• Jun 17 2021 | २०७८, आषाढ ३गते

२०७८, आषाढ ३गते

आज सूर्य ग्रहण लाग्दै : क्यानडा, ग्रीनल्यान्ड र रुसबाट पूरा देखिँने

जेठ २७ २०७८
  • 448
    SHARES
  • आज सूर्य ग्रहण लाग्दै : क्यानडा, ग्रीनल्यान्ड र रुसबाट पूरा देखिँने

    ग्रहणहरू दर्शनीय खगोलीय घटना हुन्। ग्रहण हेर्न इच्छुक मानिसलाई लक्ष्य गरेर पर्यटन पनि फस्टाएको छ।

    जेठ २७ गते बिहीवार क्यानडा, ग्रीनल्यान्ड र रुसबाट वलय सूर्यग्रहण पूरा देखिँदैछ। युरोपका अधिकांश भाग, मध्यएशिया र चीनबाट भने उक्त ग्रहण आंशिक रूपमा देखिनेछ।

    यसअघि जेठ १२ गते बुधवार खग्रास चन्द्रग्रहण परेको थियो। पूर्वी एशिया, अस्ट्रेलिया, प्रशान्त महासागरका विभिन्न क्षेत्र र अमेरिकी महादेशहरूबाट पूरै चन्द्रमामा ग्रहण लागेको देखिएको थियो।

    grah.jpg

    "सामान्य रूपमा दुई किसिमका ग्रहण हुन्छन् - चन्द्रग्रहण र सूर्यग्रहण," खगोलविद् ह्वाँ कार्लोस बीयामिन आफ्नो नयाँ पुस्तक 'इलस्ट्रेटिड अस्ट्रोनमी'' मा लेख्छन्। 

    तर विधिगत रूपमा भन्नुपर्दा दुईवटा तारा संलग्न हुने तेस्रो किसिमको ग्रहण पनि हुने उनको भनाइ छ। यहाँ तीन किसिमका ग्रहण र तिनका विभिन्न प्रकारबारे चर्चा गरिएको छ।

    सूर्यग्रहण
    पृथ्वीको परिक्रमा गर्दा चन्द्रमा कहिलेकाहीँ सूर्य र पृथ्वीको बीचमा पुग्छ। त्यो अवस्थामा चन्द्रमाले सूर्यबाट आउने प्रकाश छेकिदिन्छ। र त्यसको छाया पृथ्वीमा पर्छ। त्यसो हुँदा सूर्यग्रहण हुन्छ।सूर्यग्रहणका तीनवटा प्रकार हुन्छन्।

    चन्द्रमाले सूर्यलाई कति र कसरी छेक्छ त्यसले गर्दा फरकफरक किसिमका ग्रहण बन्छन्।

    खग्रास सूर्यग्रहण
    चन्द्रमाले पृथ्वीमा जाने सूर्यको प्रकाश पूरै छेक्न सक्नेगरी सीधा रेखामा ती तीन वटै परेको अवस्थामा सूर्यमा खग्रास ग्रहण लाग्छ।केही सेकेन्ड अथवा कहिलेकाहीँ केही मिनेट आकाश पूरै अँध्यारो हुन्छ र रात परे जस्तो देखिन्छ।

    नासाका अनुसार "खगोलीय संयोगका कारण मात्र खग्रास सूर्यग्रहण सम्भव" हुन्छ। किनभने सूर्य चन्द्रमाभन्दा ४०० गुना ठूलो हुनुका साथै दूरीका हिसाबमा ४०० गुना टाढा छ।

    पृथ्वीमा चन्द्रमाको छाया पर्ने रेखालाई "पाथ अफ टोट्यालिटी" अर्थात् "पूर्ण छाया पर्ने मार्ग" भनिन्छ। त्यो सानो क्षेत्रमा पूरै अँध्यारो देखिन्छ। त्यो मार्गको दुवै छेउमा हुने हजारौँ किलोमिटर लामो क्षेत्रमा ग्रहण आंशिक रूपमा देखिन्छ।

    पूर्ण छाया पर्ने मार्गबाट जति टाढा भइन्छ चन्द्रमाले सूर्यलाई छेक्ने भाग पनि उति नै कम हुन्छ।बीयामिनका अनुसार ग्रहण रहने अवधि सूर्यसँग तुलना गर्दा पृथ्वीको अवस्थिति, पृथ्वीसँग तुलना गर्दा चन्द्रमाको अवस्थिति तथा अनि पृथ्वीको कुन भागमा छाया पर्ने भन्नेमा निर्भर गर्छ।

    "सिद्धान्ततः लामो सूर्यग्रहण सात मिनेट ३२ सेकन्डसम्म हुनसक्छ," चिलीका खगोलविद् बीयामिन भन्छन्।

    सूर्यग्रहण त्यति दुर्लभ घटना भने हैन। डेढ वर्षजतिको अन्तरमा एउटा सूर्यग्रहण देखिन्छ। तर त्यही ठाउँबाट खग्रास सूर्यग्रहण देखिनु दुर्लभ घटना हो। झन्डै ३७५ वर्षपछि मात्र त्यस्तो अवसर आउँछ।

    यो वर्ष डिसेम्बर ४ मा खग्रास सूर्यग्रहण छ। तर त्यसको पूरा दृश्य एन्टार्क्टिकाबाट मात्र देखिनेछ।समाचार बीबीसी नेपालीबाट साभार गरिएको हो । 


    जेठ २७, २०७८ बिहिवार १४:२८:४१ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # सूर्य ग्रहण
  • अर्कोसमाचार

    पाथीभरा माताले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् जेठ ३० गते देखी असार ५ गते सम्मको साप्ताहिक राशिफल

    जेठ ३०

  • 352
    SHARES
  • पाथीभरा माताले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् जेठ ३० गते देखी असार ५ गते सम्मको साप्ताहिक राशिफल

    मेष राशि - साताको प्रारम्भमा मान्यजनहरुको साथ सहयोगमा जटिल कार्य हरु सम्पादित रहनेछन । पूराना मित्रजनहरु सगँको भेटघाटमा समय ब्यतित रहनेछ । परीवारका सदस्यहरुको स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । सामाजिक कार्यमा अग्रसरता जनााउने अवसार प्राप्त हुनेछ । पद प्रतिष्ठामा बृद्धिहुने योग रहेकोछ । मोरञ्जनका साधन खरीदको उत्तम योग रहेकोछ । अध्यन अध्यापनमा समय राम्रो रहेकोछ । अरुको बिश्वासमा कार्यहरु नसुम्पिनु राम्रो रहनेछ । आय आर्जनका बिभिन्न श्रोतहरु फेला पर्नेछन । साताको उत्तरार्ध तर्फ परीवारका सदस्यहरु बाटँ टाढाँहुन सक्ने सम्भनबना रहेकोछ । अनावश्यक खर्चबढ्न सक्ने सम्भाबनां रहेकोछ । ब्यपार ब्यवसायमा समेत सामान्य सामान्य घाटाको सम्भाबना रहेकेनछ । दाम्पत्य सम्बन्धमा भने सुमधुरता छाउनेछ ।

    बृष राशि - मित्रजनहरुको साथसहयोग मनग्य प्राप्त रहनाले मन प्रशन्न रहनेछ । अधुरा कार्यहरु सम्पादन गर्नका निम्ती उत्तम समय रहेकोछ । अधिक आत्मबिश्वासका कारण मनमा घमण्ड उत्पन्न हुन सक्ने सम्भाबना रहेकोछ । यात्रामा भने सामान्य झमेला रहनेछ । मंगल बार पश्चात भने भौतिक साधनको प्रयोगमा बिषेश साबधानि अपनाउनु पर्नेछ । पारीवारका सदस्यहरुमा कसैको स्वास्थमा तनाब देखा पर्नेछ । भुमि तथा वाहन शुख प्राप्त रहने योग रहेकोछ । कार्य सम्पादनको श्रेय भने गैरब्यतिहरुले सहजता पूर्णरुपमा प्राप्त गर्नेछन । सवारी साधनको प्रयोगमा बिशेष साबधानि अपनाउनु होला । साताको अन्त्यमा अध्यन अध्यापनका श्रेत्रमा समय ब्यतित रहनेछ । आर्थिक क्षेत्र दरीलो बनाउने खालका कार्यको प्रारम्भ समेत हुने समय रहेकोछ । यो साता मध्यम रहनेछ ।

    मिथुन राशि - साताको प्रारम्भमा दिर्घकालिन आम्दानिका निम्ती सामान्य लगानि गर्नु पर्ने समय रहेकोछ । बाणीमा मधुरता छाउनाले रुष्टब्यतिहरु लाई समेत नजिक ल्याउन सफल रहिनेछ । भोजभतेर जन्यकार्यमा सहभागीताको योग बन्नेछ । पुराना लगानि उठाउन समयले बिशेष साथ दिएकोछ । साथिभाईहरुको साथसहयोगमा जटिलकार्यहरु सम्पादित रहनेछन । मान्यजनहरुको मार्गदर्शनमा सभासम्मेलनमा सरीक रहने अवसर प्राप्त रहनेछ । भौतिक साधनको प्रयोगमा अधिक समय ब्यतित रहनेछ । आर्थिक क्षेत्र सबल तुल्याउन सामान्य परीश्रम खर्चनु पर्ने समय रहेकोछ । साजेदारीका साथमा नयाँकार्यको थालनि आम्दानिका दिर्घकालिन श्रोत बन्ने योग रहेकोछ । अध्यन अध्यापनका क्षेत्रमा समय मध्यम रहनेछ ।

    कर्कट राशि - मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । नयाँ कार्यको थालनिले मन प्रशन्न रहनेछ । मान्यजनहरुको साथ सहयोगमा ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त रहनेछ । दाम्पत्य सम्बन्धमा भने सामान्य तनाब उत्पन्न हुन सक्नेछ । स्थीर क्षेत्रमा गरीएको लगानि उत्तम साबित रहनेछ । सभासम्मेलन सम्लग्न रहने समय रहेकोछ । बाणी तथा कला र्कौशलका क्षेत्रबाट आफन्तजनहरु लाई मोहित तुल्याउन सकिनेछ । खानपानका क्षेत्रमा बिशेष साबधानि अपनाउनु पर्नेछ । मित्रजनहरु सगँको सम्बन्धमा भन्ने सामान्य तिक्तता उत्पन्नहुन सक्नेछ । बल तथा प्रराक्रमका क्षेत्रमा कमि भएको महसुस हुनेछ । यात्रामा बिशेष साबधानि अपनाउनु पर्नेछ । योसाता नयाँ लगनीका साथमा गरीएका कार्यमा बिशेष लाभप्राप्त रहनेछ ।

    सिंह राशि - साताको प्रारम्भमा सामान्य आर्थिक अभाबको सामना गर्नु पर्नेछ । नजिकका मित्रजनहरुले धोका दिनाले साजेदारीकार्यमा सामान्य तनाबको सामना गर्नु पर्नेछ । पारीवारका सदस्यहरुबाट टाढा भएको महसुस रहनेछ । भोगबिलाशिताको सरसामान खरिदमा सामान्य खर्चको सम्भाबना रहेकोछ । मगंलबार प्रश्चातभने मान्यजनहरुको सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन । नयाँ ब्यापार ब्यवसायमा लगानी लगाउन समयले साथदिनेछ । अध्यन अध्यापनमा रुचि जाग्नेछ । पारीवारिक सम्बन्धमा रहेको समस्या सामान्य सुधारउन्मुख रहनेछ । साताको अन्त्यतिर स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । आफन्तजनहरु सित सामान्य वादविवादको सम्भाबना रहेकोले बिशेष साबधानि रहनुहोला । यो साता आर्थिक कारोबारमा साबधानि अपनाउनुनै उत्तम रहनेछ ।

    कन्या राशि - साताको प्रारम्भ उत्तम रहनेछ । कला कौशलका क्षेत्रबाट आम्दानि प्राप्त रहनेछ । कार्य क्षेत्रमा मानसम्मान प्राप्तीको योग रहनेछ । अध्यन अध्यापनका निम्ती समय मध्यम रहनेछ । नयाँ कार्यहरु पनि प्रारम्भहुनेछन । पुराना मित्रजनहरु सगँको भेटघाटले मन प्रशन्न रहनेछ । मगंलबार पश्चात भने अनावश्यक खर्चका कारण मनमा सामान्य चिन्ताले सताउनेछ । परीवारका सदस्यहरु सगँ सामान्य मनमुटाब रहन सक्ने सम्भाबना रहेकोछ । तपाइको कार्यमा त्रुटिखोज्नेहरु बाटँभने बच्नुपर्ने समय रहेकोछ । साताको अन्त्यतिर अधुराकार्यहरु पून सुचारु गर्न समयले साथ दिनेछ । साजेदारी कार्यमा हात नहाल्नुनै बेश रहनेछ । ब्यपार ब्यवसायमा जिवन साथीको अग्रसरता उत्तम रहनेछ । यो साताको प्रारम्भ तथा अन्त्यमा आर्थिक कारोबार गरे पनि साताको मध्यमा भने सजग रहनु होला।

    तुला राशि - गरीरहेको कार्यमा अधिक समय खर्चनु पर्नेछ । सामाजिक कार्यका क्षेत्रमा सामान्य अपजसको सामना गर्नुपर्ने हुदा बिशेष साबधानि अपनाउनु होला । सामान्य अप्रिय खबरले मन बिचल्लीत गराउन सक्नेछ । भौतिक साधनको अधिक उपयोग समेत कष्टकर रहन सक्नेछ । आम्दानिका बिभिन्न श्रोतहरु फेला पर्नेछन । मित्रजनहरुको साथ सहयोगमा दिर्घकालिन आम्दानिका मार्ग तयार गर्ने अवसार प्राप्त रहनेछ । बौधिक ब्यतित्वहरु सगँको भेटघाटले मन रोमाञ्चीत तुल्याउनेछ । पठन पाठनमा समय उत्तम रहनेछ । साताको अन्त्य तिर भने तात्कालिन आर्थिक अभाबको सामना गर्नु पर्ने सम्भाबना रहनेछ । प्रतिपक्षीहरु सबल रहनाले प्रतिस्पर्दाजन्य कार्यमा बिशेष साबधानि अपनाउनु पर्नेछ । यो साता नयाँ कार्यका क्षेत्रमा लगानि गर्न बिशेष सोच बिचार पूर्याउनु होला ।

    बृश्चिक राशि - साताको प्रारम्भमा सामाजीक कार्यमा जुट्ने उत्तमसमय रहकोछ । रोकिएर रहेका कार्यहरु सम्पादन गर्न बिषेश समय रहेकोछ । मान्यजनहरुको साथ सहयोग प्राप्त रहनेछ ।स्थीर क्षेत्रमा लगाइएको लगानिको दिर्घ कालिन फाईदा प्राप्त रहनेछ । महत्वपूर्ण जिम्बेवारी हात लाग्ने समय रहेकोछ । सभासम्मेलन जन्यकार्यमा सहभागीताको योग रहेकोछ । मान्यजनहरुको साथ सहयोगमा नयाँ कार्यको थालनिको निम्ती उत्तम समय रहनेछ । कार्य क्षेत्रमा लगाईएको लगनसीलताको राम्रो कदर हुनेछ । अध्यन अध्यापनका क्षेत्रमा खर्चिएको समय मध्यम रहनेछ । आम्दानिका बिभिन्न श्रोतहरु फेला परेतापनि कार्य क्षेत्रमा एक्लोपनको अनुभब रहनेछ । साताको अन्त्यमा अनावश्यक खर्चको सम्भाबना रहनेछ । परीबारका सदस्यहरुबाट टाढाँ भएको महसुस रहनेछ । बिश्वासिला ब्यत्तिहरुबाटँ धोका हुन सक्ने सम्भाबना रहेकोले साबधानि रहनु होला ।

    धनु राशि - साताको प्रारम्भमा स्वास्थमा सामान्य समस्या देखा पर्नेछ । गरीरहेको कार्यमा समेत सामान्य झमेला उत्पन्न हुनेछ । आफन्तजनहरु सगँ बादबिवादको सम्भाबना रहेकोछ । मित्रजनहरुको साथ सहयोगमा अधुराकार्यहरु सम्पादित रहनेछन । सम्पादित कार्यको उत्तम श्रेय प्राप्तहुनाले मन प्रशन्न रहनेछ । मान्यजनहरु सगँको भेटघाटले उत्साहा दिलाउनेछ । यात्रामा बिशेष साबधानि अपनाउनु पर्नेछ । भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहनेछ । कार्य सम्पादनका निम्ती बिभिन्न कठिनाईको सामना गर्नु पर्ने समय रहेकोछ । सबारी साधनको प्रयोगमा साबधानि अपनाउनु उत्तम रहनेछ । मानसम्मानमा समेत आचँ आउन सक्नेछ । सामान्य अप्रिय खवरको श्रवण मनमा चिन्ता उत्पन्न हुन सक्नेछ । साताको अन्त्यमा आम्दानिका श्रोतहरु प्रशस्त फेला परेता पनि कार्य सम्पादनमा भने बिलम्ब हुन सक्नेछ ।

    मकर राशि - भौतिक साधनको प्रयोगमा समय ब्यतित रहेनछ । पारीवारिक सम्बन्धमा सामान्य समस्या देखा पर्ने सम्भाबना रहेकोछ । शारीरिक आलस्यताका कारण गरीरहेको कार्यमा सामान्य ढिलाईको योग रहेकोछ । सामान्य अप्रिय खबरले मनलाई चन्चल तुल्याउन सक्नेछ । आत्मसम्मानमा ठेस पुग्नसक्ने सम्भाबना रहेकोछ । बिद्यार्थी वर्गका निम्ती समय सामान्य कठिन रहनेछ । बौधिक ब्यत्तित्वहरुका सामु आफु कमजोर भएको महसुस रहनेछ । नयाँकार्यमा साजेदारी नगर्नुनै उत्तम रहनेछ । गरीरहेको कार्यमा क्षणिक परीर्वतन तथा ढिलाईको सामना गर्नुपर्नेछ । बिहिबार पश्चात भने अधुराकार्यहरु स्वतः सम्पादित रहनेछन । परीवारका सदस्यहरु बाट टाढा रहेको अनुभब हुन सक्नेछ । योसाता कार्य क्षेत्रमा सामान्य तनब रहेता पनि आम्दानिमा भने असर रहने छैन ।

    कुम्भ राशि - सामान्य अप्रिय खबरले मन बिचल्लीत गराउन सक्नेछ । भौतिक साधनको अधिक उपयोग समेत कष्टकर रहन सक्नेछ । मनोबिलासिताका साधनको खरीदमा सामान्य खर्चको सम्भबना रहेकोछ । नयाँ लगानिका साथमा थालिएका ब्यापार ब्यवसायमा मनग्य लाभ प्राप्त रहनेछ । शारीरिक आलस्यताले कार्यक्षेत्रमा सामान्य ढिलाईको सामना गर्नुपर्ला । बिश्वासिला ब्यत्तिहरुबाट धोकाहुन सक्नेछ । संचित रकम खर्चको सम्भाबना रहेकोले बिषेश साबधानि अपनाउनु उत्तम रहनेछ । बौधिक ब्यत्तित्वहरुका सामु आफु कमजोर भएको महसुस रहनेछ । नयाँकार्यमा साजेदारी नगर्नुनै उत्तम रहनेछ । स्वास्थका क्षेत्रमा समेत सामान्य समस्या देखा पर्नेछ । खानपानमा साबधानि अपनाउनु होला । सम्पासदत कार्यको श्रेय गैर ब्यत्तिहरुले प्राप्त गर्नाने मनमा खिन्नता उत्पन्नहुन सक्नेछ ।

    मीन राशि - यो साता गरीरहेको कार्य परीर्वतनको सम्भाबना रहनेछ । अध्यन अध्यापनमा समय ब्यतित रहनेछ । आफुभन्दा सानाको सहयोगमा नयाँ कार्य थालनिको योग बन्नेछ । कला कौशलको प्रयोगले हरकसैलाईृ मोहित तुल्याउन सकिनेछ । सामाजिक कार्यका क्षेत्रमा जुट्दा सामान्य मान सम्मान समेत प्राप्त रहनेछ । आर्थिक क्षेत्र सबल तुल्याउन सामान्य परीश्रम खर्चनु पर्ने समय रहेकोछ । देशबिदेशको यात्राका निम्ती समय मध्यम रहनेछ । बिहिबार पश्चात भने ब्यापार ब्यवसायमा नयाँ लगानी गर्नु उत्तम रहनेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । अधुरा कार्यहरु सम्पादन गर्न समय राम्रो रहेकोछ । प्रेम सम्बन्धमा प्रगाढता छाउनेछ । योसाता तपाईको कार्य प्रगतिको चर्चा चल्नेछ साथै अधुरा लगानि उठाउने दिन समेत रहेकोछ ।ज्यो.प.सरोज घिमिरे


    जेठ ३०, २०७८ आइतवार ०७:३५:४० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राशिफल
  • कालिञ्चोक भगवतीले तपाईको मनोकामना पूरा गरुन् ! हेर्नुहोस् जेठ ३१ गते सोमबारको राशिफल

    जेठ ३१

  • 256
    SHARES
  • कालिञ्चोक भगवतीले तपाईको मनोकामना पूरा गरुन् ! हेर्नुहोस् जेठ ३१ गते सोमबारको राशिफल

    मेष राशि - पारीवरिक मनोरञ्जनका क्षेत्रमा समय ब्यतित रहनेछ । कार्य प्रतिको लगनसिलताको कदर हुने समय रहेकोछ । भौतिक श्रोत साधनको प्रयोगमा अधिक समय बित्नेछ । ब्यपार ब्यवसायमा समय उत्तम रहनेछ । प्रेम सम्बन्धमा प्रगाढता छाउनेछ । मानसम्मान प्राप्तीको समेत योग रहेकोछ ।

    बृष राशि - मित्रजनहरुको अधिक सामिप्यता कष्टकर साबित रहनेछ । सामान्य पारीवारिक झोरझमेलाको सामना गर्नुपर्नेछ । यात्रामा पनि साबधानि पूर्वक अधिबढ्नुहोला । अध्यन अध्यापनमा समय मध्यम रहनेछ । ब्यापार ब्यवसायमा साजेदारी नगर्नुनै उत्तम रहनेछ । अप्रत्याशीत खवरले मनमा प्रशन्नता छाउनेछ ।

    मीथुन राशि - वाणी मधुरता छाउनेछ । कलाकौशलको क्षेत्रमा समय ब्यतित रहला । स्वास्थका क्षेत्रमा पनि सामान्य सुधारको योग बन्नेछ । पारीवारिक साथसहयोगमा अधुरा कार्यहरु सम्पादित रहनेछन । अध्यन अध्यापनमा भने समय त्यति उत्तम रहेकोछैन । नयाँ लगानिमा भने सजग रहनु होला ।

    कर्कट राशि - आय आम्दानिका बिभिन्न श्रोतहरु फेला पर्नेछन । मानसीक तनाबका कारणले गर्दा कार्य क्षेत्रमा झन्झट आई पर्न सक्नेछ । पारीवारिक भेटघाटको क्षेत्रमा समय ब्यतित रहला । शारीरिक आलस्यताका कारण गरीरहेको कार्यमा सामान्य झन्झट उत्पन्न हुन सक्नेछ । दाम्पत्य सम्बन्धमा सामान्य खराबी उत्पन्न हुन सक्नेछ ।

    सिंह राशि - अधुरो यात्रा रहने योग रहेकोछ । अरुको छिटो बिश्वास गर्नाले सामान्य धोकामा परिएला । फजुल खर्चको योग रहेको छ । मानसिक चिन्ताले सताउनेछ । आँट शाहसमा कमि आउनाले कार्यसम्पादनमा समस्या आउन सक्छ ।तपाईको द्वारा सम्पादित कार्यमा त्रुटि देखाउनेहरुको बृद्यिहुनेछ । स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ ।

    कन्या राशि - दिदी बहिनीहरुको साथ सहयोगले दीगो फाईदा हुने कार्यको थालनि होला । आक्स्मिक धनलाभको सम्भाबना रहेको छ । बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला । सन्तान सम्बन्धि समस्याले सताउला । रचनात्मक तथा कला क्षेत्रबाट सामान्य आम्दानि लिन सकिनेछ । स्वास्थका निम्ती सामान्य खर्चको सम्भाबना समेत रहेकोछ ।

    तुला राशि - बिद्यार्थी बर्गको बौधिक बिकाशका निम्ति समय राम्रो रहेको छ । मान्यजनको साथ सहयोग द्वारा सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ । श्रम र मेहेनतको राम्रो कदर हुनेछ भौतिक श्रोत साधनको प्रयोगमा समय ब्यतित रहने योग रहेकोछ । गरीरहेको कार्यका श्रेत्रमा सामान्य ढिलाईको सम्भावना रहेकोछ ।

    बृश्चिक राशि - ईष्ट मित्रजनको सहयोग प्राप्तहुनाले कार्य सहज रहला । मान्यजनको मार्गदर्शन अबलम्बन गर्नाले भाग्योदयको बाटो देखा पर्नेछ । आजको कार्यले भोलिलाई फाइदा रहनेछ । आय आर्जनका निम्ती अधिक श्रम गर्नु पर्ने समय रहेकोछ । मान प्रतिष्ठामा सामान्य आचँ आउन सक्ने सम्भाबना रहेकोछ ।

    धनु राशि - मानसीक चन्चलताले कार्य क्षेत्रमाझन्झट आई पर्नेछ । सामान्य बादबिवादको सामना गर्नु पर्ला । मनमा उत्पन्न बिभिन्न कुबिचारले समस्या निम्त्याउन सक्ला सजग रहनु पर्नेछ । भोजभतेर तथा सभासम्मेलन जन्य कार्यमा सहभागीता जनाउने अवसर प्राप्त हुनेछ । रचनात्मक कार्यमा समय ब्यतित रहनाले मन प्रशन्न रहनेछ ।

    मकर राशि - साजेदारी कार्यमा हात नहालेकै बेश रहनेछ । ब्यापार ब्यवसायका क्षेत्रमा सामान्य समस्या देखापर्नेछ । बिश्वासिलो ब्यक्तिहरुबाट धोका हुन सक्ला । तपाईको कार्य बाट फाईदा लिनेहरुको सङख्यामा बृद्यि हुनेछ । मनोबिलासिताका साधनको प्रयोगले समय ब्यतित रहनेछ । ब्यपार ब्यवसायका क्षेत्रमा समय उत्तम रहेकोछ ।

    कुम्भ राशि - अरुको संगतगर्ने बानिले सामान्य समस्या आइपर्ला । कार्य सम्पादन प्रति अरुको दबावको महसुस हुनाले दिन तनाब पूर्ण ब्यतित रहला । स्वास्थमा देखिएको समस्याका कारण सामान्य खर्चको योग रहेकोछ । परीवारका सदस्यहरु बाट टाढा भएको महसुस रहनेछ । गैर ब्यत्तिहरुको बिश्वासमा नपर्नु होला ।

    मिन राशि - बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला । पठनपाठनको निम्ति समय राम्रो रहेको छ । गरिरहेको कार्य क्षेत्रमा मन चन्चल रहनाले अरु नयाँ काम को थालनि हुन सक्नेछ । आय आर्जनका बिभिन्न श्रोत साधनहरु फेला परेतापनि मानसिक चन्चलताले कार्य श्रेत्रमा ब्यवधान आई पर्नेछ ।ज्यो.प.सरोज घिमिरे


    जेठ ३१, २०७८ सोमवार ०७:१४:१९ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राशिफल
  • असारमा चार ग्रहको योग : उच्च वर्षादेखि अचानक राजनीति परिवर्तनसम्म 

    असारमा चार ग्रहको योग : उच्च वर्षादेखि अचानक राजनीति परिवर्तनसम्म 

    काठमाडौं । असार १ गते मंगलबार दिउँसो १ बजेर ३२ मिनेटबाट सूर्य ग्रह एक महिनाका लागि मिथुन राशिमा राशि परिवर्तन हुन लागेको हो । असार महिनाभरि सूर्यको मिथुन राशिमा गोचर हुँदा यसको प्रभाव समग्र क्षेत्रमा फरक फरक तरिकाबाट पर्ने छ । 

    मंगलबार सङ्क्रान्ति, शनिबार पूर्णिमा तथा आइतबार औंसी तिथिको संयोग जुरेकाले असार महिनालाई अर्थपूर्ण रूपमा हेरिरहेको छ । यस्तो समयमा सकारात्मक भन्दापनि नकारात्मक प्रभाव धेरै पर्ने अनुमान गरिएको छ । २० असारबाट बुधग्रह आफ्नै राशि मिथुनमा गोचर गरेपछि मात्रै शुभ फलदायी बुधादित्य योगको शुभफल प्राप्त हुने छ । 

    असार ७ गते बिहीवार देखि देबगुरु बृहस्पति करिब चार महिनाका लागि बकृ अवस्थामा रहनाले देशैभरि नै सामान्यदेखि भारी वर्षाको सम्भावना रहने हुँदा विशेष सावधानी अपनाउनु पर्नेछ । 

    बृहस्पतिको प्रभाव विशेषगरी बोट विरुवामा पर्ने भएकाले चार महिना सम्म प्राकृतिक विपत्ति ठूलाठूला पहिरोबाट धेरै बोटबिरुवा नष्ट हुनुका साथै मानवीय वस्तिहरुमा समेत यसको उच्च प्रभाव रहनेछ अनुमान लगाइएको छ । 

    असार ७ गते देखि पुनः शुक्रग्रह जलतत्व राशि कर्कटमा प्रवेश गरे पछि शुक्रको युक्तिसंगतले भारी बर्षाको सम्भावना रहने देखिन्छ । समयमै सावधानी अपनाउन नसके ठूलै धनजनको नोक्सान पूर्वी तथा दक्षिणी भागमा पर्ने छ । 

    सेनाधिपति मंगल ग्रह र देवगुरु बृहस्पति  त्यस्तै शनि सूर्यको षडाष्टक योग परेकाले अचानक राजनीति परिवर्तन हुनुका साथै उच्च पदस्थ व्यक्तिलाई निक्कै कष्ट पर्ने योग देखिएको छ । 

    न्याय कारक ग्रह शनि र राज्य कारक ग्रह सूर्य अत्यन्तै खराब मानिने षडाष्टक योगमा रहेकाले सत्ता पक्ष र न्याय पक्षको आपसी नकारात्मक द्वन्द्व उच्च विन्दुमा पुग्नुका साथै सत्ता पक्ष निकै कमजोर सावित हुने देखिएको छ । असार २६ सम्म क्षत्र भङ्ग योग रहिरहेकाले सहमतिमा कुनै पनि सहकार्य नहुने देखिएको छ । 

    बहुमुल्य सामान सुन, चाँदी, तामा लगाएतका सामानको मूल्य वृद्धि भइरहने छ । खाद्यान्न तथा तेलको पनि निरन्तर मुल्यवृद्धिको मारमा जनता परि नै रहने छन् ।

    पूर्वी क्षेत्रमा बाढीको प्रभाव उच्च रहने छ भने पश्चिमी भूभागमा पहिरोको उच्च जोखिम रहने देखिएको छ । विद्यार्थीहरुकालागि महिना भरी नै पठनपाठनमा अवरुद्ध हुने देखिएको छ ।


    जेठ ३१, २०७८ सोमवार १७:५६:०० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # असार
  • # ग्रहको योग
  • # राजनीति परिवर्तन

  • ज्यो. सुरेशचन्द्र रिजाल

    गणेश भगवानले तपाईको मनोकामना पूरा गरुन् ! हेर्नुहोस् असार १ गते मंगलबारको राशिफल

    आषाढ १

  • 258
    SHARES
  • गणेश भगवानले तपाईको मनोकामना पूरा गरुन् ! हेर्नुहोस् असार १ गते मंगलबारको राशिफल

    मेष राशि - पारीवारीक झोरझमेला ले सताउन सक्नेछ । गरीरहेको कार्यमा अधिक समय ब्यतित हुनाले मनमा खिन्नता बोध हुनेछ । तपाईको कमजोरीको फाईदा अरुले लिन सक्छन । सभा सम्मेलनमा सरीक हुने अवसर जुट्नेछ । सामाजिक कार्यमा आफु अग्रसर भएको खण्डमा भने अरुको बिश्वास जितिने छ ।

    बृष राशि - यात्रा झन्झट पुर्ण रहन सक्छ । काम गर्दा बिशेष साबधानि अपनाउनु होला सामान्य अप्जस आईपर्न सक्नेछ । मित्रजनसँगको अधिक निकटताको कारण भाग्योदयमा बाधा उत्पन्न हुनेछ । अरुले गरेको गलत कामको आरोप तपाईले भोग्नु पर्ला । मित्रजन हरुको प्रशन्नताका निम्ती सामान्य खर्च हुने योग रहेको छ ।

    मीथुन राशि - आफन्तजन हरुको साथ सहयोगको कमि महसुस हुनेछ । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्नेछ । मेहेनत अनुरुपको फल प्राप्ति नहुनाले दिन निरासा पुर्ण ब्यतित हुने छ । खानपानमा बिशेष ध्यान दिनु होला । तपाईको बोलिको कारण आफन्तजन हरु रुष्ट रहन सक्छन । नजिकका ब्यक्ति बाट धोका हुन सक्नेछ ।

    कर्कट राशि - भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । गरिरहेको कार्य क्षेत्रमा मन चन्चल रहनाले अरु नयाँ काम को थालनि हुन सक्नेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । ब्यापार ब्यवसायमा आफ्नो प्रभुत्व रहनेछ ।सफल कार्यसम्पादनको लागी कडा परिश्रम गर्नु परे तापनि कार्य सफलताले मनमा प्रशन्नता छाउनेछ ।

    सिंह राशि - बिश्वासिलो ब्यक्ति हरुबाट धोका हुन सक्छ । शत्रु सबल रहनेछन । नयाँ लगानीको क्षेत्रमा बिशेष होस पुर्याउनु होला । सहयोगी ब्यक्तिहरुको साथ छुट्नाले मनमा आघात पुग्नेछ । तपाई सगँ प्रतिस्पर्दा गर्ने ब्यक्तिहरुको बृद्यि हुनेछ । निर्णय लिने क्षमतामा ह्राँस आउनेछन । साजेदारी कार्यमा हात नहालेकै बेश हुनेछ ।

    कन्या राशि - आफु निर्णय गर्न नसक्ने अनि अरुको भर पर्ने बानिले सामान्य झन्भट आईपर्ला । स्वास्थमा गडबढि रहनसक्छ । यात्राका कारण सामान्य खर्च हुन सक्नेछ । बौधिक ब्यक्तिहरुका बिचमा आफु कमजोर भएको महसुस हुनेछ । पठन पाठन सफल रहनाले बौदिकताको सर्वत्र कदर हुनेछ ।

    तुला राशि - सामाजिक कार्यमा आफुअग्रसर रहेपनि त्यसको श्रेय भने अरुलाई मिल्नाले सामान्य खिन्नता बोध हुनसक्नेछ । तपाईको कार्य क्षेत्रमा सामान्य त्रुटिका कारण मानसम्मानमा ठेस पुग्नेछ । प्रिय मित्रजन सगँको भेटघाटले मन प्रशन्न रहनेछ । पारीवारिक मनोरञ्जनका क्षेत्रमा ज्यादा समय ब्यतित रहने योग रहेकोछ ।

    बृश्चिक राशि - सामान्य शकां उपशकांहरुको निबारण हुने दिन रहेको छ । परीश्रमको राम्रो फल प्राप्त हुनाले मन प्रशन्न रहनेछ । मित्र तथा दाजु भाई हरुको साथ सहयोगले कार्यक्षेत्र सबल रहला तथा भाग्योदयको योग रहेकोछ । निरन्तर भइरहेका कार्यबाट बिषेस लाभ लिन सकिनेछ । अर्काको खुसिको लागी अनावश्यक पश्रिम खर्चीनुपर्नेछ ।

    धनु राशि - सञ्चित रकम खर्चहुने योग रहेको छ । अरुको दबाबको कारण मानसिक समस्या आई पर्ने छन । पठनपाठनमा भने समय राम्रो रहेको छ । ब्यक्तिव बिकाशमा जुट्ने समय रहेको छ । मित्रजनको साथसहयोमा बृद्धि हुनेछ । सामान्य चोटपटकको सामना गर्नु पर्न सक्छ । कार्य सम्पादनमा अरुको दबाबको अनुभब हुन सक्नेछ ।

    मकर राशि - दाम्पत्य शुखमा बाधा पर्न सक्छ । मातृ पक्षमा कसैको स्वास्थमा सामान्य असर रहला । भौतिक स्रोत साधनको प्रयोगमा समय ब्यतित हुने योग रहेको छ । आटशाहसको बृद्यिहुने योग रहेको छ । कार्यक्षेत्रमा भने सामान्य झन्झट ब्यर्होनु पर्ला । नयाँ कार्यको थालनि गर्नका निम्ती उत्तम समय रहेकोछ ।

    कुम्भ राशि - सामाय आर्थिक अभाबको सामना गर्नुपर्ला । अनावश्यक यात्रा हुन सक्छ । बिश्वासिलो ब्यक्ति हरुबाट धोका हुन सक्छ । शत्रुपक्ष मजबुत रहनाले कार्य क्षेत्रमा बिशेष सजग रहनु पर्ला । नेत्र सम्बन्धि समस्याले सताउन सक्छ । सौदर्यका क्षेत्रमा खर्चहुने योग रहेको छ । पारीवारिक सम्बन्धमा सामान्य मनमुटाब उत्पन्न हुन सक्नेछ ।

    मिन राशि - यात्रा आम्दानि मुलक रहन सक्छ । कुलकुटुम्बको साथ सहयोगले नयाँ कार्यको थालनिहुन सक्ने सम्भाबना रहेको छ । आफ्नो चार्तुयताले कार्य सम्पादन गर्दा सबैको चर्चाको बिषय भईन सकिनेछ । गरीरहेको कार्य क्षेत्रबाटँ आक्समिक धनलाभ हुने योग रहेको छ । बिद्यार्थी बर्गका निम्ती समय उत्तम रहनेछ ।ज्यो.प.सरोज घिमिरे 


    आषाढ १, २०७८ मंगलवार ०७:२०:०६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राशिफल
  • भगवान मुक्तिनाथले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् असार २ गते बुधबारको राशिफल

    आषाढ २

  • 252
    SHARES
  • भगवान मुक्तिनाथले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् असार २ गते बुधबारको राशिफल

    मेष राशि - बौधिक क्षेत्रका ब्यतित्व सगँको संगत द्वारा मन प्रशन्न रहला । कार्यप्रतिको लगन सिलतामा बृद्यि हुनेछ । शारिरीक आलस्यताको सामना गर्नु पर्ला । मनोरञ्जनका निम्ती सामान्य खर्चको सम्भाबना रहेकोछ । आम्दानि क्षेत्र मध्यमनै रहेता पनि इष्टमित्रका निम्ती सामान्य खर्च हुन सक्ने सम्भाबना रहेको छ ।

    बृष राशि - निर्णय गर्ने क्षमता मा बृद्धि हुने योग रहेको छ । भौतिक साधनको प्रयोगमा समय ब्यतित रहनेछ । आय मुलक कार्यको थालनि हुनेछ । मान्यजनको साथ सहयोग द्वारा सामाजिक कार्यको क्षेत्रमा अग्रसर भईनेछ । पारीवारिक मेल मीलाप बढेता पनि दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ ।

    मिथुन राशि - भौतिक साधनको प्रयोगमा समय ब्यतित हुन सक्छ । पुरानो लगानि उठाउन समयले साथ दिनेछ ।सामान्य कार्यको निम्ती धेरै समय ब्यतित हुनाले मानसीक तनाबको सामना गर्नु पर्नेछ । नजिकका मित्रजनहरु बिचको सम्बन्ध टाढिन सक्ला । मान्यजनको मार्गदर्शन अबलम्बन गर्नाले भाग्योदयको बाटो देखा पर्नेछ ।

    कर्कट राशि - सामान्य चोटपटकको सिकार भईन सक्छ सजग रहनु होला । मान्यजन संगको सम्बन्ध खराब रहन सक्छ । शुभचिन्तकहरुको साथ प्राप्त हुनाले कार्य सहज बन्नेछ । तपाइको कार्यसम्पादनको श्रेय गैर ब्यतित्वहरुले प्राप्त गर्नेछन । बाणीको चातुर्यताले नयाँ मित्र प्राप्त हुन सक्छन । आजको कार्यले भोलिलाई फाइदा रहनेछ ।

    सिंह राशि - निर्णय गर्ने क्षमता मा कमि आउनेछ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । मित्र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । खानपानका कारण स्वास्थमा सामान्य खराबि देखा पर्नेछ । साजेदारी कार्यमा हात नहालेकै बेश रहनछ । ब्यापार ब्यवसायका क्षेत्रमा सामान्य समस्या देखापर्नेछ ।

    कन्या राशि - एकान्त वाताबरणमा मन रम्नेछ । नयाँ कार्य क्षेत्रमा लगानि नगरेकै बेश हुनेछ । खराब संगतका कारण सामान्य अप्जस सहनु पर्ला । जिबन साथीको सहयोग द्वारा गरीएका काममा सफलता प्राप्त हुनेछ । अनावश्यक खर्चको सम्भाबना रहेकोछ । गैर ब्यत्तिहरुको बिश्वासमा नपर्नुनै उत्तम रहनेछ ।

    तुला राशि - पुरानो लगानि उठाउने राम्रो समय रहेको छ । मित्र जनको साथ सहयोग बाट कार्य सम्पादनमा मदत पूग्नेछ । प्रतिस्पर्दा मुलक कार्यमा बिषेश सफलता प्राप्त हुने योग रहेको छ । अध्यन अध्यापनका क्षेत्रमा समय ब्यतित रहनेछ । रचनात्मक तथा कला कौशलका क्षेत्रबाट सामान्य आम्दानि लिन सकिनेछ ।

    बृश्चिक राशि - नेतृत्व गर्ने क्षमतामा बृद्धि हुनेछ । मनमा चन्चलताले बास गरेतापनि ब्यापार ब्यवसाय बाट राम्रो लाभ लिन सकिनेछ । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नाले दिगो आर्थिक लाभको बाटो बन्न सक्नेछ । अप्रिय खवरको श्रवणले मनमा सामान्य चिन्ता प्राप्त रहने दिन रहेकोछ ।

    धनु राशि - साझेदारी कामका क्षेत्रमा सामान्य झन्जट ब्यर्होनु पर्ला । धैर्य धारण गर्ने क्षमतामा बृद्धि हुनेछ । सामान्य खर्च भएता पनि मनमा चिन्ता भने रहने छैन । यात्राका क्षेत्रमा बिशेष साबधानि अपनाउनु होला । अरुद्वारा सम्पादित कार्यको श्रेय प्राप्त हुनाले मन प्रशन्न रहला । मानसम्मानमा आधात पर्नसक्ने सम्भाबना रहेकोछ ।

    मकर राशि - मनोबिलासिताका सामानको क्षेत्रमा सामान्य खर्च हुन सक्नेछ । बाणिको कारण दाम्पत्य शुखमा बाधा आउन सक्ने सम्भाबना रहेको छ । ईष्ट मित्र बिच सामान्य बादबिवादको योग रहेको छ । स्वास्थमा सामान्य तनाब उत्पन्न हुन सक्नेछ । भोजभतेर तथा सभासम्मेलन जन्य कार्यमा सहभागीता जनाउने अवसर प्राप्त हुनेछ ।

    कुम्भ राशि - प्रेम सम्बन्धमा सुधार आउनेछ । जिवनसाथीको साथ सहयोग द्वारा आम्दानि क्षेत्रमा मार्गदर्शन मिल्नेछ । भोग बिलासको क्षेत्रमा समय ब्यतित हुन सक्छ । परोपकार तथा ब्यापार ब्यबसायको क्षेत्रमा राम्रो समय रहेको छ । रोकिएर रहेका कार्य सम्पादित हुनाले मन प्रशन्न रहला । आम्दानि मध्यम रहला ।

    मीन राशि - बोल्दा सजग रहनु होला बोलिको कारण नजिकका मित्रजन रुष्ट रहन सक्छन । स्वास्थ सम्बन्धि समस्याले सताउन सक्छ । तात्कालिक खर्चका कारण सामान्य आर्थीक अभाबको सामना गर्नु पर्ला । प्रतिश्पर्दिहरु सवल रहनाले हर कदममा सजग रहनु होला । स्वास्थमा देखिएको समस्याका कारण सामान्य खर्चको योग रहेकोछ ।ज्यो.प.सरोज घिमिरे


    आषाढ २, २०७८ बुधवार ०७:२४:३३ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राशिफल
  • भद्रकाली माताले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् आज असार ३ गते बिहीबारको राशिफल

    आषाढ ३

  • 162
    SHARES
  • भद्रकाली माताले तपाईको मनोकामना पूरा गरुन्, हेर्नुहोस् आज असार ३ गते बिहीबारको राशिफल

    मेष राशि - बिश्वासिला ब्यत्तिहरुबाट धोकाहुन सक्ने सम्भाबना रहेकोछ । सामाजिक कार्यमा सरीक हुने अवसर प्राप्त हुनेछ । सामान्य खर्च हुने योग रहेको छ । सामुहिक कार्यमा सहभागी हुने अबसर रहेकोछ । प्रतिश्पर्दीहरु सवल रहनाले कार्यसम्पादनमा बिषेश साबधान रहनु पर्ने समय रहेकोछ ।

    बृष राशि - अध्यन अध्यापनमा समय उत्तम रहेकोछ । नयाँ कार्यको थालनिले मन प्रशन्न रहला । आफन्तजनहरु बिचको सम्बन्धमा सामान्य तिक्तता उत्पन्न हुन सक्नेछ । अनावश्यक खर्चको सम्भाबना रहेकोछ । कार्य क्षेत्रमा मन लागेपनि सामान्य क्रुटि ले मानशिक चिन्ता दिलाउने छ । तपाईको कमजोरीको फाईदा अरुले उठाउन सक्नेछन ।

    मीथुन राशि - सबारी साधनको प्रयोगमा ध्यान दिनु पर्ने समय रहेको छ । खानपानको क्षेत्रमा सजग रहनु होला । प्रेम सम्बन्धमा सुधार आउनेछ । पारीबारीक झोर झमेला सताउन सक्नेछ । मान्यजनको साथ सहयोले आम्दानिका क्षेत्रमा सहयोग पुग्नेछ । मातृ पक्षको सहयोले बौधिक बिकासमा जुट्ने समय रहेको छ ।

    कर्कट राशि - मित्र जनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्ने योग रहेको छ । एक्लो निर्णयले दाजुभाई बिच मनमुटाब रहन सक्ला । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । कुराकाट्ने ब्यक्ति बाट टाढै रहनु होला । पारीवारिक मनोरञ्जनको क्षेत्रमा समय ब्यतित रहला । सामान्य यात्रा पश्चात कार्य सिद्यि हुनसक्ला ।

    सिंह राशि - मनमा सामान्य डर पैदा हुने साथै मनमा चन्चलताले बास गर्ने छ । बोलिको प्रभाबको कारण मान्यजन को साथ पाईनेछ । स्बास्थ सम्बन्धि समस्यामा सुधार आउनेछ । मित्रजनको साथ सहयोले आक्स्मिक धनलाभ हुन सक्नेछ । कार्यक्षेत्रमा लगाईएको लगानीको प्रतिफल प्राप्तनहुदा मनमा खिन्नता उत्पन्न हुन सक्नेछ ।

    कन्या राशि - भौतिक शुःख साधन प्राप्त हुनेछ । शारीरिक आलस्यले सताउन सक्छ । निर्णय गर्ने क्षमतामा बृद्धि हुनेछ । मनोरञ्जनका श्रोत्र र साधनका श्रेत्रमा सामान्य खर्च बढ्न सक्नेछ । हराएका धनमाल प्राप्ति योग रहेको छ । बौधिक ब्यक्तित्वहरुको सहयोगले कार्य सम्पादनमा बिशेष फाईदा हुनेछ । संगित तर्फ रुचिजाग्नेछ ।

    तुला राशि - प्रेमी प्रेमीका बिच मनमुटाब रहन सक्छ । ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । सामान्य क्षती ब्यर्होनु पर्ला । कुराकाट्ने हरुको बृद्धि हुनेछ । परोपकार को क्षेत्रमा मन जानेछ । साधारण खर्च भएतापनि दिन मध्यम रहनेछ । पारीबारिक साथ सहयोग प्राप्त हुनाले कार्य सम्पादनमा सहयोग पुग्नेछ ।

    बृश्चिक राशि - मित्रजनको सहयोग प्राप्त हुनेछ । बिद्या तथा ब्यापारको राम्रो योग रहेको छ । बोलिको खराब अर्थ लाग्नाले सामान्य झन्झट आईपर्ला । धनमालमा सामान्य क्षति हुने योग रहेको छ सजग रहनु होला । शारीरिक आलस्यताले सताउन सक्नेछ लगानि गर्दा बिशेष होस पुर्याउनु पर्ने समय रहेको छ ।

    धनु राशि - पारीवार तथा ईष्टमित्र सगँको सम्बन्धमा सुधार आउनेछ । सन्तान सम्बन्धि समस्या ले सताउन सक्छ । कार्य कुसलताले मान्यजनको मन जित्न सफल रहने योग रहेको छ । नयाँ कार्यको थालनि ले मन प्रशन्न रहला । आम्दानि क्षेत्र सबल रहेको छ । शुभचिन्तकहरुको सङ्ख्या मा बृद्यि हुने छ । गाएन क्षेत्रमा रुचि जाग्ने योग रहेको छ ।

    मकर राशि - आफन्त जन बिच भेटघाट हुन सक्ने सम्भाबना रहेकोछ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । दाजु भाई तथा इष्ट मित्र बिच सम्बन्ध सुधार रहनेछ । कार्य क्षेत्रमा उत्पन्न झन्झट पश्चात सभा सम्मेलनमा सम्लग्न भईनेछ । परीवारजनहरु सगँको सम्बन्धमा कार्य क्षेत्रका कारण सामान्य मदभेद रहन सक्नेछ ।

    कुम्भ राशि - बोलिको कारण साधारण समस्या आउन सक्नेछ । स्वास्थ सम्बन्धी समस्याले सताउला । स्तान्तरण को योग रहको छ । स्वास्थ सम्बन्धि समस्याको कारण मनमा सामान्य चिन्ताले सताउन सक्छ । नजिकका ब्यक्ति बाट बिश्वासघात हुन सक्छ । कार्य क्षेत्रमा बिशेष सजग रहनु होला सामान्य अप्जस प्राप्त हुन सक्ने सम्भाबना रहेको छ ।

    मिन राशि - ब्यापार ब्यवसाय बाट राम्रो आम्दानि हुने योग रहेको छ । मनोबिलासिताका सामान खरीद योग रहेको छ । मित्रजनहरु बिचको भेटघाटले मन प्रशन्न रहने छ । मान्यजनको साथ सहयोग बाट बिग्रन लागेको काम बन्नेछ । अरुको बिश्वास गर्नाले धोका हुन सक्छ । आम्दानि क्षेत्र सबल रहेता पनि स्बास्थमा सामान्य बाधा आईपर्ने छ ।ज्यो.प.सरोज घिमिरे


    आषाढ ३, २०७८ बिहिवार ०७:२४:४६ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # राशिफल