• Jan 27 2022 | २०७८, माघ १३गते

२०७८, माघ १३गते

के नेपाल सरकारले 'कोरोनिल किट'माथि प्रतिबन्ध लगाएको हो 

बीबीसी जेठ २६ २०७८
  • 1.6K
    SHARES
  • images
    images
    के नेपाल सरकारले 'कोरोनिल किट'माथि प्रतिबन्ध लगाएको हो 

    काठमाडौँ। भारतीय योगगुरु तथा व्यापारी रामदेवको कम्पनी पतञ्जली योगपीठले बनाएको कोरोनिल किटलाई लिएर नेपालमा केही दिनयता चर्चापरिचर्चा भइरहेको छ। सो कम्पनीले प्रदान गरेको कोरोनिल किट गत साता तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले सहयोगस्वरूप लिएपछि त्यसबारे बहस सुरु भएको हो।

    images

    विश्व स्वास्थ्य सङ्गठनले मान्यता नदिएको र नेपालकै नियामक निकायले स्वीकृति दिन बाँकी रहेको औषधि लिएको भन्दै सरकारी कदमको धेरैले आलोचना गरिरहेका छन्। त्यसबारे मन्त्रालयको तर्फबाट अहिलेसम्म औपचारिक रूपमा कुनै धारणा सार्वजनिक गरिएको छैन।

    नेपालमा किन चर्चा ?

    पतञ्जली योगपीठको तर्फबाट सङ्घीय राजधानी काठमाण्डूमा गत बिहीवार तत्कालीन मन्त्री त्रिपाठीलाई कोरोनिल किट भएका ५० वटा कार्टुन हस्तान्तरण गरिएको थियो। सहयोग स्वरूप प्राप्त ती आयुर्वेदिक औषधिलाई मन्त्रालयले आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग पठायो।

    विभागका सूचना अधिकारी डा. मुनकर्ण थापाले बताएअनुसार त्यसमा कोरोनिल ट्याब्लेट, स्वासारी ट्याब्लेट र नाकमा हाल्ने तेल गरी १,५००-१,६०० थान औषधि छन्। ती औषधिलाई प्रयोगका लागि भने कतै वितरण नगरिएको उनले बताए।

    के नेपालले प्रतिबन्ध लगाएको हो ?

    नेपालमा कुनै पनि औषधि विक्री-वितरण गर्नुअघि सम्बन्धित निर्माण कम्पनी अथवा आयातकर्ताले औषधि व्यवस्था विभागमा दर्ता गराई अनुमति लिनुपर्ने व्यवस्था छ। विभागका सूचना अधिकारी सन्तोष केसीले बताएअनुसार पतञ्जलीको कोरोनिल किट हालसम्म दर्ता भएको छैन।

    "कोरोनिल किटबाहेक पतञ्जलीका अरू केही उत्पादन दर्ताका लागि हालै हामीकहाँ आवेदन परेको छ। केही अपुग कागजात हामीले माग गरेका छौँ, अनुमति चाहिँ दिइसकेका छैनौँ," केसीले बीबीसीसँग बुधवार भने।

    ती औषधि उत्पादनका लागि सम्बन्धित देशको नियामक निकायले अनुमति दिइनुका आधार लगायतका पक्ष आफूहरूले हेर्न चाहेको उनले बताए। कोरोनिल किटले नेपालमा अनुमति पाउँछ वा पाउँदैन भन्ने जिज्ञासामा केसीले भने, "त्यसले अनुमति पाउँछ अथवा पाउँदैन भन्नेबारे अहिले नै केही भन्न सकिन्न।"

    विभागका प्रक्रियाहरू पूरा भई नसकेकाले आफूहरूले अहिले कोरोनिल किटको वितरण रोकेको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग सूचना अधिकारी थापाले बताए।

    "कोभिड खोपहरूको हकमा औषधि व्यवस्था विभागको अनुमति चाहिए जस्तै यसमा पनि स्वीकृति चाहिने भएकोले तत्कालका लागि हामीले वितरणमा रोक लगाएका हौँ। प्रतिबन्ध अथवा अरू त्यस्तो केही होइन," थापाले स्पष्ट पारे। यद्यपि कोरोनिल किटको प्रयोगले कोभिड-१९ निको हुने अथवा नलाग्ने रूपमा नबुझ्न उनले आग्रह गरे।

    स्वास्थ्य मन्त्रालय के भन्छ ?

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले पतञ्जलीबाट प्राप्त कोरोनिल किट 'यथास्थिति'मै रहेको बताए। "त्यो यथास्थितिमै छ। हामीले प्रतिबन्ध लगाउने वा प्रयोग गर्ने निर्णय गर्ने होइन। त्यो त औषधि व्यवस्था विभागले गर्ने हो," उनले थपे।

    आवश्यक परामर्शविनै अनुमति नदिइएको औषधि लिने काम उच्च तहबाट गरिएकोले स्वास्थ्य अधिकारीहरू त्यो कदमबारे खुलेर बोल्न नचाहेको कतिपयले बताउने गरेका छन्।

    पतञ्जलीले के भन्दै आएको छ ?

    बीबीसी रीआलिटी चेकका अनुसार पहिलो पटक सन् २०२० को जून महिनामा कोरोनिल किटले कोभिड-१९ को "निदान गर्ने" भन्दै त्यसको प्रवर्द्धनमा योगगुरु रामदेव देखिएका थिए। तर निदानको रूपमा त्यसले काम गरेको कुनै प्रमाण नदेखिएको भन्दै भारत सरकारले हस्तक्षेप गरेपछि कम्पनीले त्यसको बजारीकरण बन्द गर्नु परेको थियो।

    यद्यपि "इम्यूनिटी बुस्टर" को रूपमा चाहिँ कम्पनीले त्यसलाई विक्री गर्न सक्ने सरकारले भन्यो। गत फेब्रुअरी १९ तारिखमा पतञ्जलीले भारतको केन्द्रीय स्वास्थ्यमन्त्री डा. हर्ष वर्द्धनको उपस्थितिमा अर्को कार्यक्रम गर्‍यो जहाँ उसले कोरोनिल किटले कोभिड-१९ बाट जोगाउने र त्यसलाई निको पार्ने आफ्नो दाबी दोहोर्‍यायो।

    तर "अवैज्ञानिक औषधि" को प्रवर्द्धनमा स्वास्थ्यमन्त्री नै सहभागी भएको भन्दै भारतीय चिकित्सकहरूको सबैभन्दा ठूलो सङ्गठन इन्डिअन मेडिकल एसोसिएशनले चर्को आलोचना गरेको थियो।


    जेठ २६, २०७८ बुधवार १७:५३:२४ बजे : प्रकाशित

    images
    images
    अर्कोसमाचार

    हिउँले मनाङका डाँडाकाँडा सेताम्य, माथिल्लाे क्षेत्र नजान पर्यटकलाई अनुराेध

  • 592
    SHARES
  • हिउँले मनाङका डाँडाकाँडा सेताम्य, माथिल्लाे क्षेत्र नजान पर्यटकलाई अनुराेध

    लमजुङ, १८ मंसिर -हिमाली जिल्ला मनाङका डाँडाकाँडा हिउँले सेताम्य बनेका छन् । माथिल्लो मनाङ र नार्पाभूमिका बस्तीमा बिहीबारदेखि हिमपात भइरहेको स्थानीयले बताएका छन् । माथिल्लो मनाङको थोराङलाफेदी, याकखर्क, बेसक्याम्प, तिलिचो क्षेत्रमा हिउँ परेको छ । मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाको बस्तीमा हिमपात भएको बताए ।

    images

    मनाङ ङिस्याङ गाउँपालिकाको हुम्देदेखि माथिल्लो भागमा हिउँ परेको छ । जिल्ला प्रशासन कार्यालय मनाङले उच्च पहाडी र हिमाली भूभागमा हिमपातका कारण तापक्रममा गिरावट आई चिसो वढ्न सक्ने हुनाले सतर्कता अपनाउन आग्रह गरेको छ । हिउँ परेपछी तल्लो क्षेत्रमा पनि चिसो बढेको छ । मनाङको ढिकुरपोखरी (३,२४० मि.) देखि माथिल्लो क्षेत्रमा हिमपात भइरहेको प्रजिअ आचार्यले बताए । हिउँ पर्न थालेपछि चिसो बढेको मनाङ ङिस्याङका छिरिङ गुरुङले बताए । 

    अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका प्रमुख लेखनाथ गौतमले माथिल्लो क्षेत्रमा हिमपात भएकाले पर्यटकलाई गन्तव्यतर्फ नजान भनिएको छ । उनले भने मौसममा सुधार आएपछि मात्र पर्यटकलाई गन्तव्यमा जान एक्याप मनाङले अनुरोध गरेको छ । 


    मंसिर १८, २०७८ शनिवार ०९:३२:५७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # मनाङ

  • क्यानाडा नेपाल

    धोविखोलामा एक पुरुषको शव फेला

  • 820
    SHARES
  • धोविखोलामा एक पुरुषको शव फेला

    काठमाडौँ।  काठमाडौंको रातोपुल नजिकै धोविखोलामा एक पुरुषको शव फेला परेको छ । आइतबार दिउँसो धोविखोलमा शव देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

    images

    खोलामा घोप्टो परेको अवस्थामा शव फेला परेको हो । प्रहरीले शवलाई खोलाबाट बाहिर निकालेको छ भने पहिचान खुल्न बाकी रहेको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


    मंसिर १९, २०७८ आइतवार १६:३७:४८ बजे : प्रकाशित

    प्रधानन्यायधिशको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले गरेको आन्दोलन कमजोर हुँदै

  • 468
    SHARES
  • प्रधानन्यायधिशको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले गरेको आन्दोलन कमजोर हुँदै

    प्रधानन्यायधिशको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले गरेको आन्दोलन कमजोर हुँदै गएको छ । प्रधानन्यायधिशको राजीनामा माग गर्दै बारले हरेक दिन बिहान सर्वोच्च परिसरमा धर्ना दिदै आएको छ । यसअघिको तुलनामा धर्नामा सहभागी हुनेहरुको संख्या पनि घट्दै गएको छ । 

    images

    न्यायधिशहरु पनि नियमित इजलाशमा जान थालेका छन् भने यसअघि आन्दोलनमा सहभागी वकिलहरु पनि बहसमा सहभागी हुन थालेका छन् । नेपाल बारकी उपाध्यक्ष रक्षा बस्यालले प्रधानन्यायधिशको राजीनामा माग गर्दै निरन्तर सर्वोच्चको गेटमा धर्ना दिइएको बताइन् । 

    उनले अव बारको आन्दोलनलाई शसक्त बनाउने दावी गरेकी छिन् । प्रधानन्यायाधीशको राजिनामा माग गर्दै कानून व्यवसायीहरुले गत कात्तिक १४ गतेदेखि निरन्तर रुपमा प्रदर्शन गर्दै आइरहेका छन् ।


    मंसिर २०, २०७८ सोमवार १४:५६:०३ बजे : प्रकाशित

    १४ महिने बालकलाई अपहरण गरि भारत तर्फ भाग्न लागेको युवक प्रहरीको फन्दामा

    पौष १०

  • 564
    SHARES
  • १४ महिने बालकलाई अपहरण गरि भारत तर्फ भाग्न लागेको युवक प्रहरीको फन्दामा

    जनकपुर, १० पुस-१४ महिने बालकको अपहरण गरेर भारततर्फ भाग्दै गरेको अवस्थामा एक युवकलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भारत बिहार राज्यको जिल्ला सितामढी ग्राम पञ्चायत बाजपट्टी-घर भई हाल धनुषाको जनकपुरधाम उपमहानगरपालिका-१६ पुल चोकस्थित डेरामा बस्दै आएका २५ वर्षीय सुरेश ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

    images

    बुधबार साँझ ७ बजे देखि हराएका रासलाल मुखियाका १४ महिने छोरा कृष्ण मुखियाको खोजतलास गर्ने क्रममा प्रहरी टोलीले बिहीबार अपराह्न करिब ४ बजे नगराईन नगरपालिका–२ स्थित नेपाल भारतको सीमाना नजिकै बच्चालाई लिएर भारत तर्फ भाग्दै गरेको अवस्थामा ठाकुर पक्राउ परेका हुन् । 

    प्रहरीले बालक कृष्ण मुखियालाई उद्धार गरी मुखीयाको आमा संगीता मुखियाको जिम्मा लगाएकाे छ । पक्राउ परेका भारतीय युवक सुरेश ठाकुरलाई धनुषा जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक मुद्दा शीर्षकमा म्याद थप गरी थप अनुसन्धन कार्य भई रहेको धनुषा प्रहरीले जनाएको छ ।


    पौष १०, २०७८ शनिवार ०८:१४:५७ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # अपहरण
  • सिम भञ्ज्याङको सडक खण्डमा दोस्रोपटक हिमपात, सवारी साधन बिच बाटोमै रोकिए

    सिम भञ्ज्याङको सडक खण्डमा दोस्रोपटक हिमपात, सवारी साधन बिच बाटोमै रोकिए


     काठमाडौं, ७ माघ (गत १४ पुस पछि पुनः  मकवानपुरको सिमभञ्ज्याङमा हिमतपात भएको छ। बिहीबार राति देखी भएको हिमपातका कारण त्रिभुवन राजपथ अवरुद्ध हुन पुगेको छ ।

    images

    सिमभञ्ज्याङमा क्षेत्रमा झन्डै ३ किलोमिटरसम्मको सडक क्षेत्रमा हिउँ परेका कारण शुक्रबार बिहानदेखि नै त्रिभुवन राजपथ भएर चल्ने सबैजसो सवारी साधन रोकिन पुगेका छन । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको छ।
     


    माघ ७, २०७८ शुक्रवार ०८:५३:३० बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # हिमपात

  • क्यानाडा नेपाल

    भन्सार एजेन्टको लिखित परिक्षा पनि स्थगित 

    भन्सार एजेन्टको लिखित परिक्षा पनि स्थगित 

    काठमाडौ, ७ माघ -कोरोना महामारीको कारण देखाउँदै भन्सार एजेन्टको लिखित परिक्षा स्थगित भएको छ । 

    images

    भन्सार बिभागले यसअघि तय गरेको २९ माघको पुर्व निर्धारित मितिमा परिक्षा सञ्चालन गर्न नसकिने भन्दै स्थगित गरेको हो । स्थगित परिक्षा परिस्थीति सहज हुने  बितिक्कै पुनः सञ्चालन गरिने भन्सार बिभागले जनाएको छ । यस अघि लोकसेवा, त्रिभुवन विश्वविद्यालयले पनि परिक्षा स्थगित गर्ने निर्णय गरिसकेका छन ।   


    माघ ७, २०७८ शुक्रवार ०९:५३:४२ बजे : प्रकाशित

  • सम्बन्धित विषय:

  • # भन्सार एजेन्ट

  • क्यानाडा नेपाल