शुक्रबार राति ३६ वर्षीय देवी पोखरेलको मृत्यु भएपछि शनिबार रातिदेखि नै बस्ती नै सील गरिएको हो । 

    दुई हप्ता अघि खैजनपुरबासीमा रुघाखोकी र ज्वरो आउने क्रम सुरु भएको थियो । पाँच दर्जनभन्दा बढी स्थानीयहरु कोरोना संक्रमित भएपछि शनिबार रातिदेखि यही साउन २४ गतेसम्मका लागि पूरै गाउँ सील गरिएको स्थानीय तहले जानकारी दिएको छ । 

    कोरोना संक्रमण बढ्न थालेपछि आइतबार बिहानदेखि स्वास्थ्यकर्मीको टोली परिचालन गरेर सबै गाउँलेको पीसीआर र एन्टिजेन परीक्षण शुरु गर्न थालिएको छ । 


    श्रावण १७, २०७८ आइतवार ११:१३:५३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    राजतन्त्र पक्षधरको आवाज चुलिँदा किन पारस शाह विवादमा पर्छन् ?

  • 212
    SHARES
  • राजतन्त्र पक्षधरको आवाज चुलिँदा किन पारस शाह विवादमा पर्छन् ?

    काठमाडौं । पूर्वयुवराज परास शाह फेरि एकपटक विवादमा परेका छन् । दुई वर्षअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको घटनालाई स्मरण गराउने गरी पूर्वयुवराज शाह फेरि विवादमा परेका हुन् । 

    उनी जतिपटक विवादमा पर्छन्, त्यत्तिखेर मुलुकमा राजतन्त्र पक्षधरको चर्काे आवाज बुलन्द भइरहेको छ । हालै विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले संघीयता खारेज, धर्मनिरपेक्ष सम्बन्धमा जनमत संग्रह र गणतन्त्र आयातित एजेण्डा रहेको बताएपछि फेरि नेपाली राजनीति र समाजमा राजतन्त्रको विषयमा बहस भइरहेको छ । 

    तर, यही बेला राजतन्त्रको विराशत बोकेका पूर्वयुवराज पारस शाह भने सडकमा ड्युटीमा खटिएका सुरक्षाकर्मीसँगको विवादमा परेका छन् । 

    उनी यसरी विवादमा पर्नु सामान्यजस्तै भइसकेको छ । कुनै न कुनै विषयमा चर्चामा आइरहने पारस स्वयंले आफूलाई राजा बन्ने चाहना नरहेको सार्वजनिक रुपमा बताइसकेका छन् ।

     राजा बन्ने महत्वकांक्षासमेत नरहेका कारण उनी स्वतन्त्र नागरिकको हैसियतमा आफूलाई अभ्यस्त गराउन खोजेको देखिन्छ । तर, कतिपय अवस्थामा उनका कतिपय क्रियाकलाप कानुनले बर्जित गरेका विषयमा हुन्छन् । 

    यस्तै शुक्रबार साँझ हेलमेट नलगाई बाइक चलाएपछि ट्राफिक प्रहरीले रोकेपछि उनले उल्टै प्रहरीलाई गाली गरे । जसको आलोचना भरहेको छ । 

    महाराजगञ्जस्थित नारायणगोपाल चोकमा ट्राफिक प्रहरीले हेलमेट नलगाई बाइक चलाएपछि उनलाई रोकेको थियो । प्रहरीले चौकी लैजान खोज्दा पारसले एकहोरो जान्न, जान्न, जान्न भनेर प्रतिवाद गरेको सार्वजनिक भिडिओमा देख्न सकिन्छ । प्रहरी र पारसबीचको केहीबेरको वादविवादपछि समर्थकहरूले नारावाजी गर्दै पारसलाई प्रहरीको साथबाट छुटाएर लगेको भिडिओमा देखिन्छ । 

    सायद सामान्य नागरिक वा व्यक्तिको हकमा हुन्थ्यो भने यो चर्चामा आउने थिएन । ट्राफिक प्रहरीले कारबाहीबिना छाड्दैन थियो । तर, पूर्वयुवराज संलग्न भएको घटना  भएकै कारण यसले चर्चा पायो र यसको पक्ष र विपक्षमा मत जाहेर भइरहेका छन् । 

    तर,  पारसले प्रहरीमाथि गरेको यस्तो हर्कत भने यो पहिलो होइन । दुई वर्ष अघि २०७६ भदौ १ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा थाइल्यान्डमा रहेका आफ्ना पिता पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न जान लागेकी आमा कोमल शाहलाई बिदाइ गर्न पारसले प्रहरीमाथि दुर्व्यवहार गरेका थिए । 

    आफ्ना छोरा र भाञ्जालाई प्रहरीले अपमान गरेको भन्दै पूर्वयुवराज शाहले विमानस्थलको भीआईपी कक्षको सुरक्षामा खटिएका प्रहरी नायब निरीक्षक (सई) ईश्वर खत्रीलाई सार्वजनिकस्थलमै हातपात गरेका थिए । त्यत्तिखेर आमा कोमललाई विदाइ गर्न पारस छोरा हृदयेन्द्र, बहिनी प्रेरणा र भाञ्जा पार्थक सिंहसहित विमानस्थल पुगेका थिए । 

    विमानस्थल काण्ड : पारस शाहलाई उन्मुक्ति, गायिका आस्था राउतलाई पक्राउ पूर्जी विमानस्थल काण्ड : पारस शाहलाई उन्मुक्ति, गायिका आस्था राउतलाई पक्राउ पूर्जी

    जब मुलुकमा राजतन्त्र पक्षको आवाज सशक्त भइरहँदा पारस विवादमा पर्ने गरेका छन् । आफू राजा नबन्ने बताइसकेका पारसले पोखराको एक सडकमा ‘यो वादी, त्यो वादी, होइन नेपाली भन्नुस्’ भनेर केही व्यक्तिलाई भनेको भिडिओ पनि भाइरल बनेको थियो । 

    राजतन्त्र फर्काउने केही राजनीतिकको दलको सक्रियता र पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वको सरकारमाथि राजतन्त्र र हिन्दूराष्ट्र फर्काउन लागेको आरोप पनि लागेको थियो । यसरी जिम्मेवार राजनीतिक दलमाथि नै राजतन्त्र फर्काउन लागेको आरोपमा र सडकमा राजतन्त्रको पक्षमा सभाजुलुश भइरहेका बेला पारस भने विवादमा पर्ने गरेका छन् । 
     


    श्रावण १७, २०७८ आइतवार १२:५९:४१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राजतन्त्र

  • क्यानाडा नेपाल

    १० जना सवार डुंगा कर्णाली नदीमा डुब्यो 

  • 122
    SHARES
  • १० जना सवार डुंगा कर्णाली नदीमा डुब्यो 

    कैलाली । कर्णाली नदीमा १० जना सवार डुंगा डुब्दा तीन जना बेपत्ता भएका छन् ।

    कैलालीको मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने गाउँपालिका अन्तर्गत बिजौरा आउने क्रममा डुंगा पल्टिँदा तीन जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । 

    प्रहरीका अनुसार मोहन्याल गाउँपालिकाकी २० वर्षीया उर्मिला सलामी मगर, उनको १० दिनको बच्चा र २० वर्षीया पार्वती थापा बेपत्ता भएका छन् ।

    प्रहरीले बेपत्ताको खोजी तीब्र बनाएको छ । डुंगामा सवार १० जनामध्ये ७ जनाको उद्दार भएको प्रहरीको भनाइ छ ।


    श्रावण १७, २०७८ आइतवार १७:१९:४३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कर्णाली नदी

  • क्यानाडा नेपाल