• Aug 01 2021 | २०७८, श्रावण १७गते

२०७८, श्रावण १७गते

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, १४ औं महाधिवेशन बारे छलफल हुने

आषाढ ३ २०७८
  • 544
    SHARES
  • कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, १४ औं महाधिवेशन बारे छलफल हुने

    काठमाडौं - नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बिहिबार बस्ने भएको छ । बैठक बिहिबार दिउँसो २ बजे केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, ललितपुरमा बस्नेछ । 

    बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थिति रहनेछ ।  

    बैठकमा भदौ १६ गतेबाट हुने भनिएको पार्टीको १४ औं महाधिवेशनको बिषयमा केन्द्रित रहेर छलफल हुने बताइएको छ । 

    गएको शनिवार बसेको पदाधिकारी बैठकले १४ औं महाधिवेशन आगामी भदौं १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको थियो । सोही बिषयमा आज छलफल हुनेछ ।  


    आषाढ ३, २०७८ बिहिवार ०९:१०:०९ बजे : प्रकाशित

    अर्कोसमाचार

    लुम्बिनी प्रदेशका विपक्षी गठबन्धनद्वारा प्रदेश प्रमुखको ध्यानाकर्षण

    श्रावण १६

  • 310
    SHARES
  • लुम्बिनी प्रदेशका विपक्षी गठबन्धनद्वारा प्रदेश प्रमुखको ध्यानाकर्षण

    लुम्बिनी - लुम्बिनी प्रदेशका विपक्षी दलका नेताहरुले प्रदेश प्रमुख अमिक शेरचनलाई भेट गरी वर्तमान सरकार अल्पमतमा रहेको ध्यानाकर्षण गराउनुभएको छ । 

    उहाँहरुले बहुमतको सरकार निर्माणका लागि पहल गर्न समेत प्रदेश प्रमुखसँग आग्रह गर्नुभएको हो । नेपाली कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडिया, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी, जनता समाजवादी पार्टीका संसदीय दलका नेता सहसराम यादव र राष्ट्रिय जनमोर्चाकी नेता तारा जिसीले संयुक्त रुपमा आज प्रदेश प्रमुख शेरचनलाई ध्यानाकर्षणपत्र बुझाउनु भएको हो । 

    ध्यानाकर्षणपत्रमा भनिएको छ, “वर्तमान सरकारलाई विघटन गरी १६८(२) बमोजिम बहुमतको सरकार निर्माणका लागि मार्गप्रशस्त गर्न आवश्यक पहलका लागि प्रदेशसभामा प्रतिनिधित्व गर्ने विपक्षी गठबन्धन दलको तर्फबाट प्रदेश प्रमुखसमक्ष विनम्र अनुरोध गर्दछौँ ।” 

    संविधानको गरिमा र प्रदेश प्रमुखलाई कमजोर पार्ने एवं असंवैधानिक प्रणालीमा लाग्ने सरकारको गलत नियतलाई सच्चाउन ध्यानाकर्षणपत्रमा आग्रह गरिएको छ ।रासस


    श्रावण १६, २०७८ शनिवार १९:३१:१९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # लुम्बिनी प्रदेश
  • माधवकुमार नेपाल किनारा लाग्दै

  • 406
    SHARES
  • माधवकुमार नेपाल किनारा लाग्दै

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल अब आफ्नै पार्टीबाट औपचारिक रुपमा किनारा लाग्न थालेका छन् । लामो समयको आन्तरिक विवाद समाधानका अनेकौँ प्रयास असफल भएपछि नेता नेपाललाई अब नपर्खने मनस्थितिमा संस्थापन केपी शर्मा ओली पक्ष देखिएको छ । 

    सहमतिका लागि गरिएका हरेक प्रस्तावप्रति विमति जनाएका नेता नेपाल एमालेमै रहन नचाहेको स्वयं उनीपक्षीय नेताहरुले अनुभव गर्न थालेका छन् । 

    आफैंले बनाएको कार्यदलबीच गत असार २७ गते भएको १० बुँदे सहमतिप्रति नेता नेपालले असन्तुष्टि जनाए । तर, सो सहमतिलाई एमालेको बैठकले अनुमोदन गरेको छ । दोस्रो अध्यक्षमा सहमति गर्न संस्थापन पक्ष राजी भए पनि अन्ततः फेरि नेपाल पक्षले असहमति जनाएको छ । 

    सुरुवातमा पार्टीलाई २०७५ जेठ २ को अवस्थामा लैजानुपर्ने अडान लिएको नेपाल समूह अहिले पार्टीलाई सोही अवस्था पु¥याउँदा फेरि माग थप्दै विवाद लम्ब्याइरहेको ओली समूहको बुझाइ छ । 

    विघटित कार्यदलका सदस्यको आग्रहमा शनिबार स्थगित स्थायी कमिटीको आज आइतबार बस्ने बैठकले महत्वपूर्ण निर्णय गरेर अघि बढ्नुपर्ने तर्क नेताहरुले गर्न थालेका छन् । 

    आफ्नै पार्टीविरुद्ध मतदान र गतिविधि गरेर हिँड्न समूहलाई पर्खेर पार्टीका अरु गतिविधिलाई प्रभाव पार्न नहुने पक्षमा संस्थापन पक्ष पुगेको छ । नेता नेपालले व्यवहार र राजनीतिक आचारणका कारण उनका समूहका नेताहरु ओली समूहमा फर्कन थालेका छन् । 

    नर्वाैं महाधिवेशनमा अध्यक्षबाट पराजित नेता नेपालले अहिले अध्यक्ष ओलीसरह अधिकार खोजेर पार्टी एकतालाई भाँड्न खोजेको एमालेका नेताहरुको आरोप छ । अब नेता नेपाललाई नपर्खने र उनको समूहका आउने नेताहरुलाई स्वागत गरेर पार्टीलाई गतिशील बनाउने पक्षमा अध्यक्ष ओली पनि पुगेका छन् । 

    यदी संस्थापन पक्षले नेपाल समूहलाई नपर्खने र पार्टीलाई गतिशील बनाउने हो भने माधवकुमार पक्षीय नेताहरु संस्थापनमा जानेछन् भने नेता नेपाल एमालेबाटै किनारा लाग्न सक्ने नेताहरुले बताउन थालेका छन् ।


    श्रावण १७, २०७८ आइतवार ११:३४:०७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # माधवकुमार नेपाल

  • क्यानाडा नेपाल

    माओवादीले भने –माधव नेपाल समूहका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ

  • 164
    SHARES
  • माओवादीले भने –माधव नेपाल समूहका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ

    काठमाडौं । नेकपा माओवादी केन्द्रले एमालेको नेपाल समूहका कारण मौजुदा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको बताएको छ । 
    पार्टीको स्थायी कमिटीको बैठकपछि माओवादीका प्रवक्ता नारायणकाजी श्रेष्ठले एमालेको खनाल–नेपाल समूहका कारण  मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको बताएका हुन् । 

    मन्त्रिपरिषद् विस्तारका लागि केही समय कुर्न नेपाल समूहले भनेको जानकारी दिँदै उनले गठबन्धनमा आवद्ध जसपाको आधिकारिकता विवादका कारण केही ढिलाइ भएको बताए । 

    तर, मन्त्रिपरिषद् विस्तार गर्न केही समय कुर्न भनेको नेपाल समूहले सरकारमा सहभागी हुने या नहुने निर्णय गरिसकेको छैन भने सरकारमा सहभागी हुँदा दल त्यागको कारबाहीमा पर्ने भएकाले सो समूह अलमलमा परेको छ । 

    तर, कुनै अमूक दललाई सरकारमा सहभागी गराउने बाहनामा मुलुक सञ्चालनमा असर पार्न नहुने आवाज उठिरहे पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारमा ध्यान दिएका छैनन् । 

    तर, गठबन्धन मन्त्रिपरिषद् विस्तारमा ढिलाइ गर्न नहुनेमा निष्कर्षमा पुगेको प्रवक्ता श्रेष्ठले जानकारी दिए । उनकाअनुसार अब एकदुई दिनमै मन्त्रिपरिषद् विस्तार हुनेछ । 

     


    श्रावण १७, २०७८ आइतवार १४:१३:३८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मन्त्रिपरिषद् विस्तार

  • क्यानाडा नेपाल

    ओलीको बैठकमा वामदेव गौतम सहभागी

  • 244
    SHARES
  • ओलीको बैठकमा वामदेव गौतम सहभागी

    काठमाडौं । नेकपा एमालेको जारी स्थायी कमिटी बैठकमा उपाध्यक्ष वामदेव गौतम सहभागी भएका छन् । ओली र माधवकुमार नेपाल समूहमा एमाले विभाजित भएको छ ।

    विवाद समाधान नभएको भन्दै अध्यक्ष ओलीले बोलाएको बैठकमा नेपाल समूहका नेताहरु सहभागी भएका छैनन् ।

    तर, नेपाल समूहलाई पार्टी फुटाए आफू सहभागी हुने बताएका उपाध्यक्ष गौतम भने ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा जारी स्थायी कमिटी बैठकमा सहभागी भएका छन् । यसअघिका बैठकमा उनी अनुपस्थित थिए । 


    श्रावण १७, २०७८ आइतवार १६:५०:५८ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # नेकपा एमाले

  • क्यानाडा नेपाल

    माधव नेपाल समूह सरकारमा नजाने, प्रचण्डले भने– अब मन्त्रिपरिषद्लाई पूर्णता दिऊँ  

  • 126
    SHARES
  • माधव नेपाल समूह सरकारमा नजाने, प्रचण्डले भने– अब मन्त्रिपरिषद्लाई पूर्णता दिऊँ  

    काठमाडौं । प्रमुख सत्तासाझेदार दल नेकपा माओवादी केन्द्रले अब मन्त्रिपरिषद्लाई पूर्णता दिनुपर्ने बताएको छ । 

    पेरिसडाँडास्थित पार्टी मुख्यालयमा आइतबार बसेको स्थायी समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेको नेपाल समूह तत्काल सरकारमा सहभागी नहुने भएकाले अब मन्त्रिपरिषद्लाई पूर्णता दिनुपर्ने बताएका हुन् । 

    नेपाल समूह सरकारमा सहभागी हुने सम्भावना अहिलेका लागि टरेकाले अब मन्त्रिपरिषद् विस्तार गरेर अघि बढ्नुपर्नेमा प्रचण्डले जोड दिएका हुन् । 

    व्यक्तिगत रुपमा नेपाल समूह सरकारमा सहभागी हुने अवस्था रहने र संस्थागत रुपमा पनि अहिले वातावरण नबनेकाले अब मन्त्रिपरिषद्लाई पूर्णता दिन विलम्ब गर्न नहुने बताउँदै प्रचण्डले एमालेको एकता नै आफूहरुले पनि चाहेको बताए । 

    पछिल्लो समय पटक पटक माधवकुमार नेपाललाई भेटेर छलफल गर्दै आएका प्रचण्डले नेपाल समूह सरकारमा सहभागी हुने सम्भावना नरहेको बैठकलाई जानकारी गराएका हुन् । 

    त्यस्तै माओवादीले सरकारमा सहभागी हुने नेताहरूको नामबारे सोमबार बस्ने बैठक टुङ्गो लगाउने भएको छ ।


    श्रावण १७, २०७८ आइतवार १७:३३:४१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # काठमाडौँ

  • क्यानाडा नेपाल

    एमालेको स्थानीय तहका अधिवेशन असोज ९ भित्र सक्ने, डाकियो केन्द्रीय कमिटी बैठक 

  • 100
    SHARES
  • एमालेको स्थानीय तहका अधिवेशन असोज ९ भित्र सक्ने, डाकियो केन्द्रीय कमिटी बैठक 

    काठमाडौं । नेकपा एमालेले आउँदो असोज ९ गतेभित्र स्थानीय तहको अधिवेशन सक्न निर्देशन दिएको छ ।

    आइतबार बसेको स्थायी कमिटी बैठकले आउँदो असोज ९ गतेभित्र अधिवेशन सक्न मुलुकभरका सबै पालिकाहरुलाई निर्देशन दिएको हो । 

    बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै पार्टीका महासचिव ईश्वर पोखरेलले दिएको जानकारीअनुसार आइतबारको बैठकले असोज ९ सम्म पालिकास्तरको अधिवेशन सक्ने निर्णय भएको हो । 

    ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा आइतबार बसेको स्थायी कमिटी बैठकले यही साउन २४ गतेलाई केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय पनि गरेको उनले जानकारी दिए । 


    श्रावण १७, २०७८ आइतवार १८:०८:४९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # एमाले
  • # अधिवेशन

  • क्यानाडा नेपाल