आश्विन १७, २०७९ सोमबार | Mon Oct 3 2022

अभिनेत्री करिश्मा मानन्धरकाे कटाक्ष– अब नेपाली सैनिककाे “जिजस” दल “मेरि” दल हुनेछ 



मनमा लागेको र भोगेको देखेको कुरा भन्दैछु । हजुरहरु कसैको सन्दर्भ मिल्न गएको भए माफी पाउँ । गाली खान्छु त्यो पनि थाहा छ । 

राजनीतिमा अलि सचेत भएको भनेको ४६ सालको आन्दोलनदेखि हो ! त्यो पनि पल्लो घरको अगाडि साथीलाई भेटेर घर फर्कंदै गरेका दाइलाई सुरक्षाकर्मीले पिटि पिटि मारेका थिये त्यो देखेर ।

त्यो दाइले पर्खाल चढ्ने निकै कोशिश गर्नु भएको रहेछ ! पर्खालमा उम्रेको बनस्पतिको डोब त्यो बाटो हिँड्दा एक्छिन टोलाएर हेर्ने गर्थें र सोच्थे त्यो अन्तिम अवस्थामा उनको मनोदशा कस्तो थियो होला ।

शान्ति ।

फेरि सुरु भयो जनआन्दोलन ।

बग्रेल्ती डाडाँ ढाकिने गरि छरपस्ट मृत मानव शरीरहरु टेलिभिजनमा हेर्दा बिहान बिहान खाली पेटमा भएको तरल पदर्थ र आँसु एकै पटक निस्किन्थयो ।

त्यसपछि त के के हो के के ? 

दरबार हत्याकाण्ड । 

त्यतिबेला सम्म पनि नेपाली समाजमा भाइचारा र एकाअर्काको धर्म संस्कृतिप्रति सम्मान थियो । पृथ्वीनारायण शाहले भनेको कुरा “चार जात छत्तीस वर्ण “

हिन्दु ,बुद्धिस्ट, मुस्लिम , किँरात ,डोम, शिख  सबैले सबैको सम्मान गर्थे । पछि क्रिश्चियन आयो तर हाम्रो निधारमा लगाउने रातो गौरवको टिकालाइ घृणा गर्‍याे ।

हाम्रो देवतालाई ढुङ्गा भन्यो । 

हामी पञ्चतत्व पूजक हौँ , प्रकृति पूजक हौ। 

“धर्म निरिपेक्ष ” त्यो पनि ठिकै भयो सबैको आस्थाको सम्मान भयो । तर अब नयाँ कुरा सुरु भयो ! 

मौलिक धर्म मानेर बस्नेहरुलाई समस्या दिन थालियो ।

२० वर्ष जति भयो ।

अब हुँदा हुँदा डमरू र त्रिशूल किन नेपाली सेनाको चिन्ह भन्ने कुरा आयो ।

भैरव , काली , शिव , गणेश , किन “गण ” हरु को नाम राख्ने भन्ने कुरा आयो ।

व्यवस्था परिवर्तन भयो ।

भएपछी रोएल नेपाल भनिएकाहरु हटाउ । तर  हाम्रो आस्था मानिएका ठाउँहरु किन हटाउने ? 

जसरी तिम्रो आस्थालाई गाली गर्दा चोट लाग्छ त्यस्तै हामीलाई पनि हुन्छ होलानी ।

अहिलेको अवस्थामा २०११ को जनगणना आनुसार हिन्दुको प्रतिशत ८० प्रतिशत माथि छ ।

हिन्दु धर्म शास्त्र अनुसार सहनु धर्महो भन्ने मान्यता छ  । तर हेर्नू होला अबको दुईवटा जनगणना पछि हिन्दुको संख्या ८ प्रतिशत हुनेछ । 

हाम्रो आर्मी दलको नाम ” जिजस ” दल “मेरि” दल हुनेछ । ( though I respect them because they are somebody’s faith )

मन्दिरहरु १००० वर्ष पछि पुरातत्त्व बिभागले खोज्नुपर्ने हुनेछ । यो नेपालको मौलिकता ,कथा काहानीमा खोज्नुपर्ने हुनेछ ।

नेपाल भन्ने एउटा देश थियो जुन स्वतन्त्र थियो ,स्वर्ग थियो तर त्यहाँका नेताहरुको कारण आफ्नो अस्तित्व गुमाउन बाध्य भयो । 
म यो अस्तव्यस्त अवस्थाका कारण यो सोच्न बाध्य भए ।

आशा छ ८० प्रतिशत  हिन्दुहरुलाई यो सब सहन सक्ने साहस भगवान पशुपति नाथ ले प्रदान गर्नेछन् ! हर हर महादेव 

( याे अभिनेत्री करिश्मा मानन्धरकाे निजी विचार हाे– सं.)

fb karishma.JPG

प्रकाशित मिति : जेठ २८, २०७८ शुक्रबार  ३ : २९ बजे