• Jun 17 2021 | २०७८, आषाढ ३गते

२०७८, आषाढ ३गते

काठमाडौँ उपत्यकामा असार १ गतेबाट दुई महिना मेलम्चीको पानी नआउने

जेठ २७ २०७८
  • 280
    SHARES
  • काठमाडौँ उपत्यकामा असार १ गतेबाट दुई महिना मेलम्चीको पानी नआउने

    काठमाडौँ - काठमाडौँ उपत्यकावासीले झण्डै दुई महिना मेलम्चीको पानी नपाउने भएका छन् । मेलम्ची खानेपानी विकास समितिले आउँदो असार १ गतेबाट आयोजनाको सुरुङ खाली गरेर निरीक्षण गर्ने भएकाले तत्कालका लागि मेलम्चीबाट पानी नआउने भएको हो ।

    समितिले आज सूचना जारी गर्दै मेलम्ची नदी, सिन्धु, ग्याल्थुमलगायतका क्षेत्रमा र बाग्मती नदीमा समेत पानीको बहाब बढ्न सक्ने भएकाले स्थानीयवासीलाई सचेत रहन अनुरोध गरेको छ ।

    ती नदी किनारमा नजाने र जानै परेमा विशेष साबधानी अपनाएर जान भनिएको छ । सुरुङ खाली गर्न झण्डै १६ दिनसमेत गरी सुरुङ निरीक्षणको अवधि झण्डै दुई महिना लाग्नेछ । सुरुङ निरीक्षणसँगै परीक्षण, सुधार र पुनः पानी भर्नका लागि समय लाग्नेछ । वर्षा पहिले नै सुरुङ खाली गरेर निरीक्षण र आवश्यक सुधार गर्नुपर्ने छ ।

    आयोजनाले गत फागुन १० गते मेलम्ची नदीको पानी पथान्तरण गरी सुरुङ परीक्षण शुरु गरेको थियो । परीक्षण शुरु भएको १२ दिनपछि सुन्दरीजलमा पानी आइपुगेको थियो । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले गत वैशाख ६ देखि नै उपत्यकामा मेलम्चीको पानी वितरण शुरु गरेको थियो ।रासस


    जेठ २७, २०७८ बिहिवार १९:५५:०१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मेलम्ची
  • अर्कोसमाचार

    कोरोनामुक्त भएको तिन दिनपछि एमाले नेता रोकायाको निधन

    आषाढ २

  • 214
    SHARES
  • कोरोनामुक्त भएको तिन दिनपछि एमाले नेता रोकायाको निधन

    बझाङ - नेकपा (एमाले)का बझाङ जिल्ला कमिटी सदस्य तथा खप्तड पर्यटन विकास समितिका सदस्य मिश्र रोकायाको निधन भएको छ । 

    खप्तडछान्ना गाउँपालिका–५ माझी गाउँका रोकायालाई दुई हप्ता अघि जिल्ला अस्पताल सिमखेतमा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएपछि जिल्ला अस्पताल सिमखेत र पछि थप उपचारको लागि डडेलधुरा प्रादेशिक अस्पताल लगिएको थियो ।

    पछिल्लो समयमा कोरोना रिपोर्ट नेगेटिभ आएको तिन दिनपछि उनको निधन भएको छ । थप उपचारका लागि काठमाडौँ लाने तयारी भए पनि मौसमले साथ नदिएको परिवारले जनाएको छ । विसं २०७४ को चुनावमा खप्तडछान्ना गाउँपालिका अध्यक्षका उम्मेदवार समेत भएका थिए । 

    उनको निधनले खप्तड छान्ना गाउँपालिकाले एक अशल अभिभावक गुमाएको रोकाया आफन्त समेत रहेका वडाध्यक्ष भीम रोकायाले बताए । रोकायाका श्रीमती, दुई छोरा र एक छोरी छन् । रोकायाको निधनमा एमाले सुदूरपश्चिमका नेता तथा पूर्वमन्त्री भानुभक्त जोशीले श्रद्धाञ्जलि व्यक्त गरेका थिए ।रासस

     
     


    आषाढ २, २०७८ बुधवार २०:४०:५५ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # निधन
  • आज देशका यी स्थानमा मेघगर्जनसहित ठुलो पानी पर्ने, सतर्कता अपनाउन आग्रह

    आषाढ ३

  • 282
    SHARES
  • आज देशका यी स्थानमा मेघगर्जनसहित ठुलो पानी पर्ने, सतर्कता अपनाउन आग्रह

    काठमाडौं । बिहीबार देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशका केहि स्थानहरुमा पानी परिरहेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभरी मनसुनी वायुको प्रभाव रहेको देखिन्छ । 

    आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै  स्थानहरुमा मेघगर्जनसहित हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ । सुदुर पश्चिम प्रदेश, लुम्बिनी प्रदेशका र प्रदेश १ का एक-दुई स्थानमा मेघगर्जनसहित ठुलो पानी पर्ने सम्भावना रहेको छ।

    त्यस्तै आज राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै  स्थानहरुमा मेघगर्जनसहित हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ । सुदुर पश्चिम प्रदेश, वागमती प्रदेश र प्रदेश १ को  एक-दुई स्थानमा मेघगर्जनसहित ठुलो पानी पर्ने सम्भावना रहेको छ । 

    देशका विभिन्न स्थानमा ठुलो पानी पर्ने सम्भावना रहेकोले पहाडी भू-भागमा पहिरोको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन मौसम विभागले अनुरोध गरेको छ। 
     


    आषाढ ३, २०७८ बिहिवार ०७:३५:३० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मौसम
  • काठमाडौं उपत्यकामा अर्को साताबाट स्मार्ट लकडाउन, खाडी मुलुकमा फेरि हवाई उडान गरिने

    आषाढ ३

  • 510
    SHARES
  • काठमाडौं उपत्यकामा अर्को साताबाट स्मार्ट लकडाउन, खाडी मुलुकमा फेरि हवाई उडान गरिने

    काठमाडौं - काठमाडौं उपत्यकामा अर्को सातादेखि स्मार्ट लकडाउन गरिने भएको छ । 

    बुधबार राती प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कोभिड व्यवस्थापन निर्देशन समितिको बैठकले सो निर्णय गरेको हो । 

    उक्त बैठकले काठमाडौं उपत्यकामा स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराई केही क्षेत्र खुकुलो बनाउने निर्णय गरेको हो । 

    यस्तै बैठकले टर्की, कतार, साउदी अरेबिया, युएई ,जापान र मलेसिया जस्ता देशहरुमा हवाई उडान पुनः संचालन गर्ने निर्णय गरेको छ ।

    बैठकमा प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणको सबैभन्दा अनिवार्य तत्व खोप नै भएको भन्दै ४० लाख डोज खोप ल्याउन गृहकार्य भइरहेको बताए । 


      


    आषाढ ३, २०७८ बिहिवार ०७:५७:२९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # काठमाडौं उपत्यका
  • सबै मिलेर महामारी र विपद्को न्यूनीकरण गर्ने तर्फ जिम्मेवार बनौं - पूर्वराजा ज्ञानेन्द्र शाह 

    आषाढ ३

  • 118
    SHARES
  • सबै मिलेर महामारी र विपद्को न्यूनीकरण गर्ने तर्फ जिम्मेवार बनौं - पूर्वराजा ज्ञानेन्द्र शाह 

    काठमाडौं - पूर्वराजा ज्ञानेन्द्र शाहले प्राकृतिक विपद्मा सबैलाई जिम्मेवार बन्न आग्रह गरेका छन् । बिहिबार एक प्रेस नोट जारी गर्दै पूर्वराजा शाहले महामारी र विपद्को समयमा सबै मिलेर यसको न्यूनीकरणमा लाग्नु पर्ने बताएका छन् । 

    उनले नोटमा ग्रामीण र शहरी बस्तीका बासिन्दाको उठिवास भएको खवर सुन्दा दुःख लागेको बताएका छन् । 

    उनले भनेका छन् - 'कोरोनाको महामारीबाट आक्रान्त भइरहेको समयमा फेरि बाढी, पहिरो, नदी कटानजस्ता प्राकृतिक विपत्ति हामिकहाँ आइपरेको छ ।' 

    उनले थपे - 'हिमाल, पहाड र तराईका धेरै जिल्लाहरुमा कतिपय जनधन तथा भौतिक निर्माणमा क्षति भएको एवम् ग्रामीण र शहरी बस्तीका बासिन्दाहरुको उठिवास भएको दुखद खवर सुन्दा, देख्दा हामिलाई दुखित तुल्याएको छ ।' 

    नोटमा उनले यस बेला उद्धार र राहतको प्रभावकारी व्यवस्थापन गर्न सरकारलाई आग्रह गरेका छन्। 

    ra.jpg
     

     


    आषाढ ३, २०७८ बिहिवार ०९:४५:१७ बजे : प्रकाशित

    भक्तपुरमा ३ जना सवार मोटरसाइकल दुर्घटना : एक युवकको मृत्यु, २ जना घाइते

    आषाढ ३

  • 74
    SHARES
  • भक्तपुरमा ३ जना सवार मोटरसाइकल दुर्घटना : एक युवकको मृत्यु, २ जना घाइते

    काठमाडौं - भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ज्यान जानेमा सोलुखुम्बु चौलाखर्क ३ घर भएका २७ वर्षीय रमेश कुमार बस्नेत रहेका छन् । 

    बुधबार राति तीनजना सवार मोटरसाइकल दुर्घटना भएको हो । उक्त दुर्घटनामा घाइते भएका बस्नेतको उपचारको क्रममा ज्यान गएको छ । 

    अन्य घाइते उदयपुरको ताप्ले गाउँपालिका -५ घर भएका २२ वर्षीय लोकेन्द्र मग्राती र सिन्धुलीको तीनपाटन गाउँपालिका- ५ घर भएका २५ वर्षीय अमित जैरुको त्रिवि शिक्षण अस्पालमा उपचार भइरहेको जनाइएको छ । 

    प्रहरीका अनुसार  बा ७७ प ५६०५ नम्बर को मोटरसाइकल चारदोबाटोमा कोटेश्वरतिरबाट जाँदै गर्दा आफैँ अनियन्त्रित भई सडकबीचमा दुर्घटना भएको हो । 
     
     


    आषाढ ३, २०७८ बिहिवार १२:०२:३१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भक्तपुर
  • ‘प्रकृति निर्मम बन्यो, अब हाम्रो भूमिका बदल्न अनिवार्य छ’

    ‘प्रकृति निर्मम बन्यो, अब हाम्रो भूमिका बदल्न अनिवार्य छ’

    काठमाडौं । अविरल वर्षापछि आएको बाढी र पहिरोले ठूलो धनजनको क्षति गरेको छ । गत मंगलबार सिन्धुपाल्चोक, मनाङसहितका जिल्लामा आएको बाढी र पहिरोले ठूलो धनजनको क्षति गरेको छ । सयौँ परिवारलाई विस्थापित गराउने गरी आएको बाढी र पहिराले धेरैको ज्यान पनि लिइसकेको छ । 

    मानिसकै कारण नदीबाट हुने डुुबानहरु बढेको विघटित प्रतिनिधि सभा सदस्य शान्ता चौधरीले बताएकी छन् । खोलाको बहावलाई मासेर घरहरु बनाउँदा डुुबानको समस्या देखिएको उनको भनाइ छ । 

    प्रकृतिको संरक्षण गर्नुपर्नेमा जोड दिएकी उनले । ईको सिस्टम बिग्रँदा प्रकृति निर्मम बनिदिएको भन्दै अब मानिसहरुले आफ्नो भूमिका बदल्न अनिवार्य रहेको बताइन् । 

    सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेकी छन्, ‘खोलाको बहाबलाई मासेर मान्छेले आफ्नो बासस्थान बनाइदिए, ठुला ठुला खोलाहरु कुलामा परिणत भए । अहिले तीनै  खोलाहरुले आफ्नो बहाब क्षेत्र खोज्दैछन्, विकासको नाम बिनास गर्न पुग्यौं । पहाड चिर्यौं, रुख ढाल्यौं, प्रत्येक घरमा बाटो पुर्‍यायौं भन्यौं, खुशी भयौं, मख्ख पर्‍यौं । आज दुःखद् परिणाम व्यहोर्न विवश छौं । आजको कठिन परिस्थितिसँग सामना गरौं र सोच बदलौं । ईको सिस्टम बिग्रँदा प्रकृति कति धेरै निर्मम बनिदिने रहेछ अब हाम्रो भूमिका बदल्न अनिवार्य छ ।'


    आषाढ ३, २०७८ बिहिवार १२:०६:३७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # शान्ता चौधरी
  • # प्रकृति

  • क्यानाडा नेपाल

    images
    images
    ताजा खबर