• Aug 05 2021 | २०७८, श्रावण २१गते

२०७८, श्रावण २१गते

बीएण्डसीबारे फैलाइएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण, दुर्गा प्रसाईंद्वारा यथार्थ विवरण सार्वजनिक 

क्यानाडा नेपाल आषाढ ३ २०७८
  • 1.1K
    SHARES
  • बीएण्डसीबारे फैलाइएको भ्रमप्रति गम्भीर ध्यानाकर्षण, दुर्गा प्रसाईंद्वारा यथार्थ विवरण सार्वजनिक 

    काठमाडौं । झापाका रहेको बिएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.ले बिएण्डसी हस्पिटलले आफूसँग सम्बन्धित भ्रामक, कपोकल्पित, असत्य र झुठा अनर्गलरुपमा प्रकाशन तथा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

    कार्यकारी निर्देशक दुर्गा प्रसाईंले यथार्थ विवरण सार्वजनिक गर्दै विभिन्न संचार माध्यमहरु मार्फत केही स्वास्थ्य र शिक्षाको ठेक्का लिएका हौं भन्ने व्यक्तिहरुले निरन्तर रुपमा झुठा विवरण उल्लेख गरि पटक पटक भ्रमपूर्ण लेखहरु प्रकाशन गरेको र गलत तथ्यमा आधारित भई निरन्तर रुपमा समाचारहरु प्रकाशन तथा प्रशारण भईरहेको प्रति यस संस्थाको गम्भिर ध्यानाकर्षण भएको जनाएका हुन् । 

    ‘यस संस्थाले साविक कायम रहेको निजी लगानीमा संचालन गरिने प्राविधिक महाविद्यालय (कलेज/क्याम्पस) सम्बन्धमा बनेको आधारभूत नीति २०६३ का आधारमा सम्पूर्ण मापदण्ड पूरा गरि कलेजको सम्बन्धनका लागि राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ जारी हुनु अगावै २०७३ फागुन १५ गते काठमाडौं विश्वविद्यालयसमक्ष दिएको निवेदनका आधारमा काठमाडौं विश्वविद्यालयको सभाको ८९औं बैठकले यस संस्थालाई एमबिबिएस कार्यक्रम सञ्चालनका लागि सम्बन्धन प्रक्रिया अगाडि बढाउने निर्णय गरेबमोजिम काठमाडौं विश्वविद्यालयका विज्ञहरु सम्मिलित टोलीले मिति २०७८ वैशाख २२देखि २६ गतेसम्म कलेजेको प्रारम्भिक निरीक्षण गरि पेस गरेको प्रतिवेदनसमेतका आधारमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को दफा १३(६)बमोजिम सम्बन्धनको लागि सहमति दिने र सिट संख्यासहित स्वीकृतिका लागि निर्णय गर्नका लागि राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५को दफा १३(६) बमोजिम यस बिएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.लाई सम्बन्धन प्रदान गर्न चिकित्सा शिक्षा आयोगमा निमानुसार काम कारबाही अगाडि बढाएको विषयलाई अतिरञ्जित गरिएको छ’, जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

    बीएण्डसीलाई दिएको सम्बन्धन अदालतले खारेज गरेको भनेर अनर्गल रुपमा गरिएको प्रचारमा विश्वास नगर्न कार्यकारी निर्देशन प्रसाईंले आग्रह गरेका छन् । बीएण्डसीलाई दिएको सम्बन्धन खारेज नभएको, बीएण्डसी कानुनसम्मत चलेको भन्दै प्रसाईंले हालसम्म अदालतको आदेश र  काठमाण्डौ विश्व विद्यालयले गरेका निर्णयबारे स्पष्ट पारेका छन् । 

    बिहीबार प्रेस विज्ञप्ति जारी गरेर उनले हालसम्म के के भए, सम्बन्धित् निकायले केकस्तो निर्णय गर्‍यो, अदालतबाट कस्तो आदेश जारी भयो र यी सबैलाई बंग्याएर बीएण्डसीबारे के कस्तो अनर्गल र झुठा प्रचारबाजी भए भन्नेबारेमा स्पष्ट र बुंदागत रुपमा सार्वजनिक गरेका छन् । 

    बिहीबार प्रसाईंद्वारा जारी प्रेस विज्ञप्तिको पूर्णपाठ :

    यस वि.एण्ड सी. मेडिकल कलेज टिचिङ्ग हस्पिटलका तर्फबाट सम्मानित सर्वोच्च अदालतमा दायर ०७७–डब्लूओ–०३२४ जनित उत्प्रेषण मुद्दामा सम्मानित सर्वोच्च अदालतबाट मिति २०७७।७।१८ मा जारि अन्तरिम आदेश, उक्त मुद्दाको काम कारवाही र यस संस्थाको सम्वन्धन समेतका विषयमा विभिन्न संचार माध्यमहरु मार्फत केही स्वास्थ्य र शिक्षाको ठेक्का लिएका हौं भन्ने व्यक्तिहरुले निरन्तर रुपमा झुठा विवरण उल्लेख गरि पटक पटक भ्रमपूर्ण लेखहरु प्रकाशन गरेको र गलत तथ्यमा आधारित भई निरन्तर रुपमा समाचारहरु प्रकाशन तथा प्रशारण भईरहेको प्रति यस संस्थाको गम्भिर ध्यानाकर्षण भएको छ ।

    सर्वप्रथम,  यस संस्थाले साविकमा कायम रहेको निजी लगानीमा संचालन गरिने प्राविधिक महाविद्यालय (कलेज/क्याम्पस) सम्वन्धमा बनेको आधारभुत नीति, २०६३ का आधारमा सम्पूर्ण मापदण्ड पूरा गरि कलेजको सम्वन्धनका लागि राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ जारि हुनुभन्दा तिन वर्ष अगावै श्री काठमाण्डौ विश्व विद्यालय समक्ष कलेजको सम्वन्धनको लागि दिएको निवेदनका आधारमा काठमाण्डौं विश्व विद्यालयको सभाको ८९ औं बैठकले यस संस्थालाई एमविविएस कार्यक्रम संचालनका लागि सम्वन्धन प्रक्रिया अगाडि बढाउने निर्णय गरेबमोजिम काठमाण्डौं विश्व विद्यालयका विज्ञहरु सम्मिलित टोलीले मिति २०७८ बैशाख २२ देखि २६ गते सम्म कलेजको प्रारम्भिक निरिक्षण गरि पेश गरेको प्रतिवेदन समेतका आधारमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १३(६) बमोजिम सम्वन्धनको लागि सहमति दिन र सिट संख्या सहित स्विकृतिका लागि निर्णय गर्नका लागि राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १३(६) बमोजिम यस संस्थालाई सम्वन्धन प्रदान गर्न चिकित्सा शिक्षा आयोगमा नियमानूसार काम कारवाही अगाडि बढाएको विषयलाई अतिरन्जित गरि अदालतमा विचारधिन रहेका मुद्दाको न्यूनतम् तथ्यगत  र कानूनी ज्ञान पनि नराखी, जो आफु केहीपनि नगर्ने र वन्दकोठा भित्र बसी अरुको विषयमा लेख्ने, अरुले गरेको काम प्रती भाँजो हाल्ने प्रायोजीत ब्यक्ती जीवन क्षेत्री लगाएतका कथित नागरिक अभियन्ता भन्ने व्यक्तिहरुका नामबाट लगातार रुपमा अत्यन्त भ्रामक, तथ्यहिन एवम् कपोकल्पीत कुराहरु उल्लेख गरि पटकपटक समाचारहरु सार्वजनिक गरेका कारणले मात्र हामीले यस प्रेस विज्ञप्ति मार्फत सत्यतथ्य सार्वजनिक गरिरहेका छौं ।  

    यसमा निवेदक वि.एण्ड सी.मेडिकल कलेज टिचिङ्ग हस्पिटल र चिकित्सा शिक्षा आयोग समेत विपक्षी भएको  ०७७( ध्इ( ०३२४ जनित उत्प्रेषण मुद्दामा निवेदक संस्थाले निजी लगानीमा संचालन गरिने प्राविधिक महाविद्यालय (कलेज/क्याम्पस) सम्वन्धमा बनेको आधारभुत नीति ,२०६३ का आधारमा २०६८ ।१०।२४ मा नै (अर्थात चिकित्शा शिक्षा ऐन आउनु भन्दा आठ वर्ष अगाडि नै ) मनसायपत्र प्राप्त गरेको र नेपाल सरकार शिक्षा मन्त्रालयले मिति २०७३।११।१५ मा ( अर्थात चिकित्सा शिक्षा ऐन आउनुभन्दा दुई वर्ष पहिले नै ) सम्वन्धनका लागि श्री काठमाण्डौ विश्व विद्यालयलाई लेखि पठाएको अवस्थामा मिति २०७७।०४।२६ मा जारि राष्ट्रिय चिकित्सा शिक्षा नियमावलीमा उल्लेखित आशयपत्र नविकरणको व्यवस्था निवेदकको हकमा लागू हुन सक्दैन भन्ने मुख्य निवेदकको माग भएको विषयमा श्री सर्वोच्च अदालतबाट मिति २०७७।७।१८ गते मा. न्यायाधिस प्रकाश कुमार ढुंगानाको इजलासले राष्ट्रिय चिकित्सा शिक्षा नियमावलीको आशयपत्र नविकरण सम्वन्धी नियम ७ को उपनियम (१),(३) र (४) सम्वन्धी व्यवस्था निवेदकको हकमा लागू नगरि कार्यान्वयन नगर्नु नगराउनु भनि विपक्षी चिकित्सा शिक्षा आयोग समेतका नाममा अन्तरिम आदेश जारि भएको हो ।

    त्यस पछि उक्त मुद्दा अन्तरिम आदेशउपर छलफलका लागि विपक्षीहरु समेतलाई झिकाई मिति २०७७।८।७ का लागि पेशीमा चढेकोमा सो दिन विपक्षीहरुको तर्फबाट नियुक्त कानून व्यवसायी मध्येका श्री नारायण प्रसाद खनालले कोभिडबाट संक्रमित भएको कारण खुलाई निवेदन दिई पेशी स्थगित भएको र सो दिन अन्तरिम आदेश उपर छलफल हुननसकेकोले सो मिति पछि पुनः मिति २०७७।१०।१२ गते मा. न्यायधिस मिरा खड्का र मा. न्यायधिश वम कुमार श्रेष्ठको संयुक्त ईजालासबाट अन्तरिम आदेशलाई निरन्तरता दिई अन्तीम सुनुवाईका लागि पेश गर्नुभन्ने आदेश भई  मिति२०७८।२।०४ मा पेशी तोकिएकोमा मुद्दामा अन्तिम सुनुवाई नभई अर्को आदेश वा फैसला नभएको र मिति २०७७।७।१८ मा जारी अन्तरिम आदेश कायम नै रहेको अवस्था छ ।

    उक्त कुरा सम्मानित सर्वोच्च अदालतको आधिकारिक वेवसाइटमा उपलब्ध हुने माथि उल्लेखित मितिका दैनिक पेशी सुचि हेरिएमा जो सुकैलाई पनि जानकारी हुने र जानकारी लिन सकिनेमा सम्मानित सर्वोच्च अदालत जस्तो निकायमा विचारधिन मुद्दामा हुदै नभएको र भएको आदेशलाई पनि भ्रमपुर्ण तथ्य फरक पटक पटक प्रकाशन गर्ने गराउने र  मिति २०७७।८।७ मा कसको निवेदनका आधारमा उक्त दिनको पेशी स्थगित भएको हो भन्ने तथ्य पेशी स्थगितको आदेशबाटै स्पष्ट हुने विषयमा समेत दुर्गा प्रसाईका कानून व्यवसायीले पेशी स्थगित गरेको भनि अर्को भ्रम छर्ने कार्य भईरहेको पाइयो ।

    यसरी मुद्दा सम्वन्धीको यस तथ्यको वास्तविकतालाई भ्रमपूर्ण रुपमा विभिन्न संचार माध्यमहरुमा अनवरत रुपमा असारे खेती जस्तो प्रचार प्रसार गर्ने गराउने, आफै यो देश थाम्ने, मानौ संसारै थामे जस्तो गर्ने गराउने यो देशको संविधान र कानुनले आधिकार दिएको व्यक्ति जस्तो गरि कहिले वि.एण्ड सी.मेडिकल कलेज टिचिङ्ग हस्पिटलको मनसाय पत्र रद्ध कहिले अन्तरिम आदेश खारेज, कहिले कलेजको भौतिक पुर्वाधार नभएको, कहिले दुर्गा प्रसाई नेपालका नागरिक नै होईनन् जस्ता कुतर्कहरु राखि अनर्गल प्रचारप्रसामा आफ्नो सम्पुर्ण जीवन बिताईरहेको र दुर्गा प्रसाईका तर्फबाटै नियुक्त कानून व्यवसायीकातर्फबाट पेशी स्थगित भएका कारण सर्वोच्च अदालत नियमावली,२०७३ को नियम ४९(६) बमोजिम अन्तरिम आदेश खारेज भएको र मनसायपत्र रद्ध भएको आदी इत्यादी भनि धारावाहिक रुपमा यस संस्थाका विरुद्धमा प्रायोजित, पूर्वाग्रही, असत्य र झुठा समाचारहरु प्रकाशन र प्रसारण हुनु अत्यन्त दुःखद र खेदःजनक विषय हो ।

    हामी मिति २०७७।७।१८ मा जारि अन्तरिम आदेश खारेज भएको सम्मानित सर्वोच्च अदालतको आदेश र दुर्गा प्रसाईको कानुन व्यवसायीले पेशी स्थगित गरेको भन्ने तथ्य प्रमाणद्वारा पुष्टि गर्न उक्त भ्रामक र तथ्यहिन समाचार प्रकाशन तथा प्रशारणमा संलग्न व्यक्ति तथा समाचार संस्थाहरुलाई चुनौति दिन चाहान्छौ ।  साथै यो संस्था निवेदक भएको माथि उल्लेखित मुद्दामा मिति २०७७।७।१८ मा जारि अन्तरिम आदेश निष्कृय वा रद्ध नभएको सत्य व्यहोरा सबैलाई अवगत गराउन चाहान्छौ ।  

    आधारहरु   

    – निजी लगानीमा संचालन गरिने प्राविधिक महाविद्यालय (कलेज÷क्याम्पस) सम्वन्धमा बनेको आधारभुत नीति ,२०६३ का आधारमा २०६८ ।१०।२४ मा नै (अर्थात चिकित्शा शिक्षा ऐन आउनु भन्दा आठ वर्ष अगाडि नै ) 

    मनसायपत्र प्राप्त गरेको 

    – नेपाल सरकार शिक्षा मन्त्रालयले मिति २०७३।११।१५ मा ( अर्थात चिकित्सा शिक्षा ऐन आउनुभन्दा दुई वर्ष पहिले नै ) सम्वन्धनका लागि श्री काठमाण्डौ विश्व विद्यालयलाई लेखि पठाएको 

    – मिति २०७७।०४।२६ मा जारि राष्ट्रिय चिकित्सा शिक्षा नियमावलीमा उल्लेखित आशयपत्र नविकरणको व्यवस्था निवेदकको हकमा लागू हुन सक्दैन भन्ने मुख्य निवेदकको माग भएको विषयमा श्री सर्वोच्च अदालतबाट मिति २०७७।७।१८ गते मा. न्यायाधिस प्रकाश कुमार ढुंगानाको इजलासले राष्ट्रिय चिकित्सा शिक्षा नियमावलीको आशयपत्र नविकरण सम्वन्धी नियम ७ को उपनियम (१),(३) र (४) सम्वन्धी व्यवस्था निवेदकको हकमा लागू नगरि कार्यान्वयन नगर्नु नगराउनु भनि विपक्षी चिकित्सा शिक्षा आयोग समेतका नाममा अन्तरिम आदेश जारि भएको 

    – मिति २०७७।८।७ का लागि पेशीमा चढेकोमा सो दिन विपक्षीहरुको तर्फबाट नियुक्त कानून व्यवसायी मध्येका श्री नारायण प्रसाद खनालले कोभिडबाट संक्रमित भएको कारण खुलाई निवेदन दिई पेशी स्थगित भएको 

    – पुनः मिति २०७७।१०।१२ गते मा. न्यायधिस मिरा खड्का र मा. न्यायधिश वम कुमार श्रेष्ठको संयुक्त ईजालासबाट अन्तरिम आदेशलाई निरन्तरता दिई अन्तीम सुनुवाईका लागि पेश गर्नुभन्ने आदेश भई  मिति२०७८।२।०४ मा पेशी तोकिएकोमा मुद्दामा अन्तिम सुनुवाई नभई अर्को आदेश वा फैसला नभएको र मिति २०७७।७।१८ मा जारी अन्तरिम आदेश कायम नै रहेको अवस्था छ । 

    – चिकित्सा शिक्षा ऐनको दफा १३ (६) – यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि यो ऐन जारी भएपछि एक बिश्वविद्यालयले पाँच भन्दा वढी शिक्षण संस्थालाई सम्वन्धन दिन सक्ने छैन । तर यो ऐन जारी हुनुभन्दा अघि सम्बन्धन दिई सकेका र मनसायपत्र लिई मापदण्ड पुरा गरेका काठमाण्डौ उपतयका बाहिरका शिक्षण संस्थाका हकमा यो प्रावधान लागु हुने छैन । काठमाण्डौ उपत्यका बाहिरका अन्य शिक्षण संस्थाका हकमा आयोगले निर्णय गरे बमोजिम हुनेछ । आयोगले निर्णय गर्दा यस ऐनको कुनैपनि कुराले वाधा पुग्ने छैन । 

    दुर्गा प्रसाद प्रसाई


    आषाढ ३, २०७८ बिहिवार १६:११:१९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # बीएण्डसी
  • # दुर्गा प्रसाईं

  • क्यानाडा नेपाल

    अर्कोसमाचार

    नेपालमा थप ३३८३ जनाको कोरोना संक्रमण, २४ जनाको मृत्यु

  • 322
    SHARES
  • नेपालमा थप ३३८३ जनाको कोरोना संक्रमण, २४ जनाको मृत्यु

    काठमाडौं । सरकारले पछिल्लो २४ घण्टामा ३ हजार ३८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार बेलुका दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा गरिएको कूल १६ हजार ७१८ परीक्षण गर्दा ३ हजार ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

    १० हजार ६३८ पीसीआर परीक्षण गर्दा २ हजार ४४८ जनामा र ६ हजार ८० एन्टिजेन परीक्षण गर्दा ९३५ जनामा कोरोना पोजेटिभ देखिएको हो । 

    यस्तै पछिल्लो २४ घण्टामा १ हजार ९९४ जना संक्रमणमुक्त हुँदा सोही अवधिमा २४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । 


    श्रावण १९, २०७८ मंगलवार १७:५७:५५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस

  • क्यानाडा नेपाल

    काठमाडौं उपत्यकामा एकैदिन ९ सय ४ जनामा कोरोना संक्रमण, कहाँका कति ?

    श्रावण १९

  • 398
    SHARES
  • काठमाडौं उपत्यकामा एकैदिन ९ सय ४ जनामा कोरोना संक्रमण, कहाँका कति ?

    काठमाडौं - काठमाडौं उपत्यकामा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । मंगलबार काठमाडौं उपत्यकामा थप ९ सय ४ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । 
     
    काठमाडौं उपत्यकामा थप कोरोना संक्रमित हुनेमा काठमाडौंका ६ सय १३ जना, ललितपुरका १ सय ७७ जना र भक्तपुरका १ सय १४ जना रहेका छन् ।  

    यस्तै मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै कूल संक्रमितको संख्या ७ लाख २  हजार ९७ (पीसीआर टेस्टबाट) र (एण्टीजेनबाट) ६३ हजार ७ सय १८ पुगेको छ।  

    साथै पछिल्लो २४ घण्टामा १ हजार ९९४ जना कोरोनाभाइरस संक्रमणमुक्त भएसँगै निको हुनेको कूल संख्या ६ लाख ६० हजार १ सय १६ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।  निको हुने दर ९४ प्रतिशत रहेको छ । 

    यसैगरी पछिल्लो २४ घण्टामा मृत्यु भएका र त्यसअघि भएका गरी थप २४ जनाले ज्यान गुमाएका छन्। हालसम्म कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९ हजार ९ सय २२ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


    श्रावण १९, २०७८ मंगलवार १८:१५:२१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • के हो केभ सिन्ड्रम ?

    श्रावण २०

  • 336
    SHARES
  • के हो केभ सिन्ड्रम ?

    काठमाडौं - विश्वभर कोरोनाभाइरसको संक्रमण फैलदै जाँदा डा. रवीन्द्र पाण्डेले यसबारे विभिन्न जानकारी दिइरहेका छन् । यस्तै बुधबार डा. पाण्डेले केभ सिन्ड्रमबारे जानकारी दिएका छन् । 

    कोरोना महामारीको त्रास, होम आइसोलेसन तथा लकडाउनको कारण विश्वभर नै करोडौं मान्छेलाई घरभित्र बस्ने तथा घरबाहिर जान डराउने अवस्था उत्पन्न भएको थियो / छ । त्यति मात्र हैन, कोरोनाको खोप लगाइसकेका मान्छेहरु पनि घरबाहिर जान, काममा फर्किन, बजार तथा भेटघाटमा जान डराएर घरभित्रै बसेका छन् । यसलाई केभ सिन्ड्रम नामाकरण गरिएको छ ।

    घरबाहिर गएमा अन्य व्यक्तिसंग भेट हुनसक्छ, संक्रमण सर्न सक्छ, संक्रमण सरेमा अस्पतालमा बस्नुपर्छ तथा बाहिर बातावरण असुरक्षित छ भनेर आफ्नो पढाइ, जागिर, ब्यबसाय तथा सामाजिक जीवनमा नफर्किएका मान्छेहरुको ठूलो संख्या बिध्यमान छ ।

    ती व्यक्तिहरु कसैलाई भेट्न, सुरक्षित तरिकाले कतै जान तथा समाजमा घुलमिल हुन सकेका छैनन् । कोरोना भाइरसका नयाँ नयाँ प्रजाति आइरहेको हुँदा आफुले लगाएको खोपको विश्वास नलाग्ने, खोप लगाएका कति व्यक्ति संक्रमित भए ? 

    कति व्यक्ति अस्पताल भर्ना भए, कति व्यक्तिहरुको मृत्यु भयो जस्ता कुरा इन्टरनेटमा सर्च गर्ने, आफन्त तथा साथीसंग फोनमा कुरा गर्दा बाहिर निस्किन खतरा भएको कुरामात्र गर्ने तथा घर नछोड्ने जस्ता बानीको बिकास भएको छ । यसले गर्दा उनीहरु आर्थिक रुपमा असुरक्षा महशुष गर्ने तथा चिन्ता, डर, तनाब, अनिद्रा, मुड स्विंग आदिको सिकार भइरहेका छन् ।

    यो समस्या निवारणको लागि ध्यान, योग तथा व्यायाम गर्ने, सुरक्षित ठाउँमा जाने, भीड नहुने ठाउँमा मर्निंग वा इभिनिंग वाक गर्ने, जनस्वास्थ्यका मापदण्ड पालना गरेर आफ्नो पढाइ, काम तथा सामाजिक जीवनमा क्रमशः घुलमिल हुने, मनोपरामर्श लिने लगायतका अभ्यास गर्नु जरुरी छ ।

    महामारी बढिरहेका ठाउँमा तथा पुरा मात्रा खोप नलगाएका व्यक्ति भने आफ्नो अवस्था अनुसार सिर्जनशील काम गरेर घरमा बस्न सकिन्छ । यो प्राकृतिक अवस्था नै हो । यो सिन्ड्रम अमेरिका, युरोप, अष्ट्रेलियादेखि अन्य सबै देशमा बढिरहेको छ । जसले गर्दा आर्थिक असन्तुलन समेत उत्पन्न भएको छ । डा. रवीन्द्र पाण्डे


    श्रावण २०, २०७८ बुधवार ११:१२:५१ बजे : प्रकाशित

    साउन २२ गतेदेखि कोरोनाविरुद्धको भेरोसेल खोप दोस्रो मात्रा लगाइँदै

    श्रावण २०

  • 572
    SHARES
  • साउन २२ गतेदेखि कोरोनाविरुद्धको भेरोसेल खोप दोस्रो मात्रा लगाइँदै

    काठमाडौँ - साउन २२ गते कोरोनाभाइरसविरुद्धको पहिलो मात्रा भेरोसेल खोप लगाएका व्यक्तिहरूले दोस्रो मात्रा लगाउन पाउने भएका छन् । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै साउन २२ गतेबाट पहिलो मात्रामा भेरोसेल खोप लगाएका व्यक्तिहरूले दोस्रो डोज लगाउने बारे जानकारी गराएको हो । 

    पहिलो डोज खोप लगाएको २१ दिन पछि दोस्रो डोज लगाउनु पर्ने भएकाले गत असार २९ गतेदेखि सञ्चालन भएको खोप अभियानमा सहभागी भएका ५५ वर्षमाथिका उमेर समूहले दोस्रो मात्रामा खोप लगाउन पाउने मन्त्रालयले सूचनामा जनाएको छ ।  

    ss.jpg


    श्रावण २०, २०७८ बुधवार १३:०२:०२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # कोरोना भाइरस
  • एकैदिनमा ४१०७ जनामा कोरोना संक्रमण, ३५ जनाको मृत्यु

  • 890
    SHARES
  • एकैदिनमा ४१०७ जनामा कोरोना संक्रमण, ३५ जनाको मृत्यु

    काठमाडौं । सरकारले पछिल्लो २४ घण्टामा ४ हजार १०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार अपरान्ह दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा गरिएको कूल १६ हजार २९८ परीक्षणमा ४ हजार १०७ जनामा कोेरोना संक्रमण पुष्टि भएको हो । 

    ११ हजार ३५४ को पीसीआर परीक्षण गर्दा २ हजार ९७५ जना र ४ हजार ९४४ को एन्टीजेन परीगक्षण गर्दा  १ हजार १३२ जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले दिएको विवरणमा उल्लेख छ । 

    सबैभन्दा धेरै काठमाडौंमा ९०८ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसपछि क्रमशः झापामा २९६, कास्कीमा २२६, ललितपुरमा २०६, भक्तपुरमा १६५ र मोरङमा १३२, मकवानपुरमा १०२, सुनसरीमा ९९, चिनवमा ९२, रुपन्देहीमा ६१, नवलपारसी पूर्वमा ५८, तनहुँमा ५५, नुवाकोटमा ५३ र गोरखामा ४९ जना कोरोना संक्रमण देखिएको मन्त्रालयले जानकारी दिएको छ । 

    यसैगरी पछिल्लो २४ घण्टामा १ हजार ५३५ जना कोरोना संक्रमणमुक्त हुँदा सोही अवधिमा ३५ जना संक्रमितले ज्यान गुमाएका मन्त्रालयले जानकारी दिएको छ ।  


    श्रावण २०, २०७८ बुधवार १७:५०:३६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # काठमाडौँ

  • क्यानाडा नेपाल

    स्वास्थ्य मन्त्रालयले भन्यो - मुलुक कोरोनाको तेस्रो लहरतर्फ अगाडि बढ्न थाल्यो

    श्रावण २०

  • 272
    SHARES
  • स्वास्थ्य मन्त्रालयले भन्यो - मुलुक कोरोनाको तेस्रो लहरतर्फ अगाडि बढ्न थाल्यो

    काठमाडौं - नेपालमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण बढ्दै गइरहेको छ । यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देश कोरोनाको तेस्रो लहरतर्फ अगाडि बढ्न थालेको बताएको छ । बुधबार प्रेस ब्रिफिङमार्फत मन्त्रालयका सह–प्रवक्ता डा।समीर अधिकारीले सो कुरा बताएका हुन् । 

    उनले पछिल्लो समय अस्पतालमा ज्वरो आएर, टाउको दुखेर आउने बिरामी बढेको र भर्ना हुने क्रम पनि बढेको बताए । उनले कोरोनाको दैनिक रुपमा संक्रमण पुष्टि हुने संख्या बढ्दै गएको बताए ।

    उनले भने - 'अहिले कोरोनाको दैनिक रुपमा संक्रमण पुष्टि हुने संख्या बढ्दै गएको, अस्पतालमा भर्ना हुनेहरुको संख्या पनि तुलनात्मक रुपमा बढी देखिएको छ'

    उनले थपे - 'यो हिसाबले मुलुक तेस्रो लहर तिर अगाडि बढ्न थालेको हो की भन्ने संकेत हामीले देखिरहेका छौं र विस्तारै त्यो अवस्था देखिदै गएको पनि छ ।'


    श्रावण २०, २०७८ बुधवार १८:३४:०५ बजे : प्रकाशित

    ताजा खबर